New Muslims APP

विश्व साक्षरता दिवस

साक्षरता दिवस

विश्व साक्षरता दिवस

सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो र यस वर्ष पृथ्वीमा ५१ औं साक्षरता दिवस मनाइदैछ ।

‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस्’ भन्ने आदर्श वाक्य नाराका साथ विसं २०३१ बाट मनाउन थालिएको राष्ट्रिय शिक्षा दिवसको यस पटकको नारा ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ रहेको छ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता मनाउँदै आएको छ । युनेस्कोले यस वर्षको नारा ‘साक्षरता र दिगोपना’ तय गरेको छ। युनेस्को मुख्यालयमा दुईदिने विशेष उत्सवसहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइनेछ ।

नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको हो । दिवसका अवसरमा आज बिहान राष्ट्रपति डा रामवरण यादवले नेपाल विद्याभूषण प्राप्त गर्ने विद्यार्थीलाई पदक वितरण गर्नुभयो भने दिउँसो सांस्कृतिक गतिविधिसहित उत्कृष्ट विद्यालय, सामुदायिक अध्ययन केन्द्र, शिक्षाकर्मी र विद्यार्थी पुरस्कृत गरिने कार्यक्रम छ ।

दिवस मनाउन शिक्षामन्त्री चित्रलेखा यादवको अध्यक्षतामा १११ सदस्यीय मूल समिति गठन गरिएको छ । दिवसका अवसरमा साक्षरता निबन्ध प्रतियोगिता, टेलिभिजन संवाद, रेडियो सन्देश, चियापनजस्ता गतिविधि पनि गरिनेछन् ।

विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्याङ्क छ ।

विश्वभरिका विधालय, समुदाय र सस्थाहरुले साक्षरताकालागी जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । यसपालीको विश्व साक्षरता दिवसकालागी विश्व साक्षरता सस्थाले एउटा डिजीटल संसारमा साक्षरताको महत्व Literacy in digital world भन्ने नाराका साथ उत्साहपूर्वक मनाउने घोषणा गरेको छ । सबैजना साक्षर हुनु सबैजनैकाको दायित्व हो, नेपालको परिपेक्ष्यमा डिजीटल यूग अनि त्यसको उपयोगीता मुलक प्रयोग गरेर डिजीटल शिक्षा अनि साक्षरताकालागी जनजागरण अझै अपुग छ । हातहातमा भएका मोबाईल अनि घरघरका ईन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिंदा सञ्चार अनि समय व्यथित गर्ने फजुल माध्यम मात्र बन्न हुँदैन ।

लेखिने अक्षरहरु र अकंहरुको महत्व एकदमै धेरै र अतुलनिय छ, विकसित समाजको परिकल्पना यी अक्षर र अकंहरुसँग सबैजना मानवको परिचय नगराइकन सम्भव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उस्को सस्कारलाई अझै बृद्धी गर्दछ । अक्षर र अकंको महत्व अनि शिक्षाको उज्यालो मानवकालागी एकदमै जरुरी छ, आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमि न त लेखिने थियो न पढिने थियो, अक्षरले भावना र जानकारी दर्शाउदछ र अकंले तथ्य अनि समबन्ध दर्शाउदछ ।

एकफेर यसो परिकल्पना गरौं, यदि हामीले अक्षर कोट्याउन नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो भनेंर ?

यी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन् । आधुनिक बिश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएता पनि बिश्वभरि लगभग ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने पनि प्रष्टसँग अध्यायनले देखाँउदछ । हाम्रा छेउछाउमा वसोवास गरिरहेका हरेक उमेर समुहका कोही न कोही असाक्षर हामीमध्य सबैले पाउँछौ । सामान्य अक्षर चिनेर लेखपढ गर्न र अकंहरु अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो तथापि यी कुराहरु कागजका पानाहरुबाट बाहिर आएर वास्तविक जवनशैलीमा साकार भएर आउन जरुरी छ ।

साक्षरताको ग्लोवल मनिटरिग रिपोर्टका अनुसार संसारका प्रत्यक ५ मध्य एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन र धेरैको एकदमै न्यूनस्तरको साक्षरता सीपहरु छन् । धेरै जना वालवालिकाहरु अझैपनि विधालय जान पाउदैनन र पाउनेहरु पनि दैनिक विधालय जान पाउदैनन, पश्चिमी र दक्षिणी एसीया लगायतका देशहरु साक्षरता दरमा कमजोर देखिन्छन ।
नेपालमा प्रोढ शिक्षालगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिन जरुरी छ किनभने चाहे बालक होस या बृद्ध, शिक्षा सबैलाई जरुरी छ ।

खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेका देखि कालो पाटी अनि स्लेट सम्म प्रयोग गरेका पुस्ताहरु, भित्तामा झुण्ड्याएका चार्टमा क वाट कछुवा पढेका देखि कमप्यूटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विधालय जानसम्म धौ धौ पुस्ताहरु लगायत अक्षरनै नचिन्ने अनि औठाछाप लगाउनपर्ने ब्यक्तिहरुपनि यहि समाजमा छौ ।

उनिहरुलाई हामीले आफ्नो तर्फवाट के गरि साक्षरसम्म वनाउन सक्दछौ चाहे अक्षरमालाका पुस्तकहरु पढाएर या निशुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कूलसम्म उनिहरुलाई पुर्याइदिएर नै हुनसक्छ, सबैलाई साक्षर वनाउनु सबैको दायित्व हो ।
साक्षरता प्रति सबैको दायित्व बोध होस

Related Post