मुहम्मद (सल्ल.) को जीवनी सुरक्षित छ

मुहम्मद सल्ल. को जीवनी

मुहम्मद सल्ल. को जीवनीको हरेक क्षण सुरक्षित छ।

मुहम्मद (सल्ल.) ले बालककाल देखि अन्तिम समयसम्म जो काम गरे र जो उपदेश दिए त्यसलाई उनको साथिले कंठस्थ गरे र केही व्यक्तिले त्यसलाई लेखे, फेरि पछिल्लो पुस्तासम्म त्यसलाई पु-याए । फेरि सुन्नेवालाले दोश्रालाई सुनाउँछन् यसैगरी त्यसलाई क्रमवद्धसँग लिपीवद्ध गरे। जस्तै फलानोले फलानोलाई भन्यो र फलानोले फलानोसँग भन्यो र त्यो मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभएको मैले आफ्नो कानले सुनेको हो। जुन व्यक्तिले यो खबर अर्को व्यक्तिसम्म पु-याउँछन् उनलाई रावी अर्थात वर्णनकर्ता भनिन्छ ।

इस्लामी विद्वानहरुले ती रावीहरुको बारेमा पूरा बयान लेखेर सुरक्षित राख्नु भएको छ । यदि उनीहरुमा कोही झूठा ठहरिए या उनको स्मरण शक्ति कमजोर भेटीएमा त्यस व्यक्तिबाट लिएको प्रवचन (बयान) लाई रद्द गरिन्छ। यस प्रकार हेर्दा पुरै संसारमा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम ती महान व्यक्ति हुन् जसको जीवनको एक एक वाक्य वाल्यकाल देखि जीवनको अन्तिम समय सम्म जस्ताको त्यस्तै सुरक्षित छ।

मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) नै किन ?

         अब तपाईको मनमा यो प्रश्न उठ्दछ कि मानवको लागि कुन मार्गदर्शन राम्रो हो, जसलाई पालना गरेर उ स्वर्ग प्राप्त गर्न सक्छ ? यसको उत्तर हो पछिल्लो पिंढ़ीको लागि पछिल्लो मार्गदर्शनलाई पालना गर्नु नै योग्य मानिन्छ । उदाहरणको लागि जब सरकारले कुनै देशको लागि राजदूत नियुक्त गरेर पठाउँछ भने त्यस व्यक्तिको प्रतिनिधित्व त्यही अवधिसम्म कायम रहन्छ, जबसम्म उसको प्रतिनिधित्वको अवधि कायम रहन्छ। जब त्यस ठाउँमा अर्को व्यक्ति प्रतिनिधित्व गर्न आउँछ भने स्वतः नै पहिलेको व्यक्तिको प्रतिनिधित्व समाप्त हुन्छ। त्यसपछि अर्को व्यक्तिको प्रतिनिधित्वमा काम कार्वाही शुरुहुन्छ । त्यस्तै मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम नै त्यो अन्तिम रसूल हुन जो आफ्नो ईशदूतत्व देखी संसार रहुन्जेलसम्म सम्पूर्ण मानव र जिन्न प्राणीका लागि पथ प्रदर्शक तथा मार्ग निर्देशक हुनुहुन्छ ।

        वहाँ सम्पूर्ण रसूल तथा नबीहरुको अन्तिममा आउनु यस कुराको प्रमाण पुष्टि गर्दछ कि वहाँलाई वर्तमान र भविष्यको लागि ईश्वरको प्रतिनिधित्व मान्नु पर्दछ। हुन सक्छ कि मानव इतिहासको आरम्भिक र प्राचीन धार्मिकग्रन्थ वेद हो । तर त्यसमा पहिलाको जस्तो पूर्ण रुपमा सुरक्षित पाइदैन केही परिवर्तन भएको देखिन्छ ।

          सबैभन्दा धेरै परिवर्तन सामवेदमा भएको पाईन्छ। हरेक प्रकाशनाको प्रतिमा मन्त्रको संख्या १८२४ छ भने जीवान्द विधासागरको प्रकाशनामा मन्त्रको संख्या १८0८ छ, फेरि पण्डित शिवशंकरको साथमा भएको सामवेदमा मन्त्रको संख्या १५४९ छ, यसैप्रकार अथर्ववेदको सन्दर्भमा समेत पनि मतभेद पाईन्छ ।

          बाईबल पनि ईश्वरीयग्रन्थ नै थियो तर पछि त्यसमा धेरै मिलावट भएको हुनाले त्यसलाई हाल मान्यता दिईदैंन, जति पहिले शुद्धरुपमा मान्यता दिईन्थ्यो। यसैकारण पहिलेका ग्रन्थहरु कुनैपनि सुरक्षित नभएको कारण ईश्वरले अन्तिम तथा स्थायी ग्रन्थको रुपमा पवित्र कुरआन अवतरित गर्नुभयो र पवित्र कुरआनको दिव्यज्ञान विश्वमा सन्देश दिन मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई जिम्मा लगाउनु भयो। मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम नै त्यो अन्तिम रसूल हुन जो आफ्नो ईशदूतत्व देखी संसार रहुन्जेलसम्म सम्पूर्ण मानव र जिन्न प्राणीका लागि पथ प्रदर्शक तथा मार्ग निर्देशक हुनुहुन्छ ।

Related Post