New Muslims APP

निर्दोष बालबालिका माथि अत्याचार विरुद्धको दिवस

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

    निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस हरेक वर्श ४ जून, २०१७ तारिख भब्यताका साथ मनाइन्छ । उनीहरुलाई कुपोषण नहोस् भनेर ठूला ठूला पाँचतारे होटलमा गोष्टि र सेमिनार गर्छन्, तर सिरियामा निर्दोष बालबालिका माथि इस्रायल र रुसले अत्यन्तै क्रुरता पूर्वक मारिरहेका छन्। त्यसैगरी बर्मामा पनि निर्दोष रोहिग्या बालबालिका  माथि बर्माका रकान समूहले कत्लेआम गरिरहेका छन् । के यही हो बाल अधिकार ? के ति निर्दोष बालबालिका आतंककारी हुन् त ? जसले आमा बुबाको माया ममता पाउनु पर्थ्यो, उनीहरुले रमाउँदै स्कुल जान पाउनु पर्थ्यो तर ति निर्दोष बालबालिका रगतको भेलमा डुबेका छन् । के यही हो बाल अधिकार ? निर्दोष बालबालिका टुहुरा बनाईएको छ, ति निर्दोष बालबालिका भोक भोकै तड्पिएका छन्, टाउको देखि पैतालासम्म रगतको भेल बगेको छ, निर्दोष बालबालिको चित्कार, रोदन सुन्न र तिनको रगतमा पौडिन रमाउने बर्माको सरकार, इस्राइलको सरकार,फ्रान्सको सरकार, अमेरिकी सरकार र रुसका सरकारहरुको हृदय कस्तो कठोर होला ? जसरी हरेक फूलहरु कोपिला भएर आएका हुन त्यसैगरि हरेक मानव फूलहरु जस्तै कोपिला अर्थात् वाल्यकालबाट गुज्रिएर आएका हुन्छन् । वाल्यकालको यस्तै महत्वपूर्ण अनि मिठो यादहरुका कारणले होला एकजना फारसी कविले लेखिदिए ।

“यो सम्पती नि लैजाउ, यो नाम अनि सम्मान पनि लैजाउ
तर मलाई फर्काईदेउ, त्यो वालापनको श्रावण
त्यो कागजको ढुगां, अनि त्यो बर्खाको बलेसीको पानी”

      तर सबैको वालापन मिठो नहुन पनि सक्छ । अन्याय अत्याचार अनि यूद्ध अपराध आदी जस्ता विभिन्न कारणले गर्दा बालबालिकाकाहरुको बालअधिकार बालापनमै खोसिएको हुन्छ किनभने शक्तिशाली देशहरुले कुनै अर्को देश शक्तिशाली हुन थाल्यो भने त्यो देशमाथि निर्ममता पुर्वक नाका बन्दी लाग्छ, त्यति गर्दा पनि आफ्नो स्वभिमान झुकाउन र दबिएर बस्न चाहेन भने क्रुरता पूर्वक युद्ध लादिन्छ । यस्तै युद्धको चपेटामा ती निर्दोष कलिला वालवालिकाहरु पिल्सिएका हुन्छन् । उनीहरुको पिताको संरक्षण र माताको मातृत्व खोसिन्छ, उनिहरुले टुहुरा उपनाम पाउनेछन् ।
हरेक मानव फूलका कोपिलारुपी वालवालिकाहरु अनि तिनको सुरक्षा, सम्बर्धन अनि अधिकार आजको विश्वले सहज प्रत्याभूत गर्नुपर्ने कुराहरु हुन् । विभिन्न कारणले वालवालिकाले भोगेका शारीरीक, मानसिक, भावनात्मक अनि संवेगात्मक पिडाहरुको आज चर्चा गर्दै अब त्यस्तो हुन नदिन छलफल र जागरण पनि गरिन्छ ।
संयूक्त राष्ट्रसँघको वालअधिकार प्रतीको प्रतिवद्धताको पनि आज चर्चा गरिन्छ । वालवालिकाका लागि कार्यरत विश्वब्यापी सँस्थाहरु, सरकारहरु, सदभावना राजदुतहरु, मिडियाहरु अनि तपाई हामी जस्ता थुप्रै सरोकारवालाहरु मिलेर विभिन्न तवरले आजको दिन मनाईन्छ । तर उनीहरुमाथि भएको अन्याय र अत्यचार यथावत छ । बर्मा र सिरियाका बालबालिकाहरुले बाल अधिकार पाएका छन् त ? कदापी पाएका छैनन् । कसैलाई आगोमा हालिएको छ, कसैलाई मिसाइ बम र गोली बारुदले भुटेको छ । खोई ति बालबालिकाको संरक्षण भएको ? उनीहरुको चित्कार कसले सुनेको छ ? कोही बिच समुन्द्रमा भोकभोकै तड्पिएर मरेका छन् । बाल अधिकारका नारा लगाउनेहरुले देखेका छैनन् या देखेर पनि जातियताको नाममा मौनता साँधेर बसेका छन् ?
माईक्रो वसमा कार्यरत वालवालिकाहरुले ढोका ठटाँउदा खुरुक्क गएर सिटमा बस्न सक्ने हामीहरुले त्यही सिटमा बसेर उनिहरुको भविष्य अनि समानताका लागि सोच्न सकेका छौ त ? वालअधिकार राजनैतिक विषय होइन, नितान्त सामाजिक पृष्ठभूमिमा सामाजिक अभियन्ताहरु मार्फत समाधान गर्न सकिने यी कुराहरुमा हामी जागरुक हुन जरुरी छ । वालअधिकार क्लबहरुको गठन अनि सक्रियताले स्थानिय स्तरमा वालअधिकार अनि वालवालिका उपरका अन्यायका विरुद्ध उनिहरुवाटै आवाज उठ्न थालेको छ, जुन अत्यन्त राम्रो प्रगतीको कुरा हो ।
वालवालिकाको हृदयलाई निष्कलंक अनि निर्दोष कुराको बिम्बकारुपमा पनि ब्याख्या गरिन्छ, वास्तवमै संसारमै तिनीहरु भन्दा निर्दोष अनि आनन्दमयी कुरा के होला र ? यस पृथ्वीका हरेक वालवालिकाले मुक्तकण्ठले हास्न, खेल्न अनि आफ्ना अधिकार पाउन सकुन् । उनिहरुमाथी अत्याचार र अन्याय नहोस् र अपराधीहरुलाई हदैसम्मको कारवाही होस् ।
यस्तै कुराहरुलाई समाहीत गर्दै संसारभरि वालमैत्री संरचना र समाजको निर्माणकालागि से यस टु चिल्ड्रेन अर्थात वालवालिकालाई हुन्छ भनौ भन्ने अभियान पनि चलाईएको छ, संसारभरिका लगभग १० करोड वालवालिकाले आज यसै अभियान मार्फत विभिन्न तवरले आ-आफ्ना समाजबाट वालअधिकार प्रती आफ्नो एैक्यवद्धता जनाँउदछन् ।

