इस्लाममा मानवअधिकार

इस्लाममा मानव अधिकार

इस्लाममा मानवअधिकार छ भन्ने तथ्य प्रमाणित गर्नका लागि आज म तपाई समक्ष केही प्रमाण प्रस्तुत गर्ने जमर्को गर्नेछु । अल्लाहले यो संसार सृष्टि गरेर मानवलाई कसरी सृष्टिकर्ताको भक्ति गर्ने भन्ने धार्मिक सन्देश प्रदान गर्ने ईशग्रन्थ प्रदान गर्नुका साथै मानवलाई मार्गदर्शन गर्न हरेक युग अनुकुल नबी तथा रसूलहरु चयन गर्नु भयो त्यो पनि हामी जस्तै मानव कोखमा जन्म लिएका व्यक्तिहरुमध्ये जो असल र महान विचारका व्यक्तित्व हुन्थे । तिनै रसूलहरु मध्ये सबै भन्दा अन्तमा सर्वश्रेष्ठ नबी (सल्ल.) लाई आफ्नो संदेशवहाक चुन्नु भएको जो सारा संसारको लागि दयालु तथा कृपालु बनाएर पठाइएको थियो।

सम्पूर्ण संसारको सृष्टिकर्ता अल्लाह नै हो। यसैले अल्लाहको साथ सबै मानव एकै समान हुन। कसैलाई कसैमाथि सर्वश्रेष्ठता प्राप्त छैन सिवाए उसको कर्म र कर्तव्यको आधारमा अल्लाहको साथ उसलाई उत्तमता प्राप्त छ भने उसको उत्तम कर्मको कारणले हो। अल्लाहले मानवलाई सम्पूर्ण वस्तुहरुमाथि सर्वश्रेष्ठता प्रदान गर्नु भएको हो, त्यसैले मानवले अल्लाहको हुकुम बमोजिम आकाश र धरतीको बीच पाइने जे जति वस्तुहरुछन् त्यसमाथि शासन गर्दछ। मानव ती सम्पूर्ण वस्तुहरुमा उत्तम र सर्वश्रेष्ठ हुन। त्यसैले हामीले केवल अल्लाहको सामने आफ्नो टाउको टेकाउनु पर्छ र अल्लाहको इबादत र आराधना गर्नुपर्छ, अल्लाहको अलावा कसैको अराधना नगर्नु किनकि अल्लाह नै धर्ती र आकाशको बीच पाइने हरेक वस्तुहरु मध्ये महान हुनुहुन्छ ।

अल्लाहले आदम अलैहिस्सलामको रचना आफ्नो हातबाट गर्नुभयो र त्यसमा आफ्नो रूह (आत्मा) फुक्नु भयो। फरिश्तालाई हुकुम दिनु भयो आदम अलैहिस्सलामलाई सज्दा गर ताकि आदम अलैहिस्सलामको आदर-सम्मान होस् र सबै मानवलाई सम्मानित गर्नु । मानवको लागि सबै चीजको रचना गर्नु भयो र मानवलाई त्यसको उपयोग गर्न सिकाउनु भयो। मानवको मार्गदर्शनको लागि प्रत्येक काल र इलाकामा संदेष्टा र दूत पठाउनु भयो र उनीमाथि आफ्नो ग्रन्थ अवतरण गर्नु भयो र सबै भन्दा अन्तमा मुहम्मद (सल्ल.) लाई अन्तिम रसूलको रुपमा घोषणा गर्नु भयो र उहाँ माथि क़ुरआन करीम जस्तो पवित्र र सुरक्षित ग्रन्थ अवतरित गर्नु भयो, जसको सुरक्षाको जिम्मेदारी आफुले जिम्मा लिनुभयो। क़ुरआन र मुहम्मद (सल्ल.) को प्रवचन नै पूरा संसारको लागि उत्तम मार्गदर्शन हो। यसैले अब क़ुरआन र नबी (सल्ल.) को हदीसमाथि पालना गर्नु मानव जातीको मुक्ति र सफलता हो। किनकि क़ुरआन तथा हदीसमा पूरै जीवन व्यवस्थाको लागि कर्मको आदर्श छ। जसमा मानव जातीको जीवनको प्रत्येक क्षेत्रमा सही र न्यायपूर्वक र उचित नियम र कानून पेश गरेको छ। त्यसमा कुनै पनि प्रकारको भेदभाव छैन । जो प्रत्येक कालको स्थितिहरुको अनुकूल छ। किनकि अल्लाहको साथ सबै मानव एक समान हुन। सबैको लागि एक अर्कामा अधिकार दिएको छ।

