New Muslims APP

सूरतुल-नस्र-११०(यो सूरा मदनी हो, यसमा ३ आयतहरु छन्)

नस्र

सूरतुल-नस्र-११०(यो सूरा मदनी हो, यसमा ३ आयतहरु छन्)

सूरतुल-नस्र-११०(यो सूरा मदनी हो, यसमा ३ आयतहरु छन्)

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

(१)  जब अल्लाहको सहायता र विजय आइपुग्यो ।

(२) र तिमीले मानिसहरुलाई अल्लाहको धर्ममा हूलका हूल पसिरहेको देख्यौ ।

(३)  अनि तब आफ्ना पालनकर्ताको प्रशंसाका साथ महिमागान गर र उनीसित क्षमायाचना गर । निःसन्देह उनी पश्चाताप स्वीकारकर्ता हुन् ।

ब्याख्याः

  1. विश्वासनिय उल्लेखहरुका अनुसार यो कुरआनको अन्तिम सूरह हो जुन नबी (सल्लल्ला अलैहि व सल्लम) स्वर्गवास हुनु भन्दा लगभग तिन महिना अघि अवतरित भयो । यस पश्चात केही आयतहरु त अवतरित भए  तर कुनै पूरा सूरह अवतरित भएन ।
  2. अर्थात मक्काको विजय ।
  3. यो पनि रिवायत (उल्लेखहरु) बाट ज्ञात हुन्छ कि यस सूरहको अवतरण पश्चात नबी (सल्लल्ला अलैहि व सल्लम) आफ्ना अन्तिम दिनहरुमा धेरै स्तुति , महिमागान तथा क्षमा को प्रार्थना गर्न थाल्नु भएको थियो ।

 

स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)

अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही

प्रस्तुतकर्ता-मुहम्मद इब्राहीम खरेल

Related Post