Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

हिजाब नै मुस्लिम नारीको सुरक्षा हो

हिजाब लगाऔ, इज्जतको सुरक्षा गरौं

हिजाब नै इस्लामिक नारीको सुरक्षा कवज हो

अमेरिकाकी पूर्व मोडल तथा फिल्म हिरोइनअमेरिकाकी पूर्व मोडल तथा फिल्म हिरोइन, फिट्नेस इंस्ट्रेक्टर सारा बोक्केर अपनी ऐशआराम विलासितापूर्ण जिन्दगीलाई छोडेर इस्लाम धर्म स्वीकार गरिन्। बिकनी पहिरिएर आफुलाई पूर्णरुपमा स्वतन्त्र छु भनेर सोच्ने सारा बोक्केर अब आफै इस्लामी पहिरन हिजाबपहिरिन्छिन्  भन्छिन् महिलाको वास्तविक स्वतन्त्रा हिजाब हो आधाअधूरो कपडा पहिरिएर अफ्नो शरिर देखाउनु होइन ! अब उनको विचार पढ्नुहोस् ; सारा बोक्केरले कसरी ठाँटबाँठको जिन्दगीलाई छोडेर इस्लामको शरणमा आइन्।

म डाकोटा शहरको दक्षिणी भेगमा जन्मिएकी हुँ। आफ्नो वरिपरी मैले ईसाई धर्मको विभिन्न पथ-प्रदर्शकलाई देखें। म आफ्नो परिवारको साथ कयौं पटक लूथेरियन चर्च जाने गर्थें। मेरो आमाले मलाई चर्च जानको लागि धेरै प्रोत्साहित गर्नु भयो र म यसै गरी लूथेरियन चर्चको पक्का अनुयायी बनेकी थिइन्। म ईश्वरमा पूरा यकिन गर्थे तर चर्चसँग सम्बन्धित कतिपय रितीरिवाज मलाई ठिक लाग्दैनथ्यो र मलाई यो कुरामा भरोसा लाग्दैन्थ्यो, जस्तैः चर्चमा गीत गाउने, येशूको तस्वीरमा गएर प्रार्थाना गर्ने परम्परा आदी।

बिस्तारै-बिस्तारै म अमेरिकी जीवनशैलीमा ढल्दै गए र आम अमेरिकी केटीहरु जस्तै ठूलो शहरमा बस्ने, ग्लेमरस लाइफ-स्टाइल, ऐश-आरामपूर्ण जिन्दगी पाउने इच्छा मलाई पनि बढ्दै गयो। भव्य जीवनशैलीको ईच्छा हुँदै म मियामीको साउथ बीचमा गएको थिए जुन कि फेशनको केन्द्र थियो। मैले वहाँ समुद्रको किनारमा घर पनि लिए। आफ्नो ध्यान आफैलाई खूब सुन्दरी दिखाउनमा केन्द्रित गर्न लागें। म आफ्नो सौन्दर्यलाई धेरै महत्व दिने गर्थी र धेरै भन्दा धेरै व्यक्तिको ध्यान आफुतर्फ आकर्षित गर्न चाहन्थें। मेरो चाहना हुन्थ्यो कि मानिसहरु म प्रति आकर्षित  हुन्। आफुलाई दिखाउनको लागि म संधै समुद्र किनार जान्थें। यसरी म हाई फाई लाइफ स्टाइल र फेशनेबल जीवन जीउन लागें। बिस्तारै-बिस्तारै समय बित्दै गयो तर मलाई  अनुभव हुन लाग्यो कि जसरी-जसरी म आफ्नो स्त्रीत्वलाई चम्कान र देखाउनका लागि आघि बढ्दै गए, त्यसैगरी मेरो खुशी र आनन्दको सिमांकन तल झर्दै गयो। म फेशनको गुलाम बनेकी थिए। म आफ्नो सुन्दर अनुहारको नोकर बन्दै गएकी थिए। मेरो जीवनशैली र खुशीको बीच दुरी बढ्दै गयो। मलाई आफ्नो जिन्दगीमा एक्लोपन भएको जस्तो महसूस हुन लग्यो। लाग्थ्यो धेरै ऐश र आराम भएपनि केही चीजको कमि छ । मानौ मेरो हृदयमा छिद्र छ। खालीपनले यसलाई घोची रहेको छ, त्यो घोचाईले मेरो अंग-अंगलाई हताश, निराश र दुःखी बनाई रहन्थ्यो। कुनै पनि चीजबाट मेरो यो खालीपन र एक्लोपन टाढा हुने देखिन। यसै निराशा र घोचाईको पीडा सहन नसकी मैले रक्सी पीउन शुरू गरि दिए। रक्सीको लतको कारण मेरो यो खालीपन र निराशा कम हुनुको सट्टा झन् बढ्दै  गयो। मेरो यस्तो आदतले गर्दा मेरो आमा-बुबा मबाट टाढिन थाल्नु भयो। अब त म स्वयं आफु देखि आफै भाग्न लागें।

