New Muslims APP

खतना गर्नाले खतरनाक बिमारीबाट बचाउँछ”

“खतना” गर्नाले खतरनाक बिमारीबाट बचाउँछ”

“खतना” गर्नाले खतरनाक बिमारीबाट बचाउँछ”

अमेरीकाको शिकागो स्थित बालरोगमा खतनाबारे अन्वेष गर्नेसंस्था ‘ अमेरीकन एकेडेमी अफ पीडीऐट्रिकले आफ्नो ताजा बयानमा भनेको छ  नवजात बच्चामा गरिने खतना या सुन्नतले स्वास्थ्यको कारण धेरै फायदा हुन्छ । सत्य यो हो कि समयसमयमा  संसारभरिमा भएको शोध अनुसन्धानले यो प्रमाणित गरेको छ खतनाले मानवलाई  संक्रमण जस्ता  ठूला बीमारीहरुबाट  हिफाजत  गर्दछ  खतना एक शारीरिक  शल्यक्रिया हो 

जसमा खास गरी मुसलमान नवजात बच्चाको लिंगको

 टुप्पामा रहने छालाको सानो भाग काटेर  हटाइन्छ जसले गर्दा छाला लिंगको टुप्पामा बस्दैन

 यस समय खतना (सुन्नत) को बारेमा यूरोपीय देशहरुमा पनि नकरात्मक सोचाई शुरु हुन थालेको छ साथै खतनाको विषयलाई लिएर पूरा संसारमा एक जबरदस्त बहस भैरहेको छ। किनकि खतनाको बारेमा जर्मनीको कोलोन शहरको जिल्ला अदालतले आफ्नो एक फैसलामा भन्यो “कि शिशुको खतना गर्नु उनको शरीरलाई कष्टकर नोक्सान पुर्याउनु बराबर हो”। यस फैसलाको विरोध भयो। तर वैज्ञानिक तथा साइन्सको अनुसन्धानले त्यो फैसलालाई गलत सावित गरेको छ किनकि अमरीकाको शिकागो स्थित बालरोगमा अनुसन्धान गर्ने संस्था “द अमरीकन एकेडेमी ऑफ पीडीऐट्रिक्स” को ताजा बयानमा भनेको छ, नवजात बच्चामा गरिने खतना या सुन्नत स्वास्थ्यको लागि धेरै फाइदा जनक छ। सत्य पनि हो समय-समयमा संसार भरिमा गरिएको शोधकार्यले यो साबित गरेको छ कि खतना गर्नाले मानिसलाई कयौं ठूलो बीमारीहरुबाट हिफाजत गर्दछ । आज भन्दा चौधसय बर्ष पहिले मुसलमानहरुले खतना गर्नु पर्ने नबी मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले दिनु भएको सुन्नत आदेश हो ।

वैज्ञानिकहरुले दिएको प्रमाणहरु

शिकागो स्थित बालरोग चिकित्सहरु यस बयानको आधार वैज्ञानिक सबूत हो जसको आधारमा यो स्पष्टरुपमा भन्न सकिन्छ, कि जुन बच्चाको खतना गरिन्छ त्यसमा कयौं किसिमको बीमारीहरु हुने आशंका कम हुन्छ। यसमा खासगरी छोटा बच्चाको यूरिनरी ट्रैक्टमा हुनेवाला इंफेक्शन, पुरुषहरुको गुप्तांग सम्बन्धि क्यान्सर, यौन सम्बन्धिको कारण हुनेवाला बीमारीहरु, एचआईभी र सर्वाइकल क्यान्सरको कारक ह्युमन पैपिलोमा भाइरस अर्थात एचपीभी सामेल हुन्छ । एकेडेमी त्यो अभिभावलाई समर्थन गर्दछ जुन आफ्नो बच्चाको खतना गर्दछन्। वैज्ञानिकहरुको भनाई छ कि खतना गरेको पुरुषहरुमा संक्रमणको जोखिम कम हुन्छ किनकि लिंगको अगाडिको चमड़ा कीटाणुहरु प्रवेश गर्नलाई सक्दैन किनकि नरम छाला बिना उसलाई भित्र प्रवेश गर्ने वातावरण मिल्दैन।

