New Muslims APP

सुन्नुहोस् ! तपाईको बच्चा तपाईबाट के चाहन्छन् ?

बच्चाको मन नदुखाउनु होस्

बच्चाको मन नदुखाउनु होस्

तपाई माता पिता महान हुनुहुन्छ, यसैले सानो तिनो गल्तिमा  मलाई पिटीरहनु हुन्छ, जथा भावी गालि गर्नु हुन्छ अरुको रीस पनि ममाथि पोख्नु हुन्छ । यस्तो गर्दा तपाईहरु यो भूल्नु हुन्छ कि हामी पनि पहिले बच्चा थियौं। मेरो ईच्छा छ तपाई आफुले आफुलाई परिवर्तन गर्नुहोस्  आफ्नो क्रोध र भावनात्मक तरीकामा  नियन्त्रण  राख्नुहोस्. किनकी मलाई तपाईको मदत, मित्रता, प्यार र मार्गदर्शनको आवश्यकता छ। आउनुहोस् एक अर्कालाई सम्झने कोशिश गरौं ताकि हाँसी-खुशी, मुस्कुराहट र एक अर्कामा मेलमिलाप पूर्ण जिन्दगी गुजार्न सकौं

तपाईको छोरा / छोरी
1. जब मैले कुनै राम्रो काम गरे भने मलाई धन्यवाद दिन नभुल्नुहोस् किनकि यसले गर्दा मेरो हिम्मत बढ्दछ, प्रोहत्साहन मिल्छ र म धेरै खुशी हुन्छु ।

2. मलाई यस्तो विशेषता प्रदान गर्नुहोस् जुन मेरो जिन्दगी भरी साथ रहोस्।

3. आफ्नो प्रतिज्ञालाई पूरा गर्नुहोस् किनकि जब तपाई कुनै राम्रो काममा मलाई पुरस्कार दिने वचन दिनुहुन्छ भने वचन पुरा गर्नुहोस्, यदि दिनुभएन भने त मेरो दृष्टिमा तपाईको त्यो सम्मान रहदैन जो रहनु पर्दथ्यो।

4. जब मबाट कुनै गल्ती भयो भने मलाई प्लीज ठूलो स्वरमा गाली नगर्नुहोस् किनकि तपाई रिसले रातो-पिरो भएको  देखेर म त्रसित र बेचैन हुन्छु ।

5. मेरो वर्तमान गल्तीको साथ पहिलेको गल्तिको सूची नदोहर्याउनु होला किनकि गल्ति ठूलाबाट पनि हुन्छ । म त अहिले सानै छु।

6. मलाई निकम्मा, मूर्ख र गदाहा  नभन्नु। के तपाईको शब्दकोशमा मेरो लागि राम्रो शब्द छैन ?

7. कहिले काहीं मेरो साथि/संगिनीहरुसँग पनि साथै बसेर खानाखाने अवसर मिलाई  दिनुहोस् किनकि हामी जम्मा भएर खाना खानाले मलाई प्रेम र भाईचाराको पाठ मिल्दछ।

8. यदि सम्भव छ भने कम से कम एक समयको खाना मेरो साथ जरूर खानुहोस्।

9. मलाई आफ्नो नातेदार, ईष्टृमित्रको बारेमा जानकारी दिनुहोस् र समय-समयमा उनीहरुसँग भेटघाट पनि गराउनु होला ।

10. तपाई ठूलो हुनुहुन्छ र म सानो। यसैले मेरो गल्तिहरुलाई क्षमा गर्नुहोस् तपाई ठूलो हो भन्ने प्रमाणित गर्नुहोस् र राम्रोसँग मेरो सुधार गर्नुहोस् ( बाँकी अर्को पोस्टमा)

स्रोतः- नैतिक आचरण (इस्लामी ब्लगर)

मुहम्मद इब्राहीम खरेल

Related Post