New Muslims APP

“लाइलाह इल्लल्लाह मुहम्मदुर्रसूलुल्लाह”

लाइला ह इल्लल्लाह, मुहम्मदुर्रसूलुल्लाह

लाइला ह इल्लल्लाह, मुहम्मदुर्रसूलुल्लाह

लाइलाह इल्लल्लाह, मुहम्मदुर्रसूलुल्लाहको अर्थ र शर्तहरु (इस्लामको अर्कान) मा हुनुपर्ने

अल्लाह सिवाय कोही सत्य पूज्य छैन, मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुनुहुन्छ । यो दुई शब्दको एक वाक्यलाई कलमा भन्दछन् ।

यही शब्दलाई पढेर, यसको वास्तविकतालाई स्वीकार गरेर मानिस मुस्लिम बन्दछ, यस शब्दको अर्थ हो सत्य र वास्तविक पूज्य ईश्वर केवल अल्लाह नै हो, अल्लाह बाहेक जसलाई पूज्य मान्दछन् ति सबै झूटो र असत्य हुन । त्यसमा कुनै वास्तविक सत्य छैन, त्यसलाई पूज्य भन्नु वा ठान्नु असत्य र बेफाइदा छ ।

“ला इलाहा”  कुनै सत्य पूजनिय छैन भनेर मानिस सम्पूर्ण झूटा पूज्यलाई अस्वीकार गर्दछ ।

“इल्लल्लाह” केवल अल्लाह पूज्य हुनुहुन्छ, भनेर केवल अल्लाहलाई सत्य पूज्यको रुपमा स्वीकार गर्दछ । यसलाई कलमा शहादतको पहिलो टुक्रा हो र यसैलाई तौहीद(एकेश्वरवाद) भनिन्छ ।

कलिमय तय्यिबामा विश्वास गर्ने शर्तहरु

१.    ज्ञानः- कलमा शहादतको अर्थ वा मतलब जान्नु हरेक कलमा पढ्नेवाला मुसलमानको लागि जरुरी छ, जो मानिस कलमा शहादतको अर्थ जान्दैनन् र केवल मैनाको जस्तो तोते बोली रटेर यसलाई बोलीमा बारम्बार दोहर्याउँछन् तर यसलाई बुझ्दैनन् भने उनिहरुले आफुले कुन कुरालाई स्वीकार गरेको हो वा कुन कुरालाई अस्वीकार गरेको हो भन्ने जान्दैन भने उ केवल नामको मुसलमान मात्र हुन्छ र वास्तविक मुसलमान हुदैन।कलमा शहादतको अर्थ वा मतलब  हो मानिस अल्लाहको सिवाय सबै झुटा पूज्यलाई अस्वीकार गर्दछ र अल्लाह वाहेक अरुको पूजा गर्दैन र पूजा गर्न लायक केवल अल्लाहलाई ठान्दछ र अल्लाह बाहेक अरुको पूजा वा प्रार्थना गर्नु हुँदैन ।

२.    विश्वासः यस कलमा शहादतको अर्थमा मानिसको यस्तो विश्वास होस् कि उसको विरुद्ध हरेक प्रकारको शंका उपशंकाहरुलाई टाढा रहनु र अल्लाह नै पूज्य र अल्लाहको जात वा विशेषतामा विश्वास हुनु पर्दछ ।

३.  इख़्लासः- मानिस कलमा शहादत अर्थमा विश्वास र कर्तव्य पूरा गर्नलाई अल्लाहको प्रशन्नता प्राप्तिको लागि चाहना गरोस् अर्थात केवल अल्लाहलाई आफ्नो पूज्य मान्नु र केवल उसैलाई पूज्य मान्नु, र केवल उसैको भक्ति गर्नु ताकि उसको ईमान(आस्था) वा कार्यमा शिर्क(बहुदेववाद)को बिलकुल अन्त होस् । जस्तै अल्लाहले भन्नु भएको छः भन्नुहोस् मलाई आदेश दिइएको छ अल्लाहको भक्ति गर्नु र उसको लागि धर्ममा पूर्णता गर्नु । ( पवित्र कुरआन सूरः अल-ज़ुमर, आयत-११)

