इस्लाममा मानव अधिकारको रक्षा

न्यायको तराजु

इस्लामिक कानून

हामी सबै माथि हाम्रो सृष्टिकर्ता मालिकको धेरै दया र कृपा छ। उनैले हामीलाई सामान्य पानीको थोपाबाट सृष्टि गरेको हो, हामी केही थिएनौ तर उसले हामीलाई सबै थोक दिए, नौ महीनासम्म आमाको गर्भमा बस्यौ, अनि जन्मियौ, जब आमाको पेटबाट बाहिर आयौ तब उनैले नै आमाको स्तनमा दुध उत्पन्न गराएर हामीलाई आहारा दिए, आमा बुबाको दिलमा यस्तो माया जगाई दिए कि हाम्रो पालन पोषणमा खुव ध्यान लगाएर गरे । उनै पालनकर्ताले हामीलाई बुद्धि र ज्ञान प्रदान गरे साथै रूप रेखा पनि बनाए, यदि हामी एक पटक आफ्नो शरीरमा हेर्यौ भने अल्लाहको उपकारको अनुभव हुन्छ ।

फेरी यी उपकारमा सबै भन्दा महान उपकार यो गरे छ कि हामीलाई मुसलमान बनाए, यदि उनले चाहन्थे भने इस्लामको यो महान उपकारबाट वंचित राख्थे, जस्तै धेरै मानिसहरु यस उपकारबाट वंचित छन्, हामीलाई इस्लामको यो महान उपकार प्रदान गरे। संसारको सारा खुशीलाई एक तरफ राखी दिनुहोस् र इस्लामको नेमत (उपकार) लाई अर्को तर्फ राखी दिनुहोस् तब इस्लामको यो नेमत संसारको सारा उपकारमाथि भारी हुन्छ । इस्लामले मानवको सम्पूर्ण अधिकारहरुलाई पूर्ण रुपमा ख्याल राखेको छ, र ती अधिकारहरु पालना गर्न जोड दिएका छन्।

(क) आमा बुबामाथि सन्तानलाई पालन-पोषण र शिक्षा दिनु पर्ने कर्तव्य- आमा बुबाले आफ्नो बच्चाको रेखदेख गर्नु, उनको सही ढंगबाट पालन पोषण गर्न आदेश दिएको छ । जब बच्चा सात वर्षको हुन्छ तब उसलाई नमाजको आदेश दिनु र जब दस वर्षको हुन्छ तब नमाज नपढे उसलाई पिट्ने गर।

अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भने:  “तिम्रो बच्चा जब सात वर्षको हुन्छ तब उसलाई नमाज पढ्ने आदेश दिनु र जब दस वर्षको हुँदासम्म नमाज नपढे उनलाई पिट्ने गर र उनको बिस्तरा अलग गरि देऊ”। (सुनन अबी दाऊद: 495)

(ख) इस्लामिक कानूनमा (पुरूष तथा नारी) अंशको अधिकार– मानिसहरु (पुरूष होस् या महिला) सबैलाई धन सम्पत्ति कमाउने र खर्च गर्न पूर्ण अधिकार दिएको छ । यस बारेमा कुरआनमा भनिएको छः “आमा-बुबा एवं निकटतम नातेदरहरुले छोडेको धन सम्पत्तिमा पुरुष तथा महिलाको पनि अंश रहेको हुन्छ, चाहे त्यो कम होस् या धेरै, हिस्सा निर्धारित छ ” (सूरः निसा: 7)

(ग) मानवको ज्यान, माल, वुद्धि र इज्जतको रक्षा– सम्पत्तिको रक्षाको लागि चोरको हात काटनलाई आदेश दिएको छ, प्राणको रक्षाको लागि ज्यानको बदला ज्यानको आदेश दिएको छ, बुद्धिको रक्षाको लागि शराबीलाई 80 कोरा हान्ने आदेश दिएको छ र सम्मानको रक्षाको लागि आरोप लगाउनेवाला माथि हद्द लागू गरिएको छ तथा चुगली र ग़ीबत(पछाडी कुरा काट्ने कार्य) बाट मनाही गरेको छ ।

(घ) इस्लामिक कानून अनुसार मुस्लिम तथा गैर मुस्लिम मानिसको धर्मको रक्षा– इस्लामिक कानून अनुसार कसैमाथि आफ्नो नियम (धर्म) जबरजस्ती थोपर्न पाईदैन, अल्लाहले भन्नु भयो: “धर्मको मामलामा कोही जोर जबरजस्ती छैन”। (सूरः अल-बक़राः 256)

धर्मको रक्षाको लागि अल्लाहले मुसलमानहरुलाई आदेश दिएको छ कि कसैले गैर मुस्लिमहरुको देवी देवताहरुलाई अपशब्द नबोल्नु, यस्तो नहोस् कि उसले अज्ञानताको कारण अल्लाहलाई नराम्रो शब्द न भनोस् । अन्तमाः इस्लाम सच्चा धर्म हुनाका साथै हरेक धर्मलाई मान्ने वालालाई आफ्नो धर्मको अनुसार हिड्नलाई अनुमति दिन्छ र हरेक मानिसलाई धार्मिक सुरक्षा प्रदान गर्दछ ।

