मेरो जिन्दगीमा, नयाँजीवन मार्ग

मेरो जिन्दगीमा, नयाँजीवन मार्ग

मेरो जिन्दगीमा, नयाँजीवन मार्ग

इबराहीम राई नेपालको चितवन जिल्ला निवासी हुन् । वहाँ हिन्दू परिवारमा जन्मिएका हुनाले धार्मिक संस्कार कार्य त्यसरी नै गर्नु हुन्थ्यो जसरी आफ्ना परिवारका सदस्यले गर्दथे । वहाँले भन्नु हुन्थ्यो तर मेरो हृदयमा सन्तुष्टी थिएन, हृदयमा यस्तो सोच विचार आउँथ्यो कि यी मूर्ति, फोटो, पशु र बोट विरुवालाई पूजा गरेर हामीलाई न केही लाभ प्राप्त हुन्छ, न हानी नोक्सानी ! जब मेरो भेट एक जना क्रिश्चियन मित्रसँग भयो, उहाँले मलाई बाइबल किताब दिई, यो भन्नुभयो, क्रिश्चियन धर्म नै सबैभन्दा उत्तम धर्म हो, तिमी पनि क्रिश्चियन बन । वहाँले अझ अगाडि थप्नु भयो, तिमीले मानेको हिन्दु धर्ममा परमेश्वरलाई पूज्न छाडि मूर्तिको अगाडि ढोग्छन्, फेरि असंख्य भगवानहरु मान्छन् । जस्तैः मूर्ति, फोटो, बोट बिरुवा, पशु, आदी भगवानको शक्ति भए किन मानवको नियन्त्रणमा हुन्छ त ?

