New Muslims APP

नूह अलैहिस्सलामको युगमा आएको तूफान कस्तो थियो ?

नूह अलैहिस्सलामको युगमा

नूह अलैहिस्सलामको युगमा आएको तूफान कस्तो थियो ?

नूह अलैहिस्सलामको युगमा आएको तूफान कस्तो थियो ?  किन आयो ?  कसरी आयो ? र यसको परिणाम के भयो ? यिनै बिषयवस्तुमा संक्षेपमा लेख्ने प्रयास गर्छु।

पहिलो पुरुष आदम अलैहिस्सलामको सन्तान दश शताब्दिसम्म एक अल्लाहको पूजा गरी रहे, फेरी नूह अलैहिस्सलामको युगमा पाँच महापुरुषहरु मरेपछि शैतानले उनिहरुलाई कसरी पथभ्रष्ट पार्यो भनिने विषयमा अध्यान गरि सक्यौं।

नूह अलैहिस्सलामले आफ्नो समुदायमा साढ़े नौ सय वर्षसम्म मानिसलाई एक अल्लाहको भक्ति गर्न निमन्त्रमा गरिरहे, तर समुदायका मानिसहरु उद्ण्डता र अटेरीमा कमी भएनन् तब नूह अलैहिस्सलामले अल्लाहसँग दुआ गर्नु भयो, हे अल्लाह ! म उनको तुलनामा कमजोर छु, तिमी नै उनीहरुसित बदला लेऊ। अतः अल्लाहले नूह अलैहिस्सलामको दुआ स्वीकार गरे र उनलाई डुंगा बनाउने आज्ञा दियाः पवित्र कुरआनमा लेखिएको छ-

” र, हाम्रो निरीक्षणमा हाम्रो प्रकाशनाको अनुसार एउटा डुंगा (डुंगा) निर्माण गर र अत्याचारीहरुको सम्बन्धमा मलाई सम्बोधन् नगर किनभने तिनीहरु अवश्य डुबाइनेछन्।” (सूरः हूदः ३७)

यो आयतमा भन्न खोजिएको कुरा यो हो कि अब यी समूदाय ईमान ल्याउनेवाला छैन, उनको बर्बादी सुनिश्चित छ, अतः तपाई डुंगा बनाउन शुरू गरि दिनुहोस्, जब तूफान आउँछन् तब डुंगा (डुंगामा) सवार गर्नेहरु मात्र बाँच्न सक्छन् । याद राख कि जब हाम्रो अज़ाब आउन लाग्छ तब ती अत्याचारीहरुको बारेमा चिन्तित नहुनु, मसँग कसैको सिफारिश नगर्नु। यो डुंगा (डुंगा) विशाल समुद्रमा चल्ने जहाज जस्तै थियो, इमाम तबरी रहिमहुल्लाहले भने कि डुंगा (डुंगा) ८० हात लामो थियो।

पवित्र कुरआन सूरह हुद, आयतः ३८ र ३९ मा भनिएको छः “अनि नूह अलैहिस्सलामले डुंगाको निर्माण कार्य आरम्भ गरेपछि उनका समुदायका नाइकेहरु उनको नजिकबाट ओहोर-दोहोर गर्दा उनको खिल्ली उडाउँथे। अनि नूह अलैहिस्सलामले भन्ने गर्थे-: “यदि तिमीहरु हाम्रो उपहास गर्छौ भने तिमीहरुले खिल्ली उडाएझै हामीले पनि तिमीहरुको अवश्य नै खिल्ली उडाउनेछौं।” (सूरह अल-हूदः आयत ३८)

“अनि, तिमीहरुलाई चाँडै थाहा हुनेछ कि कसमाथि यस्तो यातना आउनेछ, जसले त्यसलाई अपमानित गर्नेछ र कसमाथि स्थायी यातना बर्सनेछ।”  (सूरह अल-हूदः आयत- ३९)

जब डुंगा तयार भयो र नूह अलैहिस्सलाम अल्लाहको प्रतिक्षा गर्न लागे तब अल्लाहको आदेश आयो- ईमानवालाको साथ हरेक प्रकारको जानवरको एक-एक जोडा अर्थात भाले र पोथी डुंगामा राखेर सवार गर, ताकि उसको वंश बाक़ी रहोस्। अतः नूह अलैहिस्सलामले त्यसै गरे, केही विद्वान भन्दछन् त्यस डुंगामा वनस्पति पनि राखिएको थियो।

