New Muslims APP

विश्व धुम्रपान रहित दिवस

विश्व धुम्रपान रहित दिवस.

विश्व धुम्रपान रहित दिवस.

हरेक वर्ष जेठ १७ गते विश्व धुम्रपान रहित दिवसको रुपमा मनाइन्छ । यो दिवस मनाउनुको खास उदेश्य भनेको मानिसलाई धुम्रमान जस्तो कुलतबाट छुटाएर उसलाई स्वास्थ्य जीवनमार्गमा ल्याउन जनचेतना जगाउनु हो । धुम्रपान सेवन गर्नाले तपाईको स्वास्थ्यलाई मात्र होइन मस्तिष्कलाई समेत असर पार्दछ । धुम्रपानले सोच्ने शक्ति र तर्कसँग सम्बन्धित शक्तिलाई समेत असर पार्ने तर्क किंग्स कलेज लन्डनका अनुसन्धानकर्ता बताउँछन् छन्।

८८०० जना व्यक्तिमा गरिएको सर्भेक्षण मध्ये ५० जना भन्दा धेरैमा उच्च रक्तचाप देखिएको थियो र  यसले वजनलाई समेत केही हदसम्म कम गर्दछ । अनुसन्धानकर्ताले धूम्रपान सेवन गरेमा हुने असरहरु जस्तैः  हृदयघात या स्ट्रोक, मस्तिष्क र स्वास्थ्यमा पर्ने असर सम्बन्धि जांच गरेका थिए ।

संसारभरि हरेक दिन १५ अरब चुरोट बिक्दछ भने हरेक मिनट १ करोड चुरोट बिक्री हुन्छ । हरेक ८ सेकेन्डमा एकजनाको मृत्यू सूर्ती सेवनका कारणले हुनेगर्दछ भने हरेक १० जनामध्य १ जना वयस्कको अकालमा मृत्यू संसारभरि चुरोट सेवनले हुनेगर्दछ । यस्ते क्रम चलिरहने हो भने सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्य १ जना मान्छेको मृत्यू गराउने विश्वब्यापी तथ्याकंगत पूर्वानुमान छ । यूद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना भन्दा दुई गुणा ज्यादा मानिसको मृत्यु धुम्रपानका कारणले भएकोछ ।

चुरोट मुखमा राखेर धुँवा उडाएपछि हामी सोच्दछौ कि हिरो भए। चलचित्रमा पनि चुरोटका ठुटाहरु अनि धुँवाका मुस्लोसँगै पात्रहरु देखाइन्छ। चुरोट नखानेलाई पनि चुरोटको धुँवाको त्यति नै असर गर्छ जति चुरोट तान्नेलाई हानी गर्छ। आमाले गर्भवती हुँदा चुरोट सेवन गरेकाले जन्मदै विभिन्न समस्या लिएर जन्मने अवोध पुस्ताहरुको आफ्नै ब्यथा छ । धुम्रपानका कारणले कम उमेरमै कष्टकर जीवन बिताँउदै धन, मन अनि तनको खती भएकाहरुको कथाहरु । धुम्रपान एउटा कुलत हो जसमा हामी जो कोही पनि पर्न सक्दछौ, पुराना सामाजिक मान्यताले धुम्रपानलाई नराम्रो र अराजक कुराका रुपमा ब्याख्या गरेको छ ।

धुम्रपानको लतमा आजको भोलीनै धुम्रपान गर्न छाड्न पक्कै अफ्ठेरो हुनसक्छ, तसर्थ बिस्तारै यो लतबाट आफूलाई छुटाउने कोशिस गर्नुपर्छ। विश्वभरिका अधिकांश धुम्रपान गर्ने ब्यक्तिहरु साथीभाईको लै-लैमा लागेर सानै उमेरमा धुम्रपान गर्न सिक्छन् । स्वास्थ्यनै सबैभन्दा ठूलो धन हो अनि चुरोटले हिरो हैन पक्कै जिरो बनाँउदछ यो कुरा बुझ्नु जरुरी छ ।

कसरी धुम्रपानको लत छुटाउने ?

