मानिसलाई के कारणले रिस उठ्छ ?

रिस

रिस सबैको शत्रु हो रिसले नै सबै नासिन्छ

मानिसलाई कुनै कुरामा चित्त नबुझ्दा मस्तिष्कको आमिग्डाला भनिने भाग सक्रिय भैहाल्छ, र यसले शरीरका अन्य मुख्य भागलाई तुरुन्त प्रतिकारमा उत्रिने संचार प्रबाह गर्दछ। त्यसपछि हाम्रो मृगौलाको माथिपट्टि हुने अड्रेनल नामक ग्रन्थीले तुरुन्त अड्रेनलिन भनिने रासायन उत्पादन गर्दछन्। नोराड्रेनलिन नामक अर्को हार्मोनको पनि शरीरमा तीब्र गतिमा उत्पादन हुन थाल्दछ। यी रासायनहरु उत्पादन हुने बित्तिकै मुटुको गति बढिहाल्छ। मुटुको गति बढेपछि रक्त चाप  बढ्न गई शरीरका मांसपेशी र मस्तिष्कमा रक्त प्रबाह पनि बढ्छ।

अड्रेनलिनले खतराको संकेत दिएपछि हाम्रो शरीरमा हुने अर्को हार्मोन टेस्टोस्टरोन पनि द्रुत गतिले उत्पादन हुन्छ। मुख्यतया अड्रेनलिनले जिउ कमाउँछ, अनि टेस्टोस्टरोनले रातोपिरो बनाउँछ। हार्मोनहरुको ककटेल हुँदा दिमाग सन्किन्छ। यी सबै मिल्दा मान्छे कुर्लिन्छ, अनि उर्लिन्छ।

अड्रेनलिन र नोराड्रेनलिन यस्ता हार्मोंन अथवा न्युरोट्रान्समिटर हुन जसले शारीरिक, मानसिक तथा सम्बेगात्मक कुनै पनि तबरले मान्छेले आफू खतरामा पर्यो भन्ने महसुस गर्यो भने उक्त खतरासंग जुध्न उसको शरीरले सम्भाव्य संपूर्ण उपायहरु अज्माएर तयार हुने संदेश दिन्छन्। यस्तो अवस्थालाई भनिन्छ।

अड्रेनलिन र नोराड्रेनलिनको मात्रा बढेपछि मस्तिष्क र शरीरका मांसपेशीमा अक्सिजन र ग्लुकोजको मात्रा एकदम बढाइदिन्छ, जसको कारणले रिसाउने मान्छे मानसिक तथा शारीरिक दुवै तबरले आफूप्रति आइलागेको चित्त नबुझ्ने कुराको प्रतिकार गर्न तयार भैहाल्छ। यस्तो “भिड कि भाग” को स्थितिमा शरीरले उक्त बेला त्यति महत्वपूर्ण नठान्ने अंगहरु जस्तै, पाचन प्रणाली, आदिलाई चाहिने शक्ति कटौती गरी मस्तिष्क तथा मांसपेशीमा पठाएको हुन्छ। त्यसैले रिसको यो झोकमा मान्छेले नसक्नेलाई पनि शारीरिक तथा मानसिक दुवै रुपले प्रतिकार गर्ने आँट गर्दछ।

“भिड कि भाग” को अवस्थामा हाम्रा संवेगहरुलाई नियन्त्रण र निर्देशन गर्ने हाम्रो मस्तिष्कको अमिग्डला भन्ने भागले Frontal Lobe भनिने मस्तिष्कको अर्को भाग, जसले सही तथा गलत छुट्टयाउने भूमिका खेल्दछ, त्योसंग सिघ्र सम्पर्क स्थापना गरी केही सही निर्देशन दिन खोजिरहेको हुन्छ। यिनीहरुबिचको संचार सम्पर्कको समय १ सेकेन्डको ४ भागको १ भाग जति हुन्छ। तर आमिग्डाला कुनै निर्णयमा पुग्नु अगावै अड्रेनलिन र नोराड्रेनलिनको बढ्दो गतिविधिको कारणले Frontal Lobe को देब्रे आँखाको ठिक माथि हुने मस्तिष्कको भागमा रक्त प्रबाह एकदम बढ्न जान्छ। जसको कारणले मान्छे मानसिक तथा दृश्यात्मक दुवैरुपले अंन्धो जस्तै बन्दछ।

