New Muslims APP

सूरतुल लहब १११ (मक्का, आयतहरु-५)

महाप्रलय

सूरतुल लहब १११ (मक्का, आयतहरु-५)

सूरतुल लहब

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट

(१) भाँच्चियो अबू-लहबको हात। र  बर्बाद भयो ऊ ।

(२) न उसको धन उसको काम लाग्यो, न उसको कमाई ।

(३) त्यो निकट भविष्यमा ज्वालामुखी जस्तो भयङ्कर आगोमा जान्छ ।

(४) र ऊसँग उसकी पत्नी पनि जो कुरा लगाउने गर्थिन् ।

(५) उसको गर्दनमा खजुरका रेशाको डोरी हुनेछ ।

 

संक्षेपमा व्याख्या

उ नबी (सल्लल्लाहु अलैही व सल्लम) को काका थियो र यसै नामबाट चिनिन्थ्यो । अर्थात इस्लामको आव्हान रोक्नको लागि उसले जे-जति परिश्रम र प्रयाश गर्यो त्यसमा ऊ असफल भयो । यस आयतमा अबू वहब माथि अभिशाप पनि छ र उसको विनाशको सूचना पनि ! तसर्थ ‘बद्र’ को युद्धको केही दिनपछि नै यो कुष्टरोगबाट ग्रस्त भयो र मर्यो । तिन दिनसम्म त्यसको शव त्यसै सडि रह्यो पछि उनका छोराहरुले टाढैबाट उसको शवमाथि ढुंगा र माटो फ्याँकेर गाडिदिए ।

उसको कमाईमा त्यसको हैसियत र सन्तानहरु सामेल छन् जुन कुनै काममा आएनन् ।

अघिल्लो दुईवटै आयतहरुमा अबू लहबको संसारमा भएको परिणाम बयान भएको छ भने यस आयतमा उसको आखिरतमा हुने परिणाम बताइएको छ ।

उसकी श्रीमतीको नाम ‘उम्मे जमील’ थियो, जो अबू सुफिय्यानकी बहिनी थिई । ऊ इस्लामको शत्रुतामा अबू लहब भन्दा अगाडि नै थिई ।

 

स्रोतः कुरआन मजीद (नेपाली भाषामा अनुवादित)

अनुवादक तथा संक्षिप्त ब्याख्या कर्ताः- मौलाना अलाउद्दीन अन्सारी फलाही

प्रस्तुतकर्ता-मुहम्मद इब्राहीम 

 

 

Related Post