आफ्नो जीवनको अधिकारः

अल्लाहले मानवलाई यो जीवन दिएको छ । ताकि मानवको परिक्षा लिन। प्रत्येक मानवको एक अर्कामाथि अधिकार नियुक्त गरेको छ । ताकि मानिस एक अर्काको अधिकारलाई पुरा गरी संसारिक र पारलौकिक जीवनमा सफलता प्राप्त गर्न सकोस् । कोही कसैमाथि अत्याचार न गरुन, कसैको अधिकारलाई हडप्नु, कसैको जीवन सम्पति लिंदा उसको हत्या नगर्नु, बल्कि कुनै एक मासूम व्यक्तिको हत्या सारा संसारको उत्पातको कारण हुन सक्छ। इस्लामले मानवको जीवनको सुरक्षाको लागि प्रभाव शाली बल दिएको छ र कसैको मासूम व्यक्तिको हत्या महापापमा शामेल गरेको छ । जस्तैः अल्लाह तआलाको भनाई छः “जसले कुनै व्यक्तिको कुनै कारणले बदला लिन या धरतीमा उत्पात फैल्याउन अतिरिक्त कुनै कारणबाट मार्यो भने मानौ उसले सबै मानवको हत्या गर्यो र जसले कुनै मानवको जीवन बचाउन कोसिस गर्यो, उसले मानौ सारा मानवलाई जीवन दान दियो।”  (सूरह अल-माइदाः 32)

तर जो व्यक्ति अनाहक कुनै व्यक्तिको हत्या गर्दछ र अरु अपराधी पनि जोसँग अल्लाह र उसको रसूल (सल्ल.) ले मनाही गरेको छ, त्यो कार्य गर्यो भने यस्तो व्यक्तिलाई दुई गुणा तीन गुणा यातनाहरुमा ग्रस्त गरिनेछ र उनलाई कसैले सहायता गर्ने छैन। जस्तै कि अल्लाहले चेतावनी दिनु भएको छः “र जो अल्लाहको साथ कुनै अर्कोलाई आफ्नो पूज्य मान्दैनन् र अनाहक़ कुनै जीवको जसको (हत्या) गर्नलाई अल्लाहले अवैध ठहर्याएको छ उसको हत्या गर्दैन र न उनीहरु व्यभिचार गर्दछन् जो कोही यो काम गर्दछन् उनीहरु पापको कारण सामना गर्नु पर्छ । क़ियामतको दिन उसको यातना बढदै जान्छ र त्यो त्यसमा अपमानित भएर स्थायी रूपमा रहनेछ।”   (सूरह अलफुर्क़ानः 69)

यसै गरी नबी (सल्ल.) ले पनि कुनै मूमिन (आस्थावान) को अनाहक हत्यामा शामेल सबै व्यक्तिलाई जहन्नममा प्रवेश गरिने सूचना दिनु भएको छ । रसूल (सल्ल.) को भनाई छः अबू सईद अल्खुदरी (रज़ि•) बाट वर्णन गरिएको छ, रसूल (सल्ल.) ले भन्नुभयोः यदि कुनै एक मूमिनको अनाहकमा हत्यामा धर्तीवाला र आकाशवाला भागीदार हुन्छन् त अल्लाह ती सबैलाई घिसारेर उधोमुन्टो पार्दै जहन्नममा प्रवेश गराउनेछ। (सही अत्तरगीबः 2442 वा सही अत्तिरमिज़ीः 1398)