४.  सच्चाईःकलमा शहादत सत्य हुनुमा यस्तो विश्वास हुनुपर्छ जुन हृदयमा कुनै कपट वा शंका नरहोस्  किनकि कपटचारी पनि “ला इला-ह इल्लल्लाह” मुखले भन्दथे तर उनको हृदयमा कलमा शहादत प्रति कुनै सत्यता वा भरोषा हुँदैनथ्यो, जस्तै अल्लाह तआलाले उनको विषयमा भन्नुभएकोछः यि कपटचारी व्यक्तिहरु आफ्नो मुखबाट यस्ता शब्दहरु भन्दछन् जुन उनिहरुको हृदयमा छैन । (करआन सूरः अल फत्ह, आयत-११)

५.  कबुलः- यस कलमा शहादतलाई हृदयले मान्नु, किनकि यसै पनि मानिस बोलीद्वारा त बोल्दछन्  “ला इला-ह इल्लल्लाह”  र यसको अर्थ पनि जान्दछन् तर जिद्धी, घमण्ड, ईर्ष्या र जलनको कारण यसलाई कबुल(स्वीकार) गर्दैनन् ।

६.  फर्मा बर्दारीःकलमा शहादत स्वीकार र विश्वास पछि अल्लाह तआला प्रति पूर्ण इमानदारी हुन “ला इला-ह इल्लल्लाह”  को पालन त्यही सम्भव हुन्छ जब अल्लाहप्रति गर्नु पर्ने कर्तव्य पुरा गरिन्छ र जब अवैध ठहर्याइएको कुराबाट जोगिन्छ  र त्यसमा पूर्ण रुपमा नियम भित्र रहन्छ किनकि इस्लामको हकिकत यही हो, आफ्नो हृदय र अंग को साथ अल्लाहको भक्ति होस् र एक ईश्वर समक्ष उ झुकेको हुन्छ, जस्तै कि अल्लाहको भनाईछः जो आफुले आफुलाई अल्लाहमा समर्पण गर्दछ भने बेशक उसले धर्मलाई बलियोसँग समायो । (लुकमान- आयत २२)

७.  मुहम्बत(प्रेम)कलमा शहादतको वास्तविकताबाट हरेक कलमा पढ्नेवाला मुसलमानले आस्था र स्वीकारको साथै अल्लाह प्रति प्रेम पनि होस् किनकि अल्लाहसँग प्रेम गरेमा उसले अवश्य अल्लाहलाई माया गर्छ, जसलाई अल्लाहप्रति माया छैन उसलाई धर्मप्रति पनि प्रेम प्राप्ति हुँदैन ।

 “मुहम्मदुर्रसूलुल्लाह” को अर्थ

कलमा शहादतको दोश्रो शब्द मुहम्मदुर्रसूलुल्लाहको अर्थ हो हज़रत मुहम्मद सल्लल्लाहु अलैही व सल्लम अल्लाहको आखिरी सत्यवादी रसूल हुनुहुन्छ । उनलाई रसूल मान्नुको अर्थ हो मुसलमान उनको सम्पूर्ण आदेशको पालना गर्नु । उनको सबै कुरालाई सत्य मान्नु उनले रोकेको कार्यबाट रोकिनु, आफु खुशी कुरा गर्न र धर्ममा नयाँ चीजको प्रयोग गर्नबाट बच्नु । मुहम्मद सल्लल्लाहु अलैही व सल्लमको धार्मिक आदेश अनुसार अल्लाहको पूजा गर्नु हो ।

वहाँलाई अल्लाहको रसूल मान्नुको कारण हो वहाँको वाँणी र कार्यलाई अल्लाह पछि सबैभन्दा कलमा शहादतको दोश्रो शब्द मुहम्मदुर्रसूलुल्लाहको अर्थ हो हज़रत मुहम्मद सल्लल्लाहु अलैही व सल्लम अल्लाहको आखिरी सत्यवान रसूल हुनुहुन्छ । उनलाई रसूल मान्नुको अर्थ हो मुसलमान उनको सम्पूर्ण आदेशको पालना गर्नु । उनको सबै कुरालाई सत्य मान्नु उनले रोकेको कार्यबाट रोकिनु, मनोमानी कुरा र धर्ममा नयाँ चीजको प्रयोग गर्नबाट बच्नु ।

