New Muslims APP

माता पिता प्रति सन्तानको दायित्व

सन्तानको कर्तव्य

सन्तानको कर्तव्य

माता पिताले सन्तानबाट के कस्ता हक तथा अधिकार पाउनु पर्छ, यस सम्बम्धमा केही शिक्षा ग्रहण गरी यो शिक्षा मुताविक जीवन निर्वाह गर्यौ भने हामी सबैको घरमा शान्ति र मेलमिलापको वातावरण तयार हुन्छ। कुनै पनि परिवार सुखी र आदर्श बन्न त्यस परिवारका सदस्यहरु आ आफ्नो कर्तव्य र अनुशासनको परिधी भित्र रहनु पर्छ।

हाम्रो समाज तथा देशमा एक अर्का प्रति दिनु र पाउनु पर्ने हक तथा अधिकारहरु त धेरै छन् ति मध्ये केही महत्वपूर्ण हक तथा अधिकारको बारेमा संक्षेपमा बयान गर्ने छु। (क) सन्तानले माता पिताबाट पाउनु पर्ने हक अधिकार र माता पिताबाट सन्तानले पाउनु पर्ने हक अधिकार, (ख) गुरुले विद्यार्थी (छात्र-छात्रा) बाट पाउनु पर्ने हक तथा अधिकार र गुरुद्वारा विद्यार्थी (छात्र-छात्रा) ले पाउनु पर्ने हक तथा अधिकार, (ग) हाकिमले कर्मचारीबाट पाउनु पर्ने हक तथा अधिकार र कर्मचारीले हाकिमबाट पाउनु पर्ने हक तथा अधिकार, (घ) राजाबाट जनताले पाउनु पर्ने हक तथा अधिकार र जनताबाट राजाले पाउनु पर्ने हक तथा अधिकार, (ङ) कम्पनी तथा घरेलु कामदारले मालिकबाट पाउनु पर्ने हक तथा अधिकार तथा मजदूर तथा घरेलु कामदारबाट मालिक तथा साहुले पाउनु पर्ने हक तथा अधिकार, (च) गरिबबाट धनवान व्यक्तिले पाउनु पर्ने हक तथा अधिकार र धनवान व्यक्तिबाट गरिबले पाउनु पर्ने हक तथा अधिकारहरु, (छ) श्रीमतिबाट श्रीमानले पाउनु पर्ने हक तथा अधिकार र श्रीमानबाट श्रीमतिले पाउनु पर्ने हक तथा अधिकारहरु हुन।

एक मानवले एर्को मानवमाथि पहिलो कर्तव्य माता पिताको हक सन्तान माथि हुन्छ। पवित्र कुरआन उल्लेख छः माता पिताको साथ राम्रो व्यवहार गर। (सूरह अन निसा, आयत नं. 6)

वास्तवमा माता पिताको हक पूरा त कदापी कसैले पुरा गर्न सक्दैन तर पनि निम्न लिखित कार्यको माध्यमबाट उनीहरुको हक पुरा गर्न सन्तानमाथि अनिवार्य गरिएको छ।

जब माता पिताहरु मध्ये कोही वृद्ध वृद्धा छन् भने वहाँहरुलाई उफ पनि भन्नु हुँदैन। हप्काउने, गाली गर्ने काम गर्नु हुँदैन। वहाँसँग आदर पूर्वक बोल्नु पर्छ, वहाँहरुको आज्ञापालन र स्नेह पूर्वक सेवा गर्नुपर्छ।

वहाँहरुको लागि दया र माफीको लागि दुआ गर्नुपर्छ।(सूरह- बनी इस्राईल, आयत-23)

पिता खुशी भए त ईश्वर खुशी हुन्छन् (हदीस- तिर्मिज़ी)

माता पिताको सेवा गरे दुआ स्वीकार हुन्छ र कठिनाईबाट मुक्ति मिल्छ र शिर्क पछि सबै भन्दा ठूलो पाप माता पिताको आज्ञा उलंघन गर्नु हो तर अल्लाहलाई मान्ने कुरामा वहाँहरुले रोके पनि त्यो आज्ञा उलंघन गर्दा पाप लाग्दैन।

आधारमा आफ्नो आफ्नो माता पिताले सन्तानलाई कति माया र ममता साथ पालन पोषण

Related Post