एड्स र गर्भाशाय  क्यान्सरबाट  हिफाजत

महिलाहरुमा गर्भाशय क्यान्सरको कारण ह्युमन पैपिलोमा वायरस हुन्छ। यो भाइरस लिंगको अलिक तलको घेराको नरम छालामा बस्दछ र जुन संभोगको समयमा महिलाहरुमा प्रवेश हुन्छ। ब्रिटिश मेडिकल जर्नलमा अप्रिल २००२ मा प्रकाशित एक आर्टिकलको सुझाव थियो कि खतना गरेमा महिला गर्भाशयको क्यान्सरबाट बीस प्रतिशतसम्म कम गर्न सकिंन्छ। खतनाबाट एचआईवी र एड्सबाट हिफाजत हुन्छ। ब्रिटिश मेडिकल जर्नलको पनि मई २००० को एक आर्टिकलमा उल्लेख थियो कि खतना गरेका पुरुषमा एचआईभी संक्रमणको खतरा आठ गुना कम हुन्छ।

हजारमा एक पुरुष लिंग क्यान्सरको शिकार हुन सक्छन् लेकिन खतना मानवको यस बीमारीबाट पूर्ण रुपमा हिफाजत गर्दछ । नोभेम्बर २००० मा बीबीसी टेलीभिजनले यूगाण्डाको दुई जनजातीय समूदायमा आधारित एक रिपोर्ट प्रसारित गर्यो । यसको मुताबिक त्यस समूदायको मानिसमा एड्स नगण्य पाइयो जुन खतना गर्ने गर्दथे, जबकि अर्को समूदायको मानिस जसले खतना गर्दैनथ्यो, उनिहरुमा एड्सको मात्रा ज्यादा पाइएको थियो। यस कार्यक्रममा बताइएको थियो कि कसरी लिंगको माथिको छाला खतना गर्दा हटाइन्छ ।  त्यसमा संक्रमण फैलिने र महिलाहरुमा प्रेवेश हुने सम्भावना हुन्छ।

अमरीकामा  नवजात  बच्चाहरुको  खतना  गर्ने  चलन  धेरै  प्रचलित  भएको छ

अमेरीकी समाजको एक ठूलो बर्ग उत्तम स्वास्थ्यको लागि यस प्रथालाई मान्न थालेका छन् । नेशनल हेल्थ एण्ड न्यूट्रिशन एक्जामिनेशन सर्वेजको तर्फबाट अमेरीकामा १९९९ देखि २००४ तक गरिएको सर्भेमा ७९ प्रतिशत पुरुषहरुले आफ्नो खतना गरेको स्वीकार गरेका छन् । नेशनल हॉस्पीटल डिस्चार्ज सर्भेको  अनुसार अमेरीकामा १९९९ मा ६५ प्रतिशत नवजात बच्चाहरुको खतना गरेको थियो। अमरीकाको आर्थिक र सामाजिक रूपबाट सम्पन्न परिवारहरुमा जन्मेका नवजात बच्चामा खतना गरेका ज्यादा पाइन्छन् ।

विश्व  स्वास्थ्य  संगठनको  अनुमान  छ  कि  संसार  भरीमा  करीब    प्रतिशत  पुरुषहरुमा 

खतना  गरेको पाइन्छन्।  सांसदहरुले खतना गरेका छन् 

यस्तो होइन HIV को रोकथामको लागि अफ्रीकाको कयौं देशमा खतना गर्ने पुरुषहरु व्यापक भैरहेका छन् ।

जिम्बाब्वेमा  HIV  संक्रमण  रोकनको  लागि  चलाइएको  एक  अभियान  अन्तरगत  जून  

१२ मा  कयौं  सांसदले  संसद भवन भित्र खतना गरेका छन्। यसको लागि संसद भवनको भित्र एक अस्थायी चिकित्सा शिविर  लगाइएको  थियो ।

समाचार एजेंसी AFP को अनुसार जिम्बाब्वेको दुई मुख्य पार्टिहरुका कम-से-कम ६० सांसदहरुले पालै-पालो आएर चिकित्सकीय परामर्श लिएर शिविरमा गई परीक्षण गराए । यो अभियानको शुरुआतमा ठूलो संख्यामा सांसदहरुले भाग लिंदै HIV टेष्ट गराएका थिए। यस खतरनाक बीमारीबाट बच्नको लागि खतना गर्ने संकल्प गरेका थिए।

इस्लामिक वेबदुनिया

Source – http://cutt.us/eBgf

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

 

Related Post