(ङ) निर्धन तथा गरीब माथि मानव अधिकाको रक्षा– इस्लामले त्यस समय पनि निर्धन र गरीबको मानवअधिकारको सुरक्षा गरेको हुन्छ, जब मानिस निर्धन र गरीबी हुन्छ या कमाउन असमर्थ हुन्छ । यस्तो स्थितिमा मालदारमाथि ज़कात अनिवार्य गरेको छ र त्यो मालदारको मालबाट गरिव र निर्धनलाई दिन अनिवार्य गरेको छ । धनवान मुस्लिमहरुले आफ्नो धनबाट इस्लामिक जकातको कानून अनुसार एक निश्चिच सिमा पुगे पछि जकात निकाल्नु पर्छ किनकि त्यही पैसाबाट गरीबको मदद हुन सकोस । अल्लाहको कथन छ: “र उनको मालमा प्रश्न गर्नेवाला र प्रश्नबाट बच्नेवालाको लागि अधिकार छ।” (सूरः अज़्जारियात: 19)

(च) वृद्ध वृद्धाको मानव अधिकारको रक्षा– जब उनीहरु वृद्धा अवस्थामा पुग्छ र उनीहरुलाई सेवकको जरुरी हुन्छ तब उनका सन्तान तथा नातेदारमाथि उनीहरुको सेवा गर्न अनिवार्य आदेश दिएको छ साथै उसको सम्मान र आदर गर्नलाई इस्लामले उत्साहित गरेको छ । नबी सल्लल्लाहु अलैहि व सल्लमले वृद्धको महत्व बारेमा बताएका छन् – अल्लाहको महान्ता र प्रसंशाको माग यो हो कि वृद्ध मुसलमानको सम्मान गर्नुपर्छ। (सुनन अबी दाऊद: 4843)

नबी सल्लल्लाहु अलैहि व सल्लमले यो पनि भनेः  त्यो हामी मध्येबाट होइन जो हामी भन्दा सानामाथि दया गर्दैन र हाम्रा ठूलालाई आदर गर्दैन । (तिर्मिज़ीः 1920)

(छ) बीमारीलाई रेखदेख गर्ने कर्तव्य– इस्लामिक नियमानुसार आफ्नो छिमेकी बिमारीलाई भेट्न जान प्रोहत्साहित गरेको छ, उसको देख-रेख गर्नलाई जोड दिएको छ, त्यसमा धेरै पुण्य मिल्ने बताएको छ र उसको परिवारको सदस्यहरुलाई धैर्य गर्नलाई उपदेश दिनु भनेको छ ।

सुनन तिर्मिज़ीको बर्णन छ- अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले भन्नु भएको छ: “जो मुसलमान कुनै बिमारी मुसलमानलाई भेट्न जान्छ भने साँझसम्म उसको लागि सत्तरी हजार फरिश्ताहरुले दुआ गरी रहन्छन्, र जो साँझमा भेट्न जान्छ, उसको लागि सत्तरी हज़ार फरिश्ताहरुले रातभरी दुआ गर्छन् र उसको लागि स्वर्गमा आतिथ्य तयार गरिने छ।”(सुनन तिर्मिज़ी:969)

(ज) मृत्युपछि शवलाई गर्नु पर्ने कर्तव्य– छर छिमेकमा मुस्लिम मानिसको मृत्यु भयो भने उक्त  मृतकलाई नुहाई दिने र उसलाई कफन दफन गर्न आदेश दिएको छ, यदि मृतक मुस्लिम हो भने उसको जनाजाको नमाज पढे पछि उसलाई दफन गर्ने आदेश दिएको छ, यदी ऊ कर्जदार छ भने उसको सन्तान या नातेदारले उसको कर्जालाई भुग्तानी गरेपछि या जकातको पैसाबाट उसको कर्जा भुग्तानी गरेपछि मात्र शव दफन गर्नु भनिएको छ ।

प्रिय पाठक ! यो हो केही अधिकार जुन इस्लामले मानवलाई दिएको छ, चाहे मुसलमान होस् या गैर मुस्लिम। यी अधिकारको तुलनामा यदि आज पश्चिम देशका मानवाधिकारलाई दाज्ने हो भने धेरै उत्तम र आश्चर्य लाग्दो फरक छ ।

इस्लामिक शिक्षामा मानव अधिकार सम्बन्धि यो कानून आज भन्दा साढे चौदह सय वर्ष पुरानो  हो। त्यो बेला जुन अधिकार प्रदान गरिएको थियो, त्यसको दसौ भागको एक भाग पनि छैन, बरु मानवाधिकारको नाममा आज रगतको होली खेली रहेका छन्, मानवतालाई नष्ट गर्नलाई लागि परेका छन्, फिलिस्तीन र शाम (सिरिया) मा हाल जसरी अत्याचार भई रहेको छ यो एक जीवन्त उदाहरण हो। तर पनि मानव अधिकार छ भनेर दावा गर्छन् ।

स्रोतः http://cutt.us/LFtPE

लेखक- सफात आलम मुहम्मद जुबैर (तैमी)

अनुवादक- मुहम्मद इब्राहीम खरेल

Related Post