हेर भाई ढुंगालाई हामीले घर बनाउन प्रयोग गर्छौ, पशुबाट हामी फाइदा लिन्छौ र उ हाम्रो बन्धनमा हुन्छ। बोट बिरुवा हाम्रो उपयोगीताको लागि सृष्टि गरेको हो । यसैले यिनीहरुमा भगवानको शक्ति कदाचित हुन सक्दैन, जसलाई तिमीले भगवान भनेर पूजा गरेका छौ त्यसमा कुनै क्षमता हुँदैन मानिस मर्यो भने बचाउन सक्ने । हेर येशूले मरेको मानिसलाई छोयो भने जीवित हुन्थ्यो, कोढीलाई वहाँले छुँदा उसको बिमार निको हुन्थ्यो, अन्धालाई उसको आँखाममा छुँदा उसले आँखा देख्न सक्थ्यो । के ति मूर्ति, फोटो, पशु, बोटबिरुवामा त्यो शक्ति हुन्छ त ? कुनै हालतमा हुँदैन । यसैले भाई तिमी बाइबलको सन्देशलाई बुझ्ने कोशिस गर । वहाँको यो सन्देश सुनेपछि म अति नै प्रभावित भए र मैले बाइबल पढ्न लागे, जति पढ्दै गए त्यति नै मेरो हृदय पनि बाइबल प्रति आकर्शित हुँदै गयो, यी सबै कुराको मेरो परिवारहरुलाई केही जानकारी थिएन । मलाई विश्वास हुन लाग्यो कि ईसाई धर्म हिन्दु धर्म भन्दा राम्रो छ। किनकि हिन्दु धर्मालम्बीहरुले धेरै भगवान मान्दछन् जस्तैः ब्राह्ममा, बिष्णु, महेश्वर, राम, कृष्ण, इन्द्र, लगायत तेत्तिसकोटी भगवान भएको तथ्य पनि पाइन्छ । तर क्रिश्चियन धर्ममा त्यस्तो धारण थिएन त्यसैले मेरो हृदय क्रिश्चियन धर्मतर्फ झुकाब बढ्न लाग्यो, तर ईसाई धर्मानुसार त्रिनेटी अर्थात त्रि-ईश्वरवादको धारणा प्रति म असन्तुष्ट भए, जस्तैः ईश्वर (यहोवा), पवित्र आत्मा र पुत्र भएको पाए। जब ईश्वर एउटै हुनुहुन्छ भने यो त्रिनेटीको धारणा कसरी सही होला ? यो प्रश्नले मनमा शान्ति प्राप्त हुन सकेन। मेरो आन्तरिक भौतिक समस्या त यथावत नै थियो साथै अध्यात्मिक असन्तुष्टि पनि थियो। हृदय बारम्बार पाप र गलत कार्य तिर आकार्षित हुन्थ्यो। भलाई र पुण्य कार्यबाट हृदय टाढिदै थियो। यस्तो स्थितीमा म रोजगारीको सिलसिलामा कुवैत आई पुगे। कुवैतमा आएपछि जब मुसलमानलाई देख्थें मनमा डर तथा त्रास महशुस हुन्थ्यो । तर बिस्तारै-बिस्तारै यो डर र त्रास हट्दै गयो किनकि उनीहरुले म प्रति देखाएको सद् व्यवहार नै यसको प्रमुख कारण थियो । त्यसपछि म मुस्लिम साथिहरुसंग घुलमिल हुँदै गए। मेरो मनमा यस्तो भावना उत्पन्न भयो कि मुसलमान मस्जिदमा किन जान्छन् ? मुस्लिमहरुले कसको पूजा गर्छन् ? उनिहरुको भगवान कस्तो होला ? यस्तै धेरै प्रश्नहरु दिमागमा घुमी रहन्थ्यो। यसै बीच मेरो एकजना मुस्लिम साथीसँग घनिष्टता बढ्यो, त्यही साथिबाट इस्लाम धर्मको बारेमा बुझ्ने मौका पाए, उनले इस्लाम धर्मको बारेमा बताउँदै भने,- सबैभन्दा उत्तम र ईश्वरीय धर्म नै इस्लाम हो र जन्नत केवल उसै व्यक्तिलाई प्राप्त हुन्छ जो इस्लाम धर्म अनुसार जीवन बिताउँछ। वहाँले अझ थप्नु भयो,- आकाश तथा धर्तीमा जे जति चीज छन्, सबैको सृष्टिकर्ता र यसका मालिक केवल एक अल्लाह नै हो। अल्लाह धेरै महान हुनुहुन्छ, वहाँले सम्पूर्ण संसारका जीवात्माको दुःख र पीडालाई हेर्नुहुन्छ, उनको पुकार सुन्नु हुन्छ, हाम्रो हृदयमा जुन कुरा उत्पन्न हुन्छ, त्यो पनि वहाँ जान्नु हुन्छ, वहाँ सातौं आकाशको अर्श (ईश्वरिय सिंहासन) माथि बिराजमान हुनुहुन्छ तर शक्ति र ज्ञान अनुसार हाम्रो हृदयको कुरालाई जान्नु हुन्छ । हामी सबै मानवलाई उनै अल्लाहले सृष्टि गर्नु भएको हो र एक दिन हामी सबै मर्ने छौं, र अल्लाह कै सामने जम्मा भई आफ्नो कर्मको प्रमाण-प्रत्र पाउनेछौं । जसले उत्तम कार्य गर्छ उ स्वर्गिय व्यक्ति हुनेछ अनि जसले पाप गरेको हुन्छ, उसलाई नर्कमा होमिने छ । अल्लाहले शिर्क बाहेक हरेक पापहरु माफ गर्न सक्नु हुन्छ तर शिर्क (धेरै देवीदेवता मान्ने व्यक्ति) लाई कहिल्यै माफ गर्नु हुन्न भनि कुरआनमा लेखिएको छ भनेर सम्झाउनु भयो । यो कुरा सुनेपछि मलाई इस्लाम धर्मको बारेमा अझ धेरै जानकारी लिने इच्छा भयो । मैले वहाँसँग भने, मलाई इस्लाम धर्म सम्बन्धित अफिसबाट किताब मगाउनुहोस् भन्दा, वहाँले केही पुस्तक ल्याई दिनु भयो र मैले त्यो पुस्तकहरु खुब ध्यान दिएर राम्रोसंग अध्ययन गरें। जति-जति पुस्तक पढ्थे, त्यति नै इस्लामको शिक्षातर्फ आकर्षित हुँदै गए।एक दिन मैले त्यो साथिलाई भने, म इस्लाम धर्म सम्बन्धमा केही छलफल गर्न चाहन्छु । वहाँले मलाई IPC अफिसमा पुर्याउनु भयो । यहाँसम्म कि अल्लाहले मार्गदर्शन गराउनु भएको हुनाले मैले इस्लाम धर्म स्वीकार गरें । शैतानले मनमा धेरै डर र कु-भावना हृदयमा प्रवेश गराउने कोशिश नगरेको होइन तर अल्लाहको शक्तिको सामु शैतानको तागत कहाँ सफल हुन्छ र ? एक आमा सन्तानको लागि जति दयावान हुन्छिन् त्यो भन्दा सत्तरी गुना ज्यादा अल्लाह आफ्नो भक्त प्रति दयावान हुनुहुन्छ । जब मैले इस्लाम धर्म स्वीकार गरें, तब मेरो जिन्दगीमा, नयाँजीवन मार्ग पाएको अनुभव भयो । जब मैले इस्लाम धर्म स्वीकार गरें तब मलाई साथिहरुले अनेकौं प्रश्न गरे, तिमीले किन धर्म परिवर्तन गर्यौ ? यस प्रश्नको जवाफ दिंदै भने मैले धर्म परिवर्तन गरेको कहाँ हो र ? त्यही ईश्वरलाई मान्दछु जुन संसारका सृष्टिकर्ता हुनुहुन्छ र यो संसारको सृष्टिकर्ता पनि एउटै हुनुहुन्छ। तिमी सोच त ? के हामी एक थोपा पानीबाट सृष्टि भएका होइनौ र ? हामीलाई खुराक र हावा कसले पुर्याउँछ ?  हामीलाई जन्मिएपछि खुराकको लागि कसरी आमाको स्तनमा दुध आउँछ ? हाम्रो लागि यस संसारमा चाहिने हावा, पानी, अन्नपात, चिसो तातो, रात दिन, लत्ता कपडा आदी जुटाउने को हो ? यो सबै व्यवस्था हामीलाई जुटाउने उही सर्वशक्तिमान ईश्वर हुनुहुन्छ जसलाई अरबी भाषामा अल्लाह, अंग्रेजीमा गड, ईसाईहरुले परमेश्वर, नेपाली भाषामा परब्रह्ममा भन्दछन् । भाषा अलग भएपनि सबैको ईश्वर एउटै हो तर मानव धार्मिक ज्ञानको अज्ञान्ताले गर्दा आफ्ना पालनकर्तालाई छोडेर मूर्ति पूजामा लिन भएका छन् भने कोही सन्देशवहाकलाई नै ईश्वरका पुत्र हुन भनि मान्दछन्। यसैले हामीले उनै ईश्वरको भक्ति गर्नु पर्छ जसले हामीलाई सृष्टि गरि पालन पोषण गर्नु भएको छ । अल हम्दुलिल्लाह मैले जुन मार्ग अपनाएको छु सोच विचार गरि अध्ययन गरि पूर्ण सन्तुष्टी भएर लिएको छु । तिमीहरु पनि आफ्नो सृष्टिकर्ताको पूजा गर जसले तिमीलाई सृष्टि गर्नु भएको छ। अहिले मलाई कुनै पाप कार्य गर्ने सोचाई नै हुँदैन किनकि म यो सोच्दछु कि उसले मलाई देखि रहेको छ । रात होस् या दिन, बन्द कोठामा होस् या खुल्ला ठाउँ । हरेक ठाउँमा वहाँको निगरानी हुन्छ ।

