इस्लामी आस्था र संतुलन मध्यमार्गी

तराजु

इस्लामी आस्था र संतुलन मध्यमार्गी

सन्तुलित (वसतियत) मध्यमार्गी जीवनको लागि हरेक मानिस इच्छुक हुन्छ, तपाई पनि यसको ईच्छुक हुनु हुन्छ ? आउनु हामी कसरी सन्तुलित रुपमा, धार्मिक जीवनयापन गर्न सक्छौं ? यस बारेमा जानकारी हासिल गरौं ।

इस्लाम धर्म सन्तुलनमा आधारित छ, यसको सम्पूर्ण शिक्षाहरु सन्तुलित, मध्यमार्ग र मानव स्वभाव अनुकूल छ । इस्लामी शिक्षाहरुमा आस्थाको त्यही महत्व छ जुन रुखमा जराको र शरीरमा टाउकाको  महत्व छ ।

इस्लामी आस्थामा कसरी सन्तुलन र मध्यमार्ग अपनाइन्छ, यस बारेमा हामी यो लेख मार्फत बयान गर्ने प्रयत्न गर्छौ ताकि इस्लामको सुन्दरता स्पष्ट रूपमा तपाईहरु समक्ष आउन सकोस् ।

वसतियत मध्यमार्गीको अर्थः

सन्तुलनको लागि अरबी भाषामा वसतियत (मध्यमार्गी) शब्दको प्रयोग भएको छ, यसैले इस्लामी आस्थामा सन्तुलनलाई बुझ्नका लागि वसतियतको पारिभाषिक व्याख्यालाई जान्नु अति आवश्यक छ ।

वसतियतको पारिभाषिक अर्थमा अति उत्तम, उत्तम, सन्तुलन, या दुई अति उत्तम चीजको बीचको भाग, या दुई नराम्रो मध्ये बीचको भाग ।

केही व्यक्तिले यसको अर्थ दुई चीजहरुमध्येबाट उत्तम चीज पनि बताएको छ । यस अर्थमा विचार गर्दा  यो कुरा थाहा हुन्छ कि वसतियतको अर्थ सही हुनको लागि त्यसमा दुई विशेषताहरु पाइन्छ । पहिलो विशेषता त्यसमा उत्तम र अति उत्तममध्ये दुई अर्थ पाइन्छ । अर्को कुरा दुई विशेषताहरु मध्ये बीच भाग हो भनेर बुझ्नु पर्छ । यी दुई विशेषताहरु एउटैमा पाउन कठिन छ । यस प्रकार वसतियत अथवा मध्यमार्ग के हो भनेर बुझ्नलाई हामी सिराते मुस्तक़ीम या सीधा रास्ता भनेर बुझ्न सक्छौ । अल्लाहको हरेक नमाजमा यो शब्द पढ्नलाई अनिवार्य गरेको छ । इहदिनस्सिरातल मुस्तक़ीम अर्थः हामीलाई सीधा मार्ग देखाउनु होस, यो शब्दलाई यसरी परिभाषित गरेको छ । यस्तो व्यक्तिको मार्ग जसमाथि तिम्रो उपकार भयो, फेरी त्यो मार्गको निश्चित गर्दै भनिएको छ अर्थात् यस्तो व्यक्तिको मार्ग होइन जसमाथि तिम्रो प्रकोप भयो र न ती व्यक्तिको मार्ग जो पथभ्रष्ट भए ।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले यस बिन्दुलाई अन्य हदीसमा पनि स्पष्ट गरि दिए । हदीस- जाबिर बिन अब्दुल्लाह रज़ियल्लाहु अन्हुको बयान छः हामीहरु एक दिन अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको छेउमा थियौ, वहाँले एउटा धर्को तान्नु भयो, फेरी त्यसको दाहिने तिर दुईवटा धर्का तान्नु भयो र बायाँ पटी पनि दुईवटा धर्का तान्नु भयो, फेरी वहाँले बीचको  धर्कामा आफ्नो पवित्र हात राख्नु भयो र भन्नु भयोः अल्लाहको मार्ग यो हो। फेरी वहाँले अल्लाहको यो कथन पढ्नु भयो र यसरी भन्नु भयो यो नै मेरो सीधा मार्ग हो। तिमी यही मार्गमा हिंड र अर्को मार्गमा न हिंड् किनकि शैतानले तिमीलाई अल्लाहको मार्गबाट हटाएर यताउता गरी दिन्छ । (इब्ने माजा 1/6 हदीस 11)

