सानाकालागि केही प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् ( भाग-1)

प्रश्न उत्तर

सानाकालागि केही प्रश्नहरु जसबाट ठूला पनि लाभान्वित हुन सक्छन् ( भाग-1)

कुवैतका प्रसिद्ध शैख़ सालिम अत्तवीलको पुस्तक “सानाको लागि केही प्रश्न जसबाट ठूलाको लागि पनि अनावश्यक हुने छैन” को अनुवादको प्रथम भाग हामीले तपाईको सेवामा प्रस्तुत गरेका थियौ, जसलाई धेरै भाई बहिनीले मन पराउनु भयो र त्यस किताबको बाँकी भागलाई पूरा गर्नलाई इच्छा व्यक्त गर्नु भयो, अतः मैले उनको भावनाहरुको सम्मान गर्दै यो सिलसिला शुरू गरेको छु, आउनुहोस् यस अनुवादको पहिलो भाग प्रस्तुत गर्दछु।

1. तिम्रो रब को हो ?

उत्तरः मेरो रब अल्लाह हो।

2. अल्लाह कहा छन् ?

उत्तरः अल्लाह अर्श (आकाश) मा आसिन छन्।

3. भक्तमाथि अल्लाहको अधिकार के छ ?

उत्तरः भक्तमाथि अल्लाहको अधिकार यो हो कि मात्र ऊ उसको भक्ति (उपासना) गर्नु र उसको साथ अरु कसैलाई सहभागी नगर्नु।

प्रश्नः यस हदीसलाई पूरा गर: जसले भन्छ म अल्लाहलाई रब (पूजनिय) मान्न राजी छु…?”

उत्तरः जसले भन्छ म अल्लाहलाई रब (पूजनिय) मान्न राजी छु र इस्लामलाई दीन (धर्म) मान्न तथा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई रसूल मान्न राजी छु तब उसको लागि जन्नत अनिवार्य हुनेछ।” (सुनन अबी दाऊद 1529, हदीसको रावीः हज़रत अबू सईद ख़ुदरी रज़ियल्लाहु अन्हु )

 प्रश्नः अल्लाहले हामी किन सृष्टि गरे र त्यसको प्रमाण के छ ?

4.  अल्लाहले हामीलाई मात्र आफ्नो इबादतकोलागि सृष्टि गरेका हुन। अल्लाह तआलाले भन्नुभयोः

 ( وما خلقت الجن والإنس إلا ليعبدون ) سورة الذاريات الآية ( 56 )

मैले जिन्नात र मानिसलाई मात्र यसैले सृष्टि गरेको हो कि उ मेरो इबादत (उपासना) गरुन।” (सूरः अल-ज़ारियात 56)

 5.  हामी माथि सबै भन्दा अनिवार्य काम के हो ?

उत्तरः तौहीद अर्थात् अल्लाह तआलालाई उसको अधिकारहरुमा एक मान्नु ।

6.  तौहीद कति प्रकारको हुन्छ बयान गर ?

उत्तरः तौहीदुर्रुबूबियः तौहीदुल उलूहिय्यः तथा तौहीदे अस्मा व सिफात।

प्रश्नः कल्मा तौहीद के हो र त्यसको अर्थ के हुन्छ ?

उत्तरः कलिम-ए-तौहीद ला इलाह इल्लल्लाह हुन। जसको अर्थ हुन्छ, अल्लाहको अतिरिक्त कोही सही इबादतको लाइक छैन।

7.  यस हदीसलाई पूर्ण गर्नु अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जो कोही सच्चा दिलबाट यस कुराको गवाही दिन्छ कि अल्लाह बाहेक कोही सत्य पुजनिय छैन र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुन…?

उत्तरः जो कोही सच्चा दिलबाट यस कुराको गवाही दिन्छ कि अल्लाह बाहेक कोही सत्य उपासना गर्न योग्य छैनन् र मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम अल्लाहको रसूल हुन उसमाथि अल्लाह जहन्नम (नर्क) अवैध गरिदिन्छन्। (बुख़ारी 128, मुस्लिम 32, यो हदीसको रावी (वर्णनकर्ता) हज़रत अनस बिन मालिक हुन्)

8.  सबैभन्दा ठूलो पाप के हो ?

