व्यापार गर्ने केही नियमहरु

ब्यापार

जायज ब्यापार गर्नु सही हो तर नाजायज ब्यापार गर्नु अनुचित हो ।

कुनै वस्तुलाई फाइदाको लागि साटासाट गर्नुलाई व्यापार भन्दछन। अल्लाह तआलाले मुसलमानहरुलाई आफ्नो जीवनको अवश्यकता र पत्नि तथा बच्चाको जरुरतलाई पूरा गर्नको लागि व्यापार गर्नको लागि उत्साहित गरेको छ, अनाहक कसैको माल खानलाई मनाही गरेको छ जस्तै अल्लाह तआलाको भनाई छ।

 يا أيها الذين آمنوا لاتأكلوا أموالكم بينكم بالباطل إلا أن تكون تجارة ع تراض منكم ولاتقتلوا أنفسكم , إن الله كان بكم رحيما ” (سورة النساء: 29 “

ऐ भक्तहरु, तिमी एक अर्कामा धन सम्पति गलत तरीकाबाट नखाउ, र तिमी खुशीसँग व्यापार गर, र आत्महत्या नगर, निश्चय नै अल्लाह तिमीमा अत्यन्त दयालु हुनुहुन्छ ” पवित्र कुरआनमा अल्लाह तआलाले नमाज़ पढे पछि व्यापारको लागि आफ्नो दोकान, बजारमा काममा व्यस्त हुनलाई आदेश दिएको छ ।

यस सम्बन्धमा अल्लाहको वाणी यस प्रकारछ।

 فإذا قضيت الصلاة فانتشروا في الأرض وابتغوا من فضل الله واذكروا الله كثيرا لعلكم تفلحون” (سورة الجمعة: 10 )

 “जब नमाज पुरा हुन्छ त्यसपछि खेतमा काम गर्न जानु र अल्लाहको कृपाको खोजि गर र अल्लाहलाई धेरै ज्यादै याद गर्दै रहनु, शायद तिमीलाई सफलता प्राप्त हुन सक्छ” व्यापार गर्नु धेरै नै उत्तम कमाई मध्ये हो तर व्यापार गर्ने समय इस्लामी शिक्षाको नियम पालना गर्नु पर्छ, जैसा कि अब्दुल्लाह बिन उमर रज़ी अल्लाहु अन्हुमले वर्णन गर्दै भन्नु हुन्छ, मैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग प्रश्न गरे, सबै भन्दा उत्म कमाई के हो ? त नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो, मानिस आफ्नो हातबाट कमाई गर्नु, र हरेक प्रकारको व्यापार जसमा झूटो र मिलावट न होस् र पापको कार्य न होस्, (सही तरगीब व तरहीब)

अल्लाह तआलाले अल्लाहको लागि लडनेवाला योद्धा र व्यापारको लागि यात्रा गर्नेवालालाई बराबरको स्थानमा राख्नु भएको छ, अल्लाहको कथनमा विचार गरौं ।

فاقرأوا ما تيسر من القرآن , علم الله أن سيكون منكم مرضى وآخرون يضربون في الأرض يبتغون من فضل الله وآخرون يقاتلون في سبيل الله ” (سورة المزمل: 20) ”

अर्थ- अब जति सजिसोसँग पढन सक्छौ कुरआन पढने गर, वहाँलाई थाह छ कि तिमी केही बिमारी छौ, कोही व्यक्ति अल्लाहको अनुकंपा(रोजगारी) को खोजीमा यात्रा गर्दछन्, र कोही मानिस अल्लाहको मार्गमा युद्ध गर्दछन्,” अल्लाह तआलाले अल्लाहको बाटोमा युद्ध र रोजगारी गरी कमाउनेवालाको प्रशंसा बयान गर्नु भएको छ, यसै गरि अल्लाहले व्यापार गर्नेवाला व्यक्तिलाई केही नियमको पालना गर्न नबी (सल्लल्लाहु अलैहि व सल्लम) को माध्यमबाट मुसलमानलाई आज्ञा दिलाउनु भएको छ ।

