नारीलाई पर्दा लगाउन किन आवश्यक छ ?

नारीलाई पर्दा

नारीलाई पर्दा लगाउन किन आवश्यक छ ?

नारीलाई पर्दा लगाउन किन आवश्यक छ ? इस्लाममा महिलाले मात्र पर्दा गर्नुपर्ने र पुरुषले जस्तो लुगा लगाउन मिल्ने र पर्दा गर्नु नपर्ने जस्ता कुराले दिनानुदिन पर्दाको विषयलाई लिएर एउटा मुद्दा बनाई रहेकाछन् । तर इस्लाममा वास्तविकतामा तथा व्यवहारिकतामा देखिंदैन, जुन रुपमा अन्य मानिसहरुले पर्दाको विषयमा परिभाषित गरिरहेका छन् ।

नारीलाई पर्दा लगाउन किन आवश्यक छ ? – विभिन्न धर्मग्रन्थबाट

पर्दाको सम्बन्धमा इसाई धर्म ग्रन्थ बाइबलमा पनि उल्लेख छः म चाहन्छु कि स्त्रीले सरलता र भद्रताको साथ सुहाउँदो वस्त्र पहिरुन । केसको सिंगार गरेर सुन, हिरा, मोती र बहुमुल्य वस्त्र  गहना पहिरिएर होइन ।(तिमोथी 2/9)

र हिन्दू धर्मग्रन्थमा पनि पर्दाको हुकुम आएको छ । हिन्दू धर्मग्रन्थ ऋग्वेदमा भनिएको छः ब्रह्ममाले तिमीलाई नारी बनाएका हुन् यसकारण आफ्नो दृष्टिलाई तल राख, आफ्ना खुट्टाहरुलाई छोपेर राख, यस्तो लुगा लगाउ जसबाट तिम्रो शरिर कसैले देख्न नसकून । महिलाहरु जो पर्दाले भयभित भएर इस्लामबाट टाढा भाग्ने त्यही महिला पर्दा धारण गरेर आफुलाई सुरक्षित र स्वतन्त्र भएको महशिस गर्दछन् ।

नारीलाई पर्दा लगाउन किन आवश्यक छ ? – केही महिलाहरुको धारणाहरु

अमेरिकाकी सारा बाक़र भन्छिन्- “जुन सडकमा म शर्ट र बिकनी लगाएर घुमने गर्थे, त्यही सडकमा जब म पहिलो चोटी इस्लामी वस्त्र धारण गरेर निस्कें तब पसलहरु पनि त्यही थिए, मानिसहरु पनि त्यही थिए तर म यो अनुभव गरी रहेकी थिई कि जसरी म पूर्ण रुपले स्वतन्त्र भएकी छु र पूरा ज़जीरहरु खुलेका छन् । हिजाब (पर्दा) धारण गरेपछि मैले अनुभव गरें कि जसरी मेरो काँधबाट एउटा भार कम भएको छ । अब म आफ्नो सारा समय शपिंगमा व मेकअपमा वा कपाल सजाउनमा लगाउदिन । अब म आफुलाई पूर्ण रुपमा स्वतन्त्र भएको मदशुस गर्छु।” – सारा बाकर, मियामी, अममेरिका

त्यस्तै अर्की व्यक्ति मरीटा रेहानाको भनाई छः “ईश्वरको कृपाले अब म मुस्लिम हुँ । म हिजाब (पर्दा) लाई एउटा मुकुटको रुपमा लगाउने गर्छु । यसले यहाँ एकतर्फ मलाई शक्ति प्राप्त हुन्छ । त्यही अर्को तर्फ इस्लामको बारेमा सही जानकारी प्रदान गर्ने अवसर पनि प्राप्त हुन्छ।”  मरीटा रेहान, अष्ट्रेलिया

त्यस्तै जापान कि मरयम नकाताको भनाई अनुसारः यो एकदम गतल धारणा हो कि मुस्लिम महिलाहरु पतिको दवाबका कारण हिजाब (पर्दा) लगाउने गर्दछन्, सत्य त यो हो कि यसले उसको मर्यादाको रक्षा हुन्छ । र उ अरुको नियन्त्रणबाट आफुलाई बचाउँछिन् । दया योग्य छन् ती गैर मुस्लिम महिलाहरु जो आफ्नो अंग प्रदर्शन गर्दै हिंड्छन् । – नकाता, खौला, जापान

त्यस्तै भारतकी सिस्टर नूर  को भनाई अनुसारः “जब मैले पहिलो पटक हिजाब (पर्दा) लगाए । तब मलाई प्रशन्नताका साथ सन्तोषको पनि अनुभव भयो । अब म आफैलाई सुरक्षित महशुस गर्छु र मानिसहरु पहिलेभन्दा धेरै मेरो आदर गर्छन्।” –सिस्टर नूर, भारत

त्यस्तै कमला सुरैय्याको भनाई अनुसारः “इस्लामको हिजाब (पर्दा) ब्यबस्था, जसले नारीको गरिमालाई बढाउँछ  र उसको शीलता र नारित्वको सुरक्षा गर्छ, यसले प्रभावित भएर मैले इस्लाम अपनाएकी हुँ । नकाब अब मोरो लागि एउटा सुरक्षा कवच हो।”  – कमला सुरैया, तामिलनाडु

यी सबै कुराको आधारमा निष्कर्षमा के भन्न चाहन्छु भने, सबै धर्ममा पर्दाको हुकुम आएको छ, तर उनीहरुले मनन गरिरहेका छैनन् तर इस्लाम एउटा यस्तो धर्म हो जसले पर्दालाई आत्मासाथ स्वीकार गरेको छ । तर त्यसको पछाडि कति मुस्लिम महिला तथा पुरुष समाजमा हेयको दृष्टिले हेरिनु परको अवस्था छ । तर हामी सबैले पर्दालाई आत्मासाथ अंगाल्न सक्यौ भने यो समाज सभ्य र राम्रो समाज बन्ने छ । इन्शा अल्लाह त्यसैले पर्दा आजको समाजमा पर्दाको आवश्यक छ । धारावाहिक लेख – पर्दा किन आवश्यक छ ? भाग-१   पर्दा किन आवश्यक छ ? भाग-2  भाग-३ समाप्त

स्रोतः इस्लामी संघ नेपाल, घण्टाघर काठमाण्डौको प्रस्तुती- इस्लामको प्रकाश

अडियो संम्बाद प्रस्तुतकर्ताः मरयम (हिरा) राई

लेख संकलन तथा प्रकाशकः मुहम्मद इब्राहीम  

     

Related Post