मुहम्मद सल्ल. मक्कामा नै किन ?

मुहम्मद सल्ल. सातौं शताब्दिमा नै किन ?

संसारको केन्द्र बिन्दु मक्काको खान ए काबा हो।

हामीले पहिले नै बताइ सकेका छौं, प्रत्येक जातिमा अलग-अलग सन्देशवहाक आउँथे, उनको शिक्षा उनको जातिमा मात्र सिमित रहन्थ्यो र उनीहरुलाई एक पूर्ण जीवन व्यवस्था पनि दिईदैन थियो। त्यसको कारण यो थियो कि प्रत्येक जाति एक अर्कोबाट अलग ठाऊँमा बसोवास गर्दथे र उनीहरुको बीच ज्यादा मिलजुल थिएन र उनिहरुमा भाषा पनि एक-अर्कामा फरक-फरक थियो ।…त्यो भाषालाई सिक्नलाई मानिस त्यति ध्यान दिंदैनथे । मानव बुद्धि पनि कमि नै थियो। त्यस्तो अवस्थामा एउटै शिक्षा सबैलाई दिनु अत्यन्तै कठिन थियो । किनकि मानव जातिको विकाश त्यसरी नै भयो जसरी एक बच्चाको प्रगति हुन्थ्यो, त्यसै प्रकार ईश्वरीय ज्ञान दिनु आवश्यक थियो। अतः रोग अनुसारको औषधि प्रयोग गरेको थियो र मानव जातिलाई यत्ति नै आदेश दिए ईश्वरले कि जति उस्को सामर्थ्य प्राप्त थियो।

      जब सातौं शताब्दिमा विभिन्न, भौतिक सुविधा प्राप्त थियो। एक देशबाट अर्को देशमा जान सजीलैसँग जान सकिने भयो। संसारको कुनै कुनामा पनि सवारी साधन पर्याप्त भए। विभिन्न जात-जाति एक अर्काको भाषा सिक्न थाले। व्यापार कला तथा शिक्षामा धेरै प्रगति भयो। साम्राज्य विस्तारवादले कैंयौं देशमा विजय हासिल गर्दै सबैमा एकै किसिमको राजनैतिक व्यवस्था कायम गर्न सक्षम भए त त्यस्तै ईश्वरले पनि प्रत्येक ठाउँमा अलग-अलग सन्देष्टा पठाउन बन्द गर्दै संसार भरि कै लागि संसारको भू-भागको ठिक मध्य क्षेत्रमा पर्ने गरी हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई आफ्नो दिव्य शिक्षा दिनको लागि रसूल (पैगम्बर) चुन्नु भयो र एउटै ‘इस्लाम’ धर्मको शिक्षा धर्म विधान अनुसार संसार भरिको लागि दिनु भनेर पठाउनु भयो। कुरआनमा भनिएको छः “हामीले तिमीलाई सम्पूर्ण मानिसका लागि शुभ-सन्देश दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका छौं। तर धेरै जसो मानिसहरु छन् जसलाई यस सम्बन्धमा जानकारी नै छैन।” (सूरः सबा आयत नं. २८)

मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको जन्म मक्कामा नै किन भयो भन्ने सम्बन्धमा केही प्रमुख तथ्यहरु पेश गर्न चाहन्छु ती निम्न प्रकारका छन्।

(१) यो देश एशिया तथा अफ्रिकाको ठीक मध्य भागमा स्थित छ र युरोप पनि यहाँको नजिक पर्दछ। वैज्ञानिकहरुको अनुसन्धान अनुसार यो प्रमाणित हुन्छ कि मक्का पृथ्वीको क्षेत्रफलको हिसाबले यस पृथ्वीको बीच भागमा स्थित छ। यसकारण विश्वनायक सारा संसारको लागि यही मध्य भागमा आउनु अति उत्तम थियो किनकि बीच भागबाट चारैतिर समान दुरी हुने हुनाले सबैलाई समान ढंगले शिक्षा दिन सजिलो हुन्छ ।

(२) अरब हर प्रकारको पापबाट मुछिएको हुनाले यस अवस्थाबाट मुक्ति दिलाउन जरुरी थियो। जस्तैः- चोरी, डकैती, व्यभिचार, रक्सी, लडाई, झगडा, एक गाउँले अर्को गाउँलाई लुटमार गर्ने र छोरीलाई जिउँदै गाड्ने चलन चल्ती जस्ता विभिन्न विकृतीहरु विद्यमान थिए। यस्तै अपराधको दलदलमा फसेका भए पनि उनीहरु निडर तथा बहादुर थिए । आफ्नो प्रतिष्ठाको लागि प्राणको आहुती (वलिदान) दिन अलिकती पनि पछि पर्दैनथे । कुनै नयाँ क्रान्तिको लागि यस्ता व्यक्तिको जरुरत पर्दथ्यो जो त्यहाँका बासिन्दामा त्यस्तो गुण थियो। जुन कुरा उनको मनमा विश्वास हुन्थ्यो त्यसलाई आत्मामा पक्का विश्वास साथ अवलम्वन गर्दथे, चाहे ज्यानै जान्छ भने पनि त्यसबाट पछि हट्दैनथे। मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमका सहयोगी (अनुयायी) हरु उनको लागि आफ्नो प्राणको वलिदान, यातना तथा सम्पूर्ण सम्पत्ति त्याग्ने साहसिक बहादुर योद्धा थिए।