अब एक छिन् इस्लाम धर्ममा के कस्तो बालअधिकार छ, त्यता ध्यानाकार्षण गराउन चाहन्छु ।

 इस्लाममा बाल अधिकार

बालबालिका अल्लाहको धेरै ठूलो उपहार हो, यसको महत्व उसित सोध्नुहोस् जो निःसन्तान छन् । अल्लाहको त्यो उपहारबाट वञ्चित भएका कारण सन्तान प्रति आफ्नो हृदयमा कस्तो भावनाहरु राख्दछन् । त्यति मात्र होइन सन्तान प्राप्तिको लागि लाखौं रुपैयाँ खर्च गरेका छन् र अझै खर्च गर्नको लागि तयार छन् ।

सन्तान जन्म हुनु धेरै ठूलो उपहार मानिन्छ साथै त्यो सन्तानप्रति उसको त्यति नै धेरै ठूलो जिम्मेवारी पनि छ । इस्लाम एक प्राकृतिक धर्म हो, प्रकृतिक रुपमा नै स्वतः आफ्नो सन्तानप्रति आमा बुबाको के कस्तो जिम्मेवारी हुन्छ त्यसलाई बुझेर पुरा गरेको हुन्छ । इस्लाम धर्ममानुसार गर्भ अवस्थामा भ्रुण हत्या गर्ने कार्य अपराध मानिन्छ।

बालबालिकाहरुसँग प्रेमः आज मानिस जब ठूलो हुन थाल्छौ, त बच्चाको पर्वाह पनि गर्दैनौ जबकी मुहम्मद सल्ल. शासक हुँदा पनि बच्चाको छेउबाट जाँदा उनीहरुलाई सलाम गर्नु हुन्थ्यो। आफ्नो नातीलाई बोकेर हिड्नु हुन्थ्यो। नमाज़मा बच्चाले रोएको आवाज़ आयो भने नमाज़लाई छोट्याउनु  हुन्थ्यो। नमाज पढ्न जाँदा कहिले नातिनी उमामालाई बोकेर हिड्थे, सज्दा गर्नेबेलामा उनलाई जमीनमा राख्थे, जब सज्दाबाट उठथे तब उठाउँथे।

मुहम्मद सल्ल. ले एक दिन आफ्नो नाती हसनलाई चुम्नु भयो, त्यहा उपस्थित एक व्यक्ति अक़रा बिन हाबिसले भनेः मेरो साथमा दस बच्चा छन् तर मैले उनीहरु मध्ये कसैलाई पनि चुम्ने गरेको छैन । यो कुरा सुनेर अल्लाहको रसूल सल्ल. ले उ पटी हेर्नु भयो र भन्नु भयोः “जो दया गर्दैन, उसमाथि दया गरिंदैन।” (सहीह बुख़ारी)

