नेपालका एक ईसाई पास्टरकी श्रीमति इस्लामको शरणमा किन आइन ?

डिला मगर (फातिमा)

नेपालका एक ईसाई पास्टरकी श्रीमति

नेपालका एक ईसाई पास्टरकी श्रीमति इस्लामको शरणमा किन आइन ? 

सतासी धाम-8 झापा जिल्ला निवासी डिला मगर (लिम्बु) को जन्म घर (माइती पक्ष) हिन्दू धर्मालम्बी हुन्। जब डिला मगरको विवाह भयो ईसाई धर्मालम्बीसँग भयो तब उनी पनि ईसाई धर्मालम्बी बनिन्। उनको शैक्षिक योग्यता कमै भए पनि तृष्ण वुद्धि र सहाँसिक क्षमताका धनी थिइन। 2016 को अन्त तिर कुवैत प्रवेश गरेकी डिला मगर 2017 फेब्रुअरी 7 मा ईसाई धर्म छोडी इस्लाम धर्मको शरणमा आइन। आखिरी किन डिला मगरले ईसाई धर्म छोडी इस्लाम धर्मको शरणमा आएर फातिमा बनिन् उनकै शब्दमा तलका हरफबाट जानकारी पाउनु हुनेछ ।

तपाईको परिचय दिनुहोस् न ।

मेरो नाम डिला मगर हो, म कुवैतको जुनुब जहारा, गता-2, रोड नं. 203, घर नं.- 16 मा एक कुवैती परिवारको घरमा घरेलु कामदारको रुपमा कार्यतर छु मेरो चार सन्तान छन् जस मध्ये तिन छोरी र एउटा छोरा छन् । हाल उनीहरु नेपालमा छन् र आफ्नो बाबाले मानी आएको ईसाई धर्ममा लागेका छन् । मेरो दाजु (लक्ष्मण जोबेगु) पनि ईसाई धर्मालम्बी नै हुनुहुन्थ्यो तर विगत बाह्र वर्ष पहिले ईसाई धर्म छोडेर ईश्वरिय सत्य मार्ग (इस्लाम धर्म) मा आउनु भयो । त्यसैगरी मेरो बहिनी पनि ओमानमा विगत दश वर्ष पहिले इमान ल्याईन ।

म पहिले हिन्दू घरनामा जन्मिए, मेरो श्रीमानले ईसाई धर्म लिएको हुनाले मैले पनि १९ वर्ष पहिले ईसाई धर्म लिएकी थिए। मेरो श्रीमानले तिन वर्षसम्म ईसाई धर्मको तालिम लिएर हाल ईसाई धर्मका पास्टर (Pastor) हुनु हुन्छ। जब म ईसाई थिए मैले पनि ईसाई धर्मको खुब प्रचार-प्रसारमा गरें। म नेपालमा हुँदा खेरी नै इस्लाम धर्मालम्बीहरुले एक अल्लाह मान्दछन्, रोजा राख्छन्, नमाज पढ्छन् र हज़्ज़ गर्न साउदी अरब जान्छन् भन्ने थाहा थियो। मैले ईसाई धर्म लिएको केही वर्ष देखि बिरामी हुन थाले, मैले श्रीमानलाई भने मलाई उपचार गर्नुहोस् । तर वहाँले मात्र यति भन्नु हुन्थ्यो तिमी परमेश्वर (यशू) माथि भरोषा गर, उनैले तिम्रो विमार ठिक गर्नु हुन्छ, तिमी प्रभुको प्रार्थना पुकार गर ठिक हुन्छ धैर्य गर, भन्नु भयो तर मलाई बिमार ठिक हुनुको सट्टा झन् म बिमारी हुँदै गए र म बहुलाएर अर्ध चेतन अवस्थामा खोलाको किनारमा गएर पानी मात्र पिएर बस्न थाले। मैले एक दिन सोचें म पनि अब अल्लाहलाई मान्छु उनैले मलाई निको पार्नु हुन्छ । जब मैले मुस्लिम धर्म मान्छु भने तब मेरो बिमार निको भयो तर मेरा घरका सबै जना विरोधी भए। मेरो एउटा बहिनी ओमानमा बस्थिन उनले इस्लाम कबुल गरेको दश वर्ष भई कसेको थियो र मेरो दाजुले इस्लाम धर्म लिएको एघार वर्ष भएको थियो। उनीहरुको प्रेरणा अनुसार मैले इस्लाम धर्म लिने अठोट गरे। तर त्यो सबै नेपालमा बसेर गर्न आफुलाई असुरक्षित ठाने। म फेरी कुवैत आए, अब म ढुक्क छु, मलाई कसैले केही गर्न सक्दैनन् भनेर मेरो दाजु जो साउदीमा हुनुहुन्थ्यो वहाँको सल्लाह अनुसार कुवैतमा नेपाली शेख हुनुहुन्छ त्यहाँ गएर इस्लाम कबुल गर्नु त्यहाँ पनि सिक्नु र नेपाल आएपछि म सिकाउँछु भन्नु भयो। तब मैले मेरो साहुनीलाई इस्लाम धर्म मन परेको छ म इस्लाम धर्म लिन चाहन्छु भने, उनीहरुले इस्लाम प्रेजेन्टेशन कमिटी कुवैतमा कल गरी तपाई (मुहम्मद ईब्राहीम) लाई बोलाएछन् । अब म तपाई समक्ष इस्लाम कबुल गर्न चाहन्छु।