(३) त्यस (अरब) देशमा कुनै शासक थिएनन्, जो ईश्वरीय आदेश विरुद्ध लाग्ने। इतिहास साक्षी छ कि जुन देशमा राजा थिए, त्यहाँ ईश्वरीय आदेश सुनाउनेवाला संदेशवहाक आउँदा कसैलाई देश निकाला गरि दिए त कसैलाई मारी दिए। उनको विरोध यसैकारण गर्दथे कि कहीँ हाम्रो राजगद्धी हडप्लान भन्ने उनीहरुलाई डर थियो। यस्तै कारणले अनाहकमा कयौं नवीको ज्यान गएको हुनाले यस समस्याबाट अरबमा कुनै खतरा थिएन । आफ्नो सन्देश संसारमा फैलाउन यिनै साहसी वीर योद्धालाई सुम्पिन उचित ठानेर अल्लाहले यस अरबबाट मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई आफ्नो रसूल चुनेको प्रमाण पुष्टि हुन्छ।

मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) सबैको लागि

     मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको आह्वान कुनै विशेष जातिको लागि नभएर सम्पूर्ण विश्वको लागि नै मार्गदर्शक बनाईएका थिए। वहाँले जुन सन्देश मानव जातिका लागि पेश गर्नुभएको थियो, त्यो संसारका मानवको लागि कल्याणकारी छ किनकि मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम पछि कुनै रसूल आउने छैनन्। फेरि वहाँले जुन ईश्वरको तर्फ बोलाएको थिए, त्यो सारा जगतको मालिक हो। पवित्र कुरआनको प्रथम सूरः को पहिलो आयतमा छ ।

“सम्पूर्ण प्रशंसा अल्लाहको लागि नै हो जो सम्पूर्ण संसारको प्रभू हुनुहुन्छ”।

यस्तै प्रकार वहाँले जुन ग्रन्थ मानव समाज समक्ष पेश गरेका थिए,

त्यो सन्देश पनि सम्पूर्ण जगतको लागि नै हो। कुरआनले “ए कुरैश ! या “ए अरबवाला” ! भनेको छैन, तर “या अय्योहन्नासो” अर्थात “ए मानवसमुदाय”! “ए मानव”! भनेर आफ्नो आह्वान सम्पूर्ण मानवको लागि प्रस्तुत गरेको छ। यस कुराको प्रमाण यो हो कि कुरआनको सन्देश सारा संसारको लागि हो।

कुरआनमा भनिएको छ- “अति वृद्धिवान हुनुहुन्छ, अल्लाह जस्ले यो “फुर्कान” आफ्नो भक्त माथि अवतरित गर्नुभयो ताकि यो संसारका मानिसहरुलाई डराउने होस् ।” (सूरःफूर्कान आयत-१)

मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम विश्वब्यापी सन्देष्टा हुनुहुन्छ यसका प्रमाणहरु निम्न लिखित तथ्यबाट प्रष्ट हुन्छ।

(१) मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले जुन ईश्वरको उपासना एवं दासतातर्फ मानवलाई बोलाउनु भयो। वहाँ सम्पूर्ण मनुष्यको जन्मदाता र पालनकर्ता हुनुहुन्छ। उनलाई यही भन्नुभयो कि एक ईश्वरको पूजागर र मूर्ति पूजाबाट बच। यही सन्देश हर युगमा प्रत्येक ईशदूतको निमन्त्रणाको सार थियो।

(२) मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले सम्पूर्ण मनुष्यलाई एकै जाति सम्झनु भयो र विभिन्न प्रकारको भेद-भाव जातिवादलाई मेटाउनु भयो। वहाँले भन्नुभयो कि सम्पूर्ण मानव आपसमा समान छन्। तिनीहरुमा रुप-रंग, धर्म एवं भाषाको आधारमा कुनै प्रकारको भेद-भाव पाईदैन ।

पवित्र कुरआनमा ईश्वरले भन्नुभएको छ- “हे मानव ! हामीले तिमीहरुलाई एक पुरुष र एक स्त्री जातिबाट सृष्टी गरेका छौं र विभिन्न वर्ग तथा समुदायमा वर्गिकरण गरेका छौं, ताकि तिमीहरु एक दोश्रालाई चिन्न सक। ईश्वरको अगाडि सबैभन्दा धेरै सम्मानित त्यो हो जो ईश्वरसँग धेरै डराउँछ।” (सूरःहुजरात-आयत नं. १३)

(३) मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले जुन सिद्धान्त पेश गर्नु भयो त्यसको आधारमा एक शान्तिपूर्ण समाजको स्थापना गर्न सकिन्छ।

(४) मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको शिक्षाले मानवलाई नैतिक, सामाजिक, आर्थिक, राजनैतिक, आध्यात्मिक प्रत्येक पक्षमा सफल गराउँछ। यसले मानवमा आध्यात्मिक, नैतिक तथा जीवनको सामूहिक समस्याको कानून तथा राजनीतिमा उज्यालो प्रकाश ल्यायो र अल्लाहको अस्तित्व, महाप्रलय, स्वर्ग, नर्क, ईश्वरीय ग्रन्थ र पहिलेको पैगम्बरको बारेमा विस्तृत ज्ञान दिएको थियो। पवित्र कुरआनमा भनिएको छः “हामीले तिमीलाई सम्पूर्ण मानिसका लागि शुभ-सन्देश दिनेवाला र सावधान गर्नेवाला बनाएर पठाएका छौं। तर धेरै जसो मानिसहरु छन् जसलाई यस सम्बन्धमा जानकारी नै छैन।” (सूरः सबा आयत नं. २८)

स्रोतः सत्यको खोज पुस्तक

लेखकः सफात आलम (मदनी)

अनुवादकः मुहम्मद इब्राहीम खरेल

Email- [email protected]

 

Related Post