अब म उनै ईश्वरको भक्ति गरि जिन्दगी भर बाँच्ने इच्छा छ र उनै ईश्वरको भक्ति गरि जीवनको अन्त्य होस् भन्ने चाहन्छु, चाहे यसको लागि जति पनि कठिनाई र कष्ठ, संकट झेल्नु परोस चाहे मलाई शहिद हुनु किन नपरोस् ।

अन्तमा गैर मुस्लिम मित्रहरुसँग निवेदन यो छ कि तपाईहरु इस्लाम धर्मको शिक्षालाई न्यायिक र शान्तिपूर्ण ढंगले अध्ययन गर्नुहोस् किनकि इस्लाम नै मुक्ति मार्ग हो जुन मानवलाई स्वर्गिय मार्गमा प्रवेश गराउन सहज बन्छ र मुस्लिम भाईसंग भन्छु हामी आफ्नो जीवनमा अल्लाहको पुस्तक क़ुरआन र नबी (सल्लल्लाहु अलैहि व सल्लम) को सुन्नत (नियम) लाई पालना गर्नुहोस् र इस्लाम धर्मको प्रचार गर्नुहोस् र ती व्यक्तिसम्म पुर्याउनु होस् जुन यस महान धर्मको मुल्य र शिक्षाको ज्ञानबाट वंञ्चित छन् ।

लेखक- मुहम्मद इब्राहीम खरेल

Related Post