सूरतुल-माउन-१०७ (मक्की, आयतहरु-७)

सूरतुल-माउन-१०७ (मक्की, आयतहरु-७)

महाप्रलयको दिन

सूरतुल-माउन -१०७ (मक्की, आयतहरु-७)

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

(१)  के तिमीले न्यायको दिनलाई मिथ्या ठहर गर्ने त्यस व्यक्तिलाई देख्यौ ?

(२)  उही त हो जो अनाथलाई गल हत्याउँछ ।….

(३)  र दीन-दुःखीलाई खुवाउन प्रोत्साहित गर्दैन ।

(४)  सर्वनाश होस् यस्ता नमाजीहरुको….

(५)  जो आफ्ना नमाजप्रति लापारवाही गर्छन् ;

(६)  जो देखावटी गर्छन्…

(७)  र सानो तिनो वस्तु पनि (कसैलाई) दिनबाट रोक्छन् ।

 

संक्षेप ब्याख्याः

अबू लहब अति नै निर्दयी थियो । अनाथहरुसँग सद् व्यवहार गर्न कुरआनको विभिन्न आयतहरुमा आदेश दिइएको छ (सूरह अल फज्रः17, अबू बक्र (रजि.) ले भने- “मेरो दृष्टिमा कमजोर तबसम्म अति बलियो तथा प्रभाबी छ जबसम्म त्यसको अधिकार उसलाई प्राप्त हुँदैन।”

अबू लहब न त स्वयं यो काम गर्छन् न परिवारका सदस्यहरुलाई निर्धन तथा गरिबहरुलाई खाना खुवाउन प्रोहत्साहित गर्छन् र न नै अन्य मानिसहरुलाई गरिब, निर्धन, असाहय तथा अनाथहरुको सहयोग लागि उपदेश दिन्छन् ।

जो नमाज पढ्दैनन् वा पहिला पढ्थे फेरि छाडिदिए, वा निर्धारित समयमा पढ्दैनन् वा हम्मेशा ढीला-सुस्ति गरेर पढ्छन् वा ईशभय तथा विनम्रतासाथ पढ्दैनन् ।

मक्काका काफिरहरुको भक्ति नाटकिय तथा देखावटी मात्र हुने गर्थ्यो  ।

पवित्र कुरआनः निश्चय नै मुनाफिकहरु अल्लाहसित धोकेबाजी गर्छन् जबकि अल्लाहले तिनीहरुलाई तिनको धोकेवाजीको बदला दिनेछन् । तिनीहरु नमाज़को लागि उभिंदा अल्छी गर्दै उभिन्छन्, केवल मानिसहरुलाई देखाउनकालागि । अनि, तिनीहरु अल्लाहको कमै स्मरण गर्दछन् ।(सूरह  अन् निसा- आयतः 142)

 

 

 

स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)

अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही

प्रस्तुतकर्ता-मुहम्मद इब्राहीम खरेल

 

 

 

 

Related Post