फिटनेस इन्सट्रक्टर आदिको काममा मलाई जे-जति पैसा मिल्थ्यो त्यो पैसा त्यति कै खर्च भएर जान्थ्यो। मैले कयौं ऋण लिंदै गए, नतीजा यो भयो कि म कर्जामा डुब्न  थाले। खास गरी आफुलाई सुन्दर देखाउनमा म खुब खर्च गर्दथे। कपाल बनाउने, नङ सजाउने, ठूला-ठूला ब्यापारिक महलमा जाने र जिम गर्न जाने आदिमा सबै खर्च हुन्थ्यो। त्यस बेला मेरो सोच थियो कि यदि म मानिसको  आकर्षणको केन्द्र बने भने मलाई धेरै  खुशी मिल्छ। अरुले मलाई हेरेको राम्रो  लाग्थ्यो। तर यो सबैको नतीजा उल्टो निक्यो। यो सबै देख्दा मेरो दुःख, निराशा र बेचैनी अझ बढ्दै गयो।

यी सबै हालातबाट बच्न र यसको इलाज खोजीको लागि, मैले बर्षौ लगाए। मैले शान्ति प्राप्त गर्न मनोविज्ञान, किताब र एक्सरसाइज आदिको  पनि सहारा लिए। मलाई  यसबाट आफ्नो जीवनलाई सही तरीकाबाट शुरू गर्ने शक्ति मिलेन। सुख हासिल गर्नका लागि मैले विभिन्न धर्मशास्त्रको अध्ययन गर्न शुरू गरें। धर्ममा चासो लिन थाले। मैले ध्यान र योगलाई पनि जान्ने कोशिश गरें। यसमा धेरै आकर्शित हुँदै गए, म चाहन्थे कि मलाई  यो स्पष्ट होस् कि मैले  के गर्नु पर्छ र कसरी गर्नुपर्छ ? म आफ्नो जिन्दगीको लागि एक तरीका र नियम चाहन्थें तर मैले यस तथाकथित उदारवादी र स्वच्छन्दतावादी माहौलमा यो हासिल गर्न सकिन। यसै बीच अमेरिकामा 2011 सेप्टेम्बर 11 मा आतंकवादी हमला भयो। यस घटना पछि इस्लाम माथि चारैतिरबाट दवाब हुन लाग्यो। इस्लामी मूल्य र संस्कृतिमाथि सवाल उठाउन लागे। वास्तवमा त्यसताका इस्लाम धर्मप्रति मलाई कुनै चासो पनि थिएन। इस्लामलाई लिएर त्यसबेला मेरो धारणा यस्तो थियो कि जहां स्त्रिहरुलाई घरमा कैदी झैं राख्दछन्, पीट्छन् र यो संसारमा जे-जति आतंक मच्चिएको छ त्यसको जड नै मुस्लिमहरु हुन्। यसै बीच म अन्तराष्ट्रीय सम्बन्धी पनि अध्ययन गर्न लागें। अमेरिकी इतिहास र विदेश मामिला सम्बन्धि नराम्रो नितीलाई पनि थाहा पाए। जातीय भेदभाव र अत्यचारलाई देखेर म काम्न थाले। मेरो दिल टुट्न थाल्यो। संसारको दुःखले मलाई पनि अरुलाई झैं  दुःखी बनायो। मैले निर्णय गरें कि संसारको विभिन्न भागमा मानिसहरुमाथि भई रहेको अत्याचारको विरुद्ध मलाई पनि केही गर्नुपर्छ जस्तो लाग्यो। म इन्टरनेटको माध्यम हाई स्कूल र कॉलेजका स्टूडेंट्सलाई