अल्लाहमाथि ईमानको मामलामा संतुलनः

यस बारेमा हामी दुई पक्षहरु छन्  ।

पहिलो भाग-धर्मको दृष्टिमा अल्लाहमाथि ईमानः कति भौतिकवादिहरु अल्लाहको अस्तित्व नै स्वीकार गर्दैनन् र यस्तो भन्दछन् यो संसारको कुनै सृष्टिकर्ता नै छैन । तर हामी भन्छौं, संसारको अस्तित्व छ र हरेक सृष्टिको लागि सृष्टिकर्ताको आवश्यकता हुन्छ । तर केही व्यक्तिले यसको जवाफ यस्तो दिन्छन्, संसार आकस्मिक रूपमा सृष्टि भएको हो, वास्तवमा विश्वको सृष्टिमा सन्तुलन पाइन्छ जसमा चन्द्रमा, सूर्य र ठूला ठूला नक्षत्रहरु एक घड़ीको पुर्जा समान चल्दछ यही नै यस कुराको प्रमाण हो । यो संसारको एक मात्र तत्वदर्शी र सर्वशक्तिमान सृष्टिकर्ता छन् । कोही यस्तो भन्छन्- यसको सृष्टिकर्ता प्रकृति हो । यदी प्रकृती नै सृष्टिकर्ता हो भने, धर्तीले धर्तीलाई सृष्टि गरेको मान्नु पर्यो र आकाशले आकाशलाई सृष्टि गरेको मान्नु पर्छ, वास्तवमा यो त असंभव छ ।

यसको तुलनामा धर्म मान्नेवालाले अल्लाहलाई त मानेको छ तर उसले अल्लाहलाई सहि रुपमा चिनेको छैन । अल्लाहलाई मान्ने दावा गर्छ तर यसको बावजूद अल्लाहलाई चिन्न सकेन ।

पवित्र कुरआनमा छः अनि हामीले इसराईलका सन्तानहरुलाई समुन्द्र पार गरायौं । र तिनीहरु यस्तो समुदायका मानिसहरु कहाँ आए, जो आफ्ना केही मूर्तिहरुसमक्ष बसेका थिए । तिनीहरुले भने- हे मूसा यिनीहरुका मूर्तिहरुझैं हाम्रोनिम्ति पनि एउटा मूर्ति बनाइदेऊ मूसाले भने- तिमीहरु अति अज्ञानी मानिस रहेछौ (सूरः अल-आराफः138)

पवित्र कुरआनमा छः र स्मरण गर जब हामीले वाचा अनुसार (सन्देष्टा) मूसालाई चालीस दिन-रातका लागि डाक्यौ । त्यस पछि तिमीहरुले बाच्छालाई (उपास्यको रुपमा) ग्रहण गरेर आफैंमाथि ठूलो अत्याचार गर्यौ । (सूरः अल-बक़राः 51)

यति मात्र होइन बल्कि उनले कहिले अल्लाहलाई फक़ीर भनेका थिए । अल्लाहले ती मानिसहरुको भनाई सुनिसकेका छन् जसले भने- अल्लाह निर्धन छन् र हामी धनी छौं (सूरः आले इमरानः 181)

त कहिले यस्तो पनि भनेः पवित्र कुरआनमा छः यहूदीहरु भन्दछन्- अल्लाहका हात बाँधिएका छन् (सूरः अल-माइदाः 64)

त्यसै गरी उनले अल्लाहमाथि आरोप लगाए कि जब अल्लाहले आकाश र धर्तीलाई सृष्टि गरे त उसलाई थकावट भयो त्यसैले सातौं दिन उनले आराम गरे, जबकि क़ुरआनमा उल्लेख छः वास्तवमा हामीले आकाशहरु तथा पृथ्वी र यी दुवैबीचका चीजहरुलाई छ दिनमा सृष्टि गर्यौ र, हामीलाई कुनै थकानले छोएन। (सूरः क़ाफः 38)

त्यसैगरी अल्लाहले भनेः अनि, यहुदीहरु भन्छन्- उजैर अल्लाहका पुत्र हुन् र ईसाईहरु भन्छन् मसीह (जिसस क्राइस्ट) अल्लाहका पुत्र हुन्  (सूरः अत्तौबाः 30)