मैले सोधेः तपाईलाई इस्लाम धर्म र तपाईले मानि आएको पहिलेको धर्ममा के फरक पाउनु भयो ?

मैले विगत उन्नाइस वर्ष पहिले देखि ईसाई धर्म लिएको हुँ । यो संसारमा त एउटै ईश्वर हुनुहुन्छ तर ईसाई मत अनुसार पिता, पुत्र र पवित्र आत्मा भन्ने त्रि- ईश्वरवादको धारणा रहेको पाए, मलाई लाग्छ ईश्वर त केवल एउटै छन् तर किन त्रि-ईश्वरवाद मान्ने ? मलाई यो कुराले मनमा कौतुहलता बनायो।

फेरी मैले सोधेः इस्लाम धर्ममा कुन चीजले तपाईलाई सबै भन्दा धेरै आकर्षण गर्यो ?

मात्र एउटा अल्लाहको भक्ति गर्ने भएको हुनाले म इस्लाम धर्मप्रति आकर्षणित किनकि म संधै यही मान्यता राख्ने गर्दथे किनकि यो संसारका मात्र एउटै ईश्वर छन् र हामीले केवल उनैको मात्रै भक्ति गर्नुपर्छ, मेरो जुन सिद्धान्त थियो त्यो इस्लाम धर्ममा पाए यही कुराले म इस्लाम धर्म प्रति आकर्षित भए। दोश्रो कारण यो हो की मैले ईसाई धर्म लिन थाले पछि म धेरै बिमारी भए, कति उपचार गरे, कति पुकार गरें तर केही गरे पनि मेरो स्वास्थ्य निको भएन, मेरो दाजुले इस्लाम धर्म लिनु भएको करिब 11 वर्ष भइ सकेको थियो, दाजुले मलाई भन्नु भयो बहिनी तिमी एक अल्लाहको भक्ति गर उनैसँग तिमी दुआ गर इन्शा अल्लाह तिम्रो बिमार निको हुन्छ। मैले पनि दाजुको सल्लाह अनुसार इस्लाम धर्म लिने विचार गरे, तब मेरो विमार ठिक हुँदै गयो। यही दुई कारणले मेरो मन इस्लाम धर्मप्रति आकर्शित भयो। अन्तमा मैले इस्लाम धर्म लिए। आज म धेरै खुशी छु।

 

Related Post