New Muslims APP

रसूलको आज्ञापालन किन गर्नु पर्छ  ?

अल्लाहको रसूलको आज्ञापालन किन गर्नुपर्छ ?

ढुंगाले पनि अल्लाहको लागि सज्दा गर्छ

अल्लाहले यस संसारलाई सृष्टि गरे पश्चात यसको बासीको रूपमा पहिला जिन्न (दानव) हरूलाई सृष्टि गर्नुभयो, तर उनीहरूले यस सुन्दर संसारमा उपद्रव र रक्तपात गर्न थाले र अल्लाहले निर्धारित गरेका सीमाहरूको अतिक्रमण गर्न थाले, अनि अल्लाहले यस सुन्दर संसारको बासिन्दाको रूपमा मनुष्यलाई माटोबाट सृष्टि गर्ने इच्छा गर्नु भयो,

त फरिश्ताहरूले भने हे परम्पूज्य हामी तिम्रो स्तुतिको लागि प्रयाप्त छौं, तिमी किन यस्तो सृष्टि बनाउन लागेका छौ जुन दानव झैं रक्तपात गर्छन् । त अल्लाहले भन्नुभयो, हे मेरा भक्तहरू तिमीलाई त्यो ज्ञान छैन जुन मलाई छ । अनि अल्लाहले आदमलाई एक मुठ्की माटोबाट सृष्टि गर्नु भयो, र उनको शरीरबाट उनको श्रीमती हौवालाई बनाउनु भयो, र यिनै दुवैबाट यस मानवजातिको सृष्टी भयो, र उनीलाई अनेकौं गोत्र र समूहमा विभाजित गरिदियो ताकि एक अर्कालाई चिन्न सकुन्। अल्लाहको कथन छ,- “हे मानव ! हामीले तिमीहरूलाई एक पुरुष र एक स्त्रीबाट सृष्टि गर्यौ र तिमीहरुलाई विभिन्न जाति र वंश बनायौ ताकि, तिमीहरु एक अर्कालाई चिन्न सक । वास्तवमा अल्लाहको दृष्टिमा तिमीमध्ये सर्वाधिक प्रतिष्ठित त्यो व्यक्ति हो जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्दछ । निस्सन्देह अल्लाह सर्वज्ञ र सुसूचित छन्” । (सूरह अल हुजुरात १३ )

र उनीहरूको लागि कुमार्ग र सुमार्ग स्पष्ट पारिदिया, र उनीहरूको लागि इस्लाम धर्मलाई रोज्यो, र त्यसलाई मुहम्मदद्वारा परिपूर्ण पनि गरिदियो । जस्तो कि अल्लाहको कथन छ: “आज मैले तिमीहरुको “दीन” (जीवन पद्धति) लाई तिमीहरुका तिम्ति पूर्ण गरेको छु र तिमीहरुका प्रति आफ्नो अनुग्रह पूरा गरेको छु अनि तिमीहरुकालागि दीन स्वरुप(जीवन पद्धति)  इस्लामलाई रोजेको छु”।          ( सूरह अल माइदा ३)

र अर्को ठाउँमा अल्लाहको कथन छ: “अल्लाहको दृष्टिमा इस्लाम मात्र (स्वीकार्य) दीन (धर्म) हो तर जुन मानिसहरुलाई ईश ग्रन्थ प्रदान गरिएको थियो  आपसी रिस–रागको कारण विरोध गरेका हुन् र जुन मानिसले अल्लाहका आयातहरूलाई मानेनन्, अल्लाहले उसको शीघ्र हिसाब लिने छ”।                 (सूरतु आल्इम्रान १९)

र अर्को ठाउँमा अल्लाहको कथन छ: “जसले इस्लाम बाहेक अन्य कुनै धर्म ग्रहण गर्न खोज्छ, उसको धर्म कदापी स्वीकार्य हुने छैन र ऊ आखिरतमा घाटा बेहोर्नेहरु मध्येको हुनेछ।” (सूरतु आले इम्रान ८५)

र उनीहरूको लागि सुमार्ग र कुमार्गलाई स्पष्ट पार्ने क्रमलाई निरंतरता दिने उद्देश्यले आफ्नो सन्देष्टाहरूलाई पठाएर त्यसलाई नवीकरण गर्दै रह्यो, र यसै क्रममा अल्लाहले सबै सन्देष्टाहरूको समापक हजरत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई अन्तिम संविधान दिएर पठाउनु भयो, जुन प्रलयसम्म बाँकी रहनेवाला छ । र यसको अनुशरण संसारका समस्त प्राणीहरू माथि अनिवार्य छ । अल्लाहको कथन छ: “भनिदिनु ! कि अल्लाह र रसूलको आदेश पालन गर । यदि मान्दैनन् भने अल्लाहले पनि काफिरहरूलाई प्रेम गर्दैन”। (सूरतु आले इम्रान)

अल्लाहको कथन छ: “हे मोमिनहरू ! अल्लाहको आदेश पालन गर र उसका रसूल (स.) का आदेशहरूको पालन गर र तिमीहरूमध्ये अधिकार भएकाहरूको । फेरि यदि तिमीहरूमा आपसी मतभेद भएको अवस्थामा, यदि तिमी अल्लाह र आखिरतको दिन माथि ईमान राख्दछौ भने त्यस कुरालाई अल्लाह र त्यसका रसूल (स.) तिर प्रेषित गर । यो साह्रै राम्रो कुरा हो र यसको परिणाम पनि राम्रो हुन्छ।” (सूरतुन्निसा ५९)