मध्यपूर्वका व्यक्तिको साथ अमेरिकाले गरेको अत्यचारको बारेमा जानकारी दिन लागें। यती मात्र होइन स्थानीय कार्यकर्ताहरुलाई साथ लिएर इराक विरुद्ध भएको अमेरिकी युद्ध विरुद्ध प्रदर्शनमा जुट्न लागें। आफ्नो यस मिशनको बीचमा एक अद्भुत व्यक्तिसँग मिले, जो मुसलमान थियो। त्यो पनि इराक युद्धको विरुद्ध प्रदर्शनमा लागेको थियो। यो भन्दा पहिले मैले यस्तो कुनै व्यक्ति कहिले देखेकी थिइन जो आफ्नो मिशन प्रति यसरी ज्यानको बाजी राखेर जुट्नेवाल होस्। त्यो इंसाफ र इंसानी हकको लागि लागि कार्यरत थियो। त्यस व्यक्तिले यस मिशनलाई आफ्नो एक संस्था बनाई राखेको थिए। म पनि उसको संस्थासँग आवद्ध भए। उसको साथ काम गर्ने अवसरमा मैले उसँग इस्लामी सभ्यता, पैगम्बर मुहम्मद सल्ल. र उनको साथिहरुको कयौं जीवनी सुनेकी थिए। यो भन्दा पहिले मैले यिनको बारेमा यस्तो कहिले सुनेको थिइन। यो  सुनेर म दंग परें। म यस कुराबाट धेरै प्रभावित भए। म इस्लामबाट प्रभावित भएर यसको अध्ययन गर्न लागे र मैले कुरआन पनि पढें। कुरआनको शैली र अन्दाजले मलाई आफुतर्फ आकर्षण गर्यो।  मैले महसूस गरें कि कुरआन मानवकालागि दिल र दिमागमा गहिराईसम्म असर छोड्छ। वास्तवमा जुन सत्यताको मलाई खोजी थियो त्यो मलाई इस्लाम धर्ममा मिल्यो। यसपछि पनि शुरूमा त इस्लाम धर्मलाई लिएर मेरो दिलमा केही गलत विचार उत्पन्न भएको थियो जस्तैः मैले बुझ्न सकेकी थिइन कि आखिर मुस्लिम नारी पूरा शरिर ढाक्छन् ? यो अलग तरहको पोशाक किन लगाउँछन् ? म सोच्ने गर्थे कि म त कहिल्यै यस्तो पोशाक लगाउँदिन। त्यससमय मेरो सोच यस्तो बनेको थियो म त्यस्तै रहन्छु जुन रुपमा मलाई सबैले चिन्छन्, यदि अर्को मानिसले मलाई  देख्न नै सकेनन भने त आखिर मेरो अस्तित्व नै कहां बच्छ र ?  मलाई  लाग्छ, मानिसलाई देखाउनु नै मेरो पहिचान र अस्तित्व हो। यदि अरु मान्छेले मलाई  देखेनन् भने त फेरी मेरो अस्तित्व नै कहां रह्यो र ?

म सोच्थे आखिर ती कस्ता नारी हुन जो मात्र  घरमा बस्छन्, बच्चाको नै रेखदेख गर्ने र आफ्नो पतिको हुकुम मान्छन् ? यस्ता नारीको आखिर के अस्तित्व छ ? यदि त्यो घरको बाहिर गएर स्वयं आफै आफ्नो पहिचान बनाउन नसके आखिरी के जिन्दगी भयो, यस्तो नारीको ? पतिको स्वामी भक्त बनेर रहेर आखिर के मतलब ?

