New Muslims APP

माता पिताको आफ्ना सन्तान प्रति के दायित्व हुन्छ ?

आमा बुबाको आफ्ना सन्तान प्रति कर्तव्य

आमा बुबाको आफ्ना सन्तान प्रति कर्तव्य

विवाह पछि पुरूष र महिला मिलेर एक परिवारको निर्माण हुन्छ र जब दुवैजनाको प्रेमको फल बच्चाको रूपमा संसारमा जन्म लिन्छ त परिवारको जग धेरै महत्वपूर्ण जिम्मेवारीकासाथ अघि बढ्छ यसैले त अल्लाह तआलाले एक सुन्दर र आदर्श परिवारको निर्माणको लागि परिवारको प्रत्येक व्यक्तिमा एक दोश्राको लागि केही कर्तव्य र अधिकार अनिवार्य गरिएको हुन्छ

किनकि परिवारको प्रत्येक व्यक्ति आफ्नो जिम्मामा भएको हरेक अधिकारलाई सही तरीकाबाट पूरा गरी अल्लाहसँग उत्तम बदला प्राप्त गर्न सकुन् यसैले अल्लाह तआलाले सन्तानमा आमा बुबाको केही अधिकार र कर्तव्य अनिवार्य गरेको छ, किनकि आमा बुबाको सन्तानको पालन पोषणमा धेरै दुःख र कष्ट भोग्नु परेको हुन्छ र यसै प्रकार बच्चाको आमा बुबामा केही कर्तव्य अनिवार्य गरेको छ, जस्तै नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अब्दुल्लाह बिन अम्र (रज़ी अल्लाहु अन्हु) सँग भन्नुभयो-
“र तिमी माथि तिम्रो सन्तानको हक छ। ” ( सही मुस्लिम, हदीस क्रमांक.1159)
ताकि प्रत्येक व्यक्ति आफ्नो कर्तव्य र अधिकारलाई सही तरीकाबाट पुरा गरुन र संसारिक र पारलौकिक जीवनमा धेरै लाभ प्राप्त गर्न सकून। त बच्चाको आफ्नो आमा बुबामा के कर्तव्य जन्म लिनु भन्दा पहिले हुन्छ र के कर्तव्य जन्म लिए पछि हुन्छ,
बच्चा जन्मिनु भन्दा पहिले आमा बुबामाको कर्तव्य
(१) श्रीमतीको छनौटः- हामीले विवाह विवाह गर्नु भन्दा पहिले आफ्नो जीवन साथीको लागि असल आचरणवाली, उत्तम व्यवहारवाली र धार्मिक महिलाको छनौट गर्नु पर्छ, किनकि बच्चाको पालन पोषणको लागि उत्तम स्वभाववाली सुशील महिला हुनु ज़रुरी छ जस्तै कि रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले पत्नीको छनौट गर्न निम्ति उत्साहित गर्नु भएको छ- अबू हुरैरा (रज़ी अल्लाहु अन्हु) ले वर्णन गर्नु हुन्छ रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो “महिलासँग विवाह चार कारणसँग गरिन्छ, महिलाको धनदौलत, र उच्चा खानदान र अतिसुन्दरता र धार्मिक कारण विवाह गरिन्छ तर तिमी धार्मिक महिलासँग विवाह गर तिमीले सफलता प्राप्त गर्नेछौ, चाहे तिमीलाई धार्मिक स्वभाववाली महिला खोज्नलाई धेरै कठिनाई भोग्न किन नपरोस्”(सही बुखारी, हदीस क्रमांक.5090)
किनकि माता-पिता जस्तो हुन्छन्, बच्चा ज़्यादा जस्तो त्यस्तै हुन्छन्, जस्तै कि उमर बिन खत्ताब (रज़ी अल्लाहु अन्हु) ले भन्नुभयो “निः सन्देह रगतको असर हुन्छ, आफ्नो सन्तानको लागि उत्तम वंशको छनौट गर ।”
