इस्लाम र यसका गुणहरु

इस्लाम र यसका गुणहरु

इस्लाम र यसका गुणहरु

इस्लाम विश्वव्यापी धर्म होः- इस्लामको शिक्षा कुनै खास स्थान, खास जाती या खास युगको लागि सीमित हुँदैन तर यो सारा संसारको सम्पूर्ण मानवको धर्म हो जुन महाप्रलयसम्म यस संसारको मार्गदर्शकको लागि यस्तै कायम रहनेछ । अल्लाह तआलाको भनाई छः  “धेरै वृद्धि युक्त त्यो जात हुनुहुन्छ, जसले आफ्नो भक्तको लागि यो कुरआन अवतरण गर्नु भयो किनकि यो सारा संसारको मानवका लागि चेतावनी दिनेवाला होस् ।”  (सूरः अल् फुर्कान, आयत-१)

फेरी भन्नु भयोः “र हामीले तपाई ( मुहम्मद सल्लल्लाहु अलैहि व सल्लम ) लाई सबै मानवको लागि खुशिको खबर दिनेवाला र चेतावनी दिनेवाला बनाएर पठाएकाछौं ।” ( सूरः अल् सबा, आयत-२८ )

यो पनि भन्नुभयोः “भनिदिनुस्, म तिमी सबै मानवको लागि अल्लाहको रसूल बनाएर पठाइएको हुँ ।” (सूरः अल् आराफ़, आयत-१५८)

नबी सल्ल. को भनाईछः “हरेक नबी केवल आफ्नो समूदायतर्फ पठाइन्थ्यो तर म सम्पूर्ण मानवको लागि पठाइएको हुँ ।” (हदीस-अहमद-दारमी)

इस्लाम धेरै सरल र धार्मिक आज्ञापालन गर्न सजिलो धर्म होः- अल्लाह तआलाको भनाई छः अल्लाह तिम्रो साथ सरलता चाहनु हुन्छ र तिम्रो साथ कठिनाई चाहनु हुन्न (सूरः अल् बकरा, आयत-१८५)

र रसूलुल्लाह सल्लः को भनाई छः बेशक यो धर्म सजिलो छ। (हदीस-बुखारी)

यो पनि भन्नुभयोः “अल्लाहलाई मन पर्ने सबैभन्दा प्यारो धर्म, शिर्कबाट पवित्र, पालना गर्नलाई सजिलो धर्म इस्लाम हो”। (मुस्लिम)

इस्लाम समय र ठाँउको कारण बदलिदैनः- आस्था, प्रार्थना, जायज वा नाजायज अधिकार कर्तव्य र अनिवार्य कुराहरु कुनै ठाँउ गए पनि बदलिंदैन ।

अल्लाह तआलाको भनाईछः  “अल्लाहको वाणी बदलिंदैन यही कामयाबी हो” (सूरः यूनुस, आयत-६४)

इस्लामको सम्पूर्ण समस्या मानवको मुक्ति र रक्षाको जमानत होः-  जसले धर्म, बुद्धि, ज्यान, धन-सम्पत्ति र सम्मानको रक्षा हुन्छ । नबी सल्लल्लाहु अलैहि व सल्लमको भनाईछः “हरेक मुसलमानको धन-सम्पत्ति लुट्न, रगत बगाउनु वा अपमान गर्नु एक-अर्कामा अवैध मानिन्छ” । (हदीस- मुस्लिम, अबूदाऊद, इब्ने माजा )

इस्लामी भाईचाराः- इस्लामी शिक्षाहरुलाई पालना गर्नाले मन सफा, हृदय पवित्र, मानव समूदायको संगठनमा प्रेम, दया, र समान्ता वा न्यायको प्रचार हुन्छ, हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले भन्नु हुन्छ, अल्लाहको भनाईछः  “सम्पूर्ण आस्थावान आपसमा भाई-भाई हुन् यसैले तिमी आफ्नो दुई भाईहरु झगडा गरे मेल-मिलाप गराउनु” । (सूरः अल्-हुजरात, आयत- १॰)

धर्मको ज्ञान लिनु हरेक मुसलमान स्त्री र पुरूषमा अनिवार्य छः-हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको भनाईछः “ज्ञान लिनु प्रत्येक मुसलमान पुरूष र स्त्रीको कर्तव्य हो” । (हदीस- इब्ने माजा, बेहकी)

यसको मतलब हो धार्मिक ज्ञानमा जरुरी र प्राथमिक ज्ञान जस्तै आस्था, प्रार्थना, जायज-नाजायज, अधिकार वा जरुरी काम आदी ।

धार्मिक शिक्षा लिनुको फाइदाः- हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको भनाईछः जो व्यक्ति ज्ञान हासिल गर्नका लागि त्यस मार्गमा हिंड्छ भने यसको बदला अल्लाहले उसलाई स्वर्ग जाने बाटो सजिलो बनाउनु हुन्छ, र जब मानिस अल्लाहको कुनै घरमा जम्मा भएर अल्लाहको किताब पढ्छन् र एक आपसमा सिक्छन् भने अल्लाह उनिहरुमा शान्ति वा धैर्यता प्रदान गर्नु हुन्छ । अल्लाहको दयाले उनिहरुलाई ढाक्दछ र फरिष्ताले उनिहरुलाई सुरक्षा गर्छन् र अल्लाहले उनिहरुलाई आफ्ना नजिकमा रहेका फरिश्ताहरुसँग याद गर्नु हुन्छ । (मिश्कात)