मैले महिलाहरुसँग सम्बन्धित यी सबै सवालहरुको जवाफ इस्लाममा पाए। यो जवाब तर्कसंगत लाग्यो, र यसलाई जान्नु धेरै महत्वपूर्ण थियो। इस्लाम धर्म मात्र उपासना नभएर जिन्दगी जीउने तरीका पनि हो। यसमा सबै किसिमका मानवका लागि हरेक कठिन समश्या सामधान गर्ने सिकाउने गाइड लाइन हो। जिन्दगीमा जोडिएको हरेक पक्षमा ध्यानाकर्षण गरिएको छ। स-साना कुरामा पनि मार्गदर्शन गरेको छ जस्तै-खाना कसरी  खानु पर्छ ? कसरी सुत्नु पर्छ ? आदि। मलाई  यो सबै अद्भुत लग्थ्यो। यो सबै कुरा थाह पाएर पनि मैले आफुलाई इस्लाम धर्ममा समर्पित गरेको थिइन। खास गरी इस्लामिक तरिकाले जीवन गुजार्न मलाई  कठिन लाग्ने सोचेकी थिए। यसमा जिम्मेदारी धेरै थियो। म जिद्दी स्वभावकी केटी थिए र यसैले म ईश्वरप्रति पूर्णरुपमा समर्पण गर्न मेरो लागि मुश्किल थियो।

जनवरी 2003 को कुरा हो, जाडोको रात थियो। म वाशिंगटन डीसीबाट प्रदर्शन गरेर बसबाट फर्कि रहेकी थिए। म सोच्न लागी, म जिन्दगीलाई कसरी सही रुपमा बिताउन सक्छु, म आफ्नो कार्यप्रति घृणा गर्छु, पतिलाई छोडेर म अलग भएकी थिए, युद्धको विरुद्ध मानिसलाई एकत्र गर्दा नै म थाकी सकेकी थिए,। मेरो उमेर 29 बर्षको थियो तर मैने केही सम्झिन सकेकी थिइन, कि आखिर म के गरौं के नगरौं ? म पूर्ण रुपमा कम्जोर भएकी थिए। म रुन लागें र आफुले आफैलाई प्रश्न गर्न लागें। म राम्रो मान्छे बन्न चाहन्थें र यस संसारलाई पनि राम्रो बनाउने कोशिश गर्न चाहन्थे, तर म सोच्थे, आखिर कसरी समाधान हुन्छ यो सबै ? आखिर मैले  के गर्नु पर्छ ? मलाई  आफु भित्र यसको जवाब मिल्यो-मुसलमान बनौ। यही हो कामयाबीको मार्ग। मेरो हृदयमा यो जवाब आउँदा मलाई  एक अलगै किसिमको आनन्द र खुशीको महशुस हुन्छ। म खुशी र उत्साहबाट प्रफुल्ल हुन्थे। मानौ म माथि शान्तिको चादर छाएको छ। मलाई  लाग्यो, मैले  आफ्नो जिन्दगीको उदेश्य मिल्यो र जिन्दगी जीउने तरिका पनि। जिन्दगी त जिन्दगी नै हो, यो यति सजिलो पनि छैन, तर मेरो लागि त बाँच्नको लागि अब मार्गदर्शक पुस्तक कुरआन छ। एक हप्ता पछि एउटा मस्जिदको जग बनाउनका लागि मुस्लिम मानिसहरु जम्मा भए । तिनै मुस्लिम मानिसका सामने मैले कलमा ए शहादत पढेर इस्लाम धर्म स्वीकार गरें। मैले स्वीकार गरें कि अल्लाह एउटै नै हुनुहुन्छ, अल्लाह सिवाय वास्तविक सत्य उपासनाका लायक कोही छैन, र मुहम्मद (उनीमाथि शान्ति होस्) अल्लाहको भक्त व रसूल हुन्। त्यहाँ सबै मुस्लिम बहिनीले मलाई  गला लगाए। मेरो आँखाबाट खुशी र हर्षको आँशु झर्यो।