अल्लाहको कथन छ: “भनिदेऊ, अल्लाहको आज्ञापालन गर र रसूलको आज्ञा पालन गर अनि आफु मध्येको जिम्मेवारको । यदि तिमीहरु विमुख हुन्छौ भने, रसूलमाथि केवल उनलाई सुम्पिएको जिम्मेवारी छ र तिमीहरुमाथितिमीहरुलाई सुम्पिएको जिम्मेवारी छ । र तिमीहरुले उनको आज्ञापालन गर्यौ भने तिमीहरुले अवश्य नै सत्मार्ग पाउनेछौ र रसूलको जिम्मेवारी त स्पष्ट रूपमा अल्लाहको सन्देश पुर्याउनु मात्र हो।” ( सूरतुन्नूर ५४ )

र अर्को ठाउँमा अल्लाहको भनाई छ: “हे ईमानवालाहरू ! अल्लाहको आज्ञापालन गर, र रसूलले भनेको मान र आफ्ना कर्महरूलाई नष्ट नपार।”

( सूरतु मुहम्मद ३३)

अन्तिम सन्देष्टा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको आज्ञापालन नगर्ने व्यक्तिलाई नर्कमा हाल्ने चेतावनी पनि दिएको छ । अल्लाहको कथन छः यदि कुनै मानिस सही बाटो थाहा पाइसकेपछि पनि रसूल (स.)को विरोध गर्दछ र अन्य मोमिनहरूको बाटो छाडि अन्य बाटोमा लाग्दछ भने हामीले त्यसलाई सोही बाटोमा छाडि दिन्छौं, र त्यसलाई जहन्नममा हाल्ने छौं र त्यो जानुपर्ने अति नै नराम्रो ठाउँ हो।

अल्लाहको कथन छ: “मोमिनहरू ! तिमीहरूले अल्लाहको रसूलले बोलाएकोलाई तिमी आपसमा एक अर्कालाई बोलाए जस्तो न ठान । निःसन्देह अल्लाहलाई ती मानिसहरूबारे थाहा छ, जो तिमीहरूमध्ये आँखा छलेर बेवास्ता गरी गोप्य रूपले हिंडी हाल्छन्, हेर जसले उनको आदेशको अवहेलना गर्दछन्, उनीहरूलाई तर्सनु पर्छ कि कहीं यस्तो न होस्, कि उनीहरू माथि कुनै ठूलो विपत्ति आइ नपरोस् अथवा उनीहरू माथि कुनै दुःखद् यातना आइ नलागोस्।”     ( सूरतुन्नूर ६३ )

र अल्लाहले उहाँको अनुशरण गर्नुलाई स्वयम् आफ्नो अनुशरण सरह गरिदियो । अल्लाहको कथन छ: “जुन मानिसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञापालन गर्दछ, उसैले अल्लाहको आज्ञापालन गरे सरह मानिन्छ र जसले आज्ञा उल्लंघन गर्दछन् विमुख हुन्छन् । हे पैगम्बर (स.) ! तपाईलाई यिनीहरू माथि रक्षक बनाई पठाइएको छैन ।” ( सूरतुन्निसा ८०)

र रसूल सल्लल्लाहु अलैहि वसल्लमको कथन छ: “मेरो उम्मत (अनुयायीहरू) का समस्त मान्छेहरू स्वर्गमा जानेछन् इन्कारीहरू बाहेक, त उहाँसित प्रश्न गरियो कि हे अल्लाहका रसूल इन्कारीहरू को हुन् ? त उहाँले उत्तर दिए कि, जसले मेरो अनुशरण गरे तिनीहरू स्वर्गमा जानेवाला हुन्र जसले मेरो अवज्ञा गरे तिनी नै इन्कारीहरू हुने।” (बुखारी)

त रसूल सल्लल्लाहु अलैहि वसल्लमको अनुशरण गर्नुमा नै हामीहरूको लोक परलोकको भलाई नीहित छ, र उहाँको विरोध गर्नु मूर्खता हो र असफलताको मार्ग हो । अब विरोध चाहे कार्यले होस् वा कुराले र विचारधाराले वा अरु कुनै तरिकाले । 

रसूल सल्लल्लाहु अलैहि वसल्लमको भनाई छ:“प्रत्येक बिदअत (नौलो अविष्कृत कुरा) पथभ्रष्टता हो, र प्रत्येक पथभ्रष्टता नर्कसम्म पुर्याउँछ” ।  ( मुस्लिम)

बिदअतको घृणको बारेमा रसूल सल्लल्लाहु अलैही वसल्लमको कथन छ: “जसले पथविचलित गर्नेवाला बिदअत अविष्कार गर्यो जसबाट अल्लाह र अल्लाहका रसूल राजी छैनन् त त्यसमाथि त्यसलाई गर्नेहरूको पाप पनि उस्तै लाग्ने छ जसरी गर्नेहरूलाई लाग्नेछ, र उनीहरूको पापको भारीमा यसबाट कुनै कमी हुनेछैन ” । ( तिर्मिजी )

साभारः- इस्लाम हाउस डट.कम

लेखक- अतीकुर्रहमान मो इदरिस खान मक्की

नोटः- शिर्षक फरक राखेर पोष्ट गरिएको छ किनकि लेख अनुकुल शिर्षक होस् भन्ने प्रकाशकको मनसाय हो। केही जिज्ञासा र टिप्पणी पठाउनु भए आभारी हुनेथिए ।

प्रस्तुतकर्ता- मुहम्मद इब्राहिम खरेल

आ.पि.सी. कुवैत सिटी हेड अफिस

 

Related Post