इस्लामधर्म र धार्मिक सहिष्णुता शिर्षक अन्तरगत हामी इस्लमधर्मको गुण बताउने छौ जो धार्मिक सहिष्णुताको प्रतिक हो, इस्लामले अर्काले मानेको धर्मलाई ठेस पुर्याउने र अज्ञान्ता बस उनले मानेका भगवानहरु प्रति अपशब्द गर्न मनाही गरेको छ, अल्लाहको कथन छः “तिनीहरुले अल्लाह बाहेक जसलाई पुकार्दछन्, त्यसलाई गाली नगर अन्यथा तिनीहरुले पनि सीमा उल्लङ्घन गर्दै अज्ञानतावश अल्लाहलाई गाली गर्नेछन्….।” (सूरः अल-अंआम 108)
एउटा गैर-मुस्लिमलाई इस्लामी शासनमा उसको धर्मको नियम अनुसार जुन चीज़ खान जायज हुन्छ त्यो चीज खान सक्छ । जस्तैः रक्सी या सुंगुर आदि। उसले यो चीज प्रयोग गर्न सक्छ । तर ती चीज खुला तरिकाले प्रयोग गर्नलाई अनुमति हुँदैन, एक मुसलमानकी पत्नी यदि ईसाई छ र उनी हरेक हप्ता चर्च जान चाहन्छिन भने उसको पतिले उनलाई चर्चमा जानलाई अनुमति दिनुपर्छ। तर ती ईसाई पत्नीले आफ्नो बच्चालाई चर्चमा लान पाउँदिनन्। त्यसैगरी यदि उनको कुनै केस (मुद्दा) छ भने मुसलमान काजी (न्यायकर्ता) ले उनको धार्मिक किताब अनुसार फैसला गर्नेछ, जस्तैः हदीसमा बयान उल्लेख छ, अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमले एउटा यहूदी व्यभिचारीको पक्षमा संगसार (ढुंगाले हानेर हत्या गर्ने चलन) को फैसला तौरातबाट गर्नु भएको थियो, वास्तवमा हाम्रो ईमान छ कि तौरात र इंजील आज आफ्नो असली रूपमा रहेको छैन। (सही अबू दाऊद: 4446)
इस्लामिक धार्मिक सहिष्णुताको केही उदाहरणः अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को मृत्यु पछि चारैजना राजाले पनि धार्मिक सहिष्णुतालाई कायम राखे । उमर बिन ख़त्ताब (रज़ियल्लाहु अन्हु) को युगको एउटा घटना हो, जब मुसलमानले बैतुल-मक़्दिसमाथि विजय प्राप्त गरे तब उमर (रज़ियल्लाहु अन्हु) यरूशेलम पुगे र एलियाका निवासीहरुको साथमा जुन सम्झौता गरे त्यो यसप्रकार छः “तिमीहरुको ज्यान-माल, गिर्जाघर, सलीब, स्वस्थ्य केन्द्र, बीमारी सबैको हिफाजत र सुरक्षा गरिने छ । गिर्जाघरमा अन्य धर्मालम्बीहरु कसैलाई बस्न दिइने छैन र त्यसलाई भत्काइने पनि छैन साथै त्यसको वरीपरी कुनै नोक्सान गरिने छैन । उनको सलीबहरु र उनको धनमालमा कहिले कमी हुन दिइने छैन। उनीहरु माथि कुनै ज़बरजस्ती गरिने छैन । तपाईहरु कोही कसैलाई कुनै दुःख कष्ट दिइने छैन।”
इस्लामको सहिष्णुता हेर्नुहोस् दमिश्कको मस्जिदे कबीरको मरम्मतको लागि वलीद बिन अब्दुल मलिकले एक चर्चको केही भागलाई त्यसमा शामेल गरेका थिए, जब उमर बिन अब्दुल अज़ीज़ रहिमहुल्लाह ख़लीफा भए तब उनले मस्जिदको त्यती नै भागलाई भत्काएर चर्चलाई फिर्ता दिए।
जब अलेक्जेंड्रियामाथि मुसलमानहरुले विजय प्राप्त गरे, त्यस अवसरमा एक मुस्लिम सैनिकले ईसा अलैहिस्सलामको फोटोमा एउटा आंखा फोड़ी दिए । इसाईहरुले मिस्रका गभर्नर हज़रत अम्र बिन आस (रज़ियल्लाहु अन्हु) सँग शिकायत गरे, हज़रत अम्र बिन आस (रज़ियल्लाहु अन्हु) ले उनीहरुलाईलाई सोधे, तपाईहरु नै बताउनु होस्- यस अपराधको के सजाय दिनु हुन्छ ? यसको समधान के हुन सक्छ ? उनीहरुले त्यसको बदलामा हज़रत मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को फोटो बनाएर झुण्याउनु होस् हामी पनि उसको आँखा फोड़न पाउँ भने। अम्र बिन आस (रज़ियल्लाहु अन्हु) ले भन्नुभयो: हामी मुसलमान आफ्नो नबीको फोटो नै बनाउँदैनौ त यो अनुमति हामी तपाईलाई कसरी दिन सक्छौ ? हँ ! यसको बदलामा तपाई मेरो आँखा फोड्न सक्नु हुन्छ। यस्तो न्यायपूर्ण फैसला सुनेर ती ईसाई आश्चार्यचकित भए, अतः ती ईसाई मुसलमान सैनिकको त्यो गल्ती माफ गरि दिया र पछि कुनै बदला लिएनन्।
मुसलमानको यही सहिष्णुताले गर्दा कयौं ग़ैर-मुस्लिम स्कालर (विद्वान) ले इस्लाम धर्मलाई सत्य मार्ग ठानी अंगाले ।
फ्रेंच लेखक गोस्ताफ लोबोनले भने: “मानिसहरु मध्ये अरबका जस्ता सहिष्णुताको व्यवहार गर्नेवाला कोही समूदाय छैन र न अरबको धर्म जस्तै कुनै अन्य धर्ममा त्यस्तै सहिष्णुता पाइन्छ। “
तर केही व्यक्तिको नराम्रो सोच, शत्रुतापूर्ण व्यवहार तथा घृणित राजनीतिकका केही व्यक्तिले इस्लाम दुश्मनीमा जो चाहे बोल्छन्। म चेलेन्जको साथ भन्छु, जो कोही व्यक्ति पनि इस्लाम धर्मको बारेमा विशाल दृदयबाट संकुचित विचार नराखी अध्ययन गर्छ भने उसले सत्यता, उदारता तथा धार्मिक सहिष्णुतालाई समर्थन गरे बिना रहन सक्दैन।
सहिष्णुताको अर्थ आफ्नो पहिचान मेटाउनु होइन: सहिष्णुताको मतलब यो होइन कि मुसलमान आफ्नो पहिचान मेटाउनु ? धार्मिक सहिष्णुताको नाममा ग़ैर-मुस्लिमको तरीका अपनाउन पनि अवैध हुन्छ, र उनको धार्मिक विश्वास र चाढपर्वलाई समर्थन गर्नु पनि कुफ्र हो, ग़ैर मुस्लिमलाई आफ्नो धर्ममा चल्नलाई पूरा अधिकार छ तर मुसलमान यदि गैर मुस्लिमको धर्मलाई विश्वासको साथ समर्थन गर्यो भने उ स्वयंको इस्लाम धर्म नै बाँकी रहदैन। इस्लाम एक सार्वभौमिक धर्म हो जो कसैको सहाराको आवश्यक्ता छैन, मुसलमान जहाँ पनि होस् ईमान, इबादत, मामला र नैतिकतामा उनको लागि आवश्यक छ कि ऊ इस्लामी शरीयतको अनुसरण गर्नु। सुनन अबीदाऊदको रिवायत अनुसार अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो: “जो इस्लाम धर्म बाहेक अर्काको नक्कल गर्छ, ऊ हाम्रो समूहको होइन”। (सही अबू दाऊद: 4031)
लेखक- सफात आलम मुहम्मद जुबैर तैमी
अनुवादक- मुहम्मद ईब्राहीम
Arabic
English
Spanish
Russian
Romanian
Hindi
Tagalog
Bengali
Sinhalese
Nepali


