मस्जिदको तौर तरिका

मस्जिदको तौर तरिका

नमाजीको सिष्टाचार

पवित्र भएर मस्जिद जानु

नबी सल्लल्लाहु अलैहि वसल्लमको भनाई छ: “जुन मान्छे आफ्नो घरबाट पवित्र भएर अल्लाहले अनिवार्य गरेको नमाज पढ्नको लागि कुनै मस्जिदतर्फ जान्छ त त्यस मान्छेको हरेक दाहिना पुण्य मिल्छ र हरेक देब्रे पाइलामा पाप मेटिन्छ र जन्नतमा उसले उच्च श्रेणी प्राप्त गर्छ । (मुस्लिम)

मस्जिद पैदल जानु

नबी सल्लल्लाहु अलैहि वसल्लमको भनाई छ: त्यो व्यक्ति नमाजको सबैभन्दा धेरै पुण्यको अधिकारी हुन्छ जुन नमाजको लागि टाढादेखि आउँछ। (बुखारी, मुस्लिम )

शान्त भएर मस्जिद जानु

नबी सल्लल्लाहु अलैहि वसल्लमको भनाई छ: जब तिमीहरू नमाज पढनुको लागि आऊ त शान्त भएर आऊ, अनि जति पनि नमाज पाउँछौ त्यसलाई पढ र जति छुटेको छ त्यसलाई पूर्ण गर । (बुखारी, मुस्लिम)

मस्जिदमा प्रवेश गर्दाखेरि पहिले दायाँ खुट्टा मस्जिदमा राख्नुहोस् अनि यो दुआ पढ्नुहोस् !

بسم الله والسلام على رسول الله اللهم اغفرلي ذنوبي وافتح لي أبواب رحمتك

“विस्मिल्ला व सलाम अला रसूलिल्लाह अल्लाहुम्म अग़्फिर्ली ज़ुनुबी वफ्तह ली अब्वाब रहमतिक”

अर्थ: शुरू गर्दछु अल्लाहको नामबाट, र शान्ति अवतरित होस् अल्लाहको रसूलमाथि, हे अल्लाह मेरा पापहरूलाई क्षमा गरिदिनु होस् र मेरो लागि आफ्नो दयाको ढोका खोलिदिनु होस्। (इब्ने माजा ..आदि )

मस्जिदबाट निस्कदा खेरि आफ्नो देब्रे खुट्टालाई बाहिर राख्नुहोस् र यो दुआ पढ्नुहोस् !

بسم الله والسلام على رسول الله اللهم اغفرلي ذنوبي وافتح لي أبواب فضلك

“विस्मिल्ला व सलाम अला रसूलिल्लाह अल्लाहुम्म अग़्फिर्ली ज़ुनुबी वफ्तह ली अब्वाब फद्लिक”

अर्थ: शुरू गर्दछु अल्लाहको नामबाट, र शान्ति अवतरित होस् अल्लाहको रसूलमाथि, हे अल्लाह मेरा पापहरूलाई क्षमा गरिदिनु होस् र मेरो लागि आफ्नो अनुकम्पाको ढोका खोलिदिनु होस् ।  (इब्ने माजा ..आदि )

तहीयतुल मस्जिद

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ किः जब तिमीहरू मध्ये कुनै व्यक्ति मस्जिदमा प्रवेश गरोस् त दुई रक्अत नपढुनजेल नबसोस् ।

(बुखारी, मुस्लिम)

दुर्गन्धबाट बाँच्नु

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ किः जसले प्याज, लहसुन र मुला खाएछ त्यो हाम्रो मस्जिदको नजिक पनि नआओस्, किनकि फरिश्ताहरूलाई पनि ती कुराहरूबाट कष्ट पुग्छ जसबाट आदमका सन्ततिहरूलाई कष्ट पुग्छ । (मुस्लिम)

मस्जिदमा आफ्नो स्वरलाई उच्च नगर्नु यद्यपि कुरआनको पाठन गरेर किन नहोस्

रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भएको छ किः सावधान ! तिमीहरू मध्ये प्रत्येक व्यक्ति आफ्नो पालनकर्तासित कानाखुशी गरिरहेको छ तसर्थ तिमी मध्ये कुनै व्यक्ति कसैलाई दुःख नदेओस्, र (कुरआनको) पाठन गर्नुमा आफ्नो स्वरलाई एकआर्का माथि उच्च नगरोस्।    (अबूदाऊद)

नमाजीको सामुन्नेबाट हिँडडुल नगर्नु

रसूल सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ किः यदि नमाजीको सामुन्नेबाट हिँड्ने मान्छेलाई यो थाहा भइहालोस् कि त्यसलाई यस कर्मको के सजाय मिल्ने छ भने त्यो नमाजीको अगाडिबाट जानुभन्दा चालीस सम्म उभिरहनु उत्तम ठान्थ्यो ।

अबुन्नजरले भन्नु भएको छ किः मलाई यो कुरा थाहा छैन कि चालीस दिन वा चालीस महिना वा चालीस वर्ष भनेको हो । (बुखारी, मुस्लिम)

हाम्रा पूर्वजहरू छिटो भन्दा छिटो मस्जिदतिर गएका उदाहरणहरू:

अदी बिन हातिम रजिअल्लाहु अन्हु (उहाँ सित अल्लाह प्रसन्न हुन् ) भन्नुहुन्छ कि म नमाजको समय अउनुभन्दा अगाडि नै त्यसको अभिलाषी रहन्थें र भन्नुहुन्छ किः जबदेखि मैले इस्लाम कबूल गरें त्यही समयदेखि नै नमाजको इकामत भन्दा अगावैं नै वजू गरिसकेको हुन्थें । (सियरो अअ्लामुन्नो बोला ३/४६१ )

र सईद इब्नुल् मुसैयिब (अल्लाह उहाँ माथि दया गरुन्) ले भन्नुहुन्छ किः म तीस वर्षदेखि मुवज्जिनले अजान दिनुभन्दा पहिला नै मस्जिदमा उपस्थित रहन्थें ।(सियरो अअ्लामुन्नोबोला ४-१२२ )

र वकीअ्को भनाई छ किः अअ्मशको सत्तरी वर्षदेखि तक्बीरतुल एहराम (अर्थात नमाजलाई आरम्भ गर्ने तक्बीर ) छुटेको छैन, र म पनि उहाँको साथ दुई वर्षदेखि छु तर मैले उहाँलाई एक रक्अत कजा गर्दा हेरेको छैन (अर्थात छुटेको रक्अत नमाज सिद्धेपछि पढ्दा हेरेको छैन)   (हिलियतुल् अउलियाअ् ५-९४)

फतवा

अल्लजनतुद्दाइमा (सउदीका विद्हरूको संगठन) सित गीत संगीतको बारेमा सोधियो त यस संगठनले यसरी उत्तर दियो किः गीत संगीतको प्रयोग अवैध छ चाहे मोबाइलद्वारा गरियोस् वा अरु कुनै यन्त्रद्वारा, किनकि संगीतका समस्त यन्त्रहरूलाई सुन्नु अवैध छ, र यसकुरालाई वैधानिक प्रमाणहरूले सिद्ध गरिसकेका छन् यसले गर्दा सामान्य घंटी (टून)को प्रयोग गरेर यस अवैध कार्यबाट बाँच्न सकिन्छ । (फतावाल्लजनतुद्दाइमा फतवा नं.२०८४२)

Related Post