सानाका लागि प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् ( भाग-3)

प्रश्न उत्तर

सानाका लागि प्रश्न जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् ( भाग-3)

सानाका लागि प्रश्न जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् यसका लेखक कुवैतका प्रसिद्ध शैख़ सालिम अत्तवीलको पुस्तकबाट अनुवादको प्रथम र दोश्रो भाग हामीले तपाईको सेवामा प्रस्तुत गरेका थियौ, जसलाई धेरै भाई बहिनीले मन पराउनु भयो र त्यस किताबको बाँकी भागलाई पूरा गर्नलाई इच्छा व्यक्त गर्नु भयो, अतः मैले उनको भावनाहरुको सम्मान गर्दै यो सिलसिला शुरू गरेको छु, आउनुहोस् यस अनुवादको तेश्रो भाग प्रस्तुत गर्दछु।

57- प्रश्नः कुन चाहीं चीजले मानिसलाई जन्नतमा प्रवेश गराउँछ ? 

उत्तरः अल्लाहको तक़वा (डर) र उत्तम कर्म ।

58- प्रश्नः यातना र अपमानको घर कुन चाही हो ?

उत्तरः जहन्नम

59- जहन्नम (नर्क) को ढोका कतिवटा छन् ?

उत्तरः सात

60- प्रश्नः एह्सान भनेको के हो ?

उत्तरः अल्लाहको इबादत (उपासना) यसरी गर्नु कि मानौ तिमी अल्लाहलाई देखि रहेका छौ, यदि अल्लाहलाई देख्ने अनुभव मनमा सृर्जना हुन सकेन भने यो विचार गर कि उनले तिमीलाई देखे रहेका छौ।

61- प्रश्नः सबैभन्दा धेरै पुण्य र एह्सानको हकदार को हो ?

उत्तरः आमा बुबा

62- प्रश्नः जब तिमी आफ्नो आमा-बुबाको लागि दुआ गर्न चाहन्छौ भने के भन्दछौ ?

उत्तरः

  رَبِّ اغْفِرْ لِي وَلِوَالِدَيَّ، رَبِّ ارْحَمْهُمَا كَمَا رَبَّيَانِي صَغِيرًا

 “हे मेरो पालनकर्ता मलाई क्षमा गर, र मेरो आमा बुबालाई पनि क्षमा गर, मेरो पालनकर्ता उनी दुवैमाथि दया गर जस्तै उहाँहरुले हाम्रो बालापनमा पालनपोषण गरेका थिए।”

63- प्रश्नः अल्लाहको लागि सबैभन्दा प्रिय कार्य कुन चाहीं हो ?

उत्तरः समयमा नमाज पढनु, फेरी आमा-बुबाको साथ उत्तम व्यवहार गर्नु र अल्लाहको मार्गमा जिहाद गर्नु।

64- प्रश्नः अल्लाहको लागि कुन सबैभन्दा सम्मानित व्यक्ति हो ?

उत्तरः सबैभन्दा धेरै अल्लाहको तक़वा (डर) मान्नेवाला र मानिसहरुमा सबैभन्दा धेरै अल्लाहको डर मान्नेवाला रसूल (सल्लल्लाहु अलैहि व सल्लम) हुन्।

65- प्रश्नः तपाईको सबैभन्दा महान किताब के हो ?

उत्तरः पवित्र क़ुरआन

66- प्रश्नः पवित्र क़ुरआनमा कति पारा (भाग) छ ?

उत्तरः तीस पारा (भाग) छ

67- प्रश्नः क़ुरआन पढ़नु भन्दा पहिले तपाई के गर्नु हुन्छ ?

उत्तरः वुज़ू गर्छु अनि अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम भन्दछु।

68- प्रश्नः मुअव्वज़तान भनेको के हो, पढ़ेर सुनाउ ।

उत्तरः सूरः अल-फ़लक़ः

بسم لله الرحمان الرحيم

قُلْ أَعُوذُ بِرَبِّ الْفَلَقِ ﴿١

 مِن شَرِّ مَا خَلَقَ ﴿٢

 وَمِن شَرِّ غَاسِقٍ إِذَا وَقَبَ ﴿٣

 وَمِن شَرِّ النَّفَّاثَاتِ فِي الْعُقَدِ ﴿٤ 

وَمِن شَرِّ حَاسِدٍ إِذَا حَسَدَ ﴿٥﴾  (سورة : الفلق/ ١ الي٥

बिस्मिल्लाहिर्रहमानिर्रहीम

  1. क़ुल अऊज़ू बि रब्बिल फ़लक़, 
  2. मिन शर्रि मा ख़लक़, 
  3. व मिन शर्रि ग़ासिक़िन इज़ा वक़ब, 
  4. व मिल शर्रिन-नफ़्फ़ासाति फ़िल उक़द, 
  5. व मिन शर्रि हासिदिन इज़ा हसद।