रिसको झोंकको यही बेलामा मान्छेले मुट्ठी कस्ने, मुट्ठी बजार्ने, दाह्रा किट्ने, समान बजार्ने, अरुलाई मार्ने, आफै मर्ने लगायतका जे जस्ता कुरा पनि गर्न सक्दछ।

जब आमिग्डाला कुनै निर्णयमा पुग्दछ, मान्छेको रिसको त्यो रुप एकदम कम भैसकेको हुन्छ। रिस तथा आवेगको चरमचुली मात्र २ सेकेन्डको हुन्छ। आत्महत्या नै गर्न अथवा अरुलाई काट्न हतियार उज्याएको व्यक्तिलाई कुनै तबरले मात्र २ सेकेन्ड रोक्न सकियो भने ऊ त्यो कामबाट पछि हट्दछ। त्यसैले यदि भयङ्कर रिस उठ्यो भने सर्बप्रथम १० सम्म गन्न थालिहाल्नु पर्दछ। रिस प्राणीमा हुने स्वभाविक संवेग हो। रिस उठ्नु पर्छ, होसियारीपूर्बक कुनै रुपमा ब्यक्त हुनु पर्दछ, अनि साम्य हुनु पर्दछ।

हाम्रो शरीरको विभिन्न संयन्त्रको संयोगले जसरी रिस उठाउने कार्य गर्दछ, त्यसरी नै उठेको रिसलाई साम्य पर्ने कार्य पनि गर्दछ। जसरी चित्त नबुझ्ने कुराहरुको कारणले शरीरमा अड्रेनलिन उत्पन्न हुन्छ, र त्यसको कारणले मुटुको धड्कन, रक्त प्रबाह बढ्छ, मान्छे रातोपिरो र जोसिलो हुन्छ, त्यसरी नै अड्रेनलिनको लामो उपस्थितिले शरीरलाई हानी गर्ने हुनाले शरीरको अर्को संयन्त्रले असिटिलकोलिन नामक अर्को रासायन तथा न्युरोट्रान्समिटर उत्पादन गरी अड्रेनलिनको दुस्प्रभाहलाई निस्क्रिय बनाइदिन्छ र रिसाएको मान्छे शान्त बन्दछ।

तर यदि तपाईंलाई बढी नै, र सधै नै रिस उठिराख्छ भने त्यो चाहिं सोचनीय कुरा हो। यसको अर्थ के हुन सक्छ भने तपाईंको शरीरको संयन्त्रमा “भिड कि भागको स्थितिबाट शरीरलाई साधारण अवस्थामा फर्काउने संयन्त्र कमजोर छ अथवा त्यसले राम्रोसंग काम गरिरहेको छैन।

त्यसको अर्थ स्नायु प्रणाली, मुटु, धमनी, आदिले लगातार र बिनाआराम अधिकतम काम गर्न परिराखेको छ। शरीरका यी शीर्ष अंगहरुलाई कामको चाप पर्ने बित्तिकै एकातर्फ कलेजो, मृगौला आदिलाई पनि असर पर्दछ भने अर्कोतर्फ मानसिक रोगहरु लाग्ने सम्भावना पनि त्यतिकै हुन्छ। त्यसैले शान्त स्वभाबका मान्छेलाई भन्दा रिसाहा मान्छेलाई Artery Disease हुने २ गुणा बढी र हृदयघात हुने ३ गुणा बढी सम्भावना हुने कुरा प्रमाणित तथ्य हुन्। हालसालैको १३,००० जनामा गरिएको एक वैज्ञानिक अध्ययनले धुम्रपान अथवा मोटोपनले हुने असामयिक निधन भन्दा रिसको कारणले हुने असामयिक निधन अझै बढी हुने कुरा पनि प्रमाणित गरेको छ। त्यसैले भनिएको होला “रिसले आफै खा”।

