Main Menu
New Muslims APP
أكاديمية سبيلي Sabeeli Academy

अज़ान संसारमा एक सेकण्ड पनि खाली हुँदैन, कसरी ?

अज़ान संसारमा एक सेकण्ड पनि खाली हुँदैन, कसरी ? एउटा धार्मिक कार्यक्रममा यो प्रश्न सोधिएको थियो कि अज़ान के हो ? अधिकांश मानिसको उत्तर यहि थियो कि अज़ानमा ईश्वरलाई बोलाइन्छ, कोही व्यक्तिले भने यो ईश्वरको भक्ती गर्ने एक प्रकारको नियम हो । अर्कोले भन्यो अज़ानमा अकबर बादशाहलाई बोलाइन्छ। अज़ानको सम्बन्धमा यस्तो उत्तर सुनेर धेरै आश्चर्य लाग्यो र दुःख पनि । किनकि हामी शताब्दियौं देखि एक साथ रहेका छौं तर पनि एक अर्काको धर्म संस्कृतिप्रति सन्देहमा परेका छौं ।

वास्तविकता यो हो कि अज़ानमा न त ईश्वरलाई बोलाइन्छ, न अकबर बादशाहलाई, र न यो पूजा गर्ने कुनै तरीका हो । वास्तवमा आजान दिएर नमाज़ीलाई नमाज़को समयको सूचना दिइन्छ ताकि मानिसलाई मस्जिदमा उपस्थित भएर सामूहिक रूपमा ईश्वरको भक्ति गर्नं सकुन् ।

अज़ान संसारमा एक सेकण्ड पनि खाली हुँदैन, कसरी ? नमाजको समय जानकारी दिनको लागि मस्जिदबाट संसारमा हर समय गुञ्जिने एक प्रकारको आवाज हो । अन्तरराष्ट्रीय रिपोर्ट अनुसार संसारमा हरेक समय मस्जिदबाट गुञ्जिने आवाज हो । यो आवाज इन्डोनेशियाबाट फज्रको समय देखि आरम्भ भएर सुमात्रासम्म आउँछ। यो सिलसिला मलाया, बंगलादेश, नेपाल, भारत पछि पाकिस्तानमा शुरू हुन्छ । त्यसपछि अफ्गानिस्तान, मस्क़ट, सऊदी अरब, यमन, इराकमा अजान शुरू हुन्छ। फेरी मिस्र, इस्तम्बूल, ट्राइपोली, लिबीया, नर्थ अमेरिकामा अजानको समय सकिन्छ र यसरी नै फज्रको अजान 9 घण्टाको यात्र तय गर्दछ । इण्डोनेशियामा जुहरको समय हुन थाल्छ। यसैगरी पाँच समयको अज़ानबाट संसारमा एक सेकण्ड पनि अज़ानको आवाज बिना खाली हुँदैन ।

तपाईको मनमा यो प्रश्न उठिरहेको होला कि अज़ानको शब्दको अर्थ के हुन्छः आउनु होस् सर्वप्रथम हामी अज़ानको शब्दहरुलाई जान्ने कोसिस् गरौं ”

 ईश्वर सबै भन्दा महान छन् (चार बार) म वचन दिन्छु कि ईश्वर बाहेक कोही अर्को उपासना लायक छैनन् (दुई पटक) म वचन दिन्छु कि मुहम्मद सल्ल. ईश्वरको अन्तिम सन्देष्टा हुन् (दुई पटक) आऊ नमाज़को लागि (दुई पटक) आऊ सफलताको लागि (दुई पटक) ( नमाज़ सुत्नु भन्दा उत्तम हो [दुई पटक] यो मात्र विहानको नमाज़मा भनिन्छ) ईश्वर सबैभन्दा महान छन्, ईश्वर सबैभन्दा महान छन्, ईश्वर बाहेक कोही उपासनाको लायक छैनन्। यो हो अज़ानको अर्थ, अब आउनुहोस् अज़ानको यस शब्दमाथि चिन्तन मनन गरौ के देखिन्छ, अज़ानमा के सन्देशमा।