नेपाली अनुवादः

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१  भनिदेऊ! म शरण पर्छु प्रातः कालका मालिकको ।

२  हरेक वस्तुको दुष्टताबाट (जोगिनको लागि) जुन उनले सृष्टि गरेका छन् ।

३  र, अन्धकारमय रात्रिको दुष्टताबाट(बच्न) जब त्यो फैलिन्छ ।

४  र, गाँठोमा झारफुक गर्नेहरुको दुष्टताबाट।

५  र, ईर्ष्यालुको दुष्टताबाट जब त्यो डाहा गर्छ ।

بسم لله الرحمان الرحيم

قُلْ أَعُوذُ بِرَبِّ النَّاسِ ﴿١ 

مَلِكِ النَّاسِ ﴿٢

 إِلَـٰهِ النَّاسِ ﴿٣

مِن شَرِّ الْوَسْوَاسِ الْخَنَّاسِ ﴿٤

الَّذِي يُوَسْوِسُ فِي صُدُورِ النَّاسِ﴿٥

( مِنَ الْجِنَّةِ وَالنَّاسِ ﴿٦﴾  (سورة : الناس  ١ الي ٦

बिस्मिल्लाहिर्रहमानिर्रहीम

  1.  क़ुल अउज़ू बि रब्बिन्नास, 
  2. मलिकिन्नास, 
  3. इलाहिन्नास, 
  4. मिन शर्रिल वस्वासिल ख़न्नास, 
  5. अल-लज़ी युवस्विसु फ़ी सुदूरिन्नास, 
  6. मिनल जिन्नति वन्नास ।

शुरु गर्दछु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१. भनिदेऊ ! म शरणमा पर्छु मानवका पालनकर्ताको;

२. मानवका वास्तविक सम्राटको;

३. मानवका पूज्यको;

४. भ्रम उत्पन्न गर्ने र सुटुक्क निस्कने (शैतान) को दुष्टताबाट (जोगिनको लागि) …

५. जसले मानवहृदयमा भ्रम उत्पन्न गर्छ……

६. चाहे त्यो जिन्न मध्येको होस् वा मानव मध्येको।

 69- क़ुरआनमा सबै भन्दा महान आयत कुन चाही हो ? त्यो आयत पढ्नुहोस् ?

उत्तरः क़ुरआनमा सबै भन्दा महान आयत आयतुल कुर्सी हो ।

اللَّـهُ لَا إِلَـٰهَ إِلَّا هُوَ الْحَيُّ الْقَيُّومُ ۚ لَا تَأْخُذُهُ سِنَةٌ وَلَا نَوْمٌ ۚ لَّهُ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ من ذَا الَّذِي يَشْفَعُ عِندَهُ إِلَّا بِإِذْنِهِ ۚ يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ ۖ وَلَا يُحِيطُونَ بِشَيْءٍ مِّنْ عِلْمِهِ إِلَّا بِمَا شَاءَ ۚ وَسِعَ كُرْسِيُّهُ السَّمَاوَاتِ وَالْأَرْضَ ۖ وَلَا يَئُودُهُ حِفْظُهُمَا ۚ وَهُوَ الْعَلِيُّ الْعَظِيمُ  (سورة: البقرة – (255)

अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल क़य्यूम। ला तअख़ुज़ुहू सिनतुंव वला नौम। लहू मा फ़िस्समावाति वमा फ़िल अर्ज़ि। मन ज़ल्लज़ी यशफ़उ इन्दहू इल्ला बेइज़्निहि, यअलमु मा बैना अयदीहिम वमा ख़लफ़हुम, वला युहीतूना बेशयइम मिन इल्मेही इल्ला बेमा शाआ, वसेआ कुरसिय्युहुस्समावाति वलअर्ज़ि, वला यऊदुहू हिफ़्ज़ुहुमा व हुवल अलीयुल अज़ीम। (सूरः अल-बक़राः 255)

