New Muslims APP

मुहम्मद स. अ. व.

मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको जीवनी भाग-4

मुहम्मद सल्लल्लाहु अलैही व सल्लमलाई मक्काबासीहरु शुरु देखि नै आमीन र सादिक मान्थे।

भाग-४

व्यापारको शुरुआत:- वहाँको काका अबू तालीबले १२ बर्षको उमेरमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई आफ्नो साथ पहिलो पटक सिरीयामा व्यापारको लागि लिएर जानुभएको थियो। यस पछि स्वंय यो सिलसिला जारी रहयो। केही समय पछि हज़रत खदीजाले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई आफ्नो खर्च दिएर व्यापारमा साथ दिन आग्रह गर्नुभयो, वहाँले पनि यो कुरा स्वीकार गर्नु भयो। हजरत खदिजाले आफ्नो मैसरा नामको गुलामलाई हजरत मुहम्मद सल्ल.को साथमा पठाउनु भयो। त्यस पटकको ब्यापारमा अगाडि भन्दा पनि धेरै फाइदा भयो।

 ब्यापारबाट फर्के पछि हज़रत खदिजाको गुलाम मैसराले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको असल आचरण देखेर अति नै प्रभावित हुनुभयो र सबै कुरा वसल्लमको बारेमा हजरत खदिजासँग बताउनु भयो र यसपटक हज़रत खदिजाले वहाँलाई आफ्नो व्यापारमा साझेदार गर्नलाई प्रस्ताव राख्नुभयो र मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले पनि यो कुरालाई स्वीकार गर्नु भयो। यसको केही समय पछि हजरत खदिजाले आफ्नो संगिनी नफिसासँग मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई आफुसँग विवाह गर्नको लागि प्रस्ताव राख्नु भयो तब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले पनि आफ्नो प्यारो काकासँग यो कुराको बारेमा जानकारी गराउनु भयो तब काका अबू तालीबले पनि यस कुरालाई मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको सल्लाह लिएर विवाहको कुरा मञ्जुरी दिनुभयो।

खदीजासँग विवाह:  हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमका काका हज़रत हम्ज़ाले हज़रत खदीजाको काका अमर बिन सअदसँग आफ्नो खानदानको ठूलो व्यक्तिको हैसियतले कुराकानी गर्नु भयो र २० वटा ऊंट महर दिने शर्तमा (विवाहको समय पत्नीलाई दिईने राशि या जुन हैसियतमा हो) मा काका अबू तालिबले कलमा पढ्नु भयो। हज़रत खदीजाको यो तेश्रो विवाहा थियो, पहिलो विवाह अतीक नामका व्यक्तिसँग भएको थियो। जसबाट 3 बच्चा जन्मेका थिए। उनको देहान्त पछि अबू हालासँग दोश्रो विवाह भएको थियो र तेश्रो विवाह मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमसँग भयो। त्यस बखत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको उमेर 25 वर्षको थियो र खदीजाको उमेर ४० वर्ष थियो। तर केही विद्वानको भनाई फरक छ।

गारे-हिरामा प्रार्थना:- हज़रत खदीजासँग विवाह पछि मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको घरेलु मामलासँग बेफ़िक्री भए। तब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले पानी र सातु साथ लैजान्थे र गार हिरा पहाडको गुफ़ामा दिन-रात प्रार्थनामा लागि रहन्थे। यो गुफा मक्का शहर देखि लगभग तीन माइल टाढा छ। हज़रत खदीजा धेरै धनी थिइन यसैले मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको प्रार्थना, काम, ज़िन्दगीमा कहिल्यै समस्या आउन दिएनन् र न व्यापारको कारोबार रेख-देखमा खट्नु परेको थियो । वहाँलाई खानाको व्यवस्था समेत आफै गर्नु हुन्थ्यो ।

समाज-सुधार कमिटी :- गार हिराको पहाडमा प्रार्थनाको समयमा प्रभावशाली व्यक्तिको कमिटी बनाउने सल्लाह वहाँले नै दिनु भएको थियो र वहाँको नै कोशिशमा यो कमिटी बनेको थियो । यस कमिटीको उदेश्य यो थियो कि देशमा भैरहेको विकृती व विसंगती समाप्त गर्नु, यात्रीको सुरक्षा गर्नु र गरीबको मद्दत गर्नु । यो कमिटीको नाम “हिल्फुल फुजूल” राखियो । त्यो सामाजिक संस्थाको कोम गरिब दुःखी, असाहय, अशक्तहरुको सेवा र सहयोग गर्नु थियो ।

