New Muslims APP

विश्व पृथ्वी दिवस

पृथ्वी

विश्व पृथ्वी दिवस

विश्व पृथ्वी दिवस को बारेमा केही जानकारी दिने उद्देश्यले तपाईहरु समक्ष यो सानो लेख प्रकाशित गरेको छु । पृथ्वी हाम्रो आधार हो, यस सर्वब्यापी धरातलको महत्वलाई विश्वभरिनै महत्वकासाथ हरेक वर्षको एप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाईन्छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको शुरुवातका रुपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्रसंघको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो। अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रुपमा यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मलेनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । राष्ट्रसंघको निर्णयपछि हाल एकसय ९२ बढि देशमा यो दिवस भव्यताका साथ मनाइन्छ ।
२० औं शताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठुलो चुनौति हो । वर्षेनी शुन्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापक्रम बृद्धि भइरहको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित वरफका चुचुराहरु पग्लिंदै गएकाछन् । सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपदका घटनामा बृद्धि भइरहेका छन् । यी सवै कुराका लागि अन्य कोहि नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।

ठूला ठूला हवाईजहाज र परमाणु बमहरु श्रृजना र निर्माण गर्नसक्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन्, माटो प्रकृती हो, हावा प्रकृतीको प्रवृती हो अनि पानी जीवन हो । यी सबै कुराहरुको रक्षा, सदुपयोग अनि उचित प्रयोगका वारेमा आज विश्व भरि कार्यशला गोष्ठीहरु र अन्य कार्यक्तम गरिँदै १९३ वढी देशहरुमा मनाईन्छ ।

पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिंदैछ । नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरुले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएकाछन् । यस्ता कार्यक्रममा सरकारी अधिकारीहरुले उपस्थिती जनाई ऐक्यवद्धता जनाउने गर्दछन् । पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरुले पृथ्वीमा भईरहेको बढ्दो प्रदुषणका विरुद्ध चेतनामूलक र्यालीको आयोजना गर्दछन् । कतिपय देशहरुमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रुपमा मनाइन्छ ।

प्रवीधी र ब्यस्तताका वाबजुद पनि प्रकृतीमा रमाउदै रुख रोप्ने, हरियाली वढाउने, साईकल चलाउने र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने उर्जाको प्रयोग, प्लाष्टीकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यक्ता हो । प्रकृती सर्वोपरी छ, यसको सुरक्षा हाम्रो कर्तब्य हो ।

Related Post