New Muslims APP

पर्दा किन आवश्यक छ ?

पर्दा किन आवश्यक छ ? भन्ने विषय अन्तरगत आज म तपाईहरु समक्ष निम्न विषयको बारेमा प्रष्ट पार्नेछु। के पुरुषले स्त्रीको जस्तो कपडा लगाएर हिडेको देख्नु भएको छ ? जसरी सुन्दरी प्रतियोगिता हुन्छ त्यसरी सुन्दर पुरूष प्रतियोगिता भएको देख्नु भएको छ ? के स्त्रीको लागि मात्र पर्दा गर्नुपर्ने पुरुषले चाही पर्दा गर्नु पर्दैन त ? के इस्लामले स्त्रीलाई घरको चार दिवार भित्र मात्र सिमित राखेको छ ? हदीस तथा कुरआनमा पर्दाको हुकुम के छ ? पर्दाको हुकुम पुरुष र स्त्री दुबैलाई दिइएको छ ।

हामीले यसो विचार गर्दा अथवा जुन हेराइमा महिलाको हेर्नै नहुने भड्किलो किसिमको कपडा हुन्छ तर पुरुषहरुको लुगा भड्किलो किसिमको हुँदैन । अनि अर्को कुरा महिलाहरुले जस्तो पनि लुगा लगाएको पाइन्छ, अथवा पुरुषको पोशाक पनि लगाएको पाइन्छ । कपाल केटाको जस्तो पालेका हुन्छन् तर केटाहरुले यदाकदा कपाल केटीको जस्तो पाले पनि महिलाको जस्तो लुगा लगाएर हिंडेको देखिदैन, यदि लगाएको देखिए पनि जो कोहीले उसलाई पागलको संज्ञा दिन्छन् । के तपाईले सारी-चोला, सट फ्रक, कुर्ता सुरुवाल, मिनी स्कर्ट, गुन्यु चोला,  लगाएर हिंडेको कतै देख्नु भएको छ त ? फेसनको नाममा महिलाहरुलाई स्वतन्त्रताको नाममा नङ्ग्याउन खोजी रहेको पाइन्छ ।

वर्तमान परिपेक्षमा विभिन्न मिस नेपाल, सुन्दरी प्रतियोगिता, विश्व सुन्दरी नाममा महिलाहरुलाई नै पुतली बनाउन खोजी रहेको पाइन्छ । सुन्दर प्रतियोगिता भएको तपाई हामीले कहिल्यै सुनेका छौं त ? आज पर्दामा बस्ने महिलाहरुलाई संसारमा सबभन्दा बढी पीडित र शोषित महिलाको रुपमा चित्रण गरिरहेको हामीले पाउँछौं । तर ती महिलाहरु जो उच्च स्वतन्त्रताको नाममा बलात्कार, हत्या, हिंसाको सिकार भई रहेको उनीहरुले कहिले देखेका छैनन । त्यो त उनीहरुको लागि पर्दा पछाडिको घटना सरह भएको र त्यसको उनीहरुलाई कुनै पर्वाह छैन तर आज जुन महिलाहरु पर्दामा बस्दा, आफ्नो अस्मिताको रक्षा गर्दा ति महिलाहरुलाई कसरी शोषण गरेको हुन्छ ।

पर्दामा बस्ने महिला पुरुषसँग सँगै काम बाहिरको काम गर्नुपर्ने अथवा उनीहरुको काम वासनाको सिकार हुनुपर्दैन । यति इज्जत इस्लाममा महिलाहरुलाई दिंदा पनि आज इस्लामले महिलालाई कैद खाना अथवा घरको चोक किनाराबाट निस्किनै नदिने शोषण गर्ने निरंकुश विचारधारा राख्ने जस्ता भ्रम जुन फैलिरहेको छ त्यो गलत हो ।

हाम्रो नेपाली समाजमा यस्ता समश्याहरु महिलाहरुले झेलीरहेकाछन् । एउटी महिलाले आफ्ना बाल-बच्चा पाल्ने देखि लिएर घर बाहिरको पुरै काम एउटी महिलाले गर्नुपर्ने अवस्थाहरु कति छन् तर त्यति गर्दा पनि पुरुष भनौदो उनकी श्रीमानले उनलाई शारिरिक तथा मानसिक तनाब दिने गरेको यस्ता कति घटनाहरु छन् । तर इस्लामले महिलालाई पर्दामा राखेर इज्जत दिएको छ । यो होइन कि इस्लामले महिलालाई पर्दामा राखेर पिंजडाको चरा सरह थुनेर राखेको छ, भन्ने मिडियाहरुले जुन भ्रम फैल्याएको त्यो कदापि सत्य होइन । इस्लाममा पहिलाले पर्दामा रहि अल्लाह तआलाले जायज गर्नु भएको जस्तो सुकै काम पनि सजिलै गर्न सक्छिन् । जस्तैः पर्दामा रहेर महिलाले शिक्षा हासिल गर्न, नोकरी गर्न राम्ररी सक्छिन् ।