रिस ज्यादै शक्तिशाली भाव हो। रिसाएका बेलामा आफूलाई नियन्त्रण गर्न निकै कठिन हुन्छ। रिसको झोंकमा धेरै कुटपिट, हिंसा र हत्या हुने गरेका छन्। कहिलेकाहीं त कसरी यति धेरै ठूलो घटना भयो भन्ने पनि रिसाएको मानिसलाई थाहा हुँदैन।

रिसकै कारण वा रिस नियन्त्रण गर्न नसक्दा आफ्नो कार्यालयमा धेरै समस्या आउन सक्छन्, झगडा हुन सक्छ र आफूले गर्दै आएको काम राम्रोसँग गर्न सकिँदैन। रिसकै कारण घरमा कुटपिटका घटना हुन्छन् र कहिलेकाहीं सिकिस्त हुने गरी कुटपिट गर्ने, मट्टीतेल खन्याएर आगो लगाउने र कसैको ज्यानसमेत लिने प्रयास भइरहेको हुन्छ। त्यस्तै गरेर परिवारमा कलह, झगडा, अनमेल, पारपाचुके र केटाकेटीमा ज्यादै नकारात्मक भाव उत्पन्न हुने प्रमुख कारण पनि रिसाउने, झगडा गर्ने र कुटपिट गर्ने हो।
रिसका किसिमहरु : 
(१) क्रोनिक एङगर :  यस्तो रिस धेरै लामो समयदेखि हुन्छ। आफ्नो जिन्दगीदेखि नै रिस उठेको हुन्छ र अरु सबैप्रति समेत रिस उठीरहन्छ। 
(२) भ्वाइलेन्ट एन्गर : अचानक, एक्कासि रिस उठ्छ तथा तथानाम गाली गर्ने र कुटपिट गर्ने समेत हुन सक्छ र छिट्टै रिस सेलाउँछ।
(३) प्यासिभ एङगरः रिस उठेको हुन्छ तर देखाउने तरिका फरक हुन्छ घुमाउरो पाराले, अरुलाई भनेको जस्तो गरेर वा बोल्दै नबोली आफ्नो रिस पोख्ने गर्छन्।
(४) सेल्फ इन्फेक्टेड एङगर :  रिस अरुसँग उठेको हुन्छ तर उनीहरुले आफैंलाई चोट पुर्याईउने, दुःख दिने जस्ता व्यवहार देखाउँछन् जस्तै शरीरका विभिन्न अंगमा घाउ बनाउने, खाना खान नमान्ने वा लागुपदार्थ वा रक्सी सेवन अत्यधिक गर्ने।
(५) कन्स्ट्रक्टिभ एङगर : रिस अत्यन्त शक्तिशाली इनर्जी हो र रिस उठीसकेपछि कुनै न कुनै रुपमा खर्च हुनै पर्छ। कसैकसैले यो रिसलाई राम्रो काममा लगाउन सक्छन् जस्तै रातदिन खटेर सामाजिक सेवा गर्ने वा रिसलाई आफ्नो खेलकुद वा घरको काममै लगाएर शक्ति खर्च गर्ने।
रिस उठ्दा के कस्ता लक्षणहरु देखिन्छन् ? 

मुड खराब छ भन्ने, आफ्नो काममा चाख नदेखाउने, आफ्ना सहकर्मी वा सुपरभाइजरको कुरा काट्ने, अफिसको कामको जिम्मेवारी नलिने, बिना सूचना काममा नआउने आदी।
रिसले के कस्ता रोगहरु निम्त्याउन सक्छ ? 
टाउको दुख्ने, ब्लड प्रेसर बढ्ने, अल्सर हुने, छालाका रोगहरु हुने वा लागुपदार्थ वा मद्यपान सेवन जथाभावी गर्ने हुन सक्छ।

रिसलाई कसरी दबाउने ?

