New Muslims APP

मानव कुनै मानवको दास होइन अल्लाहको दास हो

मानवलाई मानवले किन यस्तो व्यवहार गर्छ ?अल्लाह तआलाले इच्छानुसार मानव आमाको कोखबाट स्वतन्त्रापूर्वक जन्म लिएको हुन्छ। मानिस केवल अल्लाहको दास हो, यसैले मानवले अल्लाहको नै दासत्व स्वीकार गर्छ । अल्लाहले मानवको सृष्टि केवल आफ्नो भक्ति गराउने उदेश्यले गरेको हो। अल्लाह तआलाको कथन छः  मैले त जिन्न र मनुष्यलाई केवल यसैले सृष्टि गरेको हो कि उ मेरो उपासना गरोस्। (सूरह ज़ारियाः ५६)

अल्लाहको दृष्टिमा सम्पूर्ण मनुष्य एक समान हो। कोही ठूलो छैन र न कोही सानो छ। तर आफ्नो कर्मानुसार अल्लाहको दृष्टिमा प्रसिद्ध मानिनेछ। जस्तैः अल्लाहको कथन छः ऐ मानव ! हामीले तिमीलाई एक पुरुष र एक स्त्रीबाट सृष्टि गरेको हो र तिम्रो नातागोता र वंशको रूप दियौ, ताकि तिमी एक-अर्कालाई चिन्न सक। वास्तवमा अल्लाहको लागि तिमीहरुमा सबैभन्दा धेरै प्रतिष्ठित त्यो हो जो तिमीहरु मध्य अल्लाहको सबैभन्दा धेरै डर मान्दछ । निश्चय नै अल्लाह सबै कुरा जान्नेवाला, खबर राख्नेवाला हुनुहुन्छ।   (सूरह हुजरातः १३)

जुन समय मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) नबी बनाएर पठाइए। त्यस समय अरब र पूरा धर्तीको रीतिरेवाज र समाजिक परम्परा हेर्ने हो भने तपाईलाई थाहा होला पुरै धर्तीमा जुल्म र अत्याचार फैलिएको थियो। एक मनुष्य अर्को मनुष्यको दुश्मन बनेका थिए। शक्तिशालीले कमजोरमाथि अत्याचार गर्दथे, लूटपाट धेरै ज़्यादै थियो। महिलाको साथ एक जनावर समान व्यवहार गरिन्थ्यो, महिला समाजमा कुनै मूल्य र मान्यता थिएन, महिलामा अत्यन्त अत्याचार गर्दथे। यसैगरी शक्तिशालीले कमजोर व्यक्तिलाई दास बनाएर, उसलाई पैसामा किनबेच गर्दथे । मानिसको खरीद बिक्री गर्नु सामान्य कुरा थियो। तर इस्लामले मानिसलाई मानिसको गुलामीबाट स्वतन्त्र गर्नमा महत्वपूर्ण भुमिका निभायो। अनाहकमा कसैको गुलाम बनाउन धेरै ठूलो पाप मानिन्थ्यो र पहिलेदेखि गुलाम व्यक्तिलाई स्वतन्त्र गर्दा धेरै ठूलो पापको लागि प्रयाश्चित घोषणा गरिदिए। कुनै स्वतन्त्र व्यक्तिलाई दास बनाउन धेरै ठूलो अपराध गरेको झैं मान्यता दियो र जो व्यक्ति कुनै स्वतन्त्र व्यक्तिलाई दास बनाएर बेच्दछ भने कियामतको दिन अल्लाह तआला स्वयं नै यस्ता व्यक्तिसँग हिसाब लिन्छन्। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को कथन छः अबू हुरैरा (रज़ि) बाट वर्णन छः रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयोः अल्लाह तआलाको कथन छ, म कियामतको दिन तीन प्रकारको व्यक्तिलाई विशेष रूपमा हिसाब लिन्छु। पहलो त्यो मानिस जसले मलाई वचन लियो तर फेरि त्यो वचनलाई तोडि दियो, दोश्रो त्यो व्यक्ति जसले स्वतन्त्र व्यक्तिलाई बेचि दियो र त्यो पैसा आफुले प्रयोग गर्यो, तेश्रो त्यो व्यक्ति हो जसले मजदूरसँग पुरा काम गरायो र फेरी उसँग उसको मजदूरी  दिएन। (सही बुखारीः २२७०)