ईसाईले पनि ईसा अलैहिस्लाम अल्लाहको छोरा भनेर अल्लाहको अपमान गरे, तर उनले त अल्लाहको सम्बन्धमा यस्तो भने उ आकाशबाट अवतरित भएको हो, पवित्र आत्माको शरीर अपनाएको र मानव बनेर सूलीमा झुण्ड्याई दिएको हो । यो भन्दा ठूलो अल्लाह अपमान अरु के हुन सक्छ, यसैले क़ुरआनले भनेको छः जसले गर्दा यो नजिकै छ कि आकाशहरु बिस्फोट हुनेछन् अनि धर्ति फाट्नेछ र धर्ती टुक्रा-टुक्रा भई ढल्नेछन् । (सूरः मरयमः 90)

यस कुरामा कि तिनीहरुले करुणामय (अल्लाह) का एउटा पुत्र छन् भन्ने ठहर गरेका छन् ! (सूरः मरयमः 91)

अर्को ठाउँमा भनिएको छ र, हाम्रा पालनकर्ताको शान निस्सन्देह अति उच्च छ । उनले कसैलाई पनि पत्नी र सन्तान बनाएका छैनन् (सूरः अल-जिन्नः3)

त्यसै गरी अल्लाहले सूरः अल-इख़लास र सूरः बक़राको आयत न. 255 मा जसलाई हामी आयतल कुर्सीको नामबाट जान्दछौ। अल्लाहले आफ्नो स्पष्ट 10 विशेषताहरु बताएको छ जसको प्रकाशमा हामीलाई पूर्ण रूपमा अल्लाहको परिचय प्राप्त हुन्छ ।

दोश्रो भागः फिर्कको बीच अहलेसुन्नतको सन्तुलनः

जसरी इस्लाम अन्य धर्मको तुलनामा सन्तुलनलाई अपनाएको हुन्छ, त्यसैगरी इस्लामी फिर्कको बीच अह्-ले सुन्नत समूह सन्तुलनमा आधारित समुदाय हो र यो सन्तुलन निम्न रूपमा थाह हुन्छ।

अस्मा व सिफातको क्षेत्रमा सन्तुलनः

अस्मा व सिफातको क्षेत्रमा एक अर्को जह्मिया छ जो अल्लाहको नाम र गुणलाई सिधै अस्वीकार गर्दछन् त अर्को तर्फ मुमस्सिला छ जसले अल्लाहको विशेषताहरुलाई दासको विशेषताहरुको जस्तो मान्दथे। जबकि अहले सुन्नत वल जमाअतले न त अल्लाहको अस्मा व सिफातलाई अस्वीकार गरेको छ र न त्यसलाई दासको विशेषता समान ठहर्याएको छ, तर उनको आस्था अनुसार अल्लाहको अस्मा व सिफातलाई त्यस्तै नै साबित गर्नु जस्तैः अल्लाहले आफ्नो नाम र सिफतको बयान जसरी गरेको छ या उनको रसूलले उनको लागि जसरी बयान गरेको छ, त्यसलाई अस्वीकार नगर्नु र बढाई चढाई पनि नगर्नु । किनकि अल्लाहले स्वयं भन्नु भयोः अल्लाह जस्तो कुनै चीज छैन। वहाँ नै सबै कुरा सुन्नेवाला र देख्नेवाला हुनु हुन्छ ( सूरः अश्शुरा 11)

तकदीर (भाग्य) को क्षेत्रमा सन्तुलनः  

तक़दीर अथवा भाग्यको क्षेत्रमा एक अर्को जब्रिया छ जुन अनुमान गर्दछन् दासलाई कुनै इच्छा र अधिकार प्राप्त छैन, उ आफ्नो काममा विवश छ, जे जति पनि हुन्छ त्यो अल्लाह नै गर्दछन् । त अर्को तर्फ क़दरिया छन्, जसले अल्लाहको इच्छा र अधिकारमा विश्वास नै राख्दैनन्, उनीहरु भन्दछन् कि दासको काम अल्लाहको भाग्यमा सामेल छैन, दास स्वयं आफ्नो काम सृष्टि गर्नेवाला हो ।

जबकि अहले सुन्नत वल जमाअतको आस्था यो छ कि दास आफ्नो काममा मजबूर छैन तर उसलाई इच्छा र अधिकार प्राप्त छ, र यसै इच्छा र अधिकारको आधारमा उसलाई सोधपूछ हुनेवाला छ तर दासहरुको इच्छा अल्लाहको इच्छाको अधीन छ।