“अल्लाह उनी बाहेक कोही उपास्य छैन, जीवन्त एवं चिरस्थायी छन्। उसलाई न ऊँघ लाग्छ न निद्रा नै । आकाशहरु तथा पृथ्वीका सबै वस्तुहरु उनैका हुन छ। को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सक्ने  ?  उनी तिनीहरुका अगाडि  र पछाडिका सबै कुरा जान्दछन् । र तिनीहरुले अल्लाहको ज्ञानबाट कुनैपनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैन, उसको प्रभुत्व आकाशहरु तथा पृथ्वी सबैमाथि छ। तिनीहरुको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी उच्च तथा महान छन्।” (सूरः बक़राः 255)  

70- हदीसलाई पूरा गर….अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जसले हरेक नमाज पछि आयतुल कुर्सी पढ्यो……

उत्तरः …उसलाई मृत्यु बाहेक कुनै चीजले जन्नतमा प्रवेश हुनबाट रोक्न सक्दैन ।

(यस हदीसलाई इमान नसाईले अस्सुनन अल-कुबरा (9928) र इमाम तबरानीले अल-अवसत (8067) मा अबू उमामा रज़ियल्लाहु अन्हुबाट नकल गरेको हो र अल-बानी रहि. ले सहीहुत्तरग़ीब वत्तरहीब (1595) मा यसलाई सही भनेका छन् )

प्रश्नः 71 क़ुरआनमा सबै भन्दा श्रेष्ठ सूरः कुन चाही हो ?

उत्तरः सूरः अल-फातिहा

بِسْمِ اللَّـهِ الرحمن الرَّحِيمِ 

١﴾ الْحَمْدُ لِلَّـهِ رَبِّ الْعَالَمِينَ ﴿٢﴾الرَّحْمَـٰنِ الرَّحِيمِ ﴿٣﴾ مَالِكِ يَوْمِ الدِّينِ ﴿٤﴾ إِيَّاكَ نَعْبُدُ وَإِيَّاكَ نَسْتَعِينُ ﴿٥﴾ اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ ﴿٦﴾ صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ ﴿٧﴾  (سورة : الفاتحة ١ الي ٧

बिसमिल्लाहिर्रहमानिर्रहीम

‘‘अल हम्दु लिल्लाहि रब्बिल आलमीन अर्रहमानिर्रहीम मालिकि यौमिद्दीन इय्याकः नअबुदू व इय्याकः नस्तईन इह दिनस्सिरातल मुस्तकीम सिरातल्लजीनः अन अमतः अलैहिम गैरिल मग जूबी अलैहिम व लज़्ज़ाल्लीन ’’ (आमीन)

नेपाली अनुवादः

हे अल्लाह हामीलाई रक्षा गर्नुहोस शैतानको आक्रमणबाट

शुरु गर्दछु परम कृपालु र परम दयालु अल्लाहको नाममा

१. सारा प्रशंसा अल्लाहको लागि हो । जो सम्पूर्ण ब्राह्माण्डको पालनकर्ता हुनुहुन्छ ।

२. अत्यन्त कृपाशील तथा अत्यन्त दयावान छन् ।

३. बदला दिने दिनका स्वामी हुन् ।

४. हामी तपाईको नै पूजा गर्छौं र तपाईसँग नै मद्दत माग्छौं ।

५. हामीलाई सोझो मार्ग देखाई दिनुहोस् ।

६. तिनीहरुको मार्ग जसमाथि तपाईले दया-कृपा गर्नु भयो ।

७. तिनको मार्ग नदेखाउनु होस् जसमाथि तिमी क्रोधित भयौ, न तिनको बाटो जो पथभ्रष्ट भई विचलित भए ।

72- क़ुरआनको सबैभन्दा लामो सूरः कुन चाही हो ?

उत्तरः सूरः अल-बक़रा

73- क़ुरआनको सबैभन्दा छोटो सूरः कुन चाही हो ?