उत्तरः अल्लाहको साथ शिर्क गर्नु ।

9.  शिर्क के हो ?

उत्तरः अल्लाह बाहेक अरु कसैको उपासना गर्ने काम अथवा अल्लाहको साथ अन्य कसैलाई सहभागी ठान्ने काम शिर्क हो ।

प्रश्नः यस हदीसलाई पूरा गर्नुहोस् अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जसले अल्लाह बाहेक अन्य कसैको कसम खायो …?

10.  जसले अल्लाह बाहेक अन्य कसैको कसम खायो उसले कुफ्र अथवा शिर्क गर्यो।  तिर्मिज़ी 1535, हदीसको रावीः हज़रत इब्ने उमर रज़ियल्लाहु अन्हुमा)

11.  के अल्लाह बाहेक अरु कसैले अदृश्यको कुरा जान्दछ ?

उत्तरः अल्लाह बाहेक अरु कसैले धर्ती र आकाशको कुनै अदृष्यको कुरा जान्दैन।

12.  कस्तो कर्म र कहिले अल्लाहले स्वीकार गर्दछन् ?

उत्तरः जब उनलाई इख़लास (शुद्धता) को साथ अल्लाहको लागि गरियो भने र त्यो नबी सल्लल्लाहु अलैहि व सल्लमको तरीका अनुसार हुनुपर्छ।

13.  तिम्रो नबी को हो ?

उत्तरः हाम्रो नबी मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि व सल्लम हुन।

14.  मुहम्मद रसूलुल्लाहको अर्थ के हुन्छ ?

उत्तरः अर्थात् अल्लाहले उनका हरेक मानिसको लागि शुभसूचना सुनाउनेवाला र डराउनेवाला बनाएर पठाएका छन्।

15.  हाम्रो नबी सल्लल्लाहु अलैहि व सल्लम, उनको बुबा र उनको हजुरबुबाको नाम के हो ?

उत्तरः मुहम्मद बिन अब्दुल्लाह बिन अब्दुल मुत्तलिब

16.  सारा मानिसमा सबैभन्दा धेरै माया कोसँग गर्नु अनिवार्य र जरूरी छ ?

उत्तरः अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सँग।

17. अल्लाहको रसूल कहिले र कुन शहरमा जन्मिएका थिए ?

उत्तरः अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम आमुल फील (हातीवालाको घटनाको वर्ष) मक्कामा जन्मिएका थिए।

18.  जुन समय अल्लाहले मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमलाई रसूल बनाउनु भयो त्यस समय वहाँको उमेर कति थियो ?

उत्तरः चालीस वर्ष

19.  अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) हिजरत भन्दा पहिले मक्कामा कति वर्षसम्म रहनु भएको थियो ?

उत्तरः 13 वर्ष

20.  अल्लाहको नबी सल्लल्लाहु अलैहि व सल्लमले हिजरत कहा गर्नु भएको थियो ?

उत्तरः मदिना

21.  हिजरत (प्रवाश) गरेपछि अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लम कति वर्ष जीवित रहनु भयो ?

उत्तरः दस वर्ष

22.  उम्महातुल मुमिनीन ( मोमिनोकी आमा) को हुन् ?

उत्तरः यी अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमकी पत्नीहरु हुन्।

23.  अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमको देहान्त कहाँ कहिले र कति वर्षको उमेरमा भयो ?

उत्तरः मदीनामा हिजरतको दस वर्षपछि, त्यस समय वहाँको उमेर 63 वर्षको थियो।

24. यस हदीसलाई पूर्ण गर: अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः जसले ममाथि एक पटक दरूद पठाउँछ…?

उत्तरः जसले ममाथि एक पटक दरूद पठाउँछ अल्लाह त्यसमाथि दस पटक सलामती पठाउनु हुन्छ।” ( मुस्लिम 408, हदीसको रावीः अबू हुरैरा रज़ियल्लाहु अन्हु)

 

 

लेखकः अरबी भाषामा- शैख़ सालिम अत्तवील

अनुवादकः हिन्दी भाषा- सफात आलम (तैमी)

अनुवादक नेपाली भाषा- मुहम्मद इब्राहीम

http://cutt.us/xNKPN

 

 

 

Related Post