New Muslims APP

घमण्ड गर्ने कामबाट बचौं

घमण्ड

घमण्ड गर्ने कामबाट बचौं

घमण्ड गर्ने कामबाट बचौं  र अरुलाई पनि सचेत गरौं किनकि अहंकार घमण्डले हाम्रो हानी नोक्सान हुनका साथै इज्जत र प्रतिष्ठामा आँच आउँछ ।

हदीस मुस्नद अहमदमा बयान छः हज़रत सुहैब रज़ियल्लाहु अन्हु वर्णन गर्नु हुन्छः अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जब नमाज़बाट फुर्सद हुना साथ सुस्तरी आवाजमा केही बोल्नु हुन्छ, जुन हामी बुझ्न सक्दैनथ्यौ र न वहाँले हामीलाई बताउनु हुन्थ्यो। एक दिन अल्लाहको रसूल (सल्लल्लाहु अलैहि व सल्लम)ले हामीसँग भन्नुभयो:  अफतिनतुम ली ? याने के तिमीहरुले बुझ्यौ मैले सुस्तरी के बोलेको हुन्छु जुन तिमी न सुन्छौ र न बुझ्न सक्छौ ? फेरी वहाँले यसको कारण बताउनु भयो:

  إني ذكرت نبياً من الأنبياء أعطي جنداً من قومه فأعجب بهم، فقال: من لهؤلاء الجند؟ أو قال: من يقوم لهؤلاء؟

नबीहरु मध्ये एउटा नबीको कहानी मलाई याद आयो जसलाई  शक्तिशाली सेना दिइएको थियो, एक दिन उनले आफ्नो सेनाको तागत प्रति घमण्ड गर्दै भनेः को होला हाम्रो सेनाको मुकाबला गर्न सक्छ या को होला जो यिनीहरु (यो सेना) लाई हराउन सक्ने ?

आफ्नो सेनाको संख्या र शक्तिमा उनलाई अहंकारको महशुस भयो, तब अल्लाहले उनलाई वह्य(ईश वाणी) पठाउनु भयोः तीन दण्ड (सजाय) मध्येबाट कुनै एक दण्ड रोज्ने, उनी महानता उच्चतमवाला नबी थिए, तर आफ्नो असंख्य सेना र शक्तिमा घमण्डको अनुभव थियो तब अल्लाहकोतर्फबाट यो सजाय तय गरेको थियो कि तीन दण्ड मध्येबाट कुनै एउटा दण्ड स्वीकार्नु :

إما أن نسلط عليهم عدواً من غيرهم، أو الجوع، أو الموت

या त हामी उनको कुनै दुश्मनलाई उनकै समान शक्ति दिन्छौ जसले तिमीहरुलाई समाप्त गर्न सक्छ, या भोकमरीको शिकार बनाई दिन्छु या मृत्यबाट समाप्त गरि दिन्छु।

त्यस समय नबीले आफ्नो सहयोगीहरुसँग सल्लाह गरे, साथीहरुले भने तपाई अल्लाहको नबी हुनुहुन्छ, निर्णय गर्ने अधिकार तपाईलाई प्राप्त छ, यसप्रकार नबी नमाज पढ्न थाले र ती नबी जब कुनै किसिमको संकटको महसूस हुनासाथ नमाज पढ्थे। जब नमाज़ समाप्त भयो तब अल्लाहसँग भने, हे मेरो रब! कुनै दुश्मनले हामीमाथि हमला गरेर हामीलाई पराजय गरी हामीलाई मार्छ भने यस्तो हामी चाहदैनौ र हामीलाई भोकमरीबाट पनि न मारियोस्, हामीलाई मृत्युलाई स्वीकार्छौ। मृत्यु त एक दिन आउने नै छ। यसैले अल्लाहले उनीहरुमाथि मृत्युको प्रकोप उतार्नु भयो र यसरी उनको सत्तरी हजार सैनिक त्यसैदिन मरे।