उत्तरः सूरः अल-कौसर

بِسْمِ اللَّـهِ الرحمن الرَّحِيمِ

إِنَّا أَعْطَيْنَاكَ الْكَوْثَرَ ﴿١﴾ فَصَلِّ لِرَبِّكَ وَانْحَرْ ﴿٢﴾ إِنَّ شَانِئَكَ هُوَ الْأَبْتَرُ ﴿٣  (سورة : الكوثر١الي٣)

बिस्मिल्लाहिर्रहमानिर्रहीम

इन्ना आतैनाकलकौसर फ़ सल्लि लि रब्बि,क वन्हर इन्न शानिअ,क हुवल, अब्तर

नेपाली अनुवादः

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

१. (हे मुहम्मद!) निःसन्देह हामीले तिमीलाई अल् कौसर प्रदान गरेका छौं

२. अतः आफ्ना पालनकर्ता कै निम्ति नमाज़ पढ्ने गर र बलिदान दिने गर ।

३.  वास्तवमा तिम्रा शत्रुको नै जरा काटिएको हुनेछ ।

74- प्रश्नः क़ुरआनको कुन चाहीं सूरः जुन एक तिहाई क़ुरआन बराबर छ ?

उत्तरः सूरः इख़्लास

بِسْمِ اللَّـهِ الرحمن الرَّحِيمِ

  قُلْ هُوَ اللَّـهُ أَحَدٌ ﴿١﴾ اللَّـهُ الصَّمَدُ ﴿٢﴾ لَمْ يَلِدْ وَلَمْ يُولَدْ ﴿٣﴾وَلَمْ يَكُن لَّهُ كُفُوًا أَحَدٌ ﴿٤ (سورة : الاخلاص- ١ الي٤)

 

बिस्मिल्लाहिर्रहमानिर्रहीम 

क़ुल हुवल्लाहु अहद अल्लाहुस्समद लम यलिद व लमयुलद व मल यकुल्लहु कुफ़ुव्वन अहद।

अनुवाद नेपालीः

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

(१) (हे नवी) भनि देऊ ! अल्लाह  एक्लै छन् ।

(२) अल्लाहलाई केही चाहींदैन ।

(३) उनको कोही सन्तान छैन, न उनी कसैका सन्तान हुन् ।

(४) अनि उनको समकक्ष पनि छैन । ( सूरह अल इख्लास, आयत १ देखि ४)

75- प्रश्नः यस सूरः लाई पूरा गर ? बिस्मिल्लाहिर्रहमानिर्रहीम ‘‘वल अस्रि इन्नल इन्सा नलफ खुस्र…..

उत्तरः बिस्मिल्लाहिर्रहमानिर्रहीम ‘‘….इल लल्लजीना आमनू व आमिलुस्सालिहाति व तवासौ बिल हक्कि व तवासौ बिस्सब्र’’ (सूरः अल-अस्र आयत 1 देखि 3)

नेपाली अनुवादः

1. युगको कसम… 2. निश्चय नै मानवजाति घाटामा छ…, 3. ती मानिसहरुबाहेक जसले इमान ल्याए, सत्कर्म गरे तथा परस्पर नितान्त सत्यको अर्ती र धैर्यको उपदेश दिइरहे । (सूरह अल अस्र, आयत १ देखि ३)

76- सबै भन्दा राम्रो आचरणवाला कस्तो व्यक्ति हुन्छ ?

उत्तरः जसले सत्य बोल्छ ।

77- सबैभन्दा नराम्रो आचरण कुन चाही हो ?

उत्तरः जसले झूटो बोल्छ

78- प्रश्नः हदीसलाई पूर्ण गरः

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः ला युमिनु अहदुकुम हत्ता युहिब्बा … ?

उत्तरः …..लि अख़ीहि मा युहिब्बु लि नफ्सिहि।

(बुख़ारीः13 मुस्लिम 45 रावी हज़रत अनस बिन मालिक रज़ियल्लाहु अन्हु)

(तिमीहरुमध्ये एक व्यक्ति त्यस समय तक (पूर्ण) मुमिन(असल भक्त) हुन सक्दैनौ जबसम्म कि जुन चीज आफ्नो लागि मन पराउँछौ त्यही चीज आफ्नो भाईको लागि मन पराउँर्दैन ।)

 

लेखकः अरबी भाषामा- शैख़ सालिम अत्तवील

अनुवादकः हिन्दी भाषा- सफात आलम (तैमी)

अनुवादक नेपाली भाषा- मुहम्मद इब्राहीम

स्रोतः http://cutt.us/Ghq3S

Related Post