Main Menu
New Muslims APP
قناة الجامع لعلوم القرآن - Al-Jami' Channel for Quranic Sciences

मस्तिष्कको बारेमा कुरआनमा के लेखिएको छ ?

मस्तिष्क

मस्तिष्कको बारेमा कुरआन र साइन्समा समान तर्क

मस्तिष्कको बारेमा कुरआनमा के लेखिएको छ ? भन्ने बारेमा तुलनात्मक अध्यायन गर्दा यो कुरामा समान्ता पाइयो । हरेक मानिसको टाउकाको सामनेको भाग योजना बनाउने र राम्रो वा नराम्रो व्यवहारको लागि प्रेरित गर्दछ। मस्तिष्कको यही भाग सत्य र झुटो बोल्नको लागि जिम्मेदार हुन्छ। वैज्ञानिकहरुले विगत साठी वर्ष पहिले मात्र यो कुरालाई पता लागाएका हुन् जबकि कुरआनमा आज भन्दा चौधसय वर्ष पहिले नै लेखिएको छ।

अल्लाहले कुरआनमा पैगम्बर मुहम्मद सल्लल्लाहु अलेही व सल्लमलाई काबामा भक्ति गर्नबाट रोक्ने विरोधीहरुको एउटा कुकर्मको बारेमा यसरी बयान गरेको छ कि- पहिले कदापि गरेको थिएन । पवित्र कुरआनमा भनिएको छः “अँ यदि ऊ रोकिएन भने हामी उसको नासियह समातेर घिसार्ने छौं। झूटो र पापी नासियहलाई।” (कुरआन ९६:१५-१६)
प्रश्न उठन सक्छ कि कुरआनले मस्तिष्कको सामनेको हिस्सालाई नै झूटो र अपराधी किन भनेको हो ? कुरआनले ती व्यक्तिलाई पापी र झुटा भन्नुको सट्टा त्यस भागलाई दोषी किन मान्छ ? निधार र झुटो वा पापमा आखिर यस्तो के सम्बन्ध छ ? कुरआनले व्यक्तिको सट्टा निधारलाई झुटो र पापको लागि जिम्मेदार किन ठहर्याएको हो ?
यदि हामी सामनेको टाउकाको ढांचामा ध्यान दियौं भने मस्तिष्कको सामनेको एक भाग पाउँछौं। शरीर विज्ञानले मस्तिष्कको यस भागको बारेमा के भन्दछ ? एसेन्शियल्स अफ एनाटमी एण्ड फिजियोलोजी नामक किताबमा मस्तिष्कको यस भागको बारेमा बताउँछ- योजनाहरु बनाउन र यसको कार्यान्वयन सम्बन्धी गतिविधीहरुमा मस्तिष्कको यो सामनेवाला भाग नै हो। मस्तिष्कको यो भाग प्रेरित गर्ने मात्र सामेल छैन, वास्तवमा यो भाग आक्रमकताको केन्द्र बिन्दु पनि यहि हुन्छ।
यसप्रकार हामी भन्न सक्छौ कि टाउकोको साम्नेको भाग नै योजना बनाउने र राम्रो वा नराम्रो व्यवहारको लागि प्रेरित गर्दछ। मस्तिष्कको यही भाग सत्य र झुटो बोल्नको लागि जिम्मेदार छ। यही कारणले कुनै मानिस झुट र पापको काम गर्दछ । झुट र पापीमा उस्काउने तत्वहरु उसको टाउको साम्नेको भागमा हुन्छ, जस्तै कि कुरआनमा भनिएको छः पाप गर्नलाई उत्प्रेरित गर्न त्यस व्यक्तिको सट्टा उसको टाउकाको एक भागले काम गरेको हुन्छ भनिएको छः- ए झुटा, पापी नासियह।
प्रोफेसर कीथ एल मूरको मुताबिक बिगत साठी वर्षमा नै वैज्ञानिकहरुको मस्तिष्कको यस भागको कार्यप्रणालीको पता चलेको हो ।

 

स्रोतः http://www.islamicwebdunia.com/2009/01/blog-post_15.html

इस्लामिक वेबदुनिया

 

Related Post