मैले अर्को दिन बजारबाट इस्लामी पहिरन हिजाब किनेर ल्याए र त्यसै दिनबाट मैले इस्लामी पोशाक लगाउन शुरू गरि दिए। इस्लामी पहिरनमा म त्यही मार्गबाट हिंड्थे जुन मार्गबाट केही दिन पहिले छोटो कपडा (विकनी) लगाएर हिंड्ने गर्दथे। वास्तवमा बाटो त्यही थियो, मानिस तिनै थिए, बजार त्यही थियो, तर  एक चीज फरक थियो, मलाई  मिल्ने इज्जत र आनन्द। त्यस गल्लीमा जुन अनुहार मेरो शरिरलाई शिकारीले शिकारलाई हेरेको जस्तै गरी हेरी रहन्थे, तिनीहरुले अब मलाई  नयाँ ढंगले र सम्मानको दृष्टि हेर्न लागे।  मैले फेशनेबल सोसायटीको देखावटी फैशनलाई छोडी दिए जसले मलाई  गुलाम बनाएको थियो। सत्य कुरा त यो हो कि मलाई  महशुस भयो कि मानौ मेरो कांधबाट धेरै ठूलो बोझ उत्रियो। म माथि अरुको सामने राम्रो देखाउने बाध्यता र सोच मेरो हृदयबाट निक्लिएको थियो। कयौं मानिसले मलाई  आश्चर्य रुपमा हेर्दथे, कोही दयाको दृष्टिले र कोही जिज्ञासाबाट । सच्चाई यो हो कि इस्लामी पोशाक लगाएपछि मलाई  मानिसको बीचमा यति आदर र सम्मान  मिल्यो की जुन मलाई  आज भन्दा पहिले कहिल्यै मिलेको थिएन। यो त अल्लाहको दया थियो। अल्लाहको मार्गदर्शनले म इस्लाम धर्मालम्बीको रुपमा परिचय पाएकी थिए, पछि मैले  विवाह पनि गरें।

मैले इस्लामी जिन्दगी बिताउन शुरु गरेको केही दिन पछि खबरहरु आउन लाग्यो केही राजनेता र कथित मानवाधिकार कार्यकर्ताले इस्लामिक पहिरन र बुर्काको चर्को विरोध गर्न शुरु गरे।  इस्लामी पहिरनले महिलाहरुमाथि दमन र अत्याचार भएको भन्न लागे। मिस्रका एक उच्च ओहदाका अधिकारीले भने बुर्का नै मुस्लिम नारीको पछौटेपनको प्रतीक हो । मेरो दृष्टिमा  यिनीहरुको भनाई सबै पाखण्डपन लाग्यो। मेरो बुझाईमा लाग्थ्यो आखिर पश्चिमी देशका सरकार र मानवाधिकार संगठन जब नारीको संरक्षणको लागि अगाडि आउँछ त उनीहरुमाथि एउटा ड्रेस कोड किन थोपरी दिन्छन् ? मोरक्को, ट्यूनिसिया, मिश्र जस्ता देशहरुमा मात्र होइन यहाँसम्मकी पश्चिमी लोकतान्त्रिक भनेर चिनिएका देश ब्रिटेन, फ्रान्स, हल्याण्ड आदिमा पनि हिजाब र नकाब लगाएकी नारीलाई शिक्षा र काम गर्नबाट प्रतिबन्ध गर्ने गरिन्छ। म स्वयं महिला अधिकारको पक्षधर हुँ। म मुस्लिम महिलाहरुसँग भन्छु कि उनी आफ्नो पतिहरुलाई राम्रो मुसलमान बन्नलाई जिम्मेदारी निभाउन। उनी आफ्नो बच्चालाई पालन पोषण यसरी गरुन कि बच्चा पूर्ण मानवताकोलागि दियोको ज्योति बनून्। हरेक भलाईबाट जोडिएर भलाई फैल्याउनु र पापबाट रोक्नु। संधै सत्य बोल्नु, हकको साथ आवाज उठाउनु र पाप भएको सामनेमा देख्नु भयो भने आवाज उठाउनु। म मुस्लिम नारीसँग भन्दछु कि ऊ मुस्लिम पहिरन हिजाब र नकाब लगाउने तरिका अरु नारीलाई पनि सिकाउनु। जुन महिलाहरुलाई हिजाब र नकाब लगाउनलाई मौका कहिले न कहिले मिल्यो भने उनलाई बताउनु यसले हाम्रो जिन्दगीमा के महत्व राख्छ जब हामी हृदयबाट खुशी भएर लगाउँछौं। हामी मुस्लिम महिलाहरु आफ्नो ईच्छबाट हिजाब गर्दछौं र हामी यसलाई कहिल्य पनि छोडनको लागि तयार छैनौं ।

