New Muslims APP

हराम (अवैध) कमाई : कारण, प्रभाव र उपचार

हराम कमाईः कारण प्रभाव र उपचार.

हराम कमाईः कारण प्रभाव र उपचार

हराम (अवैध) कमाई एक नैतिक बीमारी हो, मानव प्रकृति र सारा संसारका धर्म यस्तो अनैतिक कार्यको विरुद्धमा छ । जब हामी कसैको बारेमा फलानो मानिस हराम कमाउँछ या खान्छ भन्ने सुन्ने बितिक्कै हाम्रो हृदयमा त्यस व्यक्तिप्रति घृणा उत्पन्न हुन लाग्छ, यसैले इस्लामले हराम कमाईको सबै स्रोतहरुलाई खोलेर बयान गरि दियो र त्यसको वैधता पनि स्पष्ट गरिदिएको छ ।

कारण  

मानिस आर्थिक विपन्नताले गर्दा विभिन्न पाप कार्यमा लिप्त हुन थाल्छ जस्तैः ब्यश्यावृति, चोरी, डकैत, मादक पदार्थ सेवन गर्ने, मूर्ति बनाउने र बेच्ने, सुँगुरको मासु खाने, गीत गाउने, बाध्यबादनका सामग्री बनाउने र बेच्ने, ब्याजको कारोबार गर्ने र गर्न बाध्य पार्ने, जुवा तास खेल्ने र खेलाउने, फिल्म बनाउने, डियुटीमा हेलचेक्र्याई गर्ने, ठीकसँग काम नगर्नु या कार्यको अनुभव नभएर पनि कुनै कम्पनीको पदमा रहनु हराम अवैध) कमाई हो। कुनै व्यक्तिले बाध्यता नभई भिख माग्नु शरई (धार्मिक) रुपले अवैध मानिन्छ र काम गरेर खान सक्ने क्षमता भएर पनि अरुको सामने हात थाप्ने काम पनि हराम हो । ज़कात अनिवार्य भएपछि जकात नदिनु पनि हराम हो । जसले प्रसस्त सुन र चाँदी जम्मा गरेर राखेको छ तर त्यो मालबाट निसाफ बमोजिम जकात दिंदैन भने कियामतको दिन त्यो सून चाँदीलाई आगोमा तताइने छ र उसको निधार, कोखमा र ढाडमा डामिनेछ।

 प्रभाव (असर)

यसको साथै यदि हामीले हाम्रो समाजमा दृष्टिगत गर्यौ भने आज हाम्रो बीच हराम कमाईको विभिन्न रुममा भई रहेको पाइन्छ । अब हामीले कुरआन र हदीसको केही श्लोललाई लिने छौं किनकि हराम (हराम) कमाईको असर के हुन्छ ?

कुरआनबाट केही प्रमाणः

अल्लाह तआलाको भनाईछः- जुन मानिसहरु ब्याज खान्छन् तिनीहरु चिहानबाट यसरी तर्सेर उठछन् कि जस्तै शैतानले छोएको पागल हुन्। यस कारणले कि तिनीहरुले भन्ने गर्दथे कि ब्यापार गर्नु पनि त यस्तै हो नी जस्तै ब्याज लिनु । तर ब्यापारलाई अल्लाहले जायज ठहर्याएको छ र ब्याजलाई नाजायज। जुन मानिसले आफुलाई अल्लाहको निर्देशन पुगेपछि पनि ब्याजको कारोवार गर्न छोड्दछ र ज् जति भइसकेकोछ, त्यसले माफी पाउने छ र त्यसको निर्णय अल्लाहले गर्नेछ र यदि फेरि ब्याज लिन थाल्यो भने त्यस्ता मानिसहरु नर्कवासी हुनेछन्, र सधैं नर्कमा रहनेछन् (सूरः बकरा, आयत नं. २७५)

फेरि अर्को ठाउँमा भनिएको छः ए इमानवाला ! दुई गुना तीन गुना ब्याज नखाऊ र अल्लाहसँग डराउ ताकि कामयाबी हासिल गर र नर्कको आगोबाट बच जुन काफिरहरुको (एक ईश्वर मान्न अस्वीकार गर्ने) लागि तयार पारिएकोछ, ईश्वर र उनको रसूलको पालना गर ताकि तिमीहरुमा दया गरियोस्  (सूरः आले इम्रान, आयत नं. १३०,१३२)

ब्याजको कारोबार गर्ने व्यक्ति अल्लाह र उनको रसूलले उसँग युद्धको घोषणा गरेका छन्,

पवित्र कुरआन सूरः अल बक़रामा भनिएको छः जुन मानिसले ब्याजको लेनदेन गर्न छोड्दैन भने अल्लाह र उसको रसूलसँग युद्धको लागि तयार हौ, यदि पश्चाताप गर्छौ भने आफ्नो वास्तविक रकमको हकदार हौ, तिमी कसैलाई अत्यचार नगर र तिमी माथि पनि कसैले अत्यचार नगरुन  (सूरः बकरा, आयत नं. २७९)

