Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

अनार्ड वाँन डूर्न: नेदरल्याण्डका राजनेताले अपनाए इस्लाम

“मलाई इस्लाम धर्म छोड्न दबाब दिइयो। म अब बुझ्न थालेको थिएँ कि मेरो देश नेदरल्याण्डमा मानिसहरुको विचार र सूचना कति गलत रहेछ”।

“मलाई इस्लाम धर्म छोड्न दबाब दिइयो। म अब बुझ्न थालेको थिएँ कि मेरो देश नेदरल्याण्डमा मानिसहरुको विचार र सूचना कति गलत रहेछ”।

नेदरल्याण्डका दक्षिणपंथी पार्टी पीपीबी अर्थात फ्रीडम पार्टीका सदस्य डच नेता अनार्ड डूर्नले इस्लाम धर्मलाई अंगलेका छन् । यो खबरले नेदरल्याण्डमा खलबली मचियो त्यति मात्र होइन इस्लाम विरोधीले उनलाई इस्लाम धर्मबाट फर्किन दबाब पनि दिए तर जसको हृदय अल्लाहले खोली दिएको हुन्छ तब कसैले उसलाई फर्काउन सक्दैन।
जो व्यक्ति जीवनभरी इस्लाम धर्मको विरोधी थियो अन्तमा अल्लाहको हिदायत पाएर उही मानिस आखिरी इस्लामको शरणमा आउँछ कति अपत्यारिलो सत्य छ। तपाईलाई विश्वास नलाग्न पनि सक्छ तर हो वास्तविक सत्य । जीवनको मोडले अचानक कोल्टे फेर्छ। को हुन उनी जसले इस्लामलाई आफ्नो जीवनको वास्तविक मार्गदर्शन माने र त्यसै अनुसार जीवन बिताउने संकल्प गरे ?

उनी हुन अनार्ड वाँन डूर्न । जो व्यक्ति इस्लाम विरोधी कुख्यात नेता गिर्टी वाइल्डर्स त्यही पीपीबी पार्टीका थिए। गिर्टी वाइल्डर्सले 2008 मा इस्लाम विरोधी फितना फिल्म बनाएको थियो। विश्व भरका देशहरुमा यस फिल्मको विरोध भएको थियो।

जुन बेला अनार्ड पीपीबी पार्टीमा सामेल भएका थिए त्यो बेला त्यो पार्टी नयाँ थियो। मुख्य धारा भन्दा अलग थियो। यसलाई अघि बढाउन निक्कै कठिन थियो तर पनि यस दलको भविश्य राम्रो देखेको हुनाले उनले धेरै कडा मेहनत साथ काम गरे अन्तमा सफलता पनि प्राप्त गरे। पार्टीमा मुस्लिमहरुसँग जोडिएका विवादस्पद विचारहरुका लागि अनार्ड परीचित थिए। त्यो बेला उनी पनि इस्लामको कट्टर दुश्मन थिए। उनी भन्दछन्: त्यति बेला पश्चिमी युरोप र नेदरल्याण्डका अधिकांश मानिसहरु जस्तै मेरो सोच थियो। म सोच्ने गर्दथे इस्लाम अति नै असहिष्णु छ, महिलासँग अन्याय गर्छन्, आतंकवादको जड नै मुस्लिम हुन् त्यसैले संसार भरी नै इस्लाम धर्मलाई घृणा गर्छन्।

अनार्ड डूर्नको भनाई छ जुन बेला पीपीबीले इस्लाम विरोधी फिल्म “फितना” बनाएको थियो, त्यो फिल्म बनाउने काममा त म संलग्न थिइन तर बितरण र प्रचार-प्रसार गर्ने कार्यमा मैले पनि धेरै सहयोग गरेको थिए। तर यही फिल्मको विश्व भरबाट यति धेरै कडा विरोध होला र मुस्लिम धर्मालम्बीप्रति यसले धेरै असर पुर्याउला भन्ने मैले सोचिन तर हाल आएर म मेरो त्यस कार्यप्रति आफै लज्जित भएको छु।

अनार्डले भने जब चलचित्र “फितना बजारमा आयो, त्यसबेला यस चलचित्र विरुद्ध धेरै प्रतिकृयाहरु आएको थियो। मलाई अहिले धेरै आत्माग्लानी हुन्छ किनकि म त्यस चलचित्रको बजार बितरणमा सहभागी थिए।

जब अनार्डले कुरआन पढ्न शुरु गरे साथै मुस्सिमहरुका परमपरा र संस्कृतिका बारेमा जानकारी पनि जुटाउन थाले। बिस्तारै बिस्तारै मेरो मनमा पनि इस्लाम विरोधी मिजास कम हुँदै गयो। म पीपीबी अर्थात फ्रिडम पार्टीमा हुँदा इस्लाम विरोधी केही कार्यहरुप्रति इस्लामको पक्षमा केही आवाज उठाउँथे तर कसैले ध्यान दिएनन्।

