सूरतुल-हुमजह १०४ (मक्की, आयतहरु-९)

सूरतुल-हुमजह

सूरतुल-हुमजह

शुरु अत्यन्त करुणामय परम दयालु अल्लाहको नामबाट
(१) यस्तो प्रत्येक व्यक्तिको सर्वनाश होस् जो व्यङ्ग्य गर्छ र बदनाम गर्छ ।
(२) जो धन-सम्पत्ति थुपार्छ र गन्ती गर्दै थन्क्याउँछ ।
(३) के उसको सम्पतिले उसलाई अमर बनाएको छ भन्ने ठानेको छ ?


(४) कदापी होइन, त्यो निश्चय नै उसलाई हुंतमहमा होमिनेछ ।
(५) हुतमह के हो तिमीलाई के थाहा ?
(६) अल्लाहको दन्कँदो अग्नि…
(७) जुन मुटुसम्म पुग्नेछ ।
(८) निःसन्देह त्यसलाई तिनीहरुमाथि चारैतिरबाट छोपेर बन्द गरिनेछ….
(९) अग्ला-अग्ला स्तम्भहरुका बीचमा ।

नोटः- १. हुमज़ह र लुमज़हको सम्बन्धमा कोही आशंकामा छन्, कोही यसमा केही फरक गर्दछन् । हुमज़ह भनेको मानिसको सामने कुरा काट्ने (पाप) हो र लुमज़ह भनेको उसको गैर हाजिरीमा कुरा काट्ने (पाप) गर्नु हो। कोही यसलाई विपरित अर्थ लगाउँछन्। कोही भन्दछन् हुमज़ आँखा र हातद्वारा र लुमज़ बोलीद्वारा पाप गर्नु हो।

२. यसको मतलब यो हो की पैसा अर्थात धन गनी गनी संचित गरेर राख्नु अर्थात कन्जुसी गरेर राख्ने तर अल्लाहको मार्गमा खर्च नगर्ने । धन संचित गरेर राख्नु नराम्रो होइन तर अल्लाहको मार्गमा जकात, सदक़ामा खर्च गर्ने नियम नहुनु हो।

 

 

 

 

 

 

 

 

 

 

 

Related Post