ठगेर अनाथहरुको माल खानु पनि हराम हो र यस्तो गर्नेवाला वास्तवमा आफ्नो पेटमा आगो हाल्दैछ। (सूरः निसाः 10)

हदीसबाट केही प्रमाणः

ब्याजको एक दिरहम जाना-जान खानु अल्लाहको दृष्टिमा 36 पटक व्यभिचार भन्दा पनि घृणित कार्य हो, ब्याजको तिरहत्तर दर्जा छ जसमा सबै भन्दा तल्लो दर्जा आफ्नो आमाको साथ छोराले बलात्कार गर्नु समान पाप हो । अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैहिस्सलमले भन्नुभयोः “ब्याजको ९९ दर्जा छन् ती मध्ये सबैभन्दा सानो दर्जाको पाप आफ्नो छोराले आमासँग बलात्कार गर्छ” (दारकुत्नी)

हराम कमाई गर्नु चोरीको समान दर्जा हो  र जो यसमा दोषी छ उसको लागि इस्लामले यो सजाय तय गरेको छ कि उसको हात काटी दिनुपर्छ, कसैको माल जबरजस्ति हडपेर लिनु र शक्तिको  बलबुतामा उसलाई दबाएर लिनु पनि हरामको श्रेणीमा आउँछ, जसको बारेमा बुखारी र मुस्लिमको रिवायतको अनुसार अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले बयान दिएका छन् कि जो कसैले अत्याचार गर्दै कसैको एक बित्ता जमीन हडप्यो भने उसको गलामा सातौं जमीनको माला बनाएर पहिर्याई दिइनेछ।

घुष लिनु र दिनु पनि हरामको श्रेणीमा आउँछ । जसले घुष लेनदेन गर्छ त्यस्ता मानिसलाई अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले श्राप दिएका छन्।  (सुनन अबी दाऊद,  हदीस न. 3580)

राम्रो सामानलाई माथि राखेर तल बिग्रेको सामान राखेर झुक्याएर बेच्नु पनि हराम समान दर्जामा आउँछ, जुन माल बाहिर देख्न त राम्रो देखाएर बिक्री गर्दछन् जुन भित्र खराब माल थियो भने उसको प्रगति (लाभ) उसबाट बञ्चित गरिने छ। (बुखारी र मुस्लिम)

 “यो एक प्रकारको धोका पनि हो जसको बारेमा अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभएको छ: जसले धोका दियो उ हामी मध्येबाट होइन। (मुस्लिम)

रसूलुल्लल्लाह सल्लःको भनाई छः सात बर्बाद गर्ने चीजबाट बच, मानिसहरुसँग सोध्नु भयो त्यो के हो ? भन्नुभयो, अल्लाहको साथ शिर्क(पूजामा अल्लाहको साथ अरुलाई समान मान्नु) गर्नु, जादू गर्नु, अनाहक कसैलाई मार्नु, ब्याज लिनु, र अनाथको माल खानु, र लडाईको दिनमा भाग्नु र पवित्र नारी माथि ब्यभिचारको आरोप लगाउनु “ (बुखारी, मुस्लिम)

एक अन्तिम कुरा यो हो कि मानिसलाई मेहनत गर्न उक्साउनु पर्छ, अल्छी, काम चोर र अर्काको भरोषामा निर्भर रहनलाई मनाही गर्नुपर्छ। यही कारणले एक स्वस्थ मानिस जब अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको समिप मांग्नलाई आएको थियो तब उसलाई केही दिनुको साँटो उसलाई मेहनतबाट कमाउनलाई जोड दिएको छ।

उपचार

कुनै मानिस हराम (अवैध) र हलाल (वैध) को बारेमा अनभिज्ञ हुन सक्छ त्यसकारण हराम कमाई गर्न थाल्छ, कुनै  मानिस यस्तो सोचेर हराम व्यवसाय अपनाउन सक्छ कि यसले केही फरक पर्दैन । त्यसैले मुस्लिम व्यक्तिहरुलाई हलाल र हरामको बारेमा जानकारी हुनुपर्छ । उमर फारूक रज़ियल्लाहु अन्हु कहिले काहीं बजार जान्थे र केही व्यापारीलाई डण्डाले हिर्काउँथे र भन्थे  हाम्रो बाजारमा त्यही सामान बेच्नु जुन (व्यापार बेच्न जायज छ ) धार्मिक दृष्टीले बेच्न लायक छ, नत्र अन्जानमा हराम माल किनेर खानेछन् ।