व्यापार गर्ने केही नियम र आचर संहिता

 (क) व्यापारको लागि पनि नियत गर्नु पर्छः- अल्लाह तआलाले हरेक उत्तम कार्यमा पुण्य प्रदान गर्नु हुन्छ जब मानिस आफ्नो त्यस कार्यमा केवल अल्लाहको प्रसन्नताको लागि काम गर्ने नीयत गर्दछ ।

उमर बिन खत्ताब रज़ि यल्लाहु अन्हुले वर्णन गर्नु हुन्छ मैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको सुने, निःसन्देह कार्य संकल्प (हृदयको ईच्छा) मा आधारित हुन्छ र हरेक व्यक्तिको संकल्पको आधारमा राम्रो या नराम्रो कर्मको बदला मिल्दछ, ( सही बुखारी) यदि कोही मानिस व्यापार गर्ने समय यो नीयत गर्दछ कि म यस व्यापारको माध्यमबाट आफ्नो घरवालाको रेखदेख र उनीहरुमा खर्च गर्नेछु र शक्ति अनुसार गरीब, अनाथ, र छिमेकीको सहायता गर्दछु र उसले आफुले व्यापारबाट कमाए अनुसार धन दौलतको सही प्रयोग गर्यो भने अल्लाह उसको व्यापारमा वृद्धि गराउनु हुन्छ र पुण्य प्रदान गर्नु हुन्छ ।

(2) व्यापार गर्ने समय उत्तम व्यवहारबाट पेश हुनुपर्छः- मानिसहरुको साथ नरमी र दयालुता ढंगले पेश हुनु, कुनै पनि कुराकानीमा सहनशीलता प्रकट गर्नु, असल आचरणका साथ मेल मिलाप गर्नु, लेनदेनमा मानिसलाई केही छुट दिनु यिनै असल आचरणको नमूना हो । जस्तै जाबिर अब्दुल्लाहले बयान गर्नु भएको छ, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो “अल्लाह त्यस व्यक्तिमा दया गरुन जो मानिसहरुको साथ नरमी तथा दयालुता अपनाउँछ जब ऊ खरीद गर्दछ र बिक्री गर्दछ, र मानिससँग आफ्नो कर्जा वापस माग्दा नरम तरीकाले माग्दछ ।” (सही बुखारी)

(3) सच्चाई र इमान्दारीसाथ व्यापार गर्नु पर्दछः- व्यापार विश्वासमा निर्भर गर्दछ र यसै विश्वासको कारण सिधा साधा मानिस धोखा खान्छन् । यसैले इस्लामिक शिक्षामा धेरै ज्यादा जोड दिइन्छ व्यापार गर्ने समय साँचो बोल्नु, धोखा र कालो बाजारी गर्नबाट टाढा रहनु । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो ”मुसलमान, सच्चा, अमानतदार, व्यापारी क़ियामतको दिन अल्लाहकोबाटोमा शहीद हुनेवाला व्यक्तिको साथ हुनेछन्। ” (सही सिल्सिलाः लेखकः अल्लामा अलबानी)

(4) हाटमा अल्लाहको ज्यादा से ज्यादा नाम लिनुपर्छः- बाजारमा धेरै भन्दा धेरै अल्लाहको नाम लिनु पर्दछ । किनकि धेरै जसो व्यक्तिको हृदय बाजारमा अल्लाहको स्मरणबाट भुल्दछन् । यस हदीसमा विचार गरे र पालन गरे धेरै ज्यादा पुण्य प्राप्त गर्नुहोस् । जुन उमर बिन खत्ताबले वर्णन गर्नु भएको छ । वहाँ भन्नु हुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो ” जब बजारमा प्रवेश हुन्छौ यो दुआ पढ्नु पर्दछ ”ला इलाहा इल्लल्लाह वह्दहु ला शरीक लहु, लहुल्मुल्कु व लहुल्हम्दु युह्यी व युमितु व हुव हय्युन ला यमूतु, बियदेहिल्खैर व हुव अला कुल्लि शैइन क़दीर” जसले यो दुआ पढछ, अल्लाह तआला उसको लागि हजार हजार पुण्य प्रदान गर्नु हुन्छ र यसैले हजार हजार पाप मेटिन्छ र उसको हजार पद बढाई दिनु हुन्छ।” (सही अत्तरगीब व त्तरहीबः अल्लामा अल्बानी)