जो व्यक्ति कुनै स्वतन्त्र व्यक्तिलाई दास बनाउँछ भने अल्लाह तआला यस्तो व्यक्तिमाथि यसरी क्रोधित हुनुहुन्छ कि उसको नमाज नै स्वीकार गर्नु हुन्न । यस हदीसमा विचार गरौं।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ने भन्नुभयोः अल्लाह तआला तीन व्यक्तिहरुको नमाजहरु स्वीकार गर्नु हुँदैन। यस्तो व्यक्ति जो मानिसले इमामत गर्छ तर मानिस उसलाई मन पराउँदैनन्। र दोश्रो त्यो मानिस जो हमेशा अन्तिम समयमा नमाज पढ्ने गर्छ, र तेश्रो त्यो मानिस जसले कुनै स्वतन्त्र  व्यक्तिलाई गुलाम बनाउँछ । (अलजामिअ अस्सगीरः अस्सुवतीः ३५३६)

तर त्यस समयमा गुलाम बनाउने रीतिरेवाजलाई खारेज गरी गुलाम स्वतन्त्र गर्नलाई प्रोत्साहित गरेको थियो। मानवलाई मानवको दासबाट मुक्ति गर्ने कार्यलाई धेरै ज्यादै पुण्यको वचन दिएको छ । जस्तैः रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयोः जो कोही मुस्लिमले कुनै मुस्लिम गुलामलाई स्वतन्त्र गर्छ भने निश्चय नै अल्लाह तआला त्यस गुलामको प्रत्येक हड्डीको बदला उसको प्रत्येक हड्डीलाई नर्कबाट मुक्ति दिनु हुन्छ। र जो कोही मुस्लिम महिलाले कुनै मुस्लिम महिला दासत्वबाट स्वतन्त्र गरिन भने बेशक अल्लाह तआला त्यस दासीको प्रत्येक हड्डीको बदला उसको प्रत्येक हड्डीलाई नर्कबाट मुक्ति दिनुहुन्छ।(सहीहुल जामिअः शैख अल्बानीः २७२६)

गुलामलाई स्वतन्त्र गर्नलाई विभिन्न तरीकालाई अपनाउनलाई आदेश दिएको छ र उनीहरुलाई स्वतन्त्रताको लागि बैतुलमालबाट मद्दत गर्नलाई उत्साहित गरेको छ तर जकातको माललाई पनि गुलाम स्वतन्त्र गर्नलाई लगाउन सकिंन्छ। जस्तैः जकातको माल खर्च गर्ने तरीकाको बारेमा यो आयतमा स्पष्ट पारेको छ। ती गुलाम प्रति नरमी र सहायाताको लागि यस आयतमा विचार गरौं।

र तिम्रो दासहरु मध्य जसले तिमीलाई केही दिएर स्वतन्त्रा भएको लिखित गराउन चाहन्छ भने तिमी उनीहरुलाई भद्र र नेक पाउँछौ भने उनीहरुसीत सम्झौता गर र अल्लाहले जुन सम्पत्ति तिमीलाई प्रदान गरेको छ त्यसमध्येबाट उनीहरुलाई पनि देऊ र जुन उसले तिमीलाई दिएको छ । (सूरह अन्नूरः ३३)

मुस्लिम समाज जसलाई अल्लाहले धनदौलतबाट सम्पन्न गरेको छ । ति दास र दासीहरुलाई स्वतन्त्र गर्न आफ्नो भूमिका निभाउनका लागि कदम बढाउनलाई आदेश दियो र जकातको माललाई खर्च गर्नेलाई आठ ठाउँ मध्ये एक दास र दासीलाई स्वतन्त्र गर्ने दिनु पनि हो ।