हदिसमा भनेको छः मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयोः निःसन्देह अल्लाहले तिमी महिलालाई आफ्नो जरुरतको लागि घरबाट बाहिर निस्किन अनुमति प्रदान गर्नु भएको छ। वास्तवमा पर्दाले समाजलाई चारित्रिक चित्रण सुधार गर्न र महिलालाई यौन शोषणबाट बचाउँछ । पर्दा बाहेक महिलालाई यौन शोषणबाट बचाउन अर्को कुनै उपाय छैन । आज पनि महिला घरबाट बाहिर निस्किनु पुर्व धेरै कुराको सोच विचार गरेर बाहिर निस्किनु पर्ने अवस्था छ। उसको असमिताको कतिखेर लोप हुने ठेगान हुँदैन । बरु इस्लामले महिलालाई जुन स्थान प्रदान गरेको छ त्यो एकदमै उत्तम छ । हामी अन्य समाजमा वा धर्ममा यो बिरलै पाउँछौं । सामान्यतया अन्य मानिसहरुमा पर्दाको सम्बन्धमा जुन अफवाह फैलिएको छ, जुन कुरा वास्तवमा सोचे भन्दा बिपरित छ । पर्दाको सम्बन्धमा इस्लाममा महिलाहरुलाई मात्र किन पर्दामा राखिन्छ ? भने जस्ता यावत प्रश्नहरु बारम्बर आई रहेको छ, तर पवित्र कुरआनमा अल्लाहले महिलाहरुको विषयमा भन्दा पहिले पुरुषको विषयमा हुकुम दिनु भएको छ । सूरह नूर आयत- ३० मा भनिएको छः हे सन्देष्टा मोमिन पुरुषहरुलाई आफ्नो दृष्टिलाई नियन्त्रित राख्न तथा गुप्ताङ्गहरुलाई रक्षा गर्न आदेश देऊ । यो उनीहरुका लागि विशुद्ध रीति हो । उनीहरुले गर्ने गरेका कार्यहरुसित अल्लाह परिचित छन् । यदि कुनै मानिसहरुको आँखा महिलाहरु माथि पर्यो भने उसको आफ्नो नजर तल पारी हाल्नु पर्दछ र ति महिलाहरुलाई फेरी दोश्रो पटक हेर्नु हुँदैन ।

त्यस्तै महिलाहरुलाई पनि पर्दाको विषयमा सूरह निसामा पनि भनिएको छ, र मोमिन आस्थावान स्त्रीहरुलाई भन कि उनीहरुले आफ्नो दृष्टिहरुलाई नियन्त्रित राखून, आफ्नो गुप्ताङ्गहरुको रक्षा गरून् । र आफ्ना सिंगारहरु प्रदर्शन नगरून त्यसबाहेक जो स्वयं जाहेर हुन्छ र आफ्ना वक्षहरुलाई आफ्ना पछ्यौराले ढाकेर राखून, अनि आफ्ना श्रृंगार जाहेर नगरून् सिवाय आफ्ना पति, पिता, ससुरा, दिदीबहिनीका पुत्रहरु, नातेदारहरु, महिलाहरु, दास-दासीहरु, जो मातहतमा रहेका कामेच्क्षा रहित पुरुषहरु र ती बालकका सामु जो महिलाहरुको गुप्ताङ्गहरु बारेमा अनविज्ञ हुन्छन् । आफ्ना खुट्टा बजाउँदै नहिंडुन् उनीहरुले लगाएको सिंगारबारे थाहा होस् ।

इस्लाममा महिलाले महिलासँग र पुरुषले पुरुषसँग पनि पर्दा गर्नुपर्दछ । हदीस संग्रह मुस्लिममा पनि यसको सम्बन्धममा आएको छ, कुनै पुरुषले अर्को पुरुषको गुप्ताङ्ग नदेखोस् । त्यस्तै हदीस संग्रहको अर्को हदीस मुस्लिममा भनिएको छ, कुनै पुरुषले अर्को पुरुषसँग एउटै कपडामा नबसोस् र कुनै स्त्रीले अर्को स्त्रीसँग एउटै कपडामा नबसोस् ।

यी दुई वटा हदीसबाट प्रमाणित हुन्छ कि इस्लाममा महिलाले मात्र पर्दा गर्नुपर्ने र पुरूषले चाहि पर्दानै गर्नु नपर्ने भ्रम । इस्लाममा पर्दाको सवालमा होस् वा जुनसुकै कुरामा महिला तथा पुरुष दुबैमा समान्ताको हक दिएको छ। पर्दा किन आवश्यक छ ? -भाग-1 को लेख पढ्न यहाँ क्लिक गर्नु होस् । यो पर्दा किन आवश्यक छ ? भाग-2 लेख हो । बाँकी अन्तिम भाग तेश्रो भाग-३ मा प्रकाशित गर्नेछु… इन शा अल्लाह ।

 

भाग-2 सुन्नुहोस् ।

 

स्रोतः इस्लामी संघ, नेपाल

अडियो सम्बाद-  मरयम (हिरा) राई

पुर्नलेखन तथा संकलन – मुहम्मद इब्राहीम

कुवैत

Related Post