मुहम्मद सल्लल्लाहु अलैही व सल्लमको धार्मिक आदेश अनुसार अल्लाहको पूजा गर्नु, वहाँलाई अल्लाहको रसूल मान्नुको कारण हो वहाँको वाँणी र कार्यलाई अल्लाह पछि सबैभन्दा बढि प्राथमिकता दिनुपर्छ र वहाँको सही हदीस मिलेमा कुनै अरु कुनै जरुरी नसम्झिनुहोस् । मुहम्मद सल्लल्लाहु अलैही व सल्लमको पैगम्बरीमा आस्था राख्नु र वहाँको हुकुमको पालनाको सिलसिलामा यि कुरआनका आयत अनुसार पालना गर्नुहोस् । अल्लाहको वाणीछः मोमिन यस्तो हुन्छ जब उ अल्लाह र उसको रसूलतर्फ बोलाइन्छ, जब अल्लाह र उसको रसूलले उनिहरुको बीच फैसला गरिदिनु हुन्छ भने भनुन हामीले आदेश सुन्यौ र मान्छौ र यिनै मानिसहरु सफलता प्राप्त गर्नेवाला हुन् ।

“यसर्थ तिम्रो ईश्वरको शपथ लिन्छु यिनीहरु जबसम्म आफ्ना सम्पूर्ण विवादमा तपाईलाई इन्साफकर्ता स्वीकार गर्दैनन् र तपाईले गरेको निर्णयप्रति हृदयमा कुनै संकुचित विचार नराखी प्रसन्नतापूर्वक त्यसलाई अंगिकार गर्दैनन् तबसम्म मोमिन हुन सक्दैनन्” । (सूरः निसा, आयत-६५)

“ए रसूल मुहम्मद सल्लल्लाहु अलैही व सल्लम तपाई भनिदिनुहोस् यदि तिमीहरु अल्लाहसँग प्रेम गर्दछौ भने मेरो अनुसरण गर, अल्लाह तिमीहरुसँग प्रेम गर्नु हुन्छ र तिम्रो पापहरुलाई माफ गर्नु हुन्छ, अल्लाह धेरै माफ गर्नेवाला र क्षमा गर्नेवाला, दया गर्नेवाला हुनुहुन्छ । ए रसूल मुहम्मद सल्लल्लाहु अलैही व सल्लम तपाई भनिदिनुहोस् अल्लाह र उसको रसूलको आज्ञापालन गर, यदि तिमीहरुले अस्वीकार गर्यौ भने सम्झि कि अल्लाह अस्वीकार गर्नेवालालाई मनपराउनु हुन्न” ( सूरः आले इम्रान, आयत ३२)

 “जो व्यक्ति उनको आदेशको उल्लंघन गर्दछन्, उसले डराउनु पर्छ किनकि तिमीहरुमाथि कुनै गम्भिर आपत-विपत या कष्ट हुने खालको ठूलो दुर्घटना (प्रकोप) आउन सक्दछ” (सूरः अन नूर, आयत-६३)

नबी सल्लको भनाई छः

(१) जो मानिस कोही यस्तो काम गर्छ जुन मेरो हुकुमको विपरीत छ भने उसको त्यो कार्य स्वीकार गरिंदैन । (सही बुखारी, सही मुस्लिम)

(२) मेरो तरीका र खुलफाए राशीदीन (इस्लामी चार बादशाह) को तरीका अनुसरण गर ।  (अबु दाऊद, तिर्मिज़ी, इब्ने माजा)

स्रोतः तालिमुल इस्लाम

लेखक- मुख़तार अहमद नदवी, अद्दारुस्सलफ़िया, बम्बई

 अनुवादकः- मुहम्मद इब्राहीम 

Related Post