सानाकालागि केही प्रश्न जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् (4)

प्रश्न उत्तर

सानाकालागि केही प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् ( भाग-4)

कुवैतका प्रसिद्ध शैख़ सालिम अत्तवीलको पुस्तक “सानाकालागि केही प्रश्न जसबाट ठूला पनि लाभान्वित हुन सक्छन्” को अनुवादको भाग-1, 2 र 3 हामीले तपाईको सेवामा प्रस्तुत गरेका थियौ, जसलाई धेरै भाई बहिनीले मन पराउनु भयो र त्यस किताबको बाँकी भागलाई पूरा गर्नलाई इच्छा व्यक्त गर्नु भयो, अतः मैले उनको भावनाहरुको सम्मान गर्दै यो सिलसिला शुरू गरेको छु, आउनुहोस् यस अनुवादको चौथो तथा अन्तिम भाग प्रस्तुत गर्दछु।

79- प्रश्नः तपाईको (वास्तविक) शत्रु को हो ?

उत्तरः शैतान

70- प्रश्नः मर्दूद शैतानबाट तपाई कहिले शरण माग्नु हुन्छ ?

उत्तरः

·         क़ुरआन पढ़न शुरु गर्नु भन्दा पहिले।

·         शौचालयमा प्रवेश गर्ने भन्दा पहिले।

·         रिस उठेको बेला।

·         वस्वसा (शैतानबाट भ्रम) भएको बेलामा।

·         गधाको आवाज सुनेको बेला।

71- प्रश्नः हाम्रो सबै भन्दा खतरनाक बीमारी के हो ?

उत्तरः निफाक (कपटचारी)

72- प्रश्नः मुनाफिकहरुमाथि सबैभन्दा भारी गाह्रो नमाज कुन चाही हो ?

उत्तरः बिहान र ईशाको नमाज

73- प्रश्नः यो हदीसलाई पूरा गरः

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भनेः “आयतुल मुनाफ़िक़ी सलासुनः इज़ा हद्द,स कज़,ब… ?

उत्तरः ….व इज़ा वअ,द अख़,ल,फ व इज़ा ऊतुमि,न ख़ा,न।

( बुख़ारी 33 मुस्लिम 59 रावीः हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु)

آية المنافق ثلاث : اذا حدث كذب وإذا وعد أخلف وإذا أؤتمن خان

“मुनाफिकको तीन निशानीहरु छन्, जब कुरा गर्छ भने झूटो बोल्छ, जब प्रतिज्ञा गर्छ त प्रतिज्ञा पुरा गर्दैन र जब अमानत (केही सामान राख्न दियो भने खियानत (सही रुपमा फिर्ता गर्दैन) गर्छ।”

74- प्रश्नः मानवको लागि सबै भन्दा धेरै खतरनाक चीज के हो ?

उत्तरः जिब्रो

75- प्रश्नः हदीस पूर्ण गरः

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः

मिन हुस्नि इस्लामिल मरई…..?

उत्तरः …तरकुहु मा ला यअनीहि।

(तिर्मिज़ी 2317, इब्न माजा 3976, रावीः अबू हुरैरा रज़ियल्लाहु अन्हु, इमाम अल-बानी रहिमहुल्लाहले सहीहुत्तरग़ीब वत्तरहीब 2881 मा “हसन लिग़ैरिही” भनेका छन्।)

من حسن اسلام المرء تركه ما لا يعنيه

“कुनै पनि व्यक्तिको इस्लामको सुन्दर्ता यो हो कि ऊ बेकार कुरालाई छोडी दिन्छ।”

76- प्रश्नः अल्लाहलाई सबैभन्दा प्रिय कलिमा (शब्द) कुन चाही हो ?

उत्तरः

سبحان الله و الحمد لله  ولا إله إلا الله والله أكبر

सुब्हानल्लाह, वल-हम्दुलिल्लाह, व ला इलाहा इल्लल्लाहु वल्लाहु अकबर।

77- प्रश्नः जन्नतको खजाना के हो ?

उत्तरः

لا حول ولا قوة إلا بالله   ला हौ,ल व ला क़ुव्व,त इल्लाह बिल्लाह

78- प्रश्नः हदीसलाई पूर्ण गरः

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः

कलिमतानि ख़फ़ीफ़तानि अलल्लिसान…?

उत्तरः …सक़ीलतानि फील मीज़ान हबीबतानि इलर्रहमानः सुब्हानल्लाहि व बिहम्दिहि सुब्हानल्लाहिल अज़ीम।

(बुख़ारीः 7563 मुस्लिमः 2694 रावीः हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु)

كلمتان خفيفتان على اللسان  ثقيلتان في الميزان حبيبتان إلى الرحمن سبحان الله وبحمده سبحان الله العظيم

“दुई शब्द यस्तो छ जुन जिब्रोमा धेरै हल्का छ, अमल(कर्मको तराजूमा भारी हुनेछ र रहमानलाई धेरै प्यारो लाग्छः सुब्हानल्लाहि व बिहम्दिहि सुब्हानल्लाहिल अज़ीम।”

79- प्रश्नः सय्यिदुल इस्तिग़फ़ार बयान गर ?