(5) व्यापारको माध्यमबाट कमाइएको धनबाट गरीब र निमुखालाई दान गरि दिनुः- अल्लाह तआलाले व्यापारमा धेरै वृद्धि प्रदान गर्नु हुन्छ । यदि व्यापारीले सच्चा र अमानतदारीको साथ व्यापार गरेको छ भने उसको लागि धेरै शुभ-समाचार छ परन्तु व्यापार गर्ने समय शैतानको बहकाउ र आत्मामा लोभ आएर कुनै न कुनै अशुद्ध कार्य हुन जान्छ, यसैकारण रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले व्यापारी व्यक्तिहरुलाई दान गर्नलाई आदेश दिएको छ ताकि उसको प्राश्चाताप हुन सकोस् जस्तै, कैस बिन अबी गरज़ा (रज़ी अल्लाहु अन्हु) बाट वर्णन छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) एक दिन हाम्रो साथ आउनु भयो र हामीहरु बजारमा खरिद र बिक्रीमा व्यस्त थियौ त वहाँले भन्नुभय ऐ व्यापारिहरु, अवश्य नै शैतान र पाप व्यापारको समय उपस्थित रहन्छ, त तिमी आफ्नो खरीद गर्ने र बिक्री गर्ने सद्का(दान) को माध्यमले पवित्र गर।” (सुनन तिर्मिज़ी अल्लामा अल्बानीले सही भन्नु भएको छ ।) सहाबा (रज़ी अल्लाहु अन्हुम) की जीवनमा हाम्रो लागि एक उत्तम उदाहरण हो जसले गरीब र भोका व्यक्तिलाई सहायता गर्दछ दान र सद्काको उत्तम नमुना पेश गर्नु भएको छ । अबू बक्र र उस्मान (रज़ी अल्लाहु अन्हुमा) को पूरा जीवन मानिसको सेवा र सहायतामा बितेको छ ।

(6) व्यापारको लागि बिहान घरबाट निस्किनु पर्छः- बिहानको समय व्यापारिक यात्राको लागि घरबाट निस्किनु धेरै नै लाभदायक हुन्छ । अल्लाह तआला बिहानको समय निस्किने ब्यापारीलाई ब्यापारमा लाभ प्रदान गर्नु हुन्छ र व्यापार गर्नेवालाको माल, धन दौलतलाई वृद्धि गराउनु हुन्छ । जस्तै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को साथी सखर अल-गामिदी वर्णन गर्नु हुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो ”ऐ, अल्लाह मेरो अनुयायिहरुलाई बिहानको समयको शुभ-कार्यमा वृद्धि गरि देऊ र नबी (सल्लल्लाहु अलैहि व सल्लम) जब कुनै दल शत्रुहरुसँग युद्धको लागि पठाउनु हुन्थ्यो त बिहानको समय पठाउनु हुन्थ्यो, र सखर एक व्यापारिक व्यक्ति थिए र वहाँ आफ्नो व्यापारिक यात्रा बिहानको समय आरम्भ गर्दथे, त अल्लाहले उहाँलाई धेरै लाभ प्रदान गराउनु भयो र पछि वहाँ धेरै धनी हुनु भएको थियो ।

स्रोतः  http://ipcblogger.net/ibrahim/?p=2344#more-2344

Related Post