New Muslims APP

मानव बुद्धिको कमजोरी के हो ?

मानव बुद्धिको कमजोरी के हो ?

सारा संसारका लागि अन्तिम रसूल

 कुनै कम्पनी बनाउँदा कसरी बनाउने भन्ने योजना पहिले देखि नै तयार गरी सकेको हुन्छ र त्यसै  योजना अनुसार काम गरिन्छ, त्यस्तै ईश्वरले आफ्नो असिम दयाले सम्पूर्ण संसार सृष्टि भइहाल भनेर सम्पूर्ण संसारको सृष्टि छ दिनमा रचना गर्नु भयो र मानवलाई उसको जीवनयापन गर्ने तरीका र मृत्यु पछि मोक्ष प्राप्तिको उपाए पनि बताउनु भएको छ।


ईश्वरले मानव मार्गदर्शनको लागि तिनै मानव मध्येबाटै पवित्र एवं क्रान्तिकारी महापुरुषलाई ईशदूत छनौट गरेर उसलाई आकाशीय फरिश्ता हजरत जिब्रिल अलैहिस्सलाम मार्फत आफ्नो दिव्य सन्देश भिन्ना भिन्नै समुदायमा उनिहरुको मार्गदर्शनका लागि आ-आफ्नै भाषामा पठाउनु हुन्थ्यो। तर ति रसूल तथा नबीहरु सामान्य मानव जस्तै हुन्थे। उनीहरुमा ईश्वरीय गुण कदापि हुँदैन थियो। समाजका अरु मानिस भन्दा नैतिक तथा बौद्धिक दृष्टिले उत्तम हुन्थे। उनीहरुले मानवलाई एउटा एक ईश्वरलाई नमान्न आदेश दिन्थे र एउटै धर्ममा समेट्ने गर्दथे। त्यही इस्लामधर्म थियो। तर जो ईशदूत जहाँ आउँथे त्यहीँको भाषामा ज्ञान दिन्थे। त्यस प्रकार भाषा अलग-अलग भएपनि सबैको धर्म इस्लाम नै थियो। धर्मको नाम बेग्ला-बेग्लै भएपनि एउटै ईश्वरको पूजामा मानवलाई शिक्षा दिन्थे। त्यही धर्मलाई वैदिककालमा “सर्व समर्पण धर्म” भनिन्थ्यो, सर्व समर्पण धर्मको अर्थ अरबी भाषामा “इस्लाम धर्म” हुन्छ। हिन्दू धर्ममा पनि ईश्दूत्वको बारेमा प्रमाण मिल्दछ ।

अग्निं दूतं वृणीमहे होतारं विश्वसमवेद । अस्य यज्ञस्य सुक्रतम ।।३।।

     अर्थः- (अग्निं) अग्नि, (दूतं) दूत (वृणीमहे) हामी स्वीकार गर्दछौं (विश्वसमवेद) सबैलाई वेदको संदेश दिनेवाला (अस्य) यस (यज्ञस्य) यज्ञलाई (सुक्रतम्) सुधार गर्नेवालालाई ।

           पवित्र कुरआनबाट नबी सल्लल्लाहु अलैही वसल्लम अन्तिम रसूल हो भन्ने प्रमाणः

            पवित्र कुरआनमा सन्देष्टाको बारेमा प्रष्ट पार्दै भनिएको छः “मैले तिमीलाई सबै मानवको लागि शुभ-सूचना सुनाउनेवाला र सचेत गर्नेवाला बनाएर पठाएको छु।” (सूरः सबा-आयत नं. २८)

           अर्को ठाउँमा भनिएको छः “ऐ रसूल ! भनिदेऊ- हे मनुष्य हो ! म तिमीहरु सबैतर्फ अल्लाहद्वारा पठाइएको रसूल हुँ।” (सूरः अल आराफ़-158)

        अर्को ठाउँमा भनिएको छः “र (हे मुहम्मद!) हामीले तिमीलाई सम्पूर्ण संसारवासीहरुकालागि दयालु बनाएर पठाएकाछौं”। ( सूरः अम्बिया-107)

            अर्को ठाउँमा भनिएको छः “र अल्लाह र उसको रसूलको आज्ञापालन गर” (सूरः अल अह्ज़ाब-33)