उत्तरः सय्यिदुल इस्तिग़फ़ार यो हो कि भक्तले यस्तो भन्नुः

اللَّهُمَّ أنَْتَ رَبيِّ لَا إلِهََ إلَِّا أنَتَ، خَلَقْتنَيِ وَأنََا عَبدُْكَ، وَأنََا عَلَى عَهْدِكَ وَوَعْدِكَ مَا اسْتَطَعْتُ، أَعُوذُ بِكَ مِنْ شَرِّ مَا صَنَعْتُ، أَبُوءُ لَكَ بِنِعْمَتِكَ عَلَيَّ، وَأَبُوءُ بِذَنْبِي فَاغْفِرْ لِي فَإِنَّهُ لَا يَغْفِرُ الذُّنُوبَ إِلَّا أَنْتَ

अल्लाहुम्म अन्,त रब्बी  लाइलाहा इल्ला अन्,त ख़लक्,तनी व अना अब्दु,क व अना अला अह्दि,क व वअदि,क मस्तताअतु अऊज़ु बि,क मिन शर्रि मा सनअतु व अबूओ ल,क बि ज़ंबी, फ़ग़फिर ली फइन्नहु ला यग़फिरुज़्ज़ुनू,ब इल्लाह अन्,त।

(बुख़ारीः 6306 रावीः हज़रत शद्दाद बिन औस रज़ियल्लाहु अन्हु)

“हे अल्लाह ! तिमी नै मेरो रब हो, तिमी बाहेक कोही सही इबादतको योग्य छैनन्, तिमीले मलाई सृष्टि गर्यौ र म तिम्रो भक्त हूँ, र म आफ्नो शक्ति अनुसार तिम्रो प्रतिज्ञामा कायम छु, म आफुले गरेको कर्महरुको पापबाट तिम्रो शरण चाहन्छु, तिमीबाट ममाथि हुनेवाला एह्सानलाई म स्वीकार गर्दछु, त्यसैगरी आफ्नो पापहरुलाई पनि स्वीकार गर्दछु, तिमी मलाई माफ गरी देऊ, किनकि तिमी सिवाय कोही पाप क्षमा गर्नेवाला छैनन।”

80- प्रश्नः सुत्ने भन्दा पहिले कुन दुआ पढ्नु पर्छ ?

उत्तरः

باسمك اللهم أموت وأحيا

बिइस्मि,क अल्लाहुम्,म अमूतु व अह्या

“हे अल्लाह ! म तिम्रो नामबाट जीवित हुन्छु र मर्दछु।”

81- प्रश्नः सुतेर उठेपछि तिमी के भन्दछौ ?

उत्तरः

الحمدلله الذي أحيانا بعد ما أماتنا واليك والنشور

अल-हम्दु लिल्लाहिल्लज़ी अह्याना बा,द मा अमा,तना व इलैहिन्नुशूर।

“हर प्रकारको प्रशंसा अल्लाहको लागि हो जसले हामीलाई मरे पछि जीउदो पारे र उनैतर्फ फर्केर जानेछौ।”

82- इस्लामको तहिय्या के हो ?

उत्तरः

السلام عليكم ورحمة الله وبركاته

अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु।

“तपाई माथि हरेक प्रकारको शान्ति होस्, अल्लाहको दया होस् र उनको बरकत होस्।”

83- मुसलमान कुन हातबाट खाना खान्छ र पीउछ ?

उत्तरः दाहिने हातबाट

84- प्रश्नः तपाई “बिस्मिल्लाह” कहिले भन्नु हुन्छ ?

उत्तरः

·         खान-पिन गर्नु भन्दा पहिले।

·         शौचालयमा प्रवेश गर्नु भन्दा पहिले।

·         मस्जिदमा प्रवेश गर्नु भन्दा पहिले।

·         मस्जिदबाट निक्लिने समय।

·         कपड़ा लगाउनु भन्दा पहिले र खोल्नु भन्दा पहिले।

85- प्रश्नः तपाई अल-हम्दुलिल्लाह कहिले भन्नु हुन्छ ?

उत्तरः

·         खाना, पीन पछि।

·         हाछिऊ आउँदा ।

·         हरेक नेअमत (उपकार) मिलेपछि।

·         हर स्थितिमा ।

86– प्रश्नः यदि कसैले हाच्छिउ गरेर अल-हम्दुलिल्लाह भन्दछ भने त्यसको जवाफमा तपाई के भन्नु हुन्छ ?