अब हाम्रो सामने यो प्रश्न उठ्छ कुन साधन या तरिकाले रिसलाई शान्त राख्न सकिंन्छ, र आफ्नो हृदयलाई नियन्त्रण राख्न सहयोगी बन्न सक्छ, यस सम्बन्धमा धार्मिक शिक्षाद्वारा हामी तपाईलाई जानकारी गराउँछौं ।

(१) अल्लाहसँग सहयोग माग्यौ शैतानी शिकारबाट शरण पाउन: सुलैमान बिन सर्द बयान गर्नु हुन्छ म अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको साथ बसेको थिए, मानिसहरु एक आपसमा गाली गलौज गरि रहेका थिए, उनीहरुको अनुहार रिसले रातो पिरो भएको थियो, उसको गालाहरु फूलेको थियो, सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो “म यस्तो शब्द जान्दछु यदि उसले भन्यो भने त उसको रिस समाप्त हुन्छ, यदि उसले अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम भन्यो भने उसको रिस शान्त हुन्छ,”

मानिसहरुले उसँग भनेः अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम भन्नु हुन्छ कि अल्लाहसँग शैतान रजीमको शरण माँग, उसले भन्योः के म पागल भएको छु ? (सहीह बुखारी 3108)

जब एक व्यक्ति अल्लाहको शरण माग्नलाई हृदयबाट विचार गरेर अल्लाहसँग शरण माग्छ, अल्लाहसँग प्रार्थनाको माध्यमबाट नजिक हुन कोशिस गर्दछ र रिसलाई पीउनको लागि मन र मस्तिष्कमा बसाउँछ,र यो कुरा ध्यानमा राख्छ जति उसलाई ताकत हासिल छ त्यो भन्दा कयौं ज्यादै अल्लाह शक्तिमान हुनुहुन्छ त अनिवार्य रूपबाट उसको रिस ठण्डा हुन जान्छ ।

(२) वुजू गर्नु: हज़रत अतिय्या बिन उरवा अस्सादीबाट वर्णन गरिएको हो, अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः “वास्तवमा रिस शैतानको तर्फबाट हुन्छ र शैतानको जन्म आगोबाट भएको हो र आगो पानीबाट निभाउन सकिन्छ जब तिमीहरु मध्ये कसैलाई रिस उठ्यो भने वुज़ू गर्नु” (  अहमद 4/226 अबू दाऊद 4784)

(३) उभिएको छ भने बस्नु यदि बसेको छ भने सुत्नुः  हज़रत अबू ज़र रज़ियल्लाहु अन्हुबाट वर्णन गरिएको छ अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयो “जब तिमीहरु मध्ये कसैलाई रिस उठ्यो भने उ उभिएको छ भने बस्नु यदि बसेको भए सुत्नु” (अहमद 5/152, अबू दाऊद 4782, र इब्ने हिब्बानले यसलाई सही भनेको छ- 5688)

(४) रिसलाई दबाउनु र त्यसको पछि नलाग्नु: अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भयो “पहलवान त्यो होइन जसले अर्कोलाई पछार्छ तर पहलवान त्यो हो जो क्रोधको समय आफ्नो हृदयलाई काबुमा राख्छ”.(बुखारी 6114, मुस्लिम 2609)

रिसलाई काबुमा गर्नलाई हदीसमा यो तरिका बयान गरेको छः “जसको ताकत भएर पनि रिसलाई  काबुमा लिन्छ, त अल्लाह महाप्रलयको दिन उसलाई सारा प्राणिहरुको सामने बोलाउनु हुन्छ र उसलाई अधिकार दिनु हुन्छ कि जन्नतको हूर(अप्सरा) हरु मध्येबाट जसलाई चाहन्छ रोज्न सक्छौ” (सहीहुल जामिअ 6522)

अर्को हदीसमा यसरी बयान गरेको छः “म त्यस व्यक्तिको लागि जन्नतमा एक घरको ग्यारेन्टी लिन्छु जसले वादविवाद र झगडालाई छोड्छ यदि ऊ हकमा  थियो भने पनि”

मनोरञ्जनको लागि गरिने त्यो कार्य जसले झगडा उत्पन्न हुन सक्छ भने त्यो कार्य नगर्नु किनकि अत्यधिक हाँसी मजाकले पनि मानिसलाई रिस उठ्ने कारण बन्न सक्छ र यसको इलाज मानिस आफ्नो काममा व्यस्त हुनुपर्छ ।

Related Post