बदला र सजायको मामलामा सन्तुलनः

बदला र सजायको मामलामा एक अर्को मुर्जिया छ जो कर्म ईमानबाट निकाली दिन्छ र भन्दछन् कि ईमान हुँदा हुँदै कर्मले कुनै हानी पुर्याउन सक्दैन, तर अर्कोतर्फ खवारिज छन् जो कुनै ठूलो पापको कारण मानवलाई ईमानको सीमाबाट निकाली दिन्छ । जब कि अहले सुन्नत वल जमाअतले दुवैको बीचको मार्ग अपनाउँदै भनेको छ कि कर्म ईमानबाट अलग पनि छैन र ठूलो पापहरु गर्नेवाला ईमानको सीमाबाट निक्लिन्छ तर त्यो मोमिन नै रहन्छ र ईमानमा कमी हुन्छ ।

सहाबाको मामलामा सन्तुलनः

सहाबाको मामलामा एक अर्को नवासिब छ जसलाई हज़रत अली र सहाबाको एउटा ठूलो समूहलाई काफिर ठहर्याएको छ र उनको हत्या गर्नु जायज ठहर्याउँछन्, भने अर्को तर्फ अली रज़ि. लाई, अबू बक्र रज़ि. र उमर रज़ि. भन्दा उच्च प्राथमिकता दिन लागे।  जब कि अहले सुन्नत वल जमाअतले मध्यमार्ग अपनाए । न त सहाबालाई काफिर ठहर्याए र न उनीहरुसँग अलग हुने इच्छा जाहेर गरे र न अली रज़ि या कुनै सहाबाको सम्बन्धमा यो आस्था राखे कि उ पापबाट बिल्कुल पवित्र छ। यसैले इमाम तहावीले भने सहाबासँग प्रेम गर्नु नै धर्म हो, ईमान होस् या इह्सान हो र उनीसँग घृणा गर्नु कुफ्र हो, निफ़ाक़ हो र अत्याचार हो ।

चमत्कारको मामलामा सन्तुलनः

करामत त्यस चमत्कारलाई भन्दछन् जो असाधारण रुपमा अल्लाहको आदेशबाट कुनै असल भक्तको हातमा प्रकट हुन्छ, जबकि यही चमत्कार कुनै नबीको हातबाट प्रकट भयो भने त्यसलाई मोजिज़ा भन्दछन्, तर यदि यस्तो चमत्कार यस्तो व्यक्तिको हातबाट प्रकट हुन्छ जो ईमान र अमलबाट टाढा छ भने उसलाई इस्तिदराज भनिन्छ ।

करामातको मामलामा एक अर्को मुतज़िला छ जसले अवलियाको करामातलाई स्पष्ट अस्वीकार गर्छन् र उनीहरु भन्छन् यदि यसलाई मान्यो भने नबी र वलीमा अन्तर गर्न असम्भव हुनेछ, त अर्कोतर्फ सुफिया छन् जसले करामतको सम्बन्धमा अतिश्योक्ति गरे यहाँ तक कि करामतको नाम लिएर वलीहरुको लागि वहाँ सारा विशेषताहरु सिद्ध गरे जो मात्र अल्लाहको हक छ ।

जबकि अहले सुन्नत वल जमाअत अवलियाको करामातलाई क़ुरआन र हदीसको दर्पणमा साबित गर्दछन्  तर त्यसमा अतिश्योक्तिबाट बच्दछन् ।

कसैलाई काफिर ठहर्याउन सन्तुलनः

कोही मानिस छोटो छोटो कुरामा कसैमाथि यो मानिस काफिर हो भनेर ठोकुवा गर्छन् भने कोही व्यक्ति इस्लामतर्फ संकेत गर्नेवाला प्रत्येक व्यक्तिलाई मुसलमान सिद्ध गर्दछन् चाहे उ रात दिन इस्लामको विरोध नै किन न गरोस् । जब कि यस सम्बन्धमा अहले सुन्नत वल जमाअतको भनाई यो छ कि कसैलाई काफिर भन्नु कुनै व्यक्तिको अधिकार छैन बल्कि यो काम अल्लाह र उसको रसूलको हो। यसैले  अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जसले आफ्नो भाईलाई काफिर भन्यो त्यो तिनीहरु मध्येबाट कुनै एकजनाको माध्यमबाट त्यो शब्द आउँछ, यदि उ काफिर थियो भने ठीक छ नत्र त्यो शब्द भन्नेवालातर्फ फर्किन्छ । ( सही बुख़ारीः 6104, सही मुस्लिमः 60)