बिस्तारै धुम्रपानको लत छुटाउन दिनँहुको सेवनमा कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, दैनिक ब्यायाम अनि चिन्तनको शुद्धताका साथै खानपीनको उचित तजविजले यो बानी छुटाउन सकिने अध्यायनहरुले देखाएको छ । कहिलेकाँही त चुरोट छाड्नकालागि सल्काँउन अघिनै केही चुरोटका सुर्तीभएका ठुटा भाँचेर आधा मात्र सल्काउने गर्नाले पनि केही मात्रामा भएपनि थोरै चुरोटको धुँवा खाईन्छ, संगीत, खेलकुद अनि साहित्यको रस पनि चुरोटभन्दा कम मिठो हुँदैन ।

अहिले आएर त चुरोटको प्याकेटमै चुरोट सेवनले असर गरेका फोक्सो, कलेजो अनि मुखहरुका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिन्छ । नेपाल तुलनात्मक रुपमा धुम्रपान सहज देश पनि हो, अन्य देशका तुलनामा यहाँ धुम्रपान गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन कम छ । अहिले आएर सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गर्ने प्रावधान आएपनि स्थलगत कार्यान्वयनमा कमी छ ।

चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वकालागी एउटा चुनौती हो, निकोटीनको यो लतबाट संसारवासीलाई जोगाउन हरेक वर्ष मे ३१ गते का दिन संसारले धुम्रपान विरुद्धको दिवस मनाउने गर्दछ । धुम्र अर्थात धुँवाजन्य कुरा अनि पान अर्थात सेवन, यस अर्थमा चुरोट, गाँजा, कंकड, हुक्का अनि बिँडी लगायत अन्य धेरै धुम्रपानजन्य कुराहरुका बारेमा आज संसारभरि जनजागरण फैलाईन्छ । सन् १९८७ देखि यस दिनलाई मनाउन शुरु गरिएको हो ।

विश्व धुम्रपान रहित दिवस २०१७ को नारा सुर्तीः विकासको वाधक

मुखबाट धुँवा सेवन गरेर फोक्सो जलाएर अनि मुटु विगार्न भन्दा असल शुभेच्दाहरुले मुख अनि शब्द सजाँउदै मुटुभित्र सपना जिउनु ठिक हो , हैन र ?

दुई हजार भन्दा बढि रसायन भएको चुरोटको सेवनले जीवन नसकौं, चुरोट छोड्न चाहनेलाई सहयोग पनि गर्नु हाम्रो दायित्व हो ।

धुम्रपान बारेमा डाक्टरहरु के भन्दछन्

डा.एलेक्सको भनाईलाई उद्धृत गर्दै बीबीसीले भनेको छ धूम्रपान गर्ने व्यक्तिहरुको “स्वास्थ्य जोखिममा पर्नुका साथै उमेर पनि घट्दै जान्छ ।” उनले भने “हामीले मस्तिष्क कमजोर हुने र त्यसबाट हुने जोखिमको कारण पत्ता लगाई आफ्नो जीवनशैलीमा परिवर्तन गर्नु जरूरी छ।”

प्रयोगकर्ताहरुलाई थाहा छैन कसरी आफ्नो मस्तिष्क गिरावट भई दैनिक जीवनमा धूम्रपानले प्रभावित पार्न सक्छ । उनले भने निश्चित छ कि धूम्रपानले मस्तिष्कमा छिट्टै नै आक्रमण गरी पागलपन पनि गराउन सक्छ ।

अल्जाइमर रिसर्च यूकेबाट डॉ. साइमन रिडले, भने: ” पटक-पटक अनुसन्धान गर्दा यो थाहा भयो कि धूम्रपान गर्नाले उच्च रक्तचापको बिमार हुने, उमेर घट्ने साथै मस्तिष्कमा धेरै नोक्सान पुर्याउनलाई दबाव दिन्छ र यो प्रमाणित छ कि वजन पनि धेरै घटाउँछ ।”

पचास बर्ष नाघेका एक समूहको स्वास्थ्य र जीवन शैलीको बारेमा अनुसन्धान गरी डाटा संकलन गरिएको थियो । उक्त समयमा मस्तिष्क परीक्षणको लागि मानिस र केही जनावरहरुलाई पनि समावेश गरि जाँच गरिएको थियो र यो कार्य आठ बर्षसम्म निरन्तर चलाएका थिए । उनिहरुले जब धुम्रपान गर्ने र नगर्ने बीच यस अनुसन्धानबाट यो नतिजा पाए कि धुम्रपान गर्नेको तुलनामा धुम्रपान नगर्नेहरुको हृदयघात या स्ट्रोकको जोखिम धेरै हदसम्म कमी पाए ।

सफा फोक्सो, स्वस्थ्य मुटु अनि सुन्दर भविष्य, एसट्रे भन्दा पनि गमला अनि फूलको विक्री बढोस् अबको सालहरुमा । धुम्रपान विरुद्धको दिवसको मर्यादा राखौ है त

 

Related Post