जकात(दान) गरीब, असहाय र ती व्यक्तिहरुको लागि जो जकात (दान) को संकलन गर्ने काम काममा नियुक्त छन् र उनको लागि जसको हृदयलाई आकर्षण गर्न र रिझाउन गाह्रो हुन्छ र दासहरुलाई मुक्त गराउन र ऋणहरुको ऋण तिर्नलाई र अल्लाहको मार्गमा र यात्रुहरुको सहायताको लागि हो। यो अल्लाहको तर्फबाट पठाइएको अनिवार्य आदेश हो। अल्लाह सबैकुरा जान्नेवाला, अत्यन्त तत्वदर्शी हुनुहुन्छ। (सूरह तौबाः ६०)

यसैगरी कुनै व्यक्तिले आफ्नो दासीसँग विवाह गर्यो र उसबाट छोरा या छोरीको जन्म भयो भने शिशू र आमा दुवै स्वतन्त्र हुन्छन् र शिशूको जन्मपछि न ती दासी र सन्तानलाई बेच्न सक्छ र न कसैलाई गिफ्ट स्वरुप नै दिन सक्छ।

यसैगरी दास र दासिलाई स्वतन्त्र गर्न धेरै पापबाट प्रायश्चितको कारण बन्छ। उदाहरणः जानी बुझी कन कसैको हत्या गर्नु धेरै ठूलो पाप हो। हत्यारालाई धेरै पाप हुन्छ । तर जब कुनै व्यक्तिबाट कोही मोमिन गल्तिबाट हत्या हुन गयो भने यो पनि धेरै ठूलो पाप हो तर जसले गल्तिको कारण हत्या गरेको थियो त्यस हत्याको बदला हत्या गर्नेवाला हत्यारालाई मृत्युदण्ड दिन मिल्दैन। अल्लाहले उसलाई केही स्थिति बयान गरेको छ। अल्लाहको कथन छः कुनै मोमिनले अर्को मोमिनलाई हत्या गर्नु कुनै अवस्थामा पनि उचित होइन, तर गल्तिबाट हत्या भएको भए अर्को कुरा हो । र यदि कसैले भूलबाट हत्या गरेको छ भने अल्लाहको आदेश छ कि एक मुसलमान दासलाई स्वतन्त्र गर्नु पर्छ र अर्थदण्ड त्यस (मारिएको क्यक्ति) को घरवालालाई दिनुपर्छ । र यदि ऊ आफ्नो खुशीले अर्थदण्ड छोडछ भने यो अलग कुरा हो । र यदि मारिएको मानिस तिम्रो शत्रु पक्षको हो र उ मोमिन छ भने त एउटा मुसलमान गुलामलाई मुक्त गर्नुपर्छ र यदि मारिएको व्यक्ति यस्ता मानिसहरुमध्ये छ जोसँग तिम्रो कुनै मैत्रि सन्धि छ भने उसको उत्तराधिकारीहरुलाई रगतको क्षतिपूर्ति रकम दिनुका साथै एक मुसलमान दासलाई दासत्वबाट मुक्त गर्नुपर्छ। अतः  जसले गुलाम मुक्त गर्ने क्षमता छैन भने उसले निरन्तर दुई महिनाको ब्रत बस्नु पर्छ । यो अल्लाहसीत माफी पाउनका लागि हो र अल्लाह सर्वज्ञानी र तत्वदर्शी हुनुहुन्छ। (सूरह अन्निसाः ९२)

इस्लाम धर्म अल्लाहले रुचाएको धर्म हो। यसले धेरै अनुकुलता र सरलताको स्थिती राखिएको छ ताकि सबै मानवजातिले पालन गर्न अनुकूल होस।

