इस्लामिक जीवनमा नारी अधिकार

इस्लामिक जीवनमा नारीको अधिकार

नारीको अधिकार

इस्लामिक धर्मग्रन्थमा महिला र पुरुष बीच न्यायको दृष्टिकोणले कुनै अन्तर छैन तर प्राकृतिक शारीरिक बनावट मात्र फरक छ र केही कार्यलाई महिलाको लागि अनिवार्य गरिएको छ र केही पुरुषको लागि अनिवार्य गरिएको छ । महिलाहरुलाई घरेलु कामको जिम्मेवारी सुम्पिएको छ भने पुरुषलाई उनिहरुको सुरक्षा र जीवनको हरेक पक्षमा उसको आवश्यकतालाई पुरा गर्नु हो ।

नारी आमाको रुपमाः- मानवलाई ईश्वर पछि सबै भन्दा धेरै अधिकार आमाको हो जसलाई इस्लामले विभिन्न तरिकाले प्रमाणीत गरेको छ र मानव जीवनमा सबैभन्दा महत्वपूर्ण समयको याद दिलाउँदै भनिएको छ-

र हामीले मानवलाई उसको आमा बुबाको सम्बन्धमा आज्ञा दिएका छौ कि आमाले तिमीलाई नौ महिनासम्म गर्भमा कष्ट खप्दै राख्नुभयो, फेरि दुईवर्षसम्म उसलाई दुध छुटाउन लाग्यो यसैले तिमी मेरो र तिम्री आमा बुबाको कृतज्ञता व्यक्त गर, मै तर्फ फर्केर आउनु पर्छ ।

(सूरः लुकमान, आयत नं. 14)

र प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो जस्तै कि अबू हुरैरा ( रज़ी अल्लाहु अन्हु) वर्णन गर्नु हुन्छ-

एउटा मान्छे मुहम्मद (रसूलुल्लाह सल्लल्लाहु अलैहि व सल्लम) भएको ठाउँमा आउनु भयो र भन्नुभयो ऐ अल्लाह के रसूल ! मेरो लागि राम्रो व्यवहार तथा खूब सेवाको ह़क़दार को हो ? त मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले उत्तर दिनुभयो, तिम्री आमा, उसले भन्यो फेरि को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उत्तर दिनुभयो फेरि तिम्री आमा, उसले भन्यो फेरी को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ले उत्तर दिनुभयो फेरी तिम्रो आमा, उसले भन्यो फेरी को हो ? मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) ले उत्तर दिए फेरी तिम्रो बुबा हो

नारी पत्नीको रुपमाः- यदि उनको एउटा नराम्रो बानी छ भने पनि उसलाई आफ्नो साथ राख किनकि अल्लाहले उसलाई अर्को धेरै राम्रो बानी प्रदान गरेकोहुन्छ ।

अल्लाह तआलाको कथन छ-

उनको साथ राम्रो ढंगसँग रहनु, सहनु यदि तिमीलाई उनको एउटा गुण मन पर्दैन भने हुनसक्छ कि अर्को गुण तिमीलाई मन पर्न सक्छ र अल्लाहले उनमा धेरै गुण राखेको हुन्छ

( सूरः निसा, 19)

प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मानवलाई आज्ञा दिनुभयो कि ऊ आफ्नो पत्नीसँग राम्रो व्यवहार गरुन, रसूल भन्नुहुन्छ-

 तिमीहरु मध्ये सबै भन्दा असल व्यक्ति त्यो हो जो आफ्नो पत्नीसँग राम्रो व्यवहार गर्छ र म आफ्नो पत्निहरुसँग राम्रो व्यवहार गर्छु।

र भन्नुभयो-

संसारमा एक राम्रो चीज छ र संसारको सबैभन्दा राम्रो चीज हो असल चरित्रको महिला हो

(सही मुस्लिम, हदीसको स्लोक नं. १४६७)

नारी छोरीको रुपमाः- यसै गरी छोरीको रुपमा स्त्रीलाई आदर-सम्मान दिएको छ र उसको पालनपोषण र शिक्षा-दिक्षाको राम्रो व्यवस्था गर्न आज्ञा दिएको छ । प्रिय नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले मनिसलाई छोरीलाई असल चरित्रमा लाग्न उत्प्रेरणा दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो

जसले दुईवटी छोरीलाई राम्रोसँग पालन पोषम गर्छ यहाँसम्म कि उनिहरु दुवैजना जवान हुन्जेलसम्म त म र त्यो व्यक्ति महाप्रलयको दिन साथ हुनेछौ

( सही मुस्लिम, हदीस न, २६३१)

कति भाग्यमानी होला त्यो व्यक्ति जसलाई प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथ मिल्ने छ, र जसलाई प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) को साथ मिल्नेछ ऊ निश्चित रुपमा जन्नत (स्वर्ग) मा जानेछ । र प्रिय नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो-

जसको साथ बालिका छोरी छ र उसले ती बालिकाको साथ राम्रो व्यवहार तथा पालन पोषण गर्यो त यि बालिका नै उसको लागि जहन्नम (नरक) बाट मुक्तिको कारण बन्नेछ

( सही मुस्लिम, हदीस न, २६२९)

नारी बहिनीको रुपमाः- प्रिय रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाई छ। जोसँग तीन छोरी या तीन बहिनी छ र उसले उनिहरुको साथ राम्रो व्यवहार तथा पालन पोषण गर्यो त यो निश्चित रुपमा जन्नत ( स्वर्ग) मा प्रवेश गर्छ ( मुस्नद अहमद, ४३/३)

नारी विधुवा महिलाको रुपमाः उनको रेख देख गर्नु पर्छ, उसको जीवन यापनको लागि आर्थिक सहायता गर्नुपर्छ तर बिना कुनै संसारिक लोभ, लालच र शारीरिक आशक्त नभई । यस सहायताको बदला अल्लाहको नजिकता प्राप्त गर्ने लक्ष्य हुनुपर्छ, जस्तो कि प्रिय रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ, जस्ले अबू हुरैरा (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ कि रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो-

विदुवा र गरीबमा रूपिया खर्च गर्नेवाला र उनलाई रेखदेख गर्नेलाई अल्लाहले बाटोमा दिलोज्यानसँग लगि रहने जस्तै हो र (एक अर्को उल्लेख छ) सधै नमाज पढने र संधै रोजा राख्नेवाला जत्तिकै बराबर पुण्य मिल्छ। (सह़ी बुखारीः ह़दीस संख्यां- 6007)

नारी सानीआमाको रुपमाः- सानीआमा (आमाको बहिन) को रुपमा आदर सम्मान गर्न आदेश दिएको छ । यस सम्बन्धमा बरा बिन आजिब (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नुहुन्छ कि नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो-

सानीआमाको स्थान आमाको स्थान झैं हुन्छ। (सह़ी बुखारीः ह़दीस संख्यां- 4251)

यो उदाहरणबाट प्रामाणित हुन्छ कि इस्लामले स्त्रीजातिलाई धेरै नै अधिकार दिएको छ र आदर- सम्मान गरेको छ ।

स्रोतः- इस्लाममा नारी

लेखकः-हिफजुर्रहमान(एम.एस्सी अध्ययन)

Related Post