New Muslims APP

इस्लामी रहनसहन तरिका

इस्लामी रहनसहन तरिका

इस्लामी रहनसहन तरिका

इस्लामी रहनसहन तरिकालाई ध्यान दिने र सोही अनुरुप आफ्नो जीवन बिताउने हो भने हरेक घर, गाउँ बस्ती, देश मात्र होइन विश्वमा नै सबै मानवको आचरणमा सुधार आउँछ। तर केही व्यक्तिमा इस्लामिक आचरण सही हुन सक्छ, तर अधिकंश व्यक्तिमा नैतिकता भनेको कुन चरीको नाम हो भनेर सोध्नु पर्ने हुन्छ। इस्लाम धर्ममा जुन किसिमको नैतिकताको पाठ हामीले पाउँछौं अरु कुनै धर्ममा त्यो शिक्षा पाउन सायद दुर्लभ नै होला, तर आज विश्वमा मुस्लिमलाई आतंकवादको बिल्ला लगाउने काम गरिएको छ। कोही व्यक्तिको गलत आचरणले इस्लाम धर्मलाई दोष दिनु उपयुक्त हुन सक्दैन।

कुनै मुस्लिम व्यक्ति कसैको हत्या गर्यो भनेर त्यो हत्यारालाई हेरेर यही नै इस्लाम हो भन्नु पनि गलत हो किनभने अल्लाहको रसूलले भन्नु भएको छ- जो कसैले बिना कारण कुनै निर्दोष व्यक्तिको हत्या गर्छ भने त्यसले सारा मानवको हत्या गर्यो। जो कोही व्यक्तिले जो कसैको जीवन बचाउन प्रयाश गर्छ भने उसले सारा संसारको मानवको जीवन बचायो।” हँ यदी कोही व्यक्तिले आफ्नो तथा परिवारको इज्जत, आफ्नो सम्पति (धन-माल) र आफ्नो ज्यान मार्ने कार्यमा अघि बढ्छ भने उसले आफुलाई प्रतिरक्षा गर्दा उसको ज्यान जान्छ भने त्यो पापी हुँदैन । कुनै मुस्लिम व्यक्ति दोषी हुन सक्छ तर धर्मलाई दोष दिनु सरासर गलत हो। अब हेरौं के छ इस्लाम धर्ममा नैतिकता तथा आचरणको शिक्षा जान्ने कोसिस गरौं । इस्लाम धर्मको आचरण र व्यवहारलाई तपाई अध्ययन गर्न चाहनु हुन्छ भने तपाईले संकिर्णता रहित विचार लिनु अपरिहार्य हुन्छ। इस्लामिक व्यक्तिले पालना गर्नु पर्ने नैतिक आचरण सम्बन्धमा संक्षेपमा पेश गरेको छु कृपया संवेदनसिल रुपमा विचार गर्नुहुन विनम्र अनुरोध गर्दछु। शरिरको सरसफाई राख्नु इस्लामिक नैतिक आचरण हो किनभने पवित्रता नै आधा इमान हो। यस सम्बन्धमा पवित्र कुरआनमा भनिएको छः- “र तिमी अपवित्र छौ भने नुहाएर पवित्र रहनु” (सूरः मायदा-6) कपडा सफा र पवित्र राख्न जोड दिएको छ। यस बारेमा पनि पवित्र कुरआनमा उल्लेख गरिएको छः- “र आफ्नो कपडालाई सफा राख (सूरःमुद्दस्सिर-4) दत्तिवन गर्नु अर्थात दांत सफा गर्नु । (मुस्लीम, किताबुत्तहारत) बाटोमा दिसा-पिसाब नगर्नु (मुस्लीम,किताबुत्तहारत) उभिएर पिसाब नगर्नु किनकि उक्त छिटाले आफू अपवित्र भइन्छ।