यसैले कसैलाई काफिर भन्नको लागि दुई शर्त हुन आवश्यक छ। पहिलो शर्त- क़ुरआन र हदीसमा उसको कार्य अथवा कथनमा कुफ्रको हुकुम लागु गर्यो भने र अर्को शर्त- त्यसलाई कुफ्रको हुकुम लागू गर्नलाई कुनै प्रकारको रोकावट छैन भने । उदाहरण स्वरूप जे जति उसले बोल्यो या गर्यो त्यो राम्रोसँग जान्दछ कि यो इस्लामबाट निक्लिने काम हो त्यसैगरी उसले आफुले खुशीले बोलेको हो भने र, कसैले उसलाई जबरजस्ती गरेको नहोस्।

अमीर अथवा शासकको मामलामा सन्तुलनः

केही मानिस मामूली कुरामा अमीर अथवा शासकको विरुद्ध शुरू गर्दछन् र केही मानिस खुला कुफ्रमा मजबूर गरेपछि पनि शासकको समर्थन आवश्यक सम्झिन्छन् जस्तै कि क़ादयानियहरुले भारतमा अंग्रेज़हरुको युगमा जिहादको ख़िलाफ धार्मिक उपदेश दिएर यो सिद्ध गरेका थिए कि अंग्रेज़हरुको समर्थन  गर्नु अनिवार्य छ। जब कि अहले सुन्नत वल जमाअतको भनाई छ कि अमीर र शासकको कुरा मान्नु पर्छ, उनको अत्याचारलाई पनि सहन गर्नुपर्छ जब तक कि उ कुफ्रको आदेश दिंदैन। यदि उसले कुफ्रको आदेश दिन्छ भने यस्तो स्थितिमा उनको कुरा मान्नु हुँदैन । त्यसैगरी उनको अत्याचारबाट खुशी नहुनु र पाप काममा उनको अनुसरण नगर्नु तर तत्वदर्शिताले उसलाई सम्झाउने कोशिश गर्नुपर्छ ।

संदेष्टाहरुमाथि ईमानको मामला सन्तुलनः

यहूदीहरु र ईसाईहरुले केही सन्देष्टाहरुमाथि ईमान राखे र केहीलाई अस्वीकार गरे, कुनै प्रमाणको आधारमा होइन मात्र पक्षपात र इच्छाको कारण, कसैले संदेष्टाहरुलाई अपमानित गरे, र उनीसँग गरेको प्रतिज्ञालाई उलंघन गरे, उनीहरुले केही संदेष्टाहरुमाथि ठूलो पापको आरोप लगाए, र उनलाई दोषी र कमीबाट पीडित गरि दिए। न्यु टेष्टामेन्ट र वल्ड टेस्टामेन्टको नाममा आरोप प्रत्यारोप गरी अलग-अलग रुपमा विभाजन गरे कि जसले पढेर असल बुद्धिमान मानिसको शर्मले टाउको निहुरिन्छ। जस्तैः उनले हारून अलैहीस्सलाममाथि आरोप यस्तो लगाए कि उनले नै बाछो बनाएका थिए र मानिसहरुलाई त्यो बाछो पूजा गर्नु भनेर निमन्त्रणा दिए। नूह अलैहिस्सलाममाथि यो आरोप लगाएका थिए कि उनले रक्सी पीउँथे, दाऊद र लूत अलैहिमास्सलाममाथि व्यभीचारको आरोप लगाएका थिए ।

 त्यसैगरी उनले कति संदेष्टाहरुको हत्या गरे, प्रसिद्ध संदेष्टा जसलाई यहूदिहरुले हत्या गरे, ति हुन् हज़रत ज़करिया र उनको छोरा हज़रत यह्या अलैहिमास्सलाम । ईसाईहरुलाई हेर्दा हामीलाई थाह हुन्छ उनीहरुले ईसा अलैहिस्सलाम बाहेक अन्य संदेष्टाहरु मध्ये कसैलाई माने र कसैलाई अस्वीकार गरे जस्तै- उनले हज़रत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई अस्वीकार गरे, र हज़रत ईसा अलैहिस्सलामको शानमा हद भन्दा धेरै नै उच्च ठाने यहाँसम्म की उनलाई अल्लाहको स्थान दिएका थिए र उनलाई अल्लाहको भक्त र उसको रसूल मान्दैनन् । अल्लाहले भन्नुभयोः निश्चय नै उनले सत्यलाई अस्वीकार गरे, जसले भने, अल्लाह मरयमको छोरा मसीह नै हो। (सूरः अल-माइदाः 72)