सादिक-आमीनको उपाधि :- मक्कावासी मुहम्मद सल्ल.को शुरु देखि नै आमीन र सादिक मान्थे। आफ्नो बहुमुल्य चीजहरु वहाँको जिम्मामा सुरक्षित गर्नको लागि राख्न दिन्थे। त्यसै समय खान-ए-काबाको निर्माण पछि हज्रे-ए-अस्वद (स्वर्गिय ढुंगा) लाई कहाँ राख्ने भन्ने विषयलाई लिएर समाजमा एक आपसमा परस्पर झगडा हुन लाग्यो। वहाँले नै यस झगडालाई समाप्त पार्नु भयो र वहाँकै दुरदर्शीताको कारण मक्कामा एक धेरै ठूलो घटना हुनबाट मुक्ती पाउन सफल भयो ।

नबी बनाइएको घोषणाः- चन्द्रमाको सालको हिसाबले चालीस बर्ष एक दिनको उमेरमा अर्थात नौ रबीउल अव्वल सन् (१७ अगस्त ६१० ईं.) शुक्रबारको रात थियो. वहाँ त्यही गुफामा हुनु हुन्थ्यो। वहाँ सत्य प्राप्तिको इच्छा हृदयमा लिएर ईश्वर समक्ष नतमस्तक थिए, सोही अवसरमा अचानक गुफा उज्यालो भयो, र एउटा आवाज आयो “इकरा” (पढ)। यो आवाज सुनेर मुहम्मद सल्ल. झस्किए र डराउनु भयो, मुहम्मद सल्ल. ले डराउँदै डराउँदै उत्तर दिए “म पढे लेखेको छैन” तर फेरि आवाज आयो, “इकरा” (पढ)। वहाँले फेरी यही उत्तर दिनु भयो। तेश्रो पटक फेरी आवाज आयो। त्यस बखत सूर अलक़को पाँच आयत लिएर अल्लाहको फरिष्ता जिब्रील अलैहिस्सलाम आएका थिए। यो नै पहिलो सन्देंश वहाँ नै अवतरित भएको थियो। त्यस समय वहाँ गारे-हिरामा हुनुहन्थो। नुबुव्वतको सूचना मिल्नासाथ नै सबैभन्दा पहिले इस्लाम कबुल गर्नेहरु खदीजा, अली, अबू बक्र, ज़ैद बिन हारसा हुन् ।

इस्लाममा निमन्त्रणा:- तीन वर्षसम्म लुकिछिपी समाजका व्यक्तिहरुलाई इस्लामको निमन्त्रणा दिनुभयो पछि खुल्लम-खुल्ला निमन्त्रणा दिन लाग्नु भयो। जहाँ कोही उभिएको वा बसेको देख्नु हुन्थ्यो या कहीं भीड देख्नु हुन्थ्यो वहाँ नै गएर निमन्त्रणा गर्न लाग्नु भयो।
कुबामा निमन्त्रणा:- एक दिन सबै नातेदारलाई कुवामा जम्मा गर्नुभयो। सबै नै बनु हाशिम वंशका थिए । उनको संख्या लगभग चालीस थियो। उनको सामने आफ्नो भाषणमा भन्नुभयो । हज़रत अली प्रभावित भएर तुरन्तै ईमान (इस्लाम कबुल गरे) ल्याए र वहाँलाई साथ दिने प्रतिज्ञा गरे।
खुल्ला निमन्त्रणाः- मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम खुलेआम निमन्त्रणा गर्दै “सफ़ा” पहाडमा चढेर सबै मानिसहरुलाई जम्मा गर्नुभयो र चेतावनी दिंदै भन्नुभयो मानिसलाई आखिरतको याद दिलाउँदै र नराम्रो कामबाट रोक्नु भयो। फलस्वरुप समाजका मानिसहरु आफ्नो यस निमन्त्रणा कार्यमा तगारो बन्न लागे र बिस्तारै बिस्तारै अन्याय र अत्याचारले सिमा नाग्यो । यसले गर्दा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले इस्लामी मित्रहरुलाई हब्शा तिर हिजरत(प्रस्थान) गर्ने हुकुम दिए ।

Related Post