रोजाको फाइदाहरु

रोजा र यसको फाइदाहरु

रोजा र यसको फाइदाहरु

रोजाको फाइदाहरु रोजा(ब्रत) इस्लामको चौथो स्तम्भ हो र रोजा(ब्रत) राख्न सन् २ हिजरी देखि अनिवार्य भयो । रसूलुल्लाह सल्ल.को भनाई छः-“जसले ईमान र पुण्यको लागि रोजा(ब्रत) राख्दछन् उसको सम्पूर्ण पापहरु अल्लाहले माफ गर्नुहुन्छ । (हदीस- मुस्नद, अहमद)

अझ अर्को थप पुष्टी गर्दै हजरत मुहम्मद सल्लल्लाहु अलैही व सल्लम. भन्नुहुन्छः-“अल्लाह तआलाले भन्नुहुन्छ “मानिसको हर कार्य उसको लागि हो तर रोजा (ब्रत) मेरो लागि हो र म त्यसको बदला दिन्छु ।”(हदीस- मुस्नद, अहमद र मुस्लिम)
रोजा(ब्रत) दुई किसिमको हुन्छ । फर्ज(अनिवार्य) र नफिल(अनिवार्य नभएको अर्थात गरे पुण्य नगरे पाप पनि हुँदैन) फर्ज रोजा(ब्रत) तिन किसिमको हुन्छ
(१) रमजान महिनाको रोजा (२) कफ्फरा (प्रायश्चित) को रोजा(ब्रत) (३) मन्नत(भाकल)को रोजा(ब्रत) ।
बिहानदेखि सूर्यास्तसम्म खानपीन नगर्नुलाई रोजा(ब्रत) भनिन्छ । सन् २ हिजरीमा रमजानको महीना भरिको रोजा(ब्रत) राख्नु सर्वप्रथम मुसलमानहरुका लागि अनिवार्य गरिएको थियो । प्रत्येक बालिग र होश हवास भएको र रोजा(ब्रत) राख्न सक्षम व्यक्तिले रमजानको महीना भरी रोजा(ब्रत) राख्नुपर्दछ । जानीजानी एउटा पनि रोजा(ब्रत) छाड्नु हुँदैन ।

व्रतका फाईदाहरु- रोजा (व्रत) राख्नाले मनुष्यलाई पवित्रता, धार्मिकता, शारीरिक एवं मानसिक फाईदा हुन्छ । वैज्ञानिकहरुको भनाई अनुसार रोजा राख्नाले आत्मा सन्तुष्टी, पेटको बिमार, पित्तशयको बिमार, रगतको बिमार, हाईब्लड प्रेशर, मटुको रोग, कान, आँखा, जोर्नि तथा ढाड दुख्ने बिमारबाट समेत सुरक्षित हुन सकिन्छ । डा. एयर सेनको भनाई छ- भोको बस्नुको उत्तम तरिका रोजा हो जो इस्लामी तरिका अनुसार राखिन्छ । ईशाई डा. रिचर्ड भन्नुहुन्छ- कुनै पनि व्यक्तिले भोको बस्ने विचार भए उसले रोजा (व्रत) राखोस् । म ईसाइ भाईहरुलाई भन्दछु कि भोको बस्नु छ भने मुसलमानहरुको तरीका अनुसार बस्नु उत्तम हुन्छ । रोजा (व्रत) राख्नाले यस लोक र परलोक दुवैमा फाईदा हुन्छ । यस लाभको साथ साथै महत्वपूर्ण कुरा यो हो कि मुसलमानहरु रोजा व्रत केवल अल्लाहको प्रशन्नता प्राप्तिको लागि अल्लाहको आज्ञानुसार राख्छन् । पवित्र धर्म ग्रन्थ कुरआनको सूरह अल बकरामा भनिएको छ- “ए मुसलमानहरु रोजा तिमीहरुको लागि अनिवार्य गरिएको छ जसरी तिमीहरुको पूर्खाहरु माथि अनिवार्य गरिएको थियो किनकि तिमीहरु अल्लाह ईश्वर सँग डराउनु” । कुरआन सूरः अल बकर आयत नं. १८३
त्यस्तै रोजा(ब्रत) को फाइदा अरु पनि छः-
(१) रोजा(ब्रत) राख्नेहरु सित अल्लाह खुशी हुन्छन् र महाप्रलयको दिनमा त्यस्तालाई स्वर्ग प्रदान गर्नेछ ।
(२) रोजा(ब्रत) राख्नाले हृदयमा प्रकाश र अल्लाहबाट डर उत्पन्न हुन्छ, जुन एउटा ठूलो उपलब्धि हो ।
(३) रोजा(ब्रत) राख्नाले भोक र तिर्खा सहने बानी बस्दछ र मानिसले मन माथि नियन्त्रण राख्न सक्दछ ।
(४) रोजा(ब्रत) राख्ऩे मानिसले जायज कमाईबाट तयार पारिएको चीजहरु प्रयोग गर्दछ र नजायज कमाईको चीजबाट तयार पारिएको खानेकुरा ब्रतालुले खाएमा उसको रोजाको कुनै महत्व हुँदैन र उसले पुण्य प्राप्ति गर्न सक्दैन यसैले नजायज कमाईको चीजको प्रयोग गर्दैन ।
(५) रोजा(ब्रत) राख्ऩे रोग हट्छ र स्वास्थ्य राम्रो हुन्छ ।
(६) रोजा(ब्रत) बाट सामार्थ्यवान र धनी मानिसले प्रायः असमर्थ र गरीबहरुको भोक र तिर्खाको अनुभव गर्ने हुनाले तिनीहरुले गरीबहरुलाई सहायता गर्न अग्रसर हुन्छन् ।
रोजा(ब्रत) राख्ऩेले बिहान हुनु भन्दा अघि “सेहरी” खानु र सूर्यास्त हुने बित्तिकै रोजाको ब्रत तोड्नु अर्थात “इफतारी” गर्नु सुन्नत हो ।
रोजा(ब्रत) को समयको प्रार्थाना अनिवार्य कबुल हुन्छ (बुखारी)
रोजा(ब्रत) बस्नेले रोजा(ब्रत) समाप्त गर्ने समयमा यो दुवा पढ्नु पर्छ: अल्लाहुम्म लकसुम्तु व अला रिज्क़िक अफ्तरतु ।
अर्थः-हे अल्लाह मैले तिम्रो लागि नै रोजा राखेको हुँ र तिमीले दिएको आम्दानीबाट इफ्तार(भोजन) गरेको छु (अबु दाउद) र इफ्तार(भोजन) गरेपछिको दुआः-ज़हबज़ ज़मउ वब्तल्लतिल् उरुक़ु वसबतल् अजु इन शाअल्लाह ।
अर्थः- प्यास मेटियो, नसा भिज्यो र अल्लाहले चाहनु हुन्छ भने पुण्य मिल्नेछ (अबु दाउद)

स्रोतः- तालिमुल इस्लाम+इस्लाम प्रश्न और उत्तर( जाकिर नायकको वेब साइटबाट)

लेखक- मुख़्तार अहमद नदवी (मुदीर अद्दारुस्सलफ़िया, मुम्बई)

संकलन तथा अनुवादकः- मुहम्मद इब्राहीम खरेल

Related Post