यस डुंगामा पुरुषहरु र महिलाहरु समेत जम्मा ८० जना सवार थिए, जस्तै कि इब्ने अब्बास रज़ियल्लाहु अन्हुबाट प्रमाणित छ। कसैले ७२ को संख्या बताएका छन् र कसैले त्यो भन्दा पनि कम बताएका छन्।

अब तपाई सोध्न सक्नु हुन्छ- तूफान कसरी आयो ? अचानक अल्लाहले पृथ्वीलाई आदेश दिए- तँ फूट, यसैगरी सबै तिर पृथ्वीमा पानीको मुल फुट्यो र आकाशलाई बर्षा गराउन आज्ञा दिए। आकाशबाट बर्षा हुन थाल्यो। जसबाट पानी यति माथि गयो कि पहाड़ पनि पानीमा डुब्यो। तर कतिपय टिप्पणीकारले लेखेका छन्, पानी पहाड भन्दा पन्द्र हात अग्लो भएको थियो। डुंगामा हज़रत नूह अलैहिस्सलाम र उनका ईमानवाला साथिहरु चढेका थिए। त्यसबेला नूह अलैहिस्सलामले आफ्नो छोरालाई डुंगा भन्दा बाहिर देखे, उ डुंगामा बस्न आएनन् तैपनि धेरै नूह अलैहिस्सलामले भने “छोरा डुंगामा चढ, काफिरको साथ नबस्। उसले भन्योः म अहिले एउटा पहाडमा चढ़न् जान्छु जहाँ मलाई पानीबाट बचाउँछ।” नूह अलैहिस्सलामले भन्नु भयो: आज कुनै चीज़ले अल्लाहको आदेशबाट बचाउनेवाला छैन, सिवाय अल्लाह कसैमाथि दया गर्न चाहन्छन् भने मात्र। बाबु-छोरा बीच यही कुराकानी हुँदै थियो सोही बखतमा एउटा सामुन्द्रिक छाल आएर नूह अलैहिस्सलामका छोरा र उसका अरु साथिहरुलाई पानीमा डुबाई दियो। यसैगरी त्यस तूफानले डुंगामा चढेका बाहेक सबैलाई डुबाई दियो। यो विनाश पछि अल्लाहले पृथ्वी र आकाशलाई आज्ञा दिनु भयो- “र आदेश भयो-हे पृथ्वी आफ्नो पानीलाई  निल, ऐ आकाश वर्षा रोकी हाल।” अनि पानी सुक्यो र फैसला पुरा गरियो तथा डुंगा जूदी पर्वतमा रोकियो र भनियो “अत्याचारीहरुकालागि धिक्कार छ” (सूरः अल-हूदः ४४)

जब पृथ्वीको सतहबाट पानी सुक्यो र जमीनमाथि बस्न लायक भयो तब अल्लाह तआलाले नूह अलैहिस्सलामलाई आज्ञा दिनु भयोः डुंगाबाट उत्रेर आऊ।

त्यसपछि नूह अलैहिस्सलामले आफ्नो छोराको बारेमा अल्लाहसित सोधेः आखिर त्यो किन डूब्यो, तिमीले मेरो परिवारलाई बचाउने वचन दिएका थियौ र त्यो मेरो परिवार भित्रको थियो। तब अल्लाह तआलाले भन्नुभयो, “ऐ नूह ! त्यो तिम्रो घर परिवार भित्रको थिएन, त्यो त सबैतिर बिध्वंस मच्चाउनेवाला थियो। अतः जसको तिमीलाई जानकारी छैन, त्यसको विषयमा मसँग नसोध, तिम्रो अज्ञान्ता हो, तिमी अन्जान भएको आशंकाले मैले तिमीलाई सचेत गर्दछु।”

यो तूफान कुनै एक क्षेत्रमा आएको थिएन तर त्यस समय भएका सबै प्राणीहरुको लागि थियो। नूह अलैहिस्सालमको वंशमध्ये जो मानिसहरु डुंगामा सवार भएको हुनाले बचेका थिए तिनीहरुबाट मानव वंश विकाश भएको थियो। नूह अलैहिस्सलामको तीन संतान साम, हाम र याफसबाट नै आज पूरा दुनियामा फैलिएको पवित्र कुरआनबाट जानकारी पाइन्छ, र ती तीनै आफ्नो सन्तान सहित डुंगामा सवार थिए। पवित्र कुरआनमा अल्लाहले भन्नुभयोः र उसका सन्तानलाई हामीले बाँकी रहनेवाला बनायौं। (सूरः साफ्फ़ातः ७७)

स्रोतः http://cutt.us/PXot

लेखक- सफात आलम

अनुवादक- मुहम्मद इब्राहिम

 

Related Post