         अर्को ठाउँमा भनिएको छः “हे नबी ! हामीले तिमीलाई तिमीलाई शुभशूचक तथा सचेतक बनाएर पठाएका छौं।” (सूरः अल अह्ज़ाब-45)

          अर्को ठाउँमा भनिएको छः “र अल्लाहतर्फ उनकै अनुमतिले आह्वानकर्ता एवं प्रकासमान दीप बनाएर पठाएका छौं।” (सूरः अल अह्ज़ाब-46)

               हदीसबाट पनि मुहम्मद सल्लल्लाहु अलैही वसल्ल यो संसारको अन्तिम रसूल तथा नबीको रुपमा यो सारा संसारको लागि अल्लाहले छनौट गर्नु भएको प्रमाणित हुन्छः “म तथा म भन्दा पहिले आएका नबीको उदाहरण यस्तो हो कि जस्तैः कुनै एक जना मानिसले घर बनायो, त्यसको बनावट अत्यन्त सुन्दर देखिन्थ्यो र त्यसलाई खुब सजायो तर एउटा कुनामा एउटा ईटा लगाउने ठाउँ खाली छोडेको थियो । फेरी मानिसहरु त्यो घरलाई हेर्दछन् र त्यस घरको सुन्दरता देखेर आश्चार्य मान्थे, र भन्थे, आखिरी यो ईटा किन नलगाएको हो ? त वास्तवमा म नै त्यो आखिरी ईंटा हुँ र यसैले म अन्तिम नबी हुँ”। (सही बुखारी हदीस नं. 3535 र मुस्लिम हदीस नं. 2286)

           तर अन्तिम समयमा ईसा अलैहिस्सलाम उनै नबी सल्लल्लाहु अलैही वसल्लको उम्मत (समूदाय) मा अवतरण हुनेछन्। नबीको रुपमा होइन।

         मानवले ईशदूतमा भएको असाधारण चमत्कारी शक्तिलाई देखेर ईशदूतलाई नै श्रद्धापुर्वक ईश्वरको रुपमा मान्न थाले र ईशदूतको नै पूजा गर्न थाले। तर मानवले उनलाई होईन, उनले दिएको शिक्षा अनुसार ईश्वरलाई मान्नु पर्ने थियो। कुनै पनि रसूलले मेरो पूजा गर भनेका थिएनन् तर…मानवको बुद्धिको कमजोरीको कारण ईशदूतलाई नै ईश्वर मानेर पूज्न थाले।

         ईसाईयतहरुको धारणानुसार येशूलाई यहवा (अल्लाह) को छोरा हुन भन्दछन् र बाबु छोरा र पवित्रआत्मा अर्थात त्रि-ईश्वरवादको रुपमा मान्ने गर्दछन् । तर येशू पनि सामान्य मानव जसरी जन्मिन्छ ठिक त्यसैगरी जन्मिएका हुन फरक यति हो कि उनलाई यहवा (अल्लाह) ले बिना पिताबाट सृष्टि गर्नु भएको हो । त्यसो हो भने आदम अलैहिस्सलामलाई पनि अल्लाहले बिना माता पिताबाट सृष्टि गर्नु भएको थियो । तसर्थ आदम अलैहिस्सलाले पनि अल्लाहलाई पिता भन्नु पर्ने होइन र ?

        फेरि हव्वालाई अल्लाहले विना माताबाट आदमको पीठको देब्रे पटिको करङको हड्डीबाट सृष्टि गर्नु भएको छ, वहाँले पनि अल्लाहलाई पिता भन्नु पर्ने हो तर किन भन्नु भएन त ? किनकि अल्लाह कसैको पिता हुनुहुन्न र वहाँको पनि कुनै माता पिता छैनन् । बस अल्लाहले वहाँलाई सृष्टि गर्नु भएको मात्र हो ।

            अल्लाहले जे चाहनु हुन्छ त्यो पुरा हुनेछ । वहाँ त बस सृष्टिकर्ता हुनुहुन्छ र यशूको पनि यही हक बन्दछ, अल्लाहलाई संसारको सृष्टिकर्ताको रुपमा मान्नु, पिताको रुपमा होइन ।

स्रोतः सत्यको खोज

अनुवादकः मुहम्मद इब्राहीम खरेल

Email- [email protected]

Related Post