New Muslims APP

नैतिक पतन हुने मुख्य कारणहरु के के हुन ?

नैतिक पतन

नैतिक पतन हुने मुख्य कारणहरु के के हुन ?

नैतिक पतन हुने मुख्य कारणहरु के के हुन ? किन मानिस नैतिक पतन हुने काम गर्छन् । नैतिक पतन हुने काम गर्दा त्यसबाट के बेफाइदा हुन्छ ? नैतिक पतन हुने काम गर्नबाट धर्मशास्त्रले कसरी सचेत गर्छ। ईशदूतको आज्ञापालन नगर्नु पनि नैतिकपतन कार्य हो। जसको नतिजा के हुन्छ यिनै विषयमा हामी कुरआन र हदीसको माध्यमबाट संक्षेपमा जानकारी गराउनेछौं।

संसारमा यस्ता मानिस पनि हुन्छन्, जसको कुरा तिमीले लगाएको खोट नराम्रो लाग्न सक्छ तर त्यो खोट लगाउनुको उद्देश्य तिमीलाई सत्मार्ग देखाउने अठोट लिदैं अल्लाहलाई गवाही बनाएको हुन्छ। तर मानिस आफ्नो गल्ति उदाङ्गिएकोमा झगडा गर्न थाल्छ। उसको जिद्दी र घमण्डी स्वभावले गर्दा उसले आफ्नो गल्तिलाई स्वीकार गर्न चाहदैन।

मानिसहरुमध्ये कोही यस्ता पनि छन् जसको कुरा तिमीलाई सांसारिक जीवनमा खुबै राम्रो लाग्न सक्छ। र, उसले आफ्नो मनको कुरालाई सत्य तुल्याउन अल्लाहलाई साक्षी बनाउँछ जबकि ऊ सत्यको ठूलो दुश्मन हुन्छ (सूरह अल बक़रह्, आयतः २०४)

र जब उसलाई “अल्लाहसँग डराउ” भनिन्छ तब उसको घमण्डले उसलाई पापमा लिप्त पार्छ। अतः उसको लागि नर्क नै पर्याप्त छ र यो अति नराम्रो बासस्थान हो। (सूरह अल बक़रह्, आयतः २०६)

जो व्यक्तिहरु धर्तिमा अनाहक घमण्ड गर्छन्, तिनीहरुलाई म आफ्नो निशानीहरुबाट विमुख नै राख्नेछु । तिनीहरुले सबै निशानीहरु देखे तापनि ईमान ल्याउने छैनन् र तिनीहरु सीधा मार्ग पाए पनि त्यसलाई अपनाउने छैनन्। तर तिनीहरुले गलत मार्ग भेट्टाएमा त्यसमा हिंड्नेछन्। यसको कारण के हो भने तिनीहरुले हाम्रा निशानीहरुलाई एवं परलोकको आगमनलाई अस्वीकार गरे र यसबाट अचेत रहे। ( सूरह अल आअरफ, आयतः१४६)

हामीले जुन जुन नगरमा सचेतक पठायौं त्यहाँका सम्पन्न मानिसहरुले यति मात्र भने- “जुन कुराकासाथ तिमीलाई पठाइएको छ, त्यो हामी पटक्कै मान्दैनौं।” (सूरह सबा, आयतः ३४)

र, तिनीहरुले भने- “हामी धन-सम्पत्ति तथा सन्तानमा बढि छौं र हामीलाई कदापि दण्ड दिइने छैन।” (सूरह सबा, आयतः ३५)

उनले निवेदन गरे हे मेरो पालनकर्ता मैले आफ्ना जातिबन्धुहरुलाई रातदिन पुकारे। (सूरह अल नूह, आयत-५)

“तर मेरो आव्हानले तिनीहरुको फरार हुने कार्यमा नै अभिवृद्धि गर्यो। (सूरह अल नूह,-६)

“र जब मैले तिनीहरुलाई बोलाएँ, ताकि तिनीहरुलाई क्षमा गर तब मात्र तिनीहरुले कानमा औंला घुसारे अनि आफ्ना लुगाले (अनुहार) ढाके, हठ गरे र ज्यादै घमण्ड गरे (सूरह अल नूह,-७)

हदीसः उत्तम आचरण

          अबूज़र जुन्दुब बिन जुनादह र अबू अब्दुर्रहमान मुआज बिन जबल (रज़ियल्लाहु अन्हुमा)ले बयान गर्नु भएको छ, अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो; “तिमी जहाँ र जुन हालतमा रहे पनि अल्लाहको डर (इश भय) मनमा राख र पाप हुन गएमा पुण्य गर, त्यसलाई पुण्यले मेटाउँछ र मानिसहरुसँग राम्रो व्यवहार गर ।”

तिर्मिज़ीले यसलाई बयान गर्नु भएको छ र उहाँले भन्नुभयो; यो हदीस हसन हो र केही किताबमा हसन सही आएको छ ।

नबी (सल्लल्लाहु अलैहि व सल्लम) को अनुसरण)

अबू मुहम्मद अब्दुल्लाह बिन अम्र (रज़ियल्लाहु अन्हुमा) द्वारा वर्णन गरिएको हो, वहाँ भन्नु हुन्छ, अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो; “जबसम्म तिमीहरु मेरो शिक्षाको अनुसरण गर्दैनौ तबसम्म तिमीहरूमध्ये कोही पनि मोमिन बन्न सक्दैनौ ।”

यो हदीस हसन सही हो । यसलाई किताबबुल हुज्जतबाट सही इस्नादको साथ वर्णन गरिएको

Related Post