अनार्ड वाँन डूर्न इस्लाम विरोध देखि इस्लाम अपनाउनेसम्मको आफ्नो यात्राको बारेमा भन्छन् : म आफ्नो एक जाना सहयोगीसँग इस्लाम र कुरआनको बारेमा संधै सोध्ने गर्दथे । उनलाई इस्लाम सम्बन्धी धेरै कुराहरु जानकारी थियो। केही कुरा उनीलाई पनि थाहा थिएन यसैले उनले मलाई मस्जिदको इमामसँग भेटेर कुरा गर्ने सल्लाह दिए”।

उनी बताउँछन् “म पीवीबी पार्टीको पृष्टभूमिमा भएको हुनाले त्यहाँ जान डराउँथें। तरपनि म मस्जिदमा गएं । हामी आधा घण्टाका लागि गएका थियौ तर चार पाँच घण्टासम्म कुरा गरिरह्यौ

अनार्डले इस्लामको बारेमा जुन तस्बिर आफ्नो दिमागमा बनाएका थिए मस्जिद गएर इमामसँग कुरा गर्दा थाहा भयो त्यो त एक दम फरक रहेछ। इमामसँग भेटेपछि इस्लामको आत्मिय ब्यवहार देखेर उनी छक्क परे। इमामको आदर्श र दयालु व्यवहार देखेर अर्नाड प्रभावित भए। उनलाई अझै इस्लाम धर्मको बारेमा जानकारी लिने उत्साह बढ्यो। कुरआन र इस्लामिक पुस्तकहरु पढ्न थाले। अर्नाड वाँन् डूर्न मस्जिद गएको र इस्लामको बारेमा जानकारी लिएको  कुरा फ्रिडम पार्टीका उनका सहयोगीहरुलाई मन परेको थिएन, उनीहरु यही चाहन्थे कि आफ्नो पार्टीको धारणालाई  मानुन।

फ्रिडम पार्टीका नेता गीर्ट वाइल्डर्स नेदरल्याण्डमा बुर्का माथि रोक लगाउने कुरामा वकालत गर्दै आएका छन्। तर इस्लामको बारेमा जान्नु बेग्लै कुरा हो र इस्लामलाई स्वीकार गर्नु त बेग्लै कुरा हो। पहिला पहिला अर्नाडको मनमा इस्लाम धर्म स्वीकार गर्ने चाहना थिएन उनको मात्र एउटा उदेश्य थियो इस्लामको बारेमा बढी भन्दा बढी ज्ञान हासिल गर्नु अनी यो पनि जान्न चाहन्थे कि मानिसहरु इस्लाम धर्मप्रति जुन पुर्वाग्रह विचार राख्दछन् वास्तविकता त्यो होइन ती सबै संकुचित र कपोलकल्पित झुटो लाञ्छाना हो। यी सबै कुरा जान्न उनलाई करिब डेढ बर्ष लाग्यो। अन्तमा उनी यस निश्कर्षमा पुगे कि इस्लाम धर्म नै वास्तविक र सही सत्य धर्म हो। अन्तमा अल्लाहको हिदायत पाएर सन् 2013 मार्चमा इस्लाम धर्मलाई अंगालेका थिए। इस्लाम धर्म अपनाएपछि उनले धेरै कठिनाईको सामना गर्नु पर्यो। उनी भन्छन् : “मलाई इस्लाम धर्म छोड्न दबाब दिइयो। म अब बुझ्न थालेको थिएँ कि मेरो देश नेदरल्याण्डमा मानिसहरुको विचार र सूचना कति गलत रहेछ

खास गरी मेरो परिवार र मेरा साथीहरु यस निर्णयबाट अचम्मित भए। मेरो यस यात्राको बारेमा मेरी आमा र एक जना केटी साथीलाई मात्र थाहा थियो। तर अरु कसैलाई पनि केही जानकारी थिएन। त्यसकारण मेरो यो फैसलाबाट उनीहरुलाई झड्का लाग्यो। केही मानिसहरुलाई यो झुटो प्रचार जस्तो लाग्यो भने कसैलाई केवल ख्याल ठट्टा जस्तो लाग्यो।

अर्नाड भन्छन् यदी यो पब्लिसिटी मात्र भए दुई चार महिनामा सेलाउँथ्यो उनी अझ थप्छन् “म धेरै धनी र भौतिकवादी सोच भएको परिवारमा जन्मिएको हुनाले म कोही देखि डराउने र कसैको जबाबमा रहनेवाला थिइन तर पनि मलाई सँधै आफुभित्र एउटा खालीपन महशुस हुन्थ्यो। जब मैले इस्लाम धर्म अपनाए त्यसपछि आफैलाई पूर्ण मानव भएको महशुस गर्न थालेको छु। त्यो खालीपना अब पुरिएको छ

स्रोतः (BBC न्युजले लिएको अन्तरवार्तामा आधारित र islamicwebdunia बाट साभार)  

Related Post