New Muslims APP

महिला पुलिस अफिसरले इस्लाम स्वीकार गरिन

महिला पुलिस अफिसरले इस्लाम स्वीकार गरिन

महिला पुलिस अफिसरले इस्लाम स्वीकार गरिन

अट्ठाइस वर्षीय पुलिस अधिकृत जेने केम्पले घरेलु हिंसाबाट पीडि़त एक मुस्लिम महिलाको मद्दत गर्दा इस्लामिक आस्था र विश्वासको बारेमा बुझ्ने इच्छा गरिन।उनले इस्लामको अध्ययन गरिन र फेरी इस्लाम स्वीकार गरी मुसलमान बनिन्।
दुई सन्तानकी  आमा जेने केम्पले भन्नुभयो, पुलिस अधिकृतको रूपमा घरेलु हिंसाबाट पीडि़त एक मुस्लिम महिलाको मद्दत गर्दा मैले इस्लामको वास्तविकतालाई जन्ने मौका पाए र फेरी इस्लामीक शिक्षाबाट प्रभावित भएर इस्लाम स्वीकार गरे।
इस्लामको अध्ययन गरेपछि केम्प ट्विटरमा कयौं मुस्लिमको सम्पर्कमा आउनु भयो, उनीहरुबाट कयौं धार्मिकज्ञान लिनु भयो र यसपछि उनले आफ्नो क्याथोलिक धर्म छोडेर एक बर्ष पहिले इस्लाम स्वीकार गर्नु भयो र आफ्नो नाम जेने केम्पबाट अमीना राख्नु भयो। अब उनले पूर्णरुपमा इस्लाम मुताबिक आफ्नो जिन्दगी गुजारी रहनु भएको छ। वहाँ एक जिम्मेदार पुलिस अधिकृतको रूपमा गश्तिमा निक्लिनु हुन्छ तर पूर्णरुपमा इस्लामी हिजाबमा। वहाँ आफ्नो डियुटीमा पनि समय मिलाएर नमाज पढ्न भुल्नु हुन्न।

सात वर्षीय छोरी र नौ वर्षको छोराको जिम्मेदारी एक्लैले निभाउनु भएको छ साथै जेने आफ्नो  खाना पनि आफै बनाउनु हुन्छ किनकि शुद्ध हलाल(जायज)खाना होस्।

जेने दक्षिण मेनचेस्टरमा रहनु हुन्छ । वहाँ भन्नु हुन्छ, जहां मेरो बसोवास छ त्यहाँ एउटा ठूलो मस्जिद छ र धेरै संख्यामा मुस्लिम रहन्छन् । इस्लाम प्रति आकर्षणले गर्दा मेलै सोचे कि यी व्यक्ति र यिनको धर्मको बारेमा धरै भन्दा धेरै अध्ययन गर्नुपर्छ।

जेने भन्नु हुन्छ-पहिले म सोच्थें कि इस्लामी पुरुषहरुले महिलाहरुलाई त चूलो र चौका गर्न र घर भित्र बन्द रहन बाध्य पार्दछ तर मैले इस्लाममा यस्तो देखिन आफ्नो समयबाट नै अरुको मद्दत प्रति उदार र सम्मानपूर्ण व्यवहारको शिक्षा दिन्छ। मैले पाए कि इस्लाम आफ्नो छिमेकीको ख्याल राख्दछन् र उनको साथ राम्रो सम्बन्ध राख्नलाई तालिम दिन्छ, साथै सन्तानले माता-पितालाई पुरा सम्मान दिने र उनलाई उफ् तक नभन्ने शिक्षा दिन्छ। मैले आज अन्य धर्मलाई इस्लाम जस्तो पाइन। इस्लामले मलाई आफ्नो हरेक जिज्ञासाको जवाफ दिन्छ। खासगरी अब त मलाई इस्लामप्रति धेरै आकर्षित भैसक्यो।

जेने भन्नु हुन्छ, जब मैले आफ्नो सहकर्मिहरुसंग बताए मैले इस्लाम स्वीकार गरें अब म कार्यस्थलमा हिजाब लगाउन चाहन्छु भन्दा मेरो सहकर्मिहरुले मलाई सहयोग गरे। पहिले म चिन्तित थिए कि मेरो सहकर्मी मेरो यस फैसलामा के सोच्ने हुन र कस्तो प्रतिक्रिया व्यक्त गर्ने हुन तर उनिहरुले मेरो फैसलाको सम्मान गरे।

जेने भन्नु हुन्छ-मेरो दुई बच्चा मैले पर्दा गरेको देख्दा र इस्लामको बारेमा धेरै प्रश्न गर्दछन् तर म उनिहरुलाई जबरजस्ती इस्लाम स्वीकार गराउँदिन। मैले मानिसलाई बताई रहेकी चु कि एक मुस्लिम महिला पनि पुलिस फोर्समा काम गर्न सक्छे र मलाई आशा छ कि यसरी म इस्लामको नकारात्मक छविलाई बदल्ने कोशिश गर्छु।

मेनचैस्टरको दक्षिण स्थित जिल्ला विथेनशेवेमा हुर्के-बढेकी जेने भन्नु हुन्छ,मैले इस्लाम अपनाउने फैसला मेरो घर परिवारले धेरै स्वागत पनि गरे। मेरो यस फैसलाबाट मलाई खुशी देखेर उनीहरु खुशी छन्। एक दिन मेरो बहिनी मलाई यो रूपमा(हिजाब) देखेर उनले पनि खुशी व्यक्त गरिन।

वहाँ भन्नु हुन्छ, मैले पूर्ण सोच विचारको साथ इस्लामको अध्ययन गरें। जैनेलाई इस्लामको मार्ग देखाउनमा महत्वपूर्ण भूमिका निभाउने काम मुहम्मद मंजूरले गरे जो स्थानीय मस्जिदबाट मुस्लिम ट्विटर  चलाउनु हुँन्थ्यो।

मुहम्मद मंजूर भन्नु हुन्छ,-म जेने प्रति आभार प्रकट गर्दछु किनकि उनले मलाई इस्लामसंग सम्बन्धित यस्तो सवाल सोध्नु भयो जसको कारणबाट मैले इस्लामसंग सम्बन्धित धेरै अध्ययन गर्ने र इस्लामिक शिक्षामा वृद्धि गर्ने मौका पाए। जैनेले आफ्नो स्तरमा अध्ययन गरेर सच्चाई रूपी इस्लामलाई खोज्नु भयो । यसबाट यो पनि प्रष्ट हुन्छ कि मुस्लिमहरु इग्लैड जस्तो समाजमा पनि आफ्नो धर्मको पालना गर्न कुनै नियम कानूनको समझौता बिना नै घुलमिल गरेर बस्न सक्छन् ।

http://cutt.us/obRM

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

Related Post