यसैगरी गलत चीजमा कसम खान या कसमलाई तोड्ने व्यक्तिलाई उक्त कसम तोडेबापत प्रायश्चितको जरिवाना दिनु पर्छ । यस सम्बन्धमा अल्लाह तआलाले भन्नुभयोः “अल्लाहले तिम्रो अज्ञानपूर्ण खाएको कसममा अल्लाहले तिमीलाई  पकड्नु हुन्न तर जानीजानी हृदय देखि पक्का कसम खान्छौ, त्यसमा वहाँले तिमीलाई पकड्नु हुन्छ ।  यसको प्रायश्चित स्वरुप दस जना गरीब व्यक्तिलाई औसत दर्जाको खाना खुवाउनु पर्छ, जुन तिमीले आफ्नो बाल-बच्चाहरुलाई खुवाउँछौ वा फेरि उनलाई लुगा फाटा देऊ वा एउटा दास वा दासीलाई मुक्त गर्नु पर्छ र जो सँग यसको सामर्थ्य छैनभने उसले तीन दिनको ब्रत राख्नु पर्छ । यो तिम्रो कसमको प्रायश्चित हो, जबकि तिमी कसम खान्छौ । तिमी आफ्नो कसमहरुको रक्षा गर । यसप्रकार अल्लाह आफ्ना आयतहरु बर्णन गर्दछ, ताकि तिमी आभार प्रकट गर। (सूरह अलमाइदाः८९)

यस वाहेक केही अरु अवसरहरुमा पनि इस्लामले दास र दासीहरुलाई मुक्त गर्न प्रोत्साहित गरेको छ र यसलाई धेरै नै पुण्य कार्य बताएको छ। इस्लामले मात्र एक स्थितिमा गुलाम राख्ने अनुमति दिएको छ त्यो हो मुसलमानहरु र गैर मुस्लिमहरुको बीच युद्ध हुँदा उक्त युद्धमा मुसलमानको विजय भयो भने त्यस अवसरमा पराजित पक्षलाई दास बनाउन सक्छ तर यदि उनलाई क्षमा गरिदिए त धेरै उत्तम कुरा हो। यदि नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा हुने युद्धहरुको बारेमा खोजी गर्ने हो भने तपाईलाई थाहा हुन्छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई युद्ध गर्न बाध्य पारेका थिए। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिले पनि आफुले युद्ध गर्न अग्रसर हुनु भएन तर नबी (सल्लल्लाहु अलैहि वसल्लम) को शत्रुले युद्धको शुरूआत गरेका थिए। मदीनामा आक्रमण गर्ने योजना बनाई रहेका थिए तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) उनीहरुमाथि आक्रमण गरेका हुन। त्यस्ता धेरै युद्धमा पाइएका गुलामहरुलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मुक्त गर्नु हुन्थ्यो। हरेक युद्धमा पहिले उनीहरुलाई इस्लामको दावत दिइन्थ्यो ।

मक्का विजयको समयमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सबैलाई मुक्त गरि दिए। यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयको विश्वको राजा महाराजाको बारेमा ऐतिहासिक ज्ञान लिने हो भने स्पष्ट थाहा हुन्छ ।

 सारा राजा महाराजाको नियम यही हुन्छ कि दुश्मनसँग युद्ध गर्दा उसको पराजय भयो भने उसका सेना र समुदायलाई विजेता पक्षले दास तथा दासी बनाउँछन् । तर नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समयको इतिहासलाई अध्ययन गर्दा यो स्पष्ट हुन्छ कि कुनै धर्म या राजा महाराजाले दास या दासीलाई स्वतन्त्रा गर्ने काम गरेका छैनन् ।

मानवलाई मानवको दासत्वबाट मुक्ति दिलाउने आदेश इस्लामले दिएको छ, साथै यसकार्य प्रति मानिसलाई प्रोत्साहित गरेको छ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कयौं दास दासीलाई स्वतन्त्र गरी उदाहरणको रुपमा आफुलाई पेश गरे, दासीलाई स्वतन्त्र गरे धेरै पुण्य मिल्ने प्रमाण कुरआन र हदीसमा पनि उल्लेख छ ।

लेखक – मुहम्मद शाहनवाज

Related Post