पहिले म मुसलमान थिइन, यस कारणबाट म यस कुरामा जोड दिन चाहन्छु कि हिजाब गरेर हरेक नारीलाई यसबाट खुशी र इज्जत प्राप्त गर्ने अधिकार छ, जस्तैः मैले यो हासिल गरेकी छु। पहिले बिकनी मेरो स्वतन्त्रताको प्रतीक ठान्थे, जबकि सत्य यो हो कि बिकनीले मलाई  आध्यात्मिकता, सत्य मानव मूल्यहरु र इज्जतबाट टाढा गरेको थियो । मलाई  दक्षिण बीचको पश्चिमी भव्य जीवनशैली र बिकनी छोडनमा अलिकति पनि संकोच महसूस भएन किनकि यो सबैलाई छोडेर आफ्नो रबको छायाँमा शान्ति र पूर्ण जिन्दगी बाँची रहेकी छु। म हिजाब लगाउन धेरै मन पराउँछु र म हिजाब गर्ने अधिकार प्राप्त गर्नका लागि मर्न पनि तयार छु । आज हिजाब नारीको स्वतन्त्रताको प्रतीक हो। जो महिलाहरु लाज मानेर हिजाबको सट्टा नचाहिंदो र न सुहाउने पहिरन लगाउँछन्, उनलाई म भन्न चाहन्छु कि तपाईलाई अनुभव पनि छैन होला कि तपाई कुन महत्वपूर्ण चीजबाट वन्चित हुनुहुन्छ ।

पवित्र कुरआनमा हिजाब लगाउनको लागि हुकुम छ- हे पैगम्बर! आफ्ना पत्नीहरु र आफ्ना छोरीहरु र इमानवाली स्त्रीहरुसँग भनिदिनुस् कि तिनीहरु “आफुमाथि आफ्ना च्यादर हाल्ने गरुन्” यसबाट उनीहरुको पहिचान भई हाल्छ र उसले दुःख भोग्नु पर्दैन र अल्लाह धेरै क्षमाशिल, दयावान् छन् (सूरतुल् अह्जाबः आयत नम्बरः 59)

मैले मध्य पूर्व देशको यात्रा गरें र आफ्नो पतिको साथ अमेरिकाबाट मिस्रमा शिफ्ट भए। म आफ्नो सासुको साथ यहां इस्लामी माहौलमा जिंन्दगी बिताउन लागेकी छु। मलाई एउटा सुन्दर परिवार मिलेको छ। यो परिवार भन्दा पनि ठूलो परिवार-मुस्लिम सोसायटीको परिवारको म सदस्य बनेकी छु। यहाँ ममाथि अल्लाहको धेरै ठूलो मदत मिलेको छ कि मलाई यस्तो जिन्दगी हासिल भयो। अब मेरो दुःख, निराशा, एक्लोपन हरायो। म अब एक मुस्लिम समाजको परिधिमा जिन्दगी बिताई रहेकी छु। मेरो पथ प्रर्दशनको लागि कुरआन छ । म महसूस गर्छु कि मेरो अस्तित्व छ । मेरो एक घर छ। मेरो एक्लोपन टाढा भएको छ र हृदयमा पूर्ण सन्तुष्टी छ। मलाई अल्लाहसँग आशा छ कि वहाँले यो जिन्दगी पछि अर्को जिन्दगी (जुन मृत्यपछिको जिन्दगी) मा पनि सफलता प्रदान गर्नु हुन्छ ।

नोटः- सारा बाकर अहिले ‘द मार्च अफ जस्टिस’ को कम्यूनिकेशन डायरेक्टरको रुपमा कार्यतर हुनुहुन्छ र ग्लोबल सिस्टर नेटवर्कको संस्थापक हुनुहुन्छ। वहाँसँग [email protected] मा सम्पर्क गर्न सक्नु हुन्छ।

About Sara Bokker
 Sara Bokker is a former actress, model, fitness instructor, and activist. Currently, Sara is director of communications at The March for Justice, a co-founder of The Global Sisters Network, and producer of the infamous Shock & Awe Gallery©. Sara may be reached at [email protected].

writer- Sara-Bokker

अनुवादकः- मुहम्मद इब्राहिम खरेल

Source : http://www.islamicinformation.net

Related Post