(२) असल सन्तानः- सन्तान संसारको सबैभन्दा उत्तम र सबैभन्दा बहुमूल्य सम्पति हो, यसैले उत्तम आचरण , असल व्यवहार र स्वस्थ बच्चाको लागि दुआ अल्लाहसँग बारम्बार गर्नु पर्छ,
यसको आरम्भ पत्नीसँग शारीरिक सम्बन्ध राख्नु भन्दा पहिले नै गर्नु पर्छ जस्तै (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो जब तिमीहरु मध्ये कोही आफ्नो पत्नीको साथ शारीरिक सम्बन्ध राख्न जान्छौ भने यो दुआ पढ़्नु- अब्दुल्लाह इब्नि अब्बास (रज़ी अल्लाहु अन्हुमा) ले वर्णन गर्नु हुन्छ कि रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ने फरमाया “जब तिमीहरु कोही आफ्नो पत्नी के पास शारीरिक सम्बन्ध राख्नको लागि शुरु गर्नु हुन्छ भने भन्नुहोस् बिस्मिल्लाहे, अल्लाहुम्मा जन्निब्ना शैतान व जन्निबिशैतान मा रज़क्तना, यदि अल्लाहले यि दुईजनाको मिलनबाट बच्चा पैदा हुन लेखिएको छ भने उक्त बच्चा शैतानको कष्ठबाट सुरक्षित रहन्छ ।” (सही बुखारी, हदीस नम्बर.7396)
अल्लाहको नबी र रसूल (अलैहिस्सलातु वस्सलाम) पनि अल्लाहसँग उसल सन्तानको लागि प्रार्थना गर्नु हुँन्थ्यो, जस्तै जकरिया (अलैहिस्सलाम) ले अल्लाहसँग असल सन्तानको लागि यो शब्द पढेर दुआ गर्नु भएको थियो- “ऐ मालिक! आफ्नो कृपाले मलाई असल र उत्तम वंश प्रदान गर्नुहोस्, बैशक तपाई नै दुआलाई स्वीकार गर्नु हुन्छ ।”
र जब बच्चा जन्म लिन्छ त उसलाई पनि उसको स्वास्थ्य राम्रो होस् र असल आचरण होस् र यस संसारमा पनि सफलपूर्वक जीवन गुजार्न सकोस् र पारलौकिक जीवन पनि सफल रहोस् भनेर प्रार्थाना गर्नुपर्छ । किनकि आमा बुबाको प्रार्थना बच्चाको हकमा अल्लाह तआला स्वीकार गर्नु हुन्छ ।
बच्चा जन्मे पछि आमा बुबाले पालना गर्नु पर्ने अनिवार्य नियमहरु…..
(१) बच्चाले जन्म लिएपछि उसलाई आफ्नो सन्तान मान्नु- पत्नीले त्यो सन्तानलाई उसको पितासँग सम्बन्धको बारेमा जानकारी गराउनु, श्रीमतीसंग झकडा भएमा म त्यो बच्चाको बाउ होइन भनेर प्रताडित गर्दा उक्त सन्तानमा धेरै ठूलो मानसिक असर पर्न सक्छ यसैले यस्तो कार्य गर्नु हुँदैन । पतिको यस गलत निर्णयले गर्दा पत्नीले पनि उक्त बच्चालाई आफ्नो साथ राख्न चाहदिनन् या पतिसँग छोडपत्र माग्न चाहन्छिन या उक्त सन्तानलाई पतिको घरमा या माइतमा छाडेर अनेत्र जाने कोशिस गर्छिन् यस अवस्थामा बच्चा अनाथ हुने सम्भावना हुन्छ । यि सबै पाप कार्यबाट जोगिनको लागि बच्चालाई वास्तविक माता-पिताको नाता जोड्नु पर्छ । बच्चाको कारण न आमालाई तक्लीफ दीनु हुन्छ र न बुबालाई नोक्सान पुर्याउनु हुन्छ। यस सम्बन्धमा अल्लाहको आदेश छ “न त आमालाई यस परिस्थितीबाट तकलीफ दिन हुन्छ न बच्चालाई र न बुबालाई समस्यामा पार्नु हुन्छ ।” ( अल-बकराः 233)