निश्चय नै उनले अस्वीकार गरे, जसले भने, अल्लाह तीन मध्येको एक हो।  (सूरः अल-माइदाः 73)

“र ईसाई भन्दछन्, मसीह अल्लाहको छोरा हो। (सूरः त्तौबाः 30)

पछिल्लो युगमा ईसाईहरुको स्थिति यहाँ तक पुग्यो कि उनको ज्योतिष र विद्वानलाई नै आफ्नो धर्मको ठेकदार बनाएका थिए, यहाँ तक कि जे चाहन्छन् जायज भन्थे र जे चाहन्थे नाजायज भन्थे, जन्नतको “ठेकेदार पनि आफैला मान्न लागेका थिए। यी दुई आस्थाहरुको बीच इस्लामले यस्तो मध्यमार्ग प्रस्तुत गर्यो जुन सबैभन्दा पहिले संदेष्टाहरुको सम्बन्धमा यहूदिहरु र ईसाइहरुको आस्थाहरुको खण्डन गर्यो, संदेष्टाहरुको महत्व बयान गर्यो, उनको महानता र पवित्रतालाई क़ुरआनको विभिन्न सूरःमा विभिन्न शैलीमा दर्शाए। फेरी संदेष्टाहरुको सम्बन्धमा जो सही आस्था हुनु पर्थ्यो त्यसलाई खोली खोली स्पष्ट गरिदिए । सारा संदेष्टा मानव थिए, तर अति पवित्र र श्रेष्ट थिए, उनीहरुलाई समान ढंगले हामी ईमान राख्छौं । अल्लाहले भन्नु भयोः हामी उनीहरुमध्ये कसैलाई फरक गर्दैनौं र हामी केवल उनकै आज्ञाकारी हौं। (सूरः अल-बक़राः 136)

त्यसै गरी ईसा अलैहिस्सलामको वास्तविकतालाई स्पष्ट गरी बयान गरी दियौं। अतः अल्लाहले भन्नुभयोः ईसाको उदाहरण अल्लाहकहाँ आदम जस्तै हो जसलाई अल्लाहले माट्टोबाट बनाए, त्यसपछि उनले भने, “भइ हाल”, अनि उनी “भइ हाले । (सूरः आले इम्रानः59)

र मुहम्मद सल्ल. को सम्बन्धमा भनिएको छ भनिदेऊ, मसित अल्लाहको खजाना छ भनि म तिमीहरुसँग दावी गर्दिन, न अदृष्यको ज्ञान नै राख्छु, न फरिश्ता हुने दावी नै गर्छु । म केवल त्यस प्रकाशनाको अनुसरण गर्छु जुन म माथि अवतरित गरिन्छ। (सूरः अल- अनआम 50)

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले आफ्नो सम्बन्धमा भन्नु भयोः मेरो शानमा अतिश्योक्ति नगर जस्तै कि ईसाइहरुले ईसा बिन मरयमको शानमा अतिश्योक्ति गरे, म त अल्लाहको दास हूँ, यसैले मलाई अल्लाहको दास र उसको सन्देष्टा भन । ( सही बुख़ारीः 4/142)

अन्तिम बातः यो व्याख्याहरुबाट स्पष्ट रूपमा यो कुरा बुझ्नु भयो होला कि इस्लामी आस्था मानव स्वभावको बिल्कुल अनुकूल छ, यो आस्थाको आधारमा जब एक व्यक्ति तयार हुन्छ त वहाँ जीवनको हरेक मोडमा सन्तुलनको प्रदर्शन गर्दछ, त्यसमा न कमी हुन्छ र न कट्टरता। यस्तो व्यक्ति समाज र समुदायको लागि शान्ति र प्रेमको प्रतिक हुन्छ ।

स्रोतः  http://cutt.us/V9XXB

लेखकः शैख सफात आलम मुहम्मद ज़ुबैर तैमी मदनी

अनुवादकः मुहम्मद इब्राहीम खरेल

Related Post