  1. तपाई जान्न चाहनुहुन्छ अज़ानको सन्देश के हो ? अज़ानको प्रथम वाक्यमा भनिएको छः सृष्टिको महानतामा टाउको धुने वाला ! सुन “अल्लाह सबै भन्दा ठूला छन्” जब एकजना मानिस पृथ्वी, आकाश, सूर्य एवं चन्द्रमा, तारा र नक्षत्रहरुलाई देख्दछौं, बिजुली चम्किएको, बादलको गर्जनमाथि विचार गर्यौं भने उनको महानता उसको हृदयमा बस्न लाग्छ अतः अज़ान दिनेवाला त्यसको याद दिलाउँछ कि त्यो सबै ईश्वरको महानताको सामने बिल्कुल तुच्छ हो किनकी उनै सम्पूर्ण संसारका सृष्टिकर्ता, स्वामी र पालनहार हुन्, उनको कोही साझेदार छैनन्। संकटहरुमा उनैले मुक्ति दिन्छन्, सबैको पुकार सुन्छन्, प्रत्यक्ष एवं अप्रत्यक्ष जान्नेवाला हुन, सारा पीर फक़ीर, साधु सन्त र ईशदूत उनैमाथि निर्भर छन् किनकि मात्र एक अल्लाह सबै भन्दा महान हुन्।
  2. पूजा कसको – ऊपरवालाको महानता प्रमाणित भएपछि स्वभाविक रूपमा यो प्रश्न उठ्छ, पूजा कसको हुनुपर्छ ? त उसलाई उत्तर दिइयो कि जब ऊपरवाला नै महान हो तब फेरी सृष्टिको कोही प्राणी उपास्य कसरी हुन सक्छ ? अतः “म वचन दिन्छु कि अल्लाहको सिवाय कोही उपासना योग्य छैन”।
  3. पूजा कसरी – तेश्रो प्रश्न यो थियो, पूजा कसरी हुनुपर्छ ? त उसलाई उत्तर दिइयो कि पूजाको नियममा हामी स्वतन्त्र छैनौं किनकि “मैले वचन दिएको छु कि मुहम्मद सल्ल. अल्लाहको अन्तिम सन्देष्टा हुन्” अर्थात् म अन्तिम सन्देष्टा मुहम्मद सल्ल. ले बताएको नियमानुसार पूजा गर्नेछु । तब सोही नियमानुसार अनुसार पूजा गर्नु हाम्रो कर्तव्य हुनेछ ।
  4. आऊ नमाजतर्फ- अज़ानको चौथो वाक्य “आऊ नमाज़ तर्फ” द्वारा यस्तो व्यक्तिलाई नमाज़ तर्फ बोलाइन्छ जो मौखिक तथा हार्दिक प्रतिज्ञा दिइ सकेका हुन्छन् कि {अल्लाह बाहेक कोही सत्य उपासनाको लायक छैनन् तथा मुहम्मद सल्ल. हाम्रो अन्तिम सन्देष्टा हुन्} यसै प्रतिज्ञालाई व्यवहारिकरूप दिनकोलागि मस्जिदमा बोलाइन्छ किनकि जुन शब्दबाट उसले स्वयंलाई मुस्लिम सिद्ध गरेको छ त्यसलाई व्यवहारिक प्रदर्शन गर्न सकोस्। नमाज मात्र एक अल्लाहको लागि पढिन्छ जसमा स्तुति, प्रशंसा, कृतज्ञता आदि सबै एकत्रित हुन जान्छ र सामूहिक रूपमा पूरा गर्दा इस्लामी समन्ता तथा बन्धुत्वको पूर्ण प्रदर्शन हुन्छ । जहाँ हरेक प्रकारको भेदभावबाट टाढा रहेर धनी र निर्धन, स्वामी र सेवक, काला र गोरा, ठूला र साना सबै एकै साथ मिलेर नमाज पढ्ने गर्दछन् ।
  5. सफलताको लागि – अज़ानको पाँचौं वाक्य “आऊ सफलताको लागि” मा यो सन्देश छ कि सफलता न धन-सम्पत्ति जम्मा गर्नमा छ, न अग्लो भवन बनाउँदैमा, असल सफलता केवल एक ईश्वरको पूजामा छ, जो महाप्रलयको दिनको पनि मालिक हो। संसार परीक्षा-स्थल हो, परिणामको लागि हरेक व्यक्तिलाई आफ्नो पालनकर्ताको नजिक पुग्नुनै छ, यदि उसको नियमानुसार जीवन बिताएको छ भने स्वर्गको भागिदार हुन्छन् जुन धेरै सुखमय र हमेशा रहनेवाला जीवन हुनेछ, यदि उनको आदेशहरुबाट मुख मोड्छ भने उसलाई नर्कमा हालिनेछ जुन कष्ट र पीडादायक स्थान हो । यसप्रकार अजान दिनेवाला घोषणा गर्दछ कि हे मनुष्यहरु! आऊ नमाजतर्फ सफलता हासिल गर, अल्लाहलाई न मान्ने मानिसको लागि सबै भन्दा ठूलो हानी छ।
  6. अज़ानको अन्तिम वाक्य- अज़ानको अन्तिम वाक्यमा अल्लाहको महानतामाथि जोड दिंदै पुनः भन्छ कि हे मनुष्य! “अल्लाह सबै भन्दा महान हुन्, अल्लाह सबै भन्दा महान छन्, अल्लाह बाहेक कोही सत्य पूजा योग्य छैनन्।” यसैले मात्र एक अल्लाहको पूजा गर जो तिम्रो र सम्पूर्ण संसारको सृष्टिकर्ता, स्वामी, संरक्षक र प्रभू हुन। उनी बाहेक कसैको सामने टाउको नझुकाउ किनकि यो केवल टाउकोको अपमान मात्र होइन सृष्टिकर्ताको पनि अपमान हो।

 स्रोतः इस्लाम हाउसबाट साभार गरिएको हो ।
अाजानको शब्दको अर्थ

Related Post