हदीस १४ मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा
इब्ने मस्ऊद (रज़ियल्लाहु अन्हु) बयान गर्नु हुन्छ,- अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, “अल्लाहले त्यस मुस्लिमको रगत बगाउन अवैध गर्नु भएको छ जसले अल्लाहलाई उपास्य र मलाई अल्लाहको सन्देष्टा हुने गवाही दिन्छ, यी तीन अवस्थाहरु बाहेक,
१. विवाहित व्यक्ति व्यभिचार गर्छ भने,
२. ज्यानको बदला ज्यान लिनु परेमा,
३. मुस्लिम भएपछि आफ्नो धर्म छोड्छ र मुस्लिम समूहबाट अलग रहन्छ भने।” (बुखारी, मुस्लिम)
ब्याख्या
(क) विवाहित व्यक्ति व्यभिचारी – यदि विवाहित पुरुष हो या नारी उनीहरुले ब्याभिचार गरेको चार गवाहीद्वारा प्रमाणित भएमा साथै उनीहरु मुस्लिम भए उनीहरुलाई इस्लामिक शरिया (कानून) बमोजिम सार्वजनिक ठाउँमा मनिसहरुलाई भेला गरी अपराधीलाई ढुंगाले हानेर (संगसार) हत्या गरिन्छ।
(ख) ज्यानको बदला ज्यान- यदि कसैले कुनै निरअपराध व्याक्तिको ज्यान लिन्छ भने उसलाई पनि इस्लामिक शरिया (कानून) बमोजिम फाँसी दिइन्छ ।यदि पीडित पक्षले ब्लड मानी लिएर फासी सजायबाट मुक्त गर्न चाहन्छ भने उसले फाँसीबाट त जोगिन्छ तर ब्लड मनी दिएर सजाया अवधीभरी जेल बस्नु पर्ने हुन्छ।
(ग) मुस्लिम भएपछि आफ्नो धर्म छोड्छ र मुस्लिम समूहबाट अलग रहन्छ भने- यदी कोही व्यक्ति इस्लाम धर्ममा आएर पनि फेरी इस्लाम धर्म छोड्छ भने उसलाई पनि हत्या गरिन्छ। यसकुराको प्रमाणको लागि अर्को हदीसबाट प्रष्ट पार्न चाहन्छु।
मुसलमानको ज्यान र सम्पत्तिको सुरक्षा
इब्ने उमर (रज़ियल्लाहु अन्हुमा) बर्णन गर्नु हुन्छ; अल्लाहको रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभयो; “मलाई आदेश आएको छ कि म मानिससँग लडाई गर्नु यहाँसम्म कि उनीहरु यस कुराको गवाही दिउँन कि अल्लाह बाहेक कोही वास्तविक पूजनीय छैन र मुहम्म्द (सल्लल्लाहु अलैही व सल्लम) अल्लाहका रसूल हुन्, साथै नमाज पढ्नु, जकात दिनु, यदि यस्तो गर्छन भने मबाट उनीहरु आफ्नो रगत (ज्यान) र मालको सुरक्षा गर्नेछन्, तर इस्लामको हक बाँकी रहनेछ, र जसले कानूनको उल्लंघन गरेको छ भने उसले सजाय पाउँछ । यो नै इस्लामिक हक, अधिकार र माग हो । र उनको हिसाब (लेखाजोखा) अल्लाह तआलाको जिम्मा हुनेछ ।” (बुखारी, मुस्लिम्)
स्रोतः चालिस हदीस
नेपाली अनुवाद
अनुवादकः केदार नाथ खरेल
आई.पि.सी. अफिस, कुवैत
नेपाली विभाग शिक्षक
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


