हदीस नं. १० दुआ स्वीकार हुने अवस्था

दुआ स्वीकार

हदीस नं. १० (दुआ स्वीकार हुने अवस्था)

हदीस नं. १० दुआ स्वीकार हुने अवस्था

हज़रत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) ले बयान गर्नु भएको हो, वहाँ भन्नु हुन्छ, रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले भन्नुभयो; अल्लाह तआला पवित्र हुनुहुन्छ र पवित्र कुरालाई नै स्वीकार गर्नु हुन्छ। अल्लाहले आस्थावानहरुलाई त्यही हुकुम दिनु भएको छ जुन रसूलहरुलाई दिनु भएको थियो र अल्लाह तआलाको भनाई छ; ए रसूल ! मैले प्रदान गरेको पवित्र रोजीरोटी खाऊ र उत्तम कर्म गर । र अल्लाह तआलाको भनाई छ; हे आस्थावानहरु हो ! हामीले प्रदान गरेका पवित्र खानेकुराहरु खाऊ, फेरि रसूल (सल्लल्लाहु अलैही व सल्लम) ले एउटा यस्तो मानिसको बारेमा बताउनु भयो जो लामो यात्रा गर्दछ, बिग्रेको कपाल र धुलोले पूरै जीउ भरिएर मैलो भएकोछ, त्यो मानिस आफ्नो दुबै हात माथि उठाउँदै भन्दछ । हे पालनहार ! हे पालनहार ! जब कि उसको खाना अवैध छ, उसले लगाएको कपडा अवैध छ, अवैध चीजबाट उसको पालन पोषण भएकोछ, फेरी कसरी उसको दुआ स्वीकार हुन्छ त ?  (मुस्लिम)

ब्याख्याः अल्लाहको रसूल (सल्लल्लाहु अलैही वसल्लम) ले सहाबीलाई सम्झाउँदै भन्नुभयोः कुनै पनि मानिसको दुवा स्वीकार हुनलाई उसले हराम कमाई खानु, हराम काम गर्नबाट जोगिनु पर्छ तब मात्र दुवा कबुल हुन्छ । त्यसैगरी फोहरी र अपवित्र हालतमा गरेको दुवा पनि कबुल हुँदैन । तर कहिले काहीं विकल्पको रुपमा पानी नपाउने ठाउँमा तयमुम पनि गरेर नमाज पढ्न सक्छ ।

Related Post