जब अल्लाहको रसूल सल्लल्लाहु अलैहि वसल्लम आफ्नो साथीलाई यो किस्सा सुनाई सकेपछि वहाँले उनलाई यो दुआ बताउनु भयो त्यही दुआ वहाँ हरेक नमाज पछि सुस्तरी सानो आवाजमा पढ्ने गर्नु हुन्थ्यो, त्यो दुआ यस्तो थियोः

(اللهم بك أقاتل، وبك أصاول، ولا حول ولا قوة إلا بالله)

“हे अल्लाह म तिम्रो नै सहायताले कतल गर्दछु, तिम्रो नै सहायताबाट विजय हुन्छु र तिमी सिवाय कोही शक्तिशाली र तागतवाला छैन”।

यो हदीस सही हो, जसलाई इमाम अहमद रहिमहुल्लाहले आफ्नो मुस्नदमा वर्णन गर्नु भएको छ ।

व्याख्या: विनम्रता यस्तो गुण हो जसबाट हरेक मुसलमानहरु सु-सज्जित हुनुपर्छ र उसलाई  थाहा हुनुपर्छ कि मद्दत अल्लाहको तर्फबाट आउँछ र एक मुसलमान जब ईमानदारीसाथ काम गर्दछ भने उसले अल्लाहमाथि भरोसा गर्नु पर्छ र आफ्नो शक्ति र ताकतमा घमण्ड गर्नु हुँदैन, तब अल्लाह अवश्य उसको मद्दत गर्दछन्। यसैले अल्लाह भक्तले आफ्नो ताकतमा घमण्ड नगर्नु बरु अल्लाहसँग मद्दत चाहनेवाला बन्नु।

उपर्युक्त हदीसमा आफ्नो ताकतमाथि घमण्ड गर्ने र अहंकारको शिकार हुने मानिसको परिणामको बारेमा बताएको छ,  अन्यथा अहंकार जीवनको हरेक चरणमा गलत हुन्छ र आपदको कारण हुन्छ, जब एउटा मानिस आफ्नो धन र सम्पत्तिमाथि अहंकारको शिकार हुन्छ तब उसको त्यही हालत हुन्छ जसको उल्लेख अल्लाहले सूरः कहफ़मा गरेको छ, कि उसको सारा बगैंचाको पानी दबिएर गयो। जब मानिस ज्ञानको मामलामा अहंकारको शिकार हुन्छ तब ज्ञानको कमीको अनुभव सृजना गर्नको लागि अल्लाह मूसा अलैहिस्सलामलाई ख़िज़्र अलैहिस्सलामको साथ पुर्याउँछन् र उनलाई आदेश दिन्छन् कि ख़िज़्र अलैहिस्सलामसँग ज्ञान प्राप्त गर ।

त्यसै गरी सुलैमान अलैहिस्सलामलाई हेर शारीरिक शक्तिको मामलामा जब आफुले आफैमाथि भरोसा गरेका थिए र इन शा अल्लाह नभनीकन यो कसम खाएका थिए कि उनी आफ्नो सय पत्निहरुको साथ एकै रातमा जान्छु, उनिहरु प्रत्येकबाट एक एक योद्धा (मुजाहिद) लाई जन्माउँछु जो अल्लाहको मार्गमा जिहाद(धर्म युद्ध) गर्ने छन्। तर उसलाई अल्लाहले उसको इच्छा पुरा हुन दिएनन् फलस्वरु उनलाई यो सजाया मिल्यो कि ति उनको पत्नीहरु मध्येबाट एकजना बाहेक अरु कोही गर्भवती भएनन्, र उनले पनि आधा बच्चा जन्माइन।

यसैले एक भक्तको जीवनको हरेक मामलामा अल्लाहमाथि भरोषा गर्नुपर्छ, पद होस्, धन सम्पत्ति होस्, ज्ञान होस्, शक्ति होस् हरेक मामलामा अल्लाहबाट उपकार माग्नुपर्छ। हरेक खुबी उनैले दिएको हो यसैले कुनै पनि खुबीलाई आफ्नो मेहनत र प्रयासको परिणाम सम्झिनुको सट्टा अल्लाहको तर्फबाट भएको हो भनेर उनैमाथि विश्वास र आशा गर्नुपर्छ।

Related Post