(२) बच्चाको नाम राम्रो राख्नु- आफ्नो बच्चाको लागि राम्रो नाम छनौट गर, जुन नामको अर्थ राम्रो होस्। त्यो नाम राख्नु जुन अल्लाहलाई धेरै प्रिय होस् र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई प्रिय होस्, जस्तै हदीसमा उल्लेख छ- अब्दुल्लाह बिन उमर (रज़ी अल्लाहु अन्हुमा) बाट वर्णन गर्नु हुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो- “अल्लाहलाई सबै भन्दा ज़्यादै मनपरेको नाम अब्दुल्लाह र अब्दुर्रहमान हो” ( सही मुस्लिम, हदीस क्रमांक.7396)
यस हदीसबाट यो ज्ञान प्राप्त हुन्छ कि अल्लाहलाई यो नाम धेरै प्रिय थियो, यसैप्रकार अब्दलाई अल्लाहको अरु नाम र विशेष्ताको साथ मिलाएर पनि राख्न सकिन्छ जस्तै अब्दुर्रहीम, अब्दुल्गफ्फार आदि। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पनि केही नाम मन पराएर भन्नु हुन्थ्यो जुन राख्न राम्रो हुन्छ जस्तै हदीसमा उल्लेख छ-जाबिर बिन अब्दुल्लाह भन्नु हुन्छ हाम्रो परिचीत एक साथिको छोरा पैदा भयो तब उक्त समुदायको मानिसले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग भन्नु भयो, हामी उसको नाम के राखौं, त रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो तिमीहरु उसको नाम हमज़ा बिन अबदुल्मुत्तलिबको नाम राख र इमाम अल्बानी रहिमहुल्लाह भन्नु हुन्छ रसूल(सल्लल्लाहु अलैहि व सल्लम) लाई यो नाम सबै भन्दा धेरै मनपराउनु हुन्थ्यो, यस हदीस प्रकाशित हुनुभन्दा पहिले ” अल्लाहलाई सबै भन्दा ज़्यादै मनपरेको नाममा अब्दुल्लाह र अब्दुर्रहमान हो ” ( सिल्सिला सहीहाः 887/6)
यसै गरि नबिलाई र सन्देष्टालाई (अलैहिमुस्सलाम) को नाममा बच्चाको नाम राख्नु पर्छ, जस्तै रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को हदीसमा उल्लेख छ- अनस (रज़ी अल्लाहु अन्हु) वर्णन गर्नु हुन्छ रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो, ” राती सपनामा मेरो एउटा छोरा जन्मिएको थियो जसको नाम मैले आफ्नो पिता इबराहीमको नाममा राखेको थिए ।” ( सही मुस्लिम, हदीस क्रमांक.2315)
यसै गरि यस्तो नाम नराख्नु जुन अशुभ र गलत अर्थ पुष्टि गर्दछ, यस्तो नाम राख्नु हुँदैन । रसूलुल्लाह (सल्लल्लाहु अलैहि व सल्लम) ले धेरै नै यस्तो नामलाई बदल दिनु भयो जुन नाम अशुद्ध थियो ।, आईशा (रज़ी अल्लाहु अन्हा) भन्नु हुन्छ ” रसूल (सल्लल्लाहु अलैहि व सल्लम) गलत नामलाई राम्रो नाममा बदल दिनु हुँन्थ्यो। ” (सुनन तिर्मिज़ी, हदीस क्रमांक.2839)

http://ipcblogger.net/ibrahim/?p=1687

Related Post