(मुस्लीमकिताबुत्तहारत) कम्तिमा हप्तामा एक दिन अर्थात शुक्रबार अवश्य नुहाउने गर्नुहोस्। (मुस्लीम, किताबुत्तहारत) खाना खानु भन्दा पहिले र खाना खाए पछि अवश्य हात धुने गर्नुहोस्। (मुस्लीम, किताबुत्तहारत) खाना खानु भन्दा पहिले विस्मिल्लाह भन्नु। (मुस्लीम, किताबुत्तहारत) सबैजनासँगै बसेर खाना खानुहोस्। (बुखारी, किताबुल् अत्इमा) पानी पीउँदा रोकिई रोकिई तीन पटक गरेर पीउनुहोस्। (बुखारी, किताबुल् अत्इमा) नत्र भाँडामा सास प्रवेश गर्छ । पानीको भाडामा सास फेर्दा पानी हुन्छ । (बुखारी, किताबुल् अत्इमा) पानी पीउदा बसेर पीउनु पर्छ । (बुखारी, किताबुल् अत्इमा) खान, पिन गरेपछि “अल हम्दुलिल्लाह” भन्नुपर्छ । कुनै सभा वा सेमिनार र बैठकमा वा प्रार्थना स्थलमा अरुलाई नाघेर अघि नजानु, जहाँ ठाउँ मिल्छ त्यहीं बस्नुपर्छ । सभा वा बैठक या कुनै भेलामा अरुलाई उठाएर बस्नु हुँदैन । (तिर्मिज़ी) यदि सभा वा बैठक या कुनै भेलामा चारै तिर मानिस बसेका छन् भने बीचमा गएर बस्नु हुँदैन । बाटामा बस्नु हुँदैन यदि बस्नु पर्ने नै भए केही ठाउँ छोडेर बस्नु पर्छ । बाटोमा हिंडदा आँखा तल हेर्नु, केही नोक्सान पुर्याउने चीज भए त्यसलाई हटाउनु, सलामको जवाफ राम्रोसँग दिनु, पुण्य कार्य गर्नलाई आदेश दिनु, गलत कार्य गर्नबाट रोक्नु, बाटो भुल्नेलाई बाटो देखाउनु, कठिनाई परेको व्यक्तिलाई सहायता गर्नु । (अबुदाउद) राम्रो व्यक्तिको संगत गर्नु । (बुखारी) कसैको निजी कुर्सी या विस्तारामा उसको आज्ञा विना नबस्नु । कुनै भेला वा बैठकमा बसेर कानमा साउती कुरा नगर्नु । मानिसहरुसँग भेटघाटमा खुशी र हंसिलो मुहार प्रकट गरेर बोल्नु (तिर्मिज़ी) भेटघाटको समयमा “अस्सलामु अलैकुम व रहमतुल्लाह व बरकातुहू” (अर्थ- सलाम छ हजुरलाई र ईश्वरको तर्फबाट शान्ति, कृपा र प्रगती होस् ।) भन्नु पर्छ । (बुखारी, मुस्लीम, अबूदाउद) सलामको जवाफ राम्रोसँग दिनुहोस् (सूर निसा-86) भेटघाटको समय आफ्नो दाहिना हात मिलाउनु पर्छ। (अबू दाऊद) कसैको घरमा उसको आज्ञा विना प्रवेश नगर्नुहोस् । (तिर्मिज़ी, सूरः नूर-4) बाटामा रोकिई रोकिई हिंड्नु हुँदैन, र धेरै छिटो छिटो पनि हिंड्नु हुँदैन मध्यम गतिले हिंड्ने गर्नुपर्छ । (बनी इस्राईल) सकेसम्म यात्रा एक्लै नगर्नु, साथिहरुको साथमा गर्नु (अबू दाऊद) साँझमा छिट्टै सुत्नुहोस र बिहान सबेरै उठ्नुहोस् (अबू दाऊद) घोप्टो परेर नसुत्नुहोस् ।(अबू दाऊद)  दाहिने हात तर्फ कोल्टो फेरेर सुत्नु पर्छ र सुत्नु भन्दा पहिले प्रार्थना गरेर सुत्ने गर्नुहोस्।

सुत्ने बेलाको प्रार्थनाः-अल्लाहुम्म बि’इस्मि’क अमूतु व अह’या ।

अर्थ-ए अल्लाह म तिम्रो नाम लिएर मर्छु र जीउँदो हुन्छु ।

उठ्ने समयको प्रार्थनाः-अल्हम्दु लिल्लाहील् लज़ी अह याना बअ’द मा अमातना व इलैहिन्नुशूर। (अर्थः- सम्पूर्ण तारिफ उनै अल्लाहको लागि हो जसले हामीलाई मार्ने र जीउँदो पार्नु हुन्छ र हामी सबै उसैतर्फ जानुछ ।)     (बुखारी)

Related Post