जैविक विविधता दिवस हरेक वर्ष मे २२ मनाउने गरिन्छ । यस वर्षको नारा हो Biodiversity and Sustainable Tourism अर्थात जैविक विविधता र दिर्घकालिन पर्यटन ।
जैविक विविधताको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ । सन् १९९२ मे २२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गर्यो । त्यसपछि सन् १९९४ देखि मे २२ का दिन जैविक विविधता दिवस मनाउने अभ्यास थालियो । जेनेरियो सम्मेलनको निर्णयलाई सन् २००० डिसेम्बर २२ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकको निर्णय नम्बर ५५ र २०१ ले थप अंगिकार गर्यो र प्रत्येक वर्ष २२ मे लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसकारुपमा मनाउने घोषणा भयो । त्यसयता हरेक बर्ष मे २२ का दिन विश्वभर जैविक विविधता दिवस मनाइदै आएको हो ।
कानुनत नेपालमा भने जैविक विविधतालाई वातावरण संरक्षण ऐन २०५३ अनुसार ब्याख्या गरिदै जैविक विविधता भन्नाले पारिस्थितिक प्रणाली, प्रजातिय प्रणाली र वंशाणुगत प्रणालीको विविधता भन्ने बुझिन्छ ।
मान्छे स्वभावले नै विविधता मन पराँउदछ चाहे जेसुकै कुरामा होस् । उसलाई नयाँ नयाँ साथी, ठाँउ, घर अनि खाना मन पर्दछ, नयाँ कुराहरु गर्न रुचाँउदछ अनि नयाँपन विविधताले गर्दा मात्र संभव छ । यिनै विविधताका कुराहरु मध्य आज जैविक विविधताका कुरा गरौ न । भुपरिवेष्ठित देशका मान्छे समुन्द्र देख्दा रमाउछन अनि हिमाल पहाड नदेखेका मानिस हिमाल पहाड देखेर रमाँउदछन् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मान्छे भित्र एउटा पर्यटकको तृष्णा लुकेको हुन्छ। अरबको मरुभूमिमा बसोवास गर्ने मान्छे हिमाल हेर्न नेपाल आँउदछ, विश्वभरिका मान्छे सगरमाथा, यहाँका जैविक विविधता, प्रकृती, वनस्पती, जनावर, चराहरु आदी हेर्न नेपाल आँउछन र यदि नेपालसँग यी जैविक र भौगोलिक विविधता नहुने भए यहाँ पर्यटकहरु आँउदैन थिए पनि होला । तसर्थ पनि जैविक विविधतालाई पर्यटनसँग जोडेर हेरिन्छ ।
पर्यटकिय रुपमा अत्यन्त संभावना भएको हाम्रो देश विश्वमै २५ औं स्थानमा छ । यहाँ छोटो दुरिमा धेरै भौगोलिक संरचना, भिन्नभिन्न मौसम एवं भीर, पहरा, गल्छी र उपत्यकाहरु छन् । पहाड र हिमाली क्षेत्रमा उत्तर(दक्षिण दुवैतिर फर्केका भित्ता पाखाहरूका कारण एकातिर घामलाग्ने र अर्कोतिर ओसिलो हुन्छ । घण्टाभरिमात्र पनि यात्रा गर्ने हो भने नितान्त फरक प्राकृतीक माहौलमा पुगिन्छ, जैविक विविधता अनुभव गर्न सकिन्छ । नेपालमा समुन्द्र सतहदेखिको न्युनतम उचाई ६० मिटरको झापा जिल्लाको केचना र अधिकतम उचाई ८,८४८ मिटरको सगरमाथा छ । नेपालमा२ सय ७ प्रजातिका स्तनधारी, ८ सय ६७ प्रजातिका चरा, ४३ प्रजातिका उभयचर, १ सय प्रजातिका सरिसृप र १ सय ८५ प्रजातिका माछा, ६ सय ५३ जातका पुतली, ३ हजार ९ सय ६६ भन्दा बढि राती उडने पुतली, ५ हजार बढी कीरा, २ सय प्रजातिका माकुरा र ६ हजारबढि फुल फुल्ने वनस्पति, ४ सय ७१ प्रजातिका झ्याउ, १ हजार ८ सय २२ प्रजातिका ढुँसी र ३ सय ८३ प्रजातिका उन्यूहरू रहेको तथ्य छ । वनस्पतिमा गुराँस प्रजातिको सङ्ख्या नै ३० वटा भन्दा बढि छ । सुनगाभा र सुनाखरी परिवारका ३ सय ६३ भन्दा बढि प्रजाति छन् । सम्पूर्ण युरोपको भू-भागमा भन्दा नेपालमा धेरै प्रजातिका चराहरू पाइन्छन् । पुतलीको सबैभन्दा धेरै प्रजाति नेपालमै पाइन्छ । नेपालमा ५ सयभन्दा बढि प्रजातिका अन्नबाली खानयोग्य छन् । त्यसमध्ये २ सय प्रजातीको खेती गरिन्छ ।
यी विविधताहरु सदा सर्वदा कायम हुन् र तिनको सँस्थागत संरक्षण र पर्यटन अभिवृद्धिकालागि सरोकारवाला र समुदायको उल्लेखनिय भूमिका होस् । जैविक विविधता छ र हामी छौ, नेपाली हावा, पानी, माटो, आकाश र वतासको जय होस् । सबैलाई शुभकामना
सुयोग ढकाल
स्रोतः हाम्रो पात्रोबाट साभार
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