उत्तरः यरहमुकल्लाह।

87- प्रश्नः जसले हाच्छिउ गरेपछि तपाईसँग “यरहमुकल्लाह” भन्छ भने उसलाई तपाई के भन्नु हुन्छ ?  

उत्तरः यह्दिकुमुल्लाहु व युस्लिह बालकुम।

“अल्लाह तपाईलाई हिदायत (मार्गदर्शन) बाट तपाईको स्थिति ठीक गरून्।”

88- प्रश्नः यो हदीस पूर्ण गरः

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः

मंयुरिदिल्लाहु बिहि ख़ैरन …? من يرد الله به خيرا

उत्तरः ….युफ़क़्क़िह्हु फ़िद्दीनि। يفقهه في الدين

(बुख़ारीः 7312, मुस्लिमः 1037 रावीः हज़रत मुआविया रजियल्लाहु अन्हु)

“अल्लाह जसको साथ भलाईको मामला गर्न चाहन्छन् उसलाई दीन (धर्म) लाई बुझ्ने शक्ति प्रदान गर्दछन्।”

89- प्रश्नः अल्लाहको लागि सबैभन्दा प्रिय ठाउँ कुन चाहीं हो ?

उत्तरः मस्जिद

90- प्रश्नः सप्ताहमा सबैभन्दा उत्तम दिन कुन चाही हो ?

उत्तरः जुमाको दिन हो।

91- प्रश्नः वर्षमा सबैभन्दा श्रेष्ठ दिन कुन चाही हो ?

उत्तरः अरफ़ाको दिन।

92- प्रश्नः वर्षमा सबैभन्दा उत्तम रात कुन चाही हो ?

उत्तरः शब्बे क़द्रको रात।

93- प्रश्नः महीना सबैभन्दा उत्तम महिना कुन चाही हो ?

उत्तरः रमज़ानको महिना।

94- प्रश्नः इस्लामको ईदहरु कुन कुन हो ?

उत्तरः इदुल-अज़हा र ईदुल फित्र।

95- प्रश्नः ख़ुलफा-ए-राशीदीन को को हुन् ?

उत्तरः

·         अबू बक्र सिद्दीक रज़ियल्लाहु अन्हु

·         उमर बिन ख़त्ताब रज़ियल्लाहु अन्हु

·         उस्मान बिन अफ़्फ़ान रज़ियल्लाहु अन्हु

·         अली बिन अबी तालिब रज़ियल्लाहु अन्हु

96- प्रश्नः अइम्म ए सित्ता ( 6 इमाम) को को हुन् ?

उत्तरः इमाम बुखारी, इमाम मुस्लिम, इमाम तिर्मिज़ी, इमाम अबू दाऊद, इमाम इब्ने माज़ा, इमाम नसाई

97- प्रश्नः किताब सिहाए सित्ता ( 6 वटा हदीस ) कुन कुन हो ?

 उत्तरः सही बुखारी, सही मुस्लिम, सुनन तिर्मिज़ी, सुनन अबू दाऊद, सुनन इब्ने माज़ा, सुनन नसाई

98- प्रश्नः मुहद्दिस कसलाई भनिन्छ ?

सारा हदीसहरुको जानकारी हुनेवाला व्यक्ति, जसलाई कुन हदीस सही हो र कुन चाहीं हदीस ज़इफ हो अलग गर्न सक्ने ज्ञान हुन्छ । (यो क्षमता भएका ति महान व्यक्ति शैख अल्बानी हुन् जसको जन्म अल्बानमा भयो र मृत्यु इराकको दमिस्कसमा भएको थियो।)

99- प्रश्नः सनद भनेको के हो ?

उत्तरः हदीस बयान गर्नेवाला व्यक्तिलाई भनिन्छ ।

100- रावी कसलाई भनिन्छ ?

उत्तर- हदीस बयान गर्ने हरेक एक एक व्यक्तिहरुलाई रावी भनिन्छ ।

 

 नोटः- प्रश्न र उत्तरको क्रम समाप्त भयो। हामीले यसलाई चार भागमा विभाजन गरी तपाईको सेवामा प्रस्तुत गर्यौ, तपाईलाई यो प्रश्न उत्तरको धारावाहिक लेख अध्यायन गरेर कस्तो लाग्यो । आशा गर्छु यस लेखबाट धेरै जानकारी पाउनु भयो होला जसले यस शिक्षाबाट बञ्चित हुनुहुन्थ्यो। हामी तपाईको सुझाब, जिज्ञासा र प्रतिकृयाको प्रतिक्षामा छौं । धन्यवाद ।।

 

लेखकः अरबी भाषामा- शैख़ सालिम अत्तवील

अनुवादकः हिन्दी भाषा- सफात आलम (तैमी)

अनुवादक नेपाली भाषा- मुहम्मद इब्राहीम

http://cutt.us/b0Pd2

Related Post