बालबालिकाको अधिकारः इस्लामले बच्चाको जन्म भन्दा पहिले उसलाई यो अधिकार दिएको छ कि हुनेवाला माता पिता विवाहको बन्धनमा बाधिनु भन्दा पहिले संस्कृति, उत्तम आचरण र धर्मात्मा (सदाचारी) लाई जीवन साथीको चयनलाई आधार बनाउनु पर्छ ।

इस्लाममा बच्चाको यो अधिकार छ कि एक व्यक्ति जब आफ्नो पत्नीसँग सम्भोगको लागि जान्छ भने सम्भोग भन्दा पहिले यो दुआ गर्नु । ऐ अल्लाह !  तिमी हामीलाई शैतानबाट बचाउ र जो हाम्रो सन्तान प्रदान गर्छौ उसलाई पनि शैतानबाट बचाउ।

बच्चाको अधिकार पनि हो उसको अक़ीक़ा गरिदिनु, उसको राम्रो नाम राख्नु र उसको ख़त्ना गरि दिनु पर्छ। बच्चाको जन्मको खुशी प्राकृतिक हुन्छ, यसैले इस्लामले यो आदेश दिएको हुन्छ कि छोराको जन्म भएको सातौं दिनमा दुई बोका र छोरीको जन्म भएमा एउटा बोका ज़बह गरेर त्यसको मासु आफु पनि खानु र छिमेकी ईष्टमित्र, नातेदार र निर्धनलाई पनि खुवाउनु। त्यसैगरी बच्चाको राम्रो नाम राखिदिनु कि भविश्यमा क़्यामतको दिन मानिसले उनको नामबाट बोलाउने छन् र नामको एक व्यक्तिको व्यक्तित्वमाथि धेरै गहिरो प्रभाव पर्दछ ।

रह्यो ख़त्ना गराउने मामला यो त प्राकृतिक सुन्नतहरुमध्येबाट हो जसको समर्थन आज आधुनिक चिकित्सक गर्छन् किनकि खत्ना नगरेको कारण लिंगको बाहिरी भागको छालामा गन्दगी र किटाण एकत्र हुन जान्छ जसबाट विभिन्न प्रकारको रोग उत्पन्न हुन थाल्छ।

दूध पीउनु पाउनुः आफ्नो आमाको दूध पीउनु पाउनु बच्चाको पहिलो अधिकार हो र आमाको दूधले बच्चाको स्वास्थ्य र मानसिकतामाथि गहिरो प्रभाव पर्दछ । यसैले पिताको तुलनामा माता राम्रो व्यवहार गर्ने जिम्मेदारी ज्यादा रहन्छ ।

छोरा र छोरीको बीच अन्तर गर्नु हुँदैन अल्लाहको रसूल सल्ल. को छेउमा एकजना व्यक्ति बसेको थियो उसको एउटा छोरा आयो त्यसलाई उसले चुम्बन गर्यो अनि आफ्नो काखमा राख्यो फेरी एकछिन पछि उसको सानी छोरी आई, उसले त्यो सानी छोरीलाई न चुम्बन गर्यो, र न काखमा राख्यो, तब अल्लाहको रसूल सल्ल. ले भन्नुभयोः “तिमीले उनीहरुको बीच किन न्याय गरेनौ।” (सिलसिलतुल अहादीस अस्सहीहा 7/263 )

इस्लाममा सन्तानलाई यो अधिकार पनि छ, ऊ आफ्नो उत्तम वंशबाट आनन्दित होस् र मात्र शंकाको आधारमा कोही कसैको उसको वंशबाट वन्चित गर्न सक्दैन।

आज बच्चाको अन्तर्राष्ट्रीय अधिकारको समितिहरु बच्चालाई जीवन प्रदान गर्ने दावा गर्दछन् जब कि इस्लामले धेरै पहिले बच्चाको जीवनको अधिकार प्रदान गरेको छ । यदि दुध पिउने बच्चालाई दुध कम हुने र गर्भमा रहेको बच्चालाई कष्ट हुने सम्भावना भए ती महिलाहरुलाई रोजा भंङ्ग गर्ने अधिकार छूट दिइएको छ र पछि अर्को रमदान अगाडी नै उनले बाँकी रोजा पुरा गर्नुपर्छ । जब मुहम्मद सल्ल.सँग सोधियो कि सबै भन्दा महा-पाप के हो ? तब वहाँले भन्नुभयोः तिमी अल्लाहको साथ कसैलाई साझेदार ठहर्याउँछौं जब कि उनैले तिमीलाई सृष्टि गरेका हुन् । सोधियो फेरी कुन चाही पाप सबै भन्दा ठुलो हो ? त वहाँले भन्नुभयोः तिमी आफ्नो बच्चाको हत्या नगर कि तिमीले उसलाई खुवाउनु पर्छ ।

यहाँसम्म कि व्यभीचार गर्नेवाली महिला यदि गर्भवती छिन् भने त्यो समयसम्म सजाय दिनबाट रोकिने छ जबकी बच्चालाई जन्माएर त्यो बच्चालाई उसले दूध पिलाउने अवधि पुरा नगरुन्जेल ।

लेखकः मुहम्मद ईब्राहिम

 

Related Post