अल्लाहको सही पहिचान न हुनाले र सृष्टिकर्ताको निगरानीको एहसास हृदयमा नभएर हो । यदि उसलाई अल्लाहको पहिचान भए र अल्लाहको निगरानीको महशुस उसको हृदयमा प्रर्याप्त भए उसले हरामको माल कमाउने हिम्मत कसरी गर्थ्यो, घुष लिने दिने गरेमा, ब्याजको कारोबार गर्नाले, धोखा दिएर माल बेचेमा। यसैगरी मानिसको निगरानी नभएर पनि हराम कमाई गर्ने कारण बन्दछ, यदि हराम कमाउनेवालालाई छड्के चेक गरेर कडा भन्दा कडा कार्वाही गर्नुपर्छ र हराम कमाईको बाटो नै बन्द गर्ने पूरा कोशिश गरे त धेरै हदसम्म हराम कमाईमा नियन्त्रण गर्न सकिन्छ ।

सरकार र समाजको पनि जिम्मेदारी बन्दछ जो मानिस आर्थिक संकटमा परेको छ उसको लागि आजीविकाको साधन निःशुल्क उपलब्ध गराउनु नत्र उसले आफ्नो भोक मेटाउनको लागि अवैध तरिकाको सहारा लिन सक्छ । हराम आजीविका अपनाउनेवाला देखि टाढा रहनु, हलाल कमाउनेवालाको संगत गर्नु, किनकि संगतको कारण मानिसमा गहिरो प्रभाव पर्दछ ।

त्यसैगरी सलफ सालेहीनको किस्सा पढ किनकि कसरी उनले आफुलाई हलाल कमाई गर्ने पहिचान कसरी बनाए र हरामबाट धन्न बचे । एक दिनको घटना हो हज़रत अबु बकर रज़ियल्लाहु अन्हु को नोकर खानाको कुनै सामान लिएर आउँछ र आफ्नो मालिकलाई पेश गर्दछ, हज़रत अबु बकर रज़ियल्लाहु अन्हुले नसोधी खाए, फेरी सोधे यो कहांको  हो ? फेरी पछि मलाई जब नोकरले बतायो कि अज्ञानताकालमा म एक व्यक्तिसँग झूटो कहानी गर्दथें आज उसले मेरो त्यही कहानीको मजदूरी दिएको हो, यो त्यही हो जुन तपाईले अहिले खानु भएको थियो। यो कुरा सुन्ना साथ अबू बकर रज़ियल्लाहुअन्हुले तुरन्त आफ्नो गलामा औला हालेर जे जति खाएका थिए उल्टी गरेर निकाली दिए, फेरी भने: यदि यसलाई निकाल्दा मेरो ज्यान जान्छ भने पनि जावस् म त यसलाई निकालेर बाहिर फ्याक्ने थिए

“अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको नजिक एउटा मानिस आयो र वहाँसँग विन्ती गर्यो कि मलाई केही पैसा या खानको लागि सामन दिनुहोस्, रसूल सल्लल्लाहु अलैहि व सल्लमले उसलाई सोध्नु भयो तिम्रो घरमा केही छ ? उसले भन्यो: हजुर एउटा च्यादर छ, त्यो बाहेक केही छैन, त्यसको केही भाग ओढ्ने र केही भाग ओछ्याउनलाई काम आउँछ र एउटा प्याला छ जसमा पानी पीउँछौं, अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले त्यो च्यादर ल्याउनु भन्नुभयो र त्यसलाई दुई दिरहममा बेची दिए फेरी दुई दिरहम लिएर उसलाई दिंदै भन्नुभयो यो एक दिरहमबाट खाना खाने सामान किन्नलाई घरमा दिनु र एक दिरहमबाट एउटा बन्चरो किनेर ल्याउ, अतः उसले यस्तै गर्यो र बन्चरो किनेर अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको छेउमा आयो, तब अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले आफ्नै हातले त्यसमा बिंड बनाए, फेरी त्यस मानिससँग भन्नुभयो: जाऊ दाउरा चिरेर ल्याउ र त्यो बेच, र तिमीले हामीलाई पन्ध्र दिन नभेट्नु । यसैगरी त्यो मानिस गयो र दाउरा चिरेर बेच्न लाग्यो, जब ऊ अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको सेवामा आयो तब उसले दस दिरहम कमाएर राखेको थियो, त्यस मध्येबाट केही पैसाबाट कपडा किन्यो र केही पैसाबाट खानाको सामान, यो देखेर अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः यो काम उत्तम हो कि भोली क़यामतको दिन अल्लाहको समिप जाँदा तिम्रो चेहरामा माग्ने निशान होस्” (सुनन अबी दाऊद)

स्रोतः http://cutt.us/2kma0

लेखकः सफात आलम

अनुवादकः मुहम्मद इब्राहीम खरेल

 

Related Post