धर्मको ज्ञान लिनेहरु नबीहरुको बर्षा हुन्- बेशक विद्वानहरु नबी(अम्बिया)हरुका बर्षा हुन । (अबू दाऊद)

ज्ञानी र अज्ञानीमा फरकः- हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको भनाईछः अल्लाहको भक्त(आबिद) मा ज्ञानीको यस्तै महत्व हुन्छ जस्तै मेरो तिमीहरु सम्पूर्ण मानिसमा छ, फेरि वहाँले यो आयत पढ्नुभयो, अल्लाहसँग डराउनेवाला उसको भक्तहरुमा विद्वान हुन् (तिर्मिज़ी)

इस्लाम पूर्ण धर्म होः-  अल्लाह तआलाले इस्लामधर्मलाई पूर्ण रुपमा अवतरण गरिदिनुभयो । अब यसमा कुनै प्रकारको कमि या ज्यादा गर्ने शंका छैन । अल्लाह तआलाको भनाईछः  “आज हामीले तिम्रो निम्ति तिम्रो धर्मलाई पूर्ण गरिसकेका छौं र तिम्रा लागि आफ्ना कृपाहरु पूरा गरिसकेका छौं र तिम्रो लागि इस्लाम धर्म रोज्यौं” (सूर अल-मायदा, आयत-३)

हजरत मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको भनाईछः “जसले हाम्रो यस धर्ममा नयाँ चीज निकाल्ने प्रयाश गर्छ जुन पहिले देखि थिएन त्यो स्वीकार्य हुँदैन” । (हदीस-बुखारी, मुस्लिम)

धर्ममा सहमत हुनलाई आदेशः- कलमा पढ्ने सबै मुसलमानको कर्तव्य यो हो कि एक अल्लाहलाई र पैगम्बरको आस्थामा सहमत भएर धर्मलाई बलियोसँग अपनाउनु पर्छ ।

अल्लाह तआलाको भनाई छः “सबै मिलेर अल्लाहको डोरीलाई दृढतापूर्वक समाती  राख र विभाजित नहुनु” (सूरः आले इमरान, आयत- १०३)

मुसलमान समूह हो पार्टी होइनः-अल्लाहलाई एक मान्ने र नबी सल्लल्लाहु अलैहि व सल्लमको पैगम्बरीमा आस्थाको सम्बन्धबाट सबै मुसलमान मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमको समूदाय हुन्छन् । यही धार्मिक नाताले उनिहरुलाई अल्लाहको डोरीबाट बाँधिएका हुन्छन्, अल्लाहले उनिहरु सबैलाई  “खैर उम्मत” को उपाधि दिनु भएकोछ । अल्लाहको भनाईछः  “तिमी धेरै उत्तम समूदाय हौ जो मानवको भलाईको लागि सृष्टि गरिएको हो” । (सूरः आले इमरान, आयत-११०)

बेशक तिम्रो समूदाय एउटै समूदाय हो र म तिम्रो ईश्वर हुँ यसैले मेरो पूजा गर । (सूरः अल अम्बिया, आयत-१२)

धर्म विभाजन गर्नलाई मनाहीः- विभिन्न व्यक्तिको नाममा धर्मलाई पार्टी-पार्टी बनाउन र फुटको सृजना गर्न मनाही छ, अल्लाह तआलाको वाणी कुरआनमा उल्लेख छ,  “नमाजलाई पढ़ र बहुदेववादी जस्तो नहुनु अर्थात उनिहरु जस्तो नहुनु जसले धर्मलाई पार्टी-पार्टीमा विभाजित भए र प्रत्येक समूह आफैमा खुशी छन्।”  (सूरः रुम, आयत-३१, ३२)

फेरि भन्नुभयोः   बेशक जसले धर्मलाई टुक्रा-टुक्रा पारे र अलग-अलग समूहमा बाँडिए तपाईको उनिहरुसँग कुनै सम्बन्ध छैन  (सूरः अनआम, आयत-१५९)

आज मुसलमानहरु जो अलग-अलग समूहमा आ-आफ्नो धर्मगुरुको नाममा बाँडिएर रहेका छन् त्यसलाई कायम गर्ने धार्मिक अनुमति छैन ।

कुरआन र हदीस मुसलमानहरुको पूँजी होः- हजतुल विदअ(अन्तिम हज) मा मुहम्मद सल्लल्लाहु अलैहि व सल्लमले आफ्नो समूदायलाई अन्तिम सन्देश सुनाउनु भएको थियोः मैले तिमीहरुलाई दुई चीज छोडेको छु तिमी जबसम्म त्यसलाई बलियोसँग समाउँनेछौ अधर्मि हुनेछैनौ । अल्लाहको किताब र मेरो सुन्नत(तरिका) (मुअत्ताइमाम मालिक, मिश्कात)

भक्तको वास्तविक शान इस्लाम होः- अल्लाहको भनाईछः  “वेशक मोमिन (आस्थावान) को कुरा यो हो जब अल्लाह र उसको रसूलतिर बोलाइन्छ, कि अल्लाह र उसको रसूलले उनीहरुको बीचमा फैसला गरिदिन्छन् त भन्छन् कि हामीले  आदेश सुन्यौ र मान्यौ र यिनै मानिसहरु सफलता प्राप्त गर्नेवाला हुन्” ।

स्रोतः- यो लेख तालिमुल

लेखकः- मुख़्तार अहमद नदवी

मुदीर-अद्दारुस्सलफ़िया, मुम्बई

अनुवादकः- मुहम्मद इब्राहीम खरेल

 

Related Post