मुसलमान या गैर मुस्लिम सबैलाई अनाहकमा हत्या गर्नु महापाप हो। त्यसैले कोही अपराधी व्यक्तिलाई अल्लाह तआला स्वर्गमा प्रवेश गराउनु हुँदैन । नबी (सल्ल0)  ले सबै मानवलाई सूचित गर्नु भएको छ । रसूल (सल्ल0)  को भनाई छः “जसले कुनै पनि शान्ति प्रिय व्यक्तिको हत्या गर्यो त्यसले जन्नत (स्वर्ग) को सुगन्ध तक पाउँदैन, यद्यपि जन्नत (स्वर्ग) को सुगन्ध चालिस वर्ष टाढा देखि नै प्राप्त हुन्छ।”  (सही बुखारीः 6914)

तर मानवको आफ्नो प्राणमाथि पनि अधिकार छैन ऊ जस्तो चाहन्छ त्यसको प्रयोग प्रयोग गर्न सकोस्, जब चाहन्छ उसले आफुलाई मार्न सक्छ, तर यो जीवन उसलाई अल्लाहको तर्फबाट अमानतको रुपमा मिलेको छ र यस संसारमा ऊ आफ्नो ईच्छा बिना आएको छ त यस संसारबाट पनि आफ्नो ईच्छाबाट जान सक्दैन । यसैले जुन व्यक्तिले आत्महत्या गर्छ त्यसलाई अल्लाह तआला हमेशा हमेशाको लागि  जन्नहममा प्रवेश गराउनु हुन्छ। नर्कमा आफुले आफुलाई त्यसै वस्तुबाट कष्ट दिई रहन्छ, जुन वस्तुबाट संसारमा आत्महत्या गरेको थियो। सिवाए अल्लाह यसलाई क्षमा गरि दिऊन ।

रसूल  (सल्ल0) को कथन छः ” जसले यो संसारमा कुनै चीजबाट आफ्नो आत्महत्या गर्छ भने त्यसै चीजबाट क़ियामतको दिन उसले आफुलाई यातना दिई रहन्छन् ।”  (सही बुखारीः 5700 व सही मुस्लिमः110)

यस सजायको बारेमा केही विस्तार पूर्वक अर्को हदीसमा यस प्रकारको वर्णन भएको छ। रसूल (सल्ल0) ले सुचित गर्नु भयो ।

अबू हुरैरा (रज़ियल्लाहु अन्हु) बाट वर्णन गरिएको हो । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयोः ” जसले पहाड़बाट हामफालेर आत्महत्या गर्छ, त त्यसले जहन्नममा प्रवेश भएर उसमा हमेशा हमेशा आफुले आफुलाई पहाड़बाट हाम फालेर सज़ाय दिइ रहन्छ र जसले बिष खाएर आत्महत्या गर्यो त नर्कमा प्रवेश हुन्छ र विष उसको हातमा हुनेछ जसबाट उसले आफुलाई हमेशा स्वयं सज़ाय दिई रहन्छ र जसले धारदार छुरीबाट आत्महत्या गर्छ त त्यो व्यक्तिले तेजिलो छुरी उसको हातमा हुन्छ र संधै आफुलाई त्यसैबाट सज़ाय दिई रहन्छ।”  (सही बुखारीः 5442 व मुस्लिमः 109)

आत्महत्या गर्नेवाला व्यक्तिले अल्लाह माथि विश्वास गर्दैन र अल्लाहले दिएको जीवनलाई अल्लाहको अनुमति बिना खत्म पार्दछ अल्लाह तआला त्यसको लागि स्वर्ग अवैध गर्नु हुन्छ। जस्तैः रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले पहिलेको व्यक्तिको बारेमा यी कहानी यस प्रकार बयान गर्नु भएको छ।

जुन्दुब बिन अब्दुल्लाह (रजि.) बाट वर्णन गरिएको छ। रसूल (सल्ल.) ले भन्नुभयो तिमीहरु भन्दा पहिलेको समाजमा एकजना व्यक्ति थियो। उ घाइते भएको थियो जसले गर्दा उसलाई धेरै पीड़ाको अनुभव भयो र पीड़ाको कारण उसले एउटा चक्कु लियो र आफ्नो हात काट्यो जसको कारण रगत बगि रह्यो, यहाँ तक कि उसको मृत्यु भयो । तब अल्लाहले भन्नुभयो मेरो यस भक्तले आफुले आफ्नो साथ हतार गर्यो यसैले मैले यस माथि स्वर्ग अवैध गरिदिए ।  (बुखारीः 3276, मुस्लिमः 113)

Related Post