New Muslims APP

प्राथमिक उपचार दिवस

प्राथमिक उपचार दिवस

प्राथमिक उपचार दिवस

हरेक वर्ष ११ सेप्टेम्बर प्राथमिक उपचार दिवस मनाइन्छ। तर दुर्गम स्थानमा न त डाक्टर छन् न त उपकरण। यो अवस्थामा दुर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय हुन्छ तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाँउन सक्दैन् । दुर्घटनाहरु जहँ पनि, जहिले पनि अनि जसलाई पनि हुन सक्छन। प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुलाई जोखिमवाट कम गर्न सकिन्छ, दुर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ।

प्राथमिक उपचारको सीपको कुरा गर्दा धेरै जनाले बिधालय स्तरमै, कसैले पेशागत अनि कार्यगत रुपमा सिकेको हुन सकिन्छ। यदि तपाँईले अहिलेसम्म प्राथमिक उपचारको तालिम लिनु भएको छैन भनें यसै आलेखका साथ यस तालिममा सहभागी भई आफ्नो समुदाय र राष्ट्रप्रतीको दायित्वका रुपमा प्राथमिक उपचार तालिममा सहभागी हुन आव्हान पनि गर्दछौं। दुर्घटनाहरु अस्पतालको दैलोमा मात्र कहाँ हुन्छ र ? प्राथमिक उपचारले हामीलाई दुर्घटनामा परेको अन्जान व्यक्तिको मात्र नभई आफन्तजनहरुको पनि जीवन जोगाउन सक्षम बनाँउदछ। प्राथमिक उपचार जानेका मान्छेहरु को सख्यां समुदायमा बढ्नाले समुदाय अझ सुरक्षित र स्वस्थ हुन सक्दछ।

अझ नेपाल जस्तो बिकासोन्मुख देशमा जहाँ स्वस्थ उपचारहरुको उपलब्धता समान, सरल छ सहजरुपमा छैन, प्राथमिक उपचारको महत्व अझै धेरै हुन्छ। दुर्घटना र आकस्मिक अवस्थाहरुको भर हुँदैन् तर प्राथमिक उपचारले केही भइहालेमा ज्यानै जाने जोखिम भनें न्यून गर्न सक्दछ।
हाम्रो कार्यस्थल, वाटोघाटो या समुदायमा कुनै दुर्घटना घटेमा हामी निरीह रमिते मात्र नभईकन, घाईतेहरुलाई पीडा कम गर्न र जोखिम कम गर्दै अस्पताल या अन्य कुनै प्राणरक्षा गर्ने ठाँउ पूर्याउन अघि प्राथमिक उपचार गर्न सक्दछौं। दुर्घटना र यूद्धका घाईते हरुको प्राण रक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व छ।

प्राथमिक उपचारको तालिमका माध्यमले हामीहरुले आधाभूत जीवन रक्षाका सीपहरु जस्तै सिपीआर, अचेत घाईतेको ध्यान राख्ने सीप, चोट र रक्तश्राव रोक्ने ज्ञान लगायत अन्य थूप्रै दुर्घटनाहरु जस्तै आगलागी, बिषपान, जनावर आक्रमण अनि सर्पदंशवाट घाईतेको ज्यान जोगाउने सीपहरु पनि सिक्दछौं।

कारखाना, गाडी, कार्यालय, बिधालय, कलेज अनि पदयात्रा लगायत बिभिन्न ठाँउहरुमा प्राथमिक उपचारका किटहरु अझ भनौं बाकसहरु महत्वका साथ राखिन्छ। कुनै अप्रिय घटना या दुर्घटना घटेमा आवश्यक साम्रगीहरु यसैमा राखिन्छ।

सामान्यतया मल्हम, पट्टी, ह्यान्डीप्लास्ट, आधारभूत ओखतीहरु, जीवनजल, सामान्य कैंची, ब्लेड अनि एन्टीसेप्टीक धुलोहरु यस बाकसमा राखिन्छ। आकस्मिक बिराम परिएमा या दुर्घटना भएमा यी कुराहरुले प्राणरक्षा गर्दछन्।

यस बर्ष २०१७ को पनि सेप्टेम्बर ९ मा बिश्व समुदायले अन्य बर्षहरु झै बिभिन्न कार्यक्रम अनि जागरण गर्दै प्राथमिक उपचार दिवस मनाँउदछ। सन् २००० बाट अर्थात सहश्राब्दीबाट आईएफआरसीको पहलमा यस दिवस मनाउन शुरु गरिएको हो।

नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्धाहरुमा धेरै सुधार हुन नसकेको पनि तथ्य यस देशको सुन्दरता संगै गाँसिएर आउछ। हरेक गाँउपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारिक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं। तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमहरुको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थ उपचारको मुलधारमा छैनन। प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन।

बिभिन्न अध्यायनहरुले नेपालमा सन् २०३० सम्ममा हृदयघात दर अहिलेको ९ प्रतिशतबाट करिब ३४ प्रतिशतमा पुग्ने तथ्याकं देखाएको छ। हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटाका सवारी दुर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको सख्याँमा बृद्धि भइरहेको छ। मान्छेको ज्यान जोगाउन तुरुन्तै स्थास्थ उपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमका लागि नेपाल उत्ति जागरुक छैन्।

संक्षेपमा प्राथमिक उपचारका साध्यहरु भन्न चाह्यौं, यदि घाउ भएमा त्यसलाई सफा गरेर अनि साबुन पानीले सफा सँग धुने, एन्टीसेप्टीक धुलो या मल्हम लगाउने गर्न जरुरी छ।

रक्तश्रावको समयमा रगत आएको शरीरको भागलाई उचाईमा राख्ने ताकि रगतको बहाव तल आउन गई रक्तश्राव रोकियोस्। औंलाको चापले रक्तश्रावलाई बन्द गर्ने या पट्टि लगाएर रक्तश्रावको बहाव कम गर्न पर्दछ।

जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ। बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्तमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउन पर्दछ।

अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ।

प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल र बाँढ्ने प्रयास गरौं। सर्वत्र शान्ति र समृद्धीको कामना

हाम्